काहूूँँ डाँडा कि कोट ?

मदन भण्डारी
श्रावण १५, २०७९

डाँडापाखा वन चहुरमा घाम लागिरहेछ
लाखौंलाखौं सुख र दुखमा लोक लागिरहेछ
यस्तो बेला नबस घरमा निस्क आलस्य फाली
तन्नेरी हे उठन पृथ्वी तीनबित्ता उचाली

तन्नेरीको अधिकता थियो यसैले काहूूँँ पाखामा माधव घिमिरेका कविता हावामा गुञ्जिरहे । देशका विभिन्न ठाउँबाट आएका १ सय जना जति स्वतन्त्र पत्रकारहरुको भेलामा उत्तिकै संख्याका बौद्धिक, वैज्ञानिक र स्थानीय जनताको उपस्थिति रह्यो । स्वतन्त्र पत्रकार संघद्वारा ‘काहूँकोटको पर्यटकीय सम्भावना’ बारे बृहत् अन्तक्र्रियाको आयोजना गरिएको थियो । मान्छे स्वतन्त्र भएर पनि बाँच्न सक्छ भन्ने नयाँ अवधारणाको आभाष पाइयो । कालिका माविको प्रांगणमा देवी सरस्वती र मेजर दिलसिं गुरुङको प्रतिमामा माल्यार्पण गरेर पोखरा महानगरका मेयरले कार्यक्रम उद्घाटन गरे । ‘पोखरा गण्डकी प्रदेशको केन्द्र पनि भएकाले मन्त्रीज्यूहरुको उपलब्धता रहन्छ । मेयरलाई उद्घाटनका कार्यक्रममा नडाकियोस् भनी अनुरोध गर्दछु !’ मेयरले भनेका थिए, ‘पर्यटकीय सहर घोषणाको प्रयास गर्दैछौं । वर्णनमा पोखरा जति सुन्दर, व्यवहारमा कुरुप पार्ने काम पनि भएकै छ । अब काहूँकोटबाट पोखराको नकारात्मक पक्ष र कुरुपतालाई पनि हेरेर सच्याउने–सुधार्ने कोसिस गर्नुपर्छ !’ कृषि वैज्ञानिक अनील सुवदीको कथन थियो, ‘फोहोरलाई मल बनाउन धेरै गाह्रो छैन । काहूँकोटबाट सूर्योदय र सूर्यास्त राम्रो देखिन्छ । यहाँबाट पूरै पोखरालाई ठम्याउन सकिन्छ !’

महान् मनिषीहरुको भनाइ छ, अरुले नगरेको सामाजिक मंगलको कठिन कार्य गरिंदा ख्याति आर्जन हुन्छ । भन्न दकस मान्नै पर्दैन, कृष्णप्रसाद बाँस्तोला यस्तै कठिन कार्य गर्दै छन् । दलदलमा भासिएका पत्रकारलाई अनेक प्रविधिले टुप्पीमा समातेर तान्दै उनले धरातलमा उतारेका छन् । धेरैले नुहाधुवाइ गरेर पवित्रता हासिल गरेका छन् । स्वतन्त्रता मानव जीवनको सर्वोच्च प्राप्ति हो तर यतिखेर दलाल नेताका कारण नेपालमा बाह्य शक्तिद्वारा दासता थोपरिँदै छ । ०४७ सालमा गणेशमानले जनता सार्वभौमसत्ता सम्पन्न भएको बताएका थिए । अहिले नागरिकता विधेयक पास गरेर प्रचण्ड मधेशी जनतामा स्वतन्त्रता प्राप्तिको शुभकामना बाँडिरहेका छन् । लेखनाथ पौडेलले ‘पिँजराबाट छुटेको सुगा’ मार्मिक कविता लेखेका छन् । पक्षपाउ कँुजिएर उड्न भुलेको सुगालाई दाताले दिने चारो मिठो हुन्छ । दासहरुलाई दासता प्रिय लाग्छ ।

स्वतन्त्रताको चाहना र प्राप्तिको प्रयास अलग कुरा हुन् । नेपालका अधिकांश जिल्लामा स्वतन्त्र पत्रकार संघको समितिहरु खुल्नु रमाइलो पक्ष हो । थोरै भए पनि प्रतिबद्धहरुले संसार बदल्न सक्छन् । ‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु’ भन्ने नारालाई आत्मसात गरिंदा पितपत्रकारिताको अनुहार हाम्रा प्रधानमन्त्रीको जस्तै हुनसक्छ । