कला एक सौन्दर्य

छेत्रलाल कायस्थ
माघ १८, २०७९

कला एक सौन्दर्यमय, आनन्दमय, सुखमय क्षणको एक द्योतक हो । जति पनि सांसारिक, मानसिक, बौद्धिक कलाको वातावरणमा प्रभाव पारिरहेकै हुन्छ । यसमा बुझेर महसुस गर्नेहरूले स्वाभाविक रूपमा ग्रहण गरेको हुन्छ । कोही यसलाई नबुझेर भवितव्य, समावेन्को रूपमा लिएको हुन्छ । जीवनको हरेक क्षण रंगको प्रभाव परिरहेकै हुन्छ । समाजमा संस्कारको रूपमा परिपालन व्यवहारमा चाडपर्व उत्सवहरु मनाउँदै आइरहेको पाउँछौ । कुनै पनि प्राणीहरु यसबाट अचुक रहेको हुँदैन । यसले हाँसिरहन जान्नेले हाँसी रहन्छ । यसलाई नबुझेर भाग्यको खेल हो भनी रोइरहने पनि नभएको पनि होइन ।

रंग भनेपछि आधारभूत ३ प्रकारको रातो, निलो, पहेंलोलाई लिन्छ । संयोग भनौं कि अप्रत्यक्ष स्वरूप हिन्दु धर्ममा जुन ब्रह्मा संसारको सृष्टि संहारको स्वरूप भनिन्छ । यसमा रातो रंगको महादेव, निलो रंग विष्णु र पहेंलो स्वरुपको ब्रह्मा स्वरूप भएको पाउँछौं । तर यो सम्भव छ/छैन सोच्नुपर्ने कुरा हुन्छ ।

कला स्थिरता, सुन्दरता, सौरम्यता, मन बहलाउने साध्य, साधना सन्तुलनको अपरिहार्य विषयसँग समाहित द्योतक हो । यसलाई सही रूपमा देख्ने सञ्चालन अनुभूतिमा नै केही न केही वा धेरै विषयवस्तु प्राप्त गर्न सकिने जुन जीवनको लागि अति उपयोगी हुन आउँछ ।

कुनै पनि सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदिमा कुनै न कुनै किसिमले रंगको उपयोगितामा समावेश गरिरहेको दुेखिन्छ । तर आजका विज्ञ भनाउँदाहरूले कला साहित्य संगीतलाई अनुत्पादक दृष्टिमा परिभाषित गरिएको पाउँछौ । यसलाई सरासर अनभिज्ञ देख्न सकिन्छ । जुन मानवीय भावनाबिनाको कुनै पनि कार्य प्राय असम्भव नै लाग्छ । एउटा मनोवैज्ञानिक परिभाषा यतिखेर प्रस्तुत गर्न उपयुक्त लाग्छ ।

एउटा मानिस दैनिकजसो हात खुट्टाले मेहनत गरी पेटले खाना खाएर रामै्रसँग जीवनयापन गरिरहेको रहेछ । एक दिन हातखुट्टाको मन लागेछ, हामीले बिहानदेखि बेलुकासम्म घाम, पानी नभनी मेहनत गरी कमाउँछौ तर यो पेट त बसी बसी खाइरहेछ । ल ! अबदेखि यसलाई केही पनि खान जुटाउने होइन भनी सल्लाह गरेर यसै गर्न लागे । केही दिनको टाइँफाइँपछि हातखुट्टा शक्ति शिथिल भई आएपछि दैनिक कार्य गर्न नसक्ने अवस्थामा पुगे । होइन, हाम्रो सेखीले काम गरेन भनी पुन सामञ्जस्य गरी राम्रैसँग दिन थपी बिताउन लागे । शारीरिक परिश्रम साथ मानसिक परिश्रम कत्तिको तारताम्य जोडिँदो रहेछ भन्ने कुरा बुझाउँछ ।

कहीँ कतै कार्यक्रम गर्नुपर्दा ल ल कलाकारहरू त देशको गहना हुन् भनी फुल्याउने केही वेश लाग्दैन तर हामी हिम्मत साथ भन्छौँ, कला साहित्य र संगीत देशको राष्ट्रको धड्कन हो । यसले देश कत्तिको गरिमामय, गौरवशाली कत्तिको विश्वमा आफ्नो शक्तित्व रहेछ भन्ने मूल्यांकन गरेको हुन्छ । जसमा मोनालिसाको चित्र देखाइ फ्रान्सले आफ्नो गौरवमय शान विश्वलाई देखाउँछ ।

