कलममा अड्केको सत्य

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७८

वर्तमानमा चारैतिर बेथिति र बेइमानीमात्र देखिएको छ । देशको सर्वोच्च अदालतमा मुक्कामुक्की भइरहेको छ । जनतामा जहाँसुकै बेथिति भए तापनि कलममा सत्य अड्केको छ भन्ने विश्वास पनि बिस्तारै खाडलमा पर्दै गएको छ । यस्तो अवस्थामा राज्यको चिन्ता लाग्नु स्वाभाविक हो । किनकि आफू जन्म भएको देश सबै नागरिकलाई प्यारो लाग्छ । हाम्रो देशमा जनताबाट विश्वास पाएका नेतामा राष्ट्र र जनताप्रति गरिनुपर्ने उद्धार भावना देखिंदैन । प्रायः श्रीमान् कुनै पदमा छ भने श्रीमतीको हालीमुली बढी चल्छ । घर व्यवहारका कुरा कतिपय व्यक्तिलाई थाहै छ । लेखक ऋषि पाण्डेबाट २०७५ सालमा देश बिगार्ने पाँच नारी भनेर एउटा राजदरबार रहस्य षड्यन्त्र र चक्रव्यूह नामको पुस्तकमा उल्लेख गरेका छन् । जुन लेखमा रानी ऐश्वर्य शाह राजा वीरेन्द्र सरकारका साथ १९८८ को चौथो सार्क सम्मेलन पाकिस्तानको स्लामावाद जाँदा तत्काल भारतका प्रधानमन्त्री राजीव गान्धीले राजासँग भेट गर्न चाहँदा सचिव नारनप्रसाद श्रेष्ठ र रानीले त्यो खबर गुपचुप पारेपछि पुनः राजासँग फोनवार्ता गर्न राजीव गान्धीले सम्पर्क गर्दा फोन वार्ता हुन दिइएन । तत्पश्चात् भारत नेपालसँग रुष्ट र चिसोपन उत्पन्न हुँदै गएको सूर्यबहादुर आफू प्रधानमन्त्री बहाल नरहेको अवस्था रानीलाई दर्शन भेट गर्न जाँदा त्यस बेलाको बीस लाख मूल्य पर्ने हिराको माला चढाई मेरा आमा बाबु नै सरकार हुनुहुन्छ भन्दै दर्शन गरेका शेरबहादुर देउवा पटक–पटक प्रधानमन्त्री भएर अकुत सम्पत्ति कमाए । आज उनैले फूर्ति लगाइरहेका छन् । जुन बेला आरजु राणाको सबै ठाउँमा हालीमुहाली चल्यो । राजा ज्ञानेन्द्र शाहकै पालामा अझ बढी उनले चहलपहल गर्न थालिन् । विदेशीको चलखेलबाट राजालाई हटाई गणतन्त्र ल्याउनुपर्ने एउटा कारण त्यो पनि थियो पटक–पटक शेरबहादुर प्रधानमन्त्री हुँदा सबै मन्त्रालयको साँचो आरजुका हातमा थियो । सबै ठाउँमा सरुवा–बढुवा नियुक्तिका काम आरजु राणाकै सिफारिसमा कांग्रेसको १३ औं महाअधिवेशन सम्पन्न भएको २ वर्ष पूरा हुँदा पनि विधान बमोजिम पधाधिकारी मनोनयन गर्न सकेनन् । ऐश्वर्यका अगाडि राजा वीरेन्द्रको केही चल्न नसके जस्तै आरजु राणाका अगाडि शेरबहादुर देउवाको केही नचलेको यथार्थता आज पनि देखिएको छ ।

ऐश्वर्यका अगाडि राजा वीरेन्द्रको केही चल्न नसकेजस्तै आरजु राणाका अगाडि शेरबहादुर देउवाको केही नचलेको यथार्थता देखिएको छ

