च्याट र एसएमएसमा पात बजाउँदै लाएको माया

युवराज खनाल
फागुन १४, २०७८

प्रेम भन्ने शब्द हामी सबैलाई प्रिय र प्यारो लाग्ने शब्द हो । प्रेमको विषयमा चचाृ गर्दा प्रेमलाई विभिन्न प्रकारका सोच र विचार भएका मानिसहरूले यसलाई विभिन्न ढंगले बुझ्ने गरेको पाउन सकिन्छ । कसैले प्रेमलाई प्रेमी र प्रेमिका बीचमा रहेको अन्तर सम्बन्धको रूपमा पनि बुझ्ने गरेका छन् भने कसैले यसलाई प्रेमको सानो अंशको रूपमा पनि लिने गरेका छन् । यसका बारेमा विश्वका धेरै कवि कलाकारहरूले अनन्त व्याख्या र विश्लेषण गर्दै साहित्य रचना गरेका छन् । मानव समाजको उत्पत्तिदेखि अहिलेसम्म हरेक गीत र कविताहरू जीवन र प्रेमकै विषयमा रचिएका र गाइएका छन् । आखिर प्रेम के हो ? प्रेमलाई कसरी बुझ्ने, महसुस गर्ने वा कसरी ग्रहण गर्ने ? भन्ने प्रश्न जब हाम्रा अगाडि आउँछ ।
धेरै पहिले प्रेम गरेबापत दण्डित हुनुपथ्र्याे । कपाल चारपाटा मुडेर डाँडा कटाइन्थो । माया गर्नु नै ठूलो अपराध मानिथ्यो र मृत्युदण्डसमेत दिइन्थ्यो । मनको कुरा मनमै राखेर छुट्थे कैयन् प्रेमिल जोडी । अनि भाग्यलाई धिक्कार्दै बस्थे ।
मनको बह पोख्ने माध्यम हुन्थ्यो सालको पात, वनैभरि गुञ्जिने साल र चिलैनेका कलिला पातहरु बजाउँदै विरह बोल्थे । प्रेमको अस्पष्ट भाव बोकेर साल र चिलाउनेका कलिला पात बजिरहन्थे, अनि मिठा सुसेलीहरु । प्रेमको भाषा नबुझ्नेहरू बुझ्दैनथे पात र सुसेलीका भाषाहरु । प्रेमको भावना बुझ्नेले त सहजै छुट्याउन सक्थे । अनि आफ्नो मायालुको सुसेली र पातको भासा पनि यसै छुट्याउँथे । मन परेको मान्छे नजिकै आउँदा ढोकाको चेपबाट चिहाउँथे । त्यसबेला अहिलेजस्तो खुलापन थिएन । मन परेको मान्छेलाई आँखीझ्याल र बरन्डाबाट लुकिलुकी हेरिन्थ्यो ।’ अहिलेजस्तो फेसबुक ट्वीटर कहाँ हुन् । इमेल र इन्टरनेटको जमाना थिएन । कलेज बंक गरेर टाढाटाढा घुम्न जाने गुञ्जायस नै थिएन ।डेटिङको त कल्पनासमेत गरिन्नथ्यो ।
जमाना अलि फेरियो । रगतले लेखिएका प्रेमपत्रहरू हुलाकीले बोकेर ल्याउन थाले । ‘चिठी आएन, चिठी आएन, मेरो मायालुको मलाई चिठी आएन’ भन्ने जस्ता गीत बने । पत्रमित्रतामार्फत कति साथी बने । जसले एकअर्कामा कहिल्यै भेटेनन् । कति जोडी चिठी चिठीमै प्रेममा परे । स्कुल र कलेजमा चिठीपत्र बाक्लै चल्न थाल्यो । मन परेको मायालुको कपी किताब मागेर त्यसभित्र प्रेम प्रस्ताव र प्रेमका कुरा लेखेर दिने चलन चल्यो । त्यसैगरी कागजको टुक्रामा ‘आई लभ यु’ लेखेर ‘तीर’ बनाई फ्याँक्ने चलन आयो । ढुंगामा आफूलाई मन परेको साथी र आफ्नो नामको पहिलो अक्षर लेखेर मात्रै लेखीबीचमा प्लस राख्ने गर्न थाले । बिचमा पानपात जस्तै चिन्न राखेर दुईतिर दुईजनाको नामको पहिलो अक्षर लेखेर मायाको धोको । मेट्नेहरु देखिन थाले ।
कतिको मेलापात, हाट बजार र जात्राहरूमा जाँदा माया बस्यो । परिवार र समाजले सम्बन्ध अस्वीकार गर्दा कति जोडीले प्राणत्याग गरे । त्यो क्रम आज पनि रोकिएको छैन । कति जोडी समाजको डरले कहिल्यै भेटेनन् ।
देवीदेवतादेखि राजा महाराजसम्मको प्रेमकथा पनि कम रोचक छैन । कति महाराजले रानीको सम्झनामा महल बनाउन लगाए । कतिले पोखरी बनाउन लगाए । कति महाराजले प्रेमकै कारण दरबार छाडे । पौराणिककालमा कतिपय ठूल्ठूला युद्धहरू प्रेमकै कारण भए । राम सीताको कथा, राधा र कृष्णको कथा कम रोचक छैन । लैला–मजनु, रोमियो–जुलियट, मुनामदन एउटा मीठो कहानी बनेर समाजमा आज पनि जिउँदो छ । सबैले तत्कालीन समाजको चित्र देखाएका छन् ।