वरिष्ठ कलाकार किरण मानन्धरले अपांग केटा जुन दाँतले कुची च्यापेर चित्र कोर्नलाई संरक्षण दिइरहनु भएको छ । काठमाडौं हनुमान ढोकामा हातका औंला झरेको रोगीले स्वाभिमानसाथ चित्र कोरिरहेको देखि आफूले पनि उनको चित्र किनेर ल्याएको थिए । कान नसुन्ने, बोल्न नसक्ने एउटा कलाकारलाई हामीले यहीं हाम्रो अगाडि देख्न सक्छौँ । सुतेकाहरुलाई ब्युझाउँने काम कलाकारी पे्ररणाको स्रोत हो भने उठेकोलाई नचाउने यसको क्षमता हुन आउँछ ।

आँखा नभएका अन्धोले संगीको भरमा जीवनयापन गरिरहेको देखिएकै छ । यस्तै अपांग झमककुमारीले मदन पुरस्कार हात पारेको कुरा थाहा भएकै हो । यसरी जहाँ जतिखेर पनि सौन्दर्य सरगममय कलाको सिर्जना गर्ने कलाकार नै हुन् । यसमा दुई मत देखिँदैन ।

ऐतिहासिक पाना पल्टाउने हो, गर्न कलाको प्रादुर्भाव चोट हजार वर्ष पहिले इजिप्टको एउटा नदी किनाराबाट भएको भन्ने १९९९ जनवरी नेसनल जोग्राफी अंकमा पढेको थिए । हाल ३० हजार वर्ष अगाडि फ्रान्स्को मेरीकेमा भएको प्रमाणित भएको छ । यसरी विभिन्न काल खण्डाना आफ्नो आफ्नो भोगाइ सोचाइको दृष्टिले कलाका विधाहरु समाजमा प्रत्यक्ष प्रभाव पारी आएको छ ।

चित्रकलाको सन्दर्भमा १९५० तिर पिसारो साथीसहितहरुले सीमित कोठामा मात्र बनाउँदै आएको अध्ययन कक्षलाई फराक मार्दै वाहन्य जगत जस्तो समुन्द्रको मौसमी वातावरण वनजंगल मानव समुहमा प्रत्यक्ष अध्ययन गरी वाहन्य जगतको बारेमा चित्रहरु कोर्न लागेपछि कलामा नयाँ कान्ती शुरु भएको अमूर्त कला विलन भइसक्यो भने केही कला जानकारी गर्ने पनि गरिएको पाइन्छ । तर यो कुरा कुनै हालतमा मान्न तयार हुनेवाला छैन । जबसमम जीवन जगत रहिरहन्छ तबसम्म यसको विकसित देखा पर्दै जानेछ भनी यो ठोकुवा साथ भन्न सकिन्छ ।

यो कला हेरेर मात्र होइन जीवनसँग साइपाटो गरी मनन गरेमा के साँच्ची कै कला कलाकै लागि नभई कला जीवनको लागि अपरिहार्य विषय हो भनी अनुभूति गनृ सकिन्छ ।

साधरणतया मानिसहरू बाह्य रमझम, नाचगान, रसरंग, मोजमज्जा नै भन्ने गरेको हुन्छ तर यसलाई हृदयगम गरे मनन गरेको अवस्था हाम्रो लागि जीवनपयोगी सावित हुन आउँछ । कला रसरंग होइन की रंगरसमा घोत्लिदा बुझ्न सकिन्छ ।

अमूर्त कला उपमाकै रूपमा फेवातालको वातावरण लिऊ न, यहाँ मानिसहरू चहलपहत, ताल दृश्य, हिमालपहाडको दृश्यमा माथिको हिमालपहाड तलको मानिसहरूको वातावरण छोडेर बिचको तालको पानीका सलल चलेको हातको अवस्थालाई दृश्य हेरेमा त्यहाँ अमूर्त कला भावना विस्तार विस्तार अनुभूति हुन थाल्छ । साधरण अमूर्त कला यसरी परिभाषित गरी हेरिने मनोभावना नै मूर्त रूप नै मूर्त भाव आभास हुन आउँछ । जस्तो झमझम परेको पानी बिना छाता ओडी हिडेको अवस्थामा एकाग्रह भई छातामा परेको झर परेको पानीको सान्दनलाई चिन्तनमनन गरी बुझ्न सके । हिडिरहेको अवस्थामा हावाको सरसरी स्पर्शलाई नै अमूर्तताको भाव केलाउन बुझ्न सक्ने विषय हुन आउँछ ।