सुजाता जस्टिर कोइरालाले जर्मन नागरिकसँग विवाह गरेकाले उनले आफ्ना ज्वाइँलाई नेपालमा बोलाई विभिन्न किसिमका प्रसिद्ध धन्दा लगाई अकूत सम्पत्ति जोड्न लगाइन् । ज्वाइँ प्रहरीको घेराभित्र पर्न थालेपछि रातारात भगाउन सफल भइन् । उनीसँग ढंग नभए पनि पिताजीको कृपाबाट उपप्रधानमन्त्री भइन् । भ्रष्टाचारको आहालमा डुबे पनि मुक्ति पाइन् ।
उता तोना कोइरालाले नेता रुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जयप्रसाद गुप्ता, विजय गच्छदारबाट अनावश्यक लाभ उठाउने र त्यो नमिले मन्त्रीबाट हटाउने गर्दाको कारणले गर्दा २०५१ साल मध्यावधि चुनावको घोषणा हुन गयो । त्यस बेला ६ जना मन्त्रीलाई पदबाट हटाइएको थियो । प्रधानमन्त्री गिरिजाले कमाएको अकुत सम्पत्ति नोना र सुजातालाई दिएका कारण सुजाता र शेखरको खटपट हुन्थ्यो । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनकी पत्नी हिसिला यमीको आग्रहमा बाबुराम भट्टराईले १० मन्त्रालय आफ्नो जिम्मामा राखे । यसभन्दा अगाडि नेपालमा कुनै प्रधानमन्त्रीले यसरी धेरै मन्त्रालय धेरै समय आफूसँग राखेका थिएनन् । यद्यपि हिसिला यमी आफू कुनै पदमा नरहे पनि अर्बाैंको भ्रष्टाचार गरेका उजुरी नेपालका ऐतिहासिक सन्दर्भ बनेर देखिएकै हुन् ।
कुनै पनि लेखकले पूर्वाग्राही भावनाले लेखका हुँदैनन् । त्यसरी लेखिए पनि पूरा असत्य र झुटा पनि हुँदैनन् । यसैले लेखिएका तथ्य सत्य र साँचो जानेकै बुझेकै विषयलाई लेखकले लेखेका हुन्छन् । यसैले अब लेखकहरु सजक हुनुपर्छ । राष्ट्रभित्र लुकिछिपी भएका सन्धि सम्झौता छन् भने त्यसको पर्दाफास गर्नु आजको आवश्यकता हो । स–साना भ्रष्टाचारीलाई कारबाही गर्ने ठूलाठूला भ्रष्टाचारी र राष्ट्रघातीलाई छुटकारा दिने गरेको यत्रतत्र देखिएको छ ।
नेपालमा भ्रष्टाचार नगरी जिउने व्यक्ति अभावै अभावमा बाँचेका छन् । यस्तो अवस्थामा यिनै पक्षलाई सरकारबाट ढाकछोप गरी बचाउ गरिन्छ भने राष्ट्रभित्रको मैला कहिल्यै पनि पखालिंदैन । नेपालमा भ्रष्टाचार गर्नेहरूको बहुमत भइसकेको हुँदा बहुमतको अगाडि प्रश्न उठाउने व्यक्ति नै उनीहरूका लागि दुष्मन भएका छन् । बहुमत असत्यले सत्यलाई छोपिरहेको छ । यस्तो अवस्थाले गर्दा भ्रष्टाचार गर्नेहरूलाई हतपत कारबाही गर्ने निकाय मुखदर्शक भइरहेका छन् । कुनै कारबाही हुुँदैनन् । बाध्यताले कारबाही गर्नुपर्ने अवस्था आए पनि कता कुन झ्याल ढोकाबाट निस्कन सकिन्छ भनेर छिद्र खोज्न थालिन्छ । हुन पनि हाम्रो कानुनमा धेरै झ्याल ढोकाका जन्जिरहरूले सिँगारिएकाले गर्दा पनि यो अवस्था सिर्जना हुन गएको पाइन्छ । अब जहाँ जस्तासुकै गुनासा भए पनि राष्ट्र, राष्ट्रिता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथि आँच आउने काममा कलमजीवीहरु मौन बस्नु हुँदैन । र मौन नबस्ने भन्दैमा अराजक बन्न पनि हुँदैन । यसैले कलममा अड्केको सत्यलाई बाहिर ल्याउनै पर्दछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग