निषेधाज्ञा समाधान होइन

भगवान पोखरेल
भाद्र ८, २०७७

कोभिड १९ बाट जोगिन खास कठिन केही छैन । सामान्य कुराहरुलाई ठीक ढंगले अनुशरण गर्न एवं गर्न लगाउनु नै मुख्य चुनौति हो । कोरोना फैलिन सक्ने सम्भाव्य जोखिम क्षेत्र खास गरी वर्कसप, तरकारी तथा फलफूल बजार, मासु एवं दुध डेरी पसल, बैंकिङ क्षेत्र, डिपार्टमेन्टल स्टोर्स तथा मलहरु साथै भिडभाड हुने सरकारी कार्यालयहरु नापी, मालपोत, कर कार्यालय एवं छाता संगठनहरुको समन्वयमा सबै व्यवसायिक संघसंस्थाहरु लगायत सबैले सुरक्षाका आवश्यक सम्पूर्ण मापदण्ड पालना गर्ने र कडाईका साथ पालना गर्न लगाउने गरिनु पर्दछ ।

त्यसैगरी आम समुदायको हकमा प्रत्येक वडाको संयोजनमा वडामा, महानगरस्तरीय, पालिकास्तरीय एवं जिल्लास्तरीय विभिन्न सरोकारवाला पक्षहरु, स्थानीय प्रशासन, प्रहरी, स्वास्थ्य, रेडक्रस, टोल विकास, आमा समूह, स्थानीय समाजसेवी एवं नागरिक अगुवा, राजनीतिक पार्टीहरुको स्थानीय कमिटीको समन्वयमा नागरिक निगरानी समिति गठन गरी सार्वजनिक स्थानमा भिडभाड हुन नदिने, ठिक ढंगले माक्स लगाउन सिकाउने, सामाजिक दूरी कायम राख्ने, मास्क किन्न नसक्ने वर्गलाई निःशुल्क वितरणको प्रबन्ध मिलाउने, अनुहारमा हात नलैजाने, कुनै वस्तु छुनासाथ वा बेलाबेलामा सेनिटाइजर प्रयोग गर्ने, राम्रोसँग मिचिमिचि हात धुने लगायतका सामान्य लाग्ने कृयाकलापहरुलाई सबैले ठीक ढंगले आत्मसात गर्ने र गर्न लगाउने नै आजको मुख्य आवश्यकता हो । तसर्थ नागरिक निगरानी समितिले देख्दा सुन्दा सामान्य लाग्ने तर मानव जीवनका निमित्त अत्यन्तै महत्वपूर्ण ठानिने सुरक्षाका मापदण्डहरुलाई जनसमुदायमा कडाइका साथ लागू गराउन र सोको नियमित अनुगमन गरी लापरवाही गर्ने, हेलचक्रयाई गर्नेलाई सम्झाई बुझाई गर्ने र अटेर गर्नेलाई कानुन बमोजिम कडा कारवाही गर्न सिफारिस गर्ने र कानुन कार्यान्वयन गर्ने निकायले आवश्यक कारवाही गर्ने प्रबन्ध गर्नु नै कोरोना भाइरसबाट बच्ने र बचाउने उपाय हो भन्ने लाग्छ ।

धेरै जनसमुदाय सचेत भएर सुरक्षा मापदण्ड पालना गरेको देखिन्छ । यद्यपि नाथे कोरोना केही पनि होइन भन्ने सानो जनसमूहलाई बढी निगरानी गर्दै आम जनसमुदायमा सचेत गराउनु पर्ने मुख्य चुनौति देखिएको छ । नागरिक निगरानी समितिलाई चुस्त दुरुस्त बनाई परिचालन गर्न सकिएमा धेरै हदसम्म महामारी फैलिनबाट रोक्न सकिन्न ।

अन्त्यमा, तिनै तहका सरकारबीचमा बलियो समन्वय निर्माण गरी जोखिम क्षेत्रका नागरिकको पहिचान, परिक्षण र उपचारमा केन्द्रित हुनु नै मुख्य विषय हो । विश्व स्वास्थ्य संगठनको भनाइलाई मान्ने हो भने कोभिड १९ नियन्त्रण हुन कम्तिमा दुई वर्ष लाग्नेछ । तसर्थ जबसम्म छिमेकी देश भारतमा यो भाइरस नियन्त्रणमा आउँदैन, जे जस्तो अवस्थामा पनि भारतबाट मानिसहरु आइरहन्छन् तबसम्म नेपालमा कोरोनाबाट पूर्णरुपमा मुक्त हुन कठिन भएको हुँदा प्रदेश स्तरीय एक हजार शैयाको कोरोना उपचार गर्ने हस्पिटल बनाउन अत्यन्त आवश्यक देखिएको छ । प्रदेशको अगुवाइमा केन्द्रको सहयोग र सबै स्थानीय निकायको साथमा कोरोना लागेका नागरिकको उपचारको निम्ति कम्तिमा एक हजार शैयाको हस्पिटल बनाउन तुरुन्त लागिहाल्नु पर्दछ । यसमा किञ्चित दुविधा गर्नु हुँदैन ।

तसर्थ, सुरक्षा मापदण्ड अपनाउँदै आफनो दैनिकी क्रियाकलापमा केन्द्रित रहँदै गर्दा अर्थतन्त्र चलायमान भई नागरिकको समस्या पनि केही हदसम्म समाधान हुँदै जाने एवं राज्यलाई कर पनि उठ्ने र बिमारी भइहालिएको खण्डमा उपचार पनि पाइने विधि नै कोरोनासँग लड्ने अमुक हतियार हुनेछ । भोको पेटमा घरभित्र थुनिएर कोरोनासँग लड्न त सकिएला तर युद्ध जितिदैन । तसर्थ अनुशासित भई उच्च मनोबलका साथ आफना दैनिकी नियमित संचालन गरेर मात्रै कोरोनालाई पराजित गर्न सकिन्छ । तब मात्र रोगले भन्दा भोकले मर्ने अवस्था आउने छैन ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width