यसरी कुनै रिस, राग, छलकपट, माया, मोह, अहंता मनमा क्यशलाई हटाउन सकेमात्र स्वच्छ मनले देखेको भोगको अवस्थालाई अमूर्त भावको प्रादभाए भएको महशुश हुन आउँछ तर यसलाई ………गरी मन गरेको अवस्था हाम्रो यसरी सिर्जाएका भावनाको मन वचन शरीरबाट हुने कार्य नै सांसारिक जगत के हो किकरपरी हामी हामी आयौ अब हामीले के गर्नु पर्छ । यस संसारलाई यसरी छोडेर जान पर्छ भने दर्शन शास्त्र हुन आउँछ ।

मानिसको मन नराम्रो गर्न, नराम्रो सोच्न नब्बे प्रतिशत अगाडि बढिरहेको हुन्छ । नराम्रो काम वचन … प्रतिशत पनि आनाकानी गरिरहेको हुन्छ । यस अमूर्त कलामा कुनै चदश, मायापिरतीका घटनजाहरु देखाएको हुँदैन । हरथरी वहन तरंगलार्य प्राथमिकता भावना नभएको कुनै माया प्रितीको भाका नभएको कसैको गुनगान नसमेटिएको हुन्छ । यसलाई रिसराग वृष बाहिरै छोडी स्वस्थ मनले हेरिएको अवस्थामा केही न केही देखेको बुझेको महशुश हुन्छ । यसमा धैर्यता सहनशीलता, नम्रता, सिर्जनात्मक भावना जागृत भई उपलब्धीमूलक कार्य गर्न टेवा मिल्ने हुन्छ ।

अमूर्त कला सरस्वतीको अवस्थामा केही पनि ठम्याउन मुस्किल हुन्छ । जब एकाग्र भई केही बुझेपनि पाँच सात मिनेट एकतकले मन लागे र हेरेको खण्डमा केही न केही पाएको मन हुनेछ । यसमा कुनै पनि विषयवस्तुलाई नकरात्मक दृष्टिले हेरेको खण्डमा यसमा केही पनि उपलब्ध हुँदैन । सकारात्मक दृष्टिले हेरेको अवस्थामा केही न केही आफूलाई फलदायक हुने हुन्छ ।

अमूर्त कला झ्वाट्ट हेर्दा केही देखिदैन केही देखाएको जस्तो भान हुन्छ । यो खाली क्यानभासमा खाली संसारमा झ्याप्प झ्याप्प आफ्नो किसिमको रंगहरु पोतिएको हुन्छ । कही कसैको ग्रह प्रवेश गदाृ दैलोमा नै आफूले लाएको जुत्ता, चप्पल छोडेुर भित्र बस्दा बाहिरको फोहोरमैला नपसोस् भन्दा खातिर यसो गर्दछौ । यस्तै कुनै बदलाको शीर्षक दिएको हुँदैन आफैँ सोच्नु प¥यो । कसरी कहाँबाट हेर्न शुरु गर्ने हो भनी आफैँ विचार गर्नुप¥यो । यसरी आफैं एक किसिमको कलाकार नै हुँ की जस्तो भान हुन्छ । मानिसको मन एकाग्रह र एकचित्त गरिरहनु भनेको धेरै ठूलो विषय हो । यसरी मनलाई स्थिर बनाउनु भनेको हिरा, मोती भन्दा महँगो कुरा हो । यतिखेर आफूले हिरामोती पाए जस्तो महशुश हुन्छ ।

यसरी अमूर्त कला प्रदर्शनी हेरेर बाहिर आएपछि केही बुझेजस्तो केही नबुझे जस्तो भए पनि गरुङ्गो मन लिएर सन्तोषी मन लिएर आएको महशुश गर्दछ । यही नै अमृत जस्ताको उपलब्धी या सार्थकताको घोतक हुन् । इति

Related News

सम्बन्धित समाचार

hero news full width