कृष्णाष्टमी पर्वको महिमा

शिवप्रसाद गौतम
भाद्र ३, २०७९

विष्णु भगवान्का विभिन्न अवतार–जन्म लिने वा शरीर धारण गर्ने क्रिया, मुख्य १० ओटा छन् । देवताले मनुस्य वा अरू प्राणीहरुको शरीरमा जन्म लिने क्रिया, पुराणअनुसार विष्णु भगवानका २४ अवतार छन् । ब्रह्मा, बराह, नारद, नरनारायण, कपिल, दत्तात्रेय, यज्ञ, ऋषभ, पृथु, मत्स्य, कुर्म, धनवन्तरि, मोहिनी, नृसिंह, वामन, परशुराम, वेदव्यास, राम, बलराम, कृष्ण, बुद्ध, कल्कि, हंस र ह्यग्रीव हुन् । विष्णु भगवानलेजन्म लिएका २४ अवतारमध्ये १० मुख्य हुन् । १० मध्ये आठौं अवतार लिएर वासुदेव र देवकीका पुत्र भई गोकुलमा जन्मेका द्वापरयुगका प्रसिद्ध महापुरुष भगवान् श्रीकृष्ण हुन् । भदौको कृष्णअष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म जयन्तीको अवसरमा गीतापाठ, प्रवचन, गोष्ठी र कृष्ण भगवानको रथयात्रा झाकी प्रदर्शन, भजनकिर्तन गरी कृष्णाष्टमी पर्व भव्य रूपमा मनाइन्छ ।

आजको दिन देशभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि राति अबेरसम्म वा रातभर जाग्राम बसी भजनकीर्तनको आध्यात्मिक मेला लाग्छ । पोखरा-११ स्थित गीता मन्दिर रामघाटमा श्रीकृष्णजन्माष्टमी पर्व कृष्णझुला रथयात्रा गरी रातमा पनि जाग्राम रही भजन कीर्तन गरी विशेष भक्ति भाव प्रदर्शन गरी भव्य रूपमा मनाइन्छ । आज श्रीकृष्णजन्माष्टमीको दिनमा अष्टमी व्रत, श्रीकृष्ण जन्माष्टमी व्रत, मोहरात्री पर्व परेका छन् । भगवान् श्रीकृष्ण मोहरात्री आजकै दिन राती बाह्र बजे जन्मनु भएको हो ।

चार विशेष रात्रीहरु हुन्छन् । भाद्रकृष्ण अष्टमी (मध्यरात्रीव्यापिनी) लाई मोहरात्री भनिन्छ । यो भगवान् श्रीकृष्णको जन्मतिथि हो । भगवानका जन्म कंसका कारागारमा (जेलमा) रहेका पालेहरूलाई भगावनका मायाले मोहित भई बेहोस भएका र वासुदेवले श्रीकृष्णलाई सकुशल गोकुल नन्द यशोदाका घरमा पुर्‍याएको आख्यान छ । यसकारण यस रात्रीको नाम मोहरात्री रहन गएको हो । भगवान् कृष्णका मामा कंस थिए । उनकी आमाको नाम देवकी र पिताको नाम वसुदेव हो । एकदिन देवकीको आठौं गर्भबाट तिम्रो अन्त्य हुनेछ भन्ने आकाशवाणी कंसले सुनेछ । उसले तत्कालीन बैनी र ज्वाइँलाई यो कुरा भनेछ र उनीहरुलाई मार्न तम्सिएछ । कंस दुष्ट थियो । उसले आकाशवाणीमा विश्वास गरेर बैनी र बैनी ज्वाइको हत्या गर्ने प्रयास गरेछ । बैनी ज्वाइँले हाम्रो गर्भबाट जति सन्तान जन्मन्छन् ती सबै हजुरलाई चढाउँला भनेपछि उसले वहाहरुलाई कारागारमा बन्दी बनाएर राख्यौ । बन्दी जीवनमा उहाँहरुले आफ्ना सातौं सन्तान कंसलाई बुझाउनु भयो । सबैलाई कंसले निर्ममता साथ हत्या गर्‍यो । कंशको परे दुस्कर्मदेखि लोक रोयो । आठौं गर्भ रहेको थाहा पाएपछि कंसले कारागार संरक्षकहरुलाई अझ बढी कडा गर्ने निर्देशन गर्‍यो । पहरेदारहरू सतर्क भए । उनीहरुले कडा निगरानी राखे । भदौको कृष्णाष्टमीको राति भगवान् कृष्णको जन्म भयो । विष्णुका १० अवतारमध्ये आठौं अवतार लिएर वसुदेव र देवकीका पुत्र भई गोकुलमा जन्मेका भगवान् कृष्णलाई वासुदेवले रातारात यशोदा कहाँ पु¥याएर उनको छोरी देवीलाई लिएर आए । त्यसपछि कारागारमा खैलाबैला भयो । कंस थाहा पाएर आयो । आठौं सन्तान देवीलाई बुझाइयो । कंसले भुइमा बजारेर मार्न खोज्दा देवी उसको हातबाट मुक्त भएर आकाशमा उड्दै तलाई मार्ने वाला अन्तै छ भन्ने आकाशवाणी गरेर लोप भइन् ।