अध्ययनकै क्रममा यस्तो भेटे । ग्रिसका दार्शनिक प्लेटो, ‘पौराणिक कालमा पुरुष र महिला एउटै शरीरका रहेछन् । दुवै शरीर एकै ठाउँमा भएको प्राणीलाई देवताले देखि सहेनन् र दुई चिरा पारी दिएछन् । एउटै आत्मा र शरीर दुई चिरा भएछ । टुक्रिएको त्यही आत्मा आज पनि आफ्नो बाँकी आत्म र शरीरको खोजी गर्छ ।’ प्लेटोको भनाइ सत्यताको नजिक कति होला यो छलफलको अर्काे पाटो हुनसक्छ । समाजमा वैज्ञानिकहरू प्रेमलाई छुट्टै विषय नबनाई नेपाली सन्दर्भमा हेर्दा पनि प्रेम वर्जित विषय थियो । राणा शासनमा प्रेम गरेकै कारण कति पे्रमी जोडीहरू काठमाडौंको शंखमूलमा काटिए । १९१० को ‘मुलुकी ऐनमा प्रेम गरेबापत भोग्नुपर्ने सजाय तागाधारी, मतवाली र अछूतका लागि छुट्टाछुट्टै थियो । सोही कानुनको आधारमा कति राणाहरूले प्रेमी जोडी काटे ।’ सामन्तवादी व्यवस्थामा प्रेमको अधिकार थिएन । कहिल्यै नदेखेको, कहिल्यै नभेटेको, आनीबानी र नामसमेत थाहा नभएको व्यक्तिसँग कुल घराना हेरेर विवाह गरिन्थ्यो । केटा या केटी अभिभावकले हेरेर विवाहको पक्का पक्की गरिन्थ्यो ।
वर्तमान समाज बिस्तारै पुँजीवाद समाज समाजबाट विकसित बन्दै आयो । आजकल कतिपय विश्लेषकहरू समाज झनै पुँजीवाद उन्मुखमात्रै भएको तर्क राख्छन् । पुँजीवादी समाज छनोटको स्वतन्त्रता भएको युग मानिन्छ । पुँजीवादी समाज औद्योगिक समाज भएकाले उद्योगमा काम गर्न थालेपछि महिला पुरुषबीच विगतको भन्दा सम्पर्क बढेकाले छनोटको अवसर मिलेको देखिन्छ । ‘पुँजीवाद आएपछि एकएक जनाको कमाइ हुन थाल्यो । महिलाहरू घर बाहिर निस्कन थाले । पुँजीवादी जीवन नितान्त छुट्टै र एक्लो जीवन हुन थाल्यो । त्यही एक्लोपन हटाउन एकअर्कासँग प्रेम गर्न थालियो ।
त्यसपछि प्रेममा परिवर्तन आयो । मागी विवाहको ठाउँमा प्रेम विवाह हुन थालेको छ । माया गर्ने तरिका बद्लिको छ । माया व्यक्त गर्ने शैली बदलिएको देखिन्छ । लामालामा चिठी र पोस्ट कार्डको जमाना पुरानो भए । फेसबुक च्याटमै माया बस्ने र छुट्टिने हुन हुन थालेका छन् । पश्चिमा मुलुकमा सामाजिक सञ्जालमै विवाह भएका घटना सुन्न आएका छन । प्रेमसम्बन्ध छिटोछिटो जोडिने र तोडिने हुन पनि थालेको देखिन्छ ।
साँच्चिकै भन्ने हो भने अहिलेको प्रेममा विकृति मिसिएको देखिन्छ,‘अहिलेको प्रेममा स्वार्थ मिसिएको छ । अवसरको लागि प्रेम गर्न थालिएको छ ।’ भावनात्मक पक्ष कमजोर भएको र मान्छेले आफू बाँच्न प्रेमलाई प्रयोग गर्न थालेका छन् । त्यसको कारण हिजोको तुलनामा समाज जटिल भएकाले भएको हुनुपर्छ । बाँच्नको लागि अर्थतन्त्र नभई हुँदैन । त्यसले मानिसलाई स्वार्थी प्रेम गर्न बाध्य बनाएको हुनुपर्छ । अहिलेको प्रेम अवसर र सम्झौतामा टिकेको आभाष हुन्छ ।
पहिलेको समाजमा कतिपय प्रेम फस्टाउनै नपाई ओइलाएको र अहिले त्यस्तो अवस्था देखिदैन । प्रेमलाई स्वतन्त्रताको अर्को नाम पनि भनिन्छ। तर, आजको प्रेम स्वतन्त्र बन्न सकेको छैन। आर्थिक हैसियतअनुसारको प्रेम हुन थालेको छ । प्रेममा विकृति आएको र भावना आर्थिक मूल्यसँग गाँसिने गरेको गुनासो समाजमा गरिन्छ । अर्काेतिर सञ्चारमा आएको आमूल परिवर्तनसँगै सामाजिक सञ्जालमा नै झुम्मिएर माया र प्रेम लिलामा रमाउनेहरुको संख्या आज दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । अन्तर जातीय प्रेमका कारण कयौंले ज्यान समेत गुमाइरहेका घटना दिन प्रतिदिन झन् झन् बढ्दो छ । पश्चिमी मुलुकबाट शुरु भएको लिभिङ टुगेदर नेपालमा पनि भित्रिएपछि आत्महत्या पनि हुने गरेका छन् । प्रेम गर्नु नराम्रो हैन र पाप पनि हैन तर आफ्नो हैसियत र औकात अनुसारको प्रेम गर्न सक्यो भने पक्कै पनि दीर्घ र परिणाममुखी हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width