आऊ साथी नारी दिवस खोज्न निस्कौं

अनिशा श्रेष्ठ
फागुन २४, २०७७

१ सय ११ वर्ष पहिलेबाट आजकै दिन अन्तर्राष्ट्रिय नारी दिवस आजकै दिन हो भनेर सार्वजनिक नगरिएको भए सायद आज नेपालमा यो दिवस हो भनेर कुनै पनि क्यालेन्डरमा तोकिने थिएन होला । यदि तिथि मितिका आधारमा तोकिन्थ्यो भने नेपालमा नारी दिवस यो वर्षको लागि हराउने थियो । अनि हामी केही महिलाहरुलाई लाग्थ्यो पनि होला यो वर्ष नारी दिवस आउँदै छ कि गइसक्यो ? अन्तर्राष्ट्रिय क्यालेन्डरले आज देखायो तर नेपाली माटोमा नदेखेकाले यो गुनासो मात्रै हो व्यक्ति गर्न खोजेको ।

देशको सबैभन्दा सर्वोच्च पदमा महिला नै हुनुुहुन्छ तर पनि लाग्दैन आज के दिवस हो भन्ने कुराको उहाँलाई हेक्का छ । उहाँलाई त लाग्दै छ सायद यही कुराले निद्रा पनि लागेन कि चैनले निदाउनु भयो कुन्नि हिजोको सर्वोच्च अदालतको फैसलाका कारण । अब के हुन्छ आफू रहन्छु कि रहन्न अनि आफ्नो समूह र कोटरीको हित र सर्वोपरिका कुरा । यसो भनिरहँदा देशकै सर्वोच्च पदको अपमान र आलोचना गर्न खोजेको भने पटक्कै होइन । यो एक आम नागरिक र त्योभन्दा पनि बढी महिला भएर महिलाकै बारेमा किन नसोचेको होला भन्ने गुनासो मात्रै हो ।

एउटै कामना मात्रै गर्न सक्छु आजकै दिन कोही पनि नारी बलात्कार, अपहेलना र पीडामा नपरुन्

अमेरिका र अन्य मुलुकका महिलाहरुले पनि मैले जसरिनै सोचे कि के गरे होलान् आफ्नो देशका सरकार र सरोकारवालालाई ? रातभरि यही विषयमा सोच्दासोच्दै हैरान भएँ अनि लेख्न सुरु गरें नारी दिवस खोज्ने १ असफल प्रयास । अहँ कतै भेटिएन एक शब्द पनि । नेपाली परिवेशमा शब्दवाहेक अरु कुराको अपेक्षा र त छँदै छैन तर आज त्यही शब्द पनि भेटिएन र सुनिएन कतै पनि ।

गएको चुनावमा अमेरिकी राष्ट्रपतिको दौडमा होमिएकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले अन्तिममा अमेरिकाकै राष्ट्रपतिको दौडमा रहेका अर्का प्रत्यासी जो वाइडेनलाई समर्थन गर्दै आफू उपराष्ट्रपतिको पदमा उम्मेदवारी दिने घोषणा गरिन् । त्यसपछि कमलाको चर्चा एकाएक चुलियो । नतिजा पनि अपेक्षित नै भयो । जब उनी पहिलो पटक ह्वाइटहाउस प्रवेश गरिन् विश्वको ध्यान उनमा केन्द्रित थियो अब विश्वमा महिला सामर्थ र समानता ठूलै उथलपुथल हुन्छ । उनको पहिलो सार्वजनिक भाषणले पनि संसारका महिलाहरुमा एक खालको तरंग नै ल्यायो ।

उनले भनिन्, ‘हो म पहिलो महिला हुँ तर अन्तिम भने होइन । हामी शिक्षा, समानता र महिला सशक्तिकरणका लागि लडिरहने छौं । अमेरिकाको डेलाबेरमा उनको पहिलो भाषण सुनेपछि संसारभरका महिलाहरुमा निकै ऊर्जा थपएिको थियो । हाम्रै छिमेकी मुलुक भारतबाटै आप्रवासी नागरिकका रुपमा अमेरिकाको त्यति ठूलो पदमा पुग्दा नेपाली महिलाहरुमा पनि फरक तरंग आउनु स्वभाविकनै थियो । चाहेर पनि नचाहेर पनि संसारले स्कीारेरको छ अमेरिकाले जे गर्छ त्यो कुराले विश्व राजनीतिर समाजमा त्यसको प्रभाव पर्छ ।

प्रसंग महिला सुरक्षा, सम्मान र रोजगारीकै हो, आज १ सय ११ औं नारी दिवस हो रे । नेपालले पनि यसलाई धूमधामले मनाएको छ रे । आजको नारा पनि ‘महिला सुरक्षा, सम्मानः समृद्ध नेपालको आधार’ हो रे । नेपालले नारी दिवसको अवसरमा लिएको लक्ष्यलाई सिंहदरवार, बालुवाटार र शीतल निवासले नै कुरीकुरी भनिरहेको छ । एउटै कामना मात्रै गर्न सक्छु आजकै दिन कोही पनि नारी बलात्कार, अपहेलना र पीडामा नपरुन् । त्यसो त आज मैले यो विषयलाई उठाउन खोजेकी होइन । लक्ष्यलाई कार्यन्वयन सँगै निष्कर्षमा पुर्‍याउन सरोकारलालावाट के कति काम भए भन्ने कुरालाई उठाउन खोजेकी हुँ ।

कार्यक्रममैपिच्छे फरक फरक विषयमा समूहको मनोभाव बुझ्दै तालीका लागि भाषण गर्न खप्पिस सरकार प्रमुख पनि कति निरीह के ? महिला सशक्तीकरणका लागि एउटा पनि उखान नआएकै हो र ? जोक्स र उखानै सही माहोल त बन्थ्यो होला नि १ दिन भए पनि । त्यसो त देश र जनता अनि विधिका लागि सडकमा आएका राजनीतिक दलहरु पनि समावेशी हुन सकेका छैनन् । सत्ताशीन नेकपामै पनि यो लागु हुन सकेको छैन ।

आफूलाई सबैभन्दा प्रजातान्त्रिक भन्न पछि नपर्ने नेपाली कांग्रेसले पनि महिला अधिकारका कुरालाई कति चाँडो बिर्सेको होला है । कहीँ कतै एक शब्द पनि छैन । आज सबैको एउटै बोली छ अब देशको राजनीतिमा कसको वहुमत पुग्छ र सरकार बनाउने ? राजनीतिक दलहरुले किन नबुझेका होलान् एक माघले जाडो जाँदैन भन्ने कुरा । उनीहरुको अहिलेको अवस्था हेर्दा लाग्छ संसारले मनाएको नारी दिवस नेपालमा मात्रै किन मनाइएन होला, उसको उत्तर पनि सहजै जस्तो लाग्यो । दसैंको टीकाको दिन नै जुठा परेको घरमा दसैं कसरि मनाउन सकिएला र ?

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width