कंस बिलखबन्धमा पर्‍यो । त्यसपछि उसले ज–जसका भर्खरै जन्मेका बालकहरु छन् । तिनलाई निगरानीमा राख्ने निर्देशन गर्‍यो । उसले आफ्नो राज्यमा रहेका नवजात शिशुहरूलाई मार्न पूतना छाड्यो । पूतना भनेकी कृष्णलाई मार्न कंसद्वारा पठाइएको पुराण प्रसिद्ध एक राक्षसी हो । कृष्णलाई पनि दूध चुसाउने अवसर पाई । कृष्णले उसको दूधपान गरी प्राण पनि लिए । ऊ मरी र मुक्त भई ।

यो संसारमा दुस्टहरुको संहार गर्न भगवान् स्वयं मानिसको अवतार लिएर जन्मनु हुन्छ । भगवान् विष्णुले द्वापर युगमा दानवहरुले देवताहरुलाई दुःख दिएकोले उनीहरुको अन्त्य गरी शान्ति स्थापना गर्न देवताहरुले भगवान् विष्णुलाई बिन्ति गर्दा भगवान् प्रसन्न भई हुन्छ म दानवहरुको अन्त्य गर्नेछु भन्ने वचन पूरा गर्न द्वापरयुगमा भगवान् विष्णुले कृष्णको अवतार लिएर जन्मनु भएको शास्त्रीय प्रसंग हो । त्यो बेला कंस अत्यन्त जस्ता दुष्ट राक्षस थिए । त्यसलाई भगवान् कृष्णले अन्त्य गरेका घटनाक्रम हाम्रा धर्म शास्त्रमा वर्णन गरिएको छ । हाम्रा धार्मिक ग्रन्थहरु महाभारत पुराण वाल्मिकि रामायण तथा भागवत् गीतामा जब–जब धर्मको क्षय भै अधर्म हावी भएर समाजमा अशान्ति हुन्छ । तब–तब भगवान् विष्णु (पालनकर्ता) ले मानव रूप धारण गरेर अधर्मको अन्त्य गरी धर्मको स्थापना गरेको पाइन्छ ।

यो संसारमा दुस्टहरुको संहार गर्न भगवान् स्वयं मानिसको अवतार लिएर जन्मनु हुन्छ

हाम्रा सन्तान हिन्दु धर्मसम्बन्धी धर्म शास्त्रहरु अहिलेका वैज्ञानिकहरुले मानेका छन् । भागवत् गीता विश्वका सबै भाषामा अनुवाद भएको छ । गीता अत्यन्त लचिलो र बहुआयामिक धार्मिक बन्न गएको छ । गीता पाठ गर्दै मर्न पाए अथवा मृत्यु शैयामा पर्दा गीता सुन्न पाए सिधैं परमधाममा पुग्ने विश्वास छ । भागवत् गीता भगवान् कृष्णले कुरु क्षेत्रको लडाईमा आफू सारथि भएको अवसरमा अर्जुनले युद्ध भूमिमा आफ्ना गुरु, भाइ, बन्धुबान्धव आदि देखेर म यो पाप कर्म गर्न सक्तिन भनी आफ्नो गान्धिव धनु भगवान् कृष्णका अगाडि राखेर चुप रहेपछि कृष्णले अर्जुनलाई सम्झाउँदै लड्न पे्ररित गरेर लडाई भएर विजय हासिल भएको र शान्ति स्थापना भएको घटनाक्रमको वर्णन हो । गीतामा जे खोज्यो त्यो पाइन्छ । गीता अध्यात्म विधाको सार हो ।

सर्वोपनिषदो गावो दोग्धागोपाल नन्दन :
पार्थो वत्स : सुधीमोक्ता दुग्ध गीतामृतम महत ।।

सबै उपनिषद (आर्यहरूको गूढ आध्यात्मिक र दार्शनिक विचार भरिएको आत्मा र परमात्माको निरुपण गर्ने, वेदका शाखाहरुमध्ये ब्राह्मण अंशको पछिल्लो भाग) गाई हुन् । श्री कृष्ण दूध दुहुने ग्वाला हुन् । अर्जुन बाच्छा हुन् । बुद्धिमान मानिस असल दूध सरह गीतामृत पिउँछन् ।

भगवान् विष्णुले मानव अवतार लिएर धर्तिमा किन जन्म लिनु परेको हो ? यसको उत्तर भगवान् कृष्णले भागवत् गीताको अध्याय चार ज्ञान–योगको श्लोक नम्बर ७ र ८ मा प्रष्ट वर्णन गर्नु भएको छ । जुन यसप्रकार रहेका छन् ।

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
अर्थ : अधर्म हावि भै पार्थ, धर्ममा आउँदा क्षय ।
अवतार लिने गर्छु पृथिवीतल निश्चय ।।
परित्राणाय साधुर्नां विनाशाय च दुस्कृताम् ।
धर्म संस्थापनार्थाय सम्भवामी युगे युगे ।।
अर्थ : संहार दुष्टको गर्दै भक्त उद्धार खातिर ।
स्वयं जन्म लिने गर्छु पर्दिन अरूको भर ।।
धर्मको स्थापना गर्नु मेरो प्रथम कर्तव्य हो ।
प्रत्येक युगमा जन्म तसर्थ अनिवार्य भो ।।

भागवत् गीतामा १८ अध्याय र ७ सय श्लोक छन् । यो धर्म शास्त्र अध्ययन गरेर बुझ्न सके मानव जीवन मोक्ष हुन्छ । तर के गर्नु संस्कृत विद्यालाई राज्यले अपहेला ग¥यो । संस्कृत शिक्षा बिना गीताको पूर्ण ज्ञान लिएर आनन्द लिने अवसर मिल्दैन । गीता पहिले बुझ्न कठिन जति बुझ्यो, झन झन बुझ्यो झन् कठिन छ । आज कृष्णाष्टमी महापर्व भगवान् कृष्णप्रति भक्ति भाव प्रकट गर्ने जमर्को गरिएको मात्र हो । गीताको अठारौं अध्याय मोक्ष सन्यास–योग ८८ औं श्लोक यस्तो छ :

यत्र योगश्वर कृष्णे यत्र पार्थो धनुर्धर ।
तत्र श्रीर्विजयो भूतिर्धुवा रितिर्मतिर्मभ ।।
अर्थ : जहाँ योगेशवर श्रीकृष्ण, धनुर्धारी धनन्जय ।
त्यही छन् जय, ऐश्वर्य, शक्ति र नीति निश्चय ।।
आउन कृष्ण वसन हाम्रो मनैमा ।
नजाउ कृष्ण छाडेर विन्द्रा वनैमा ।
कृष्णाय वासुदेवाय मरमात्मने नमो : नम: ।

Related News

सम्बन्धित समाचार

hero news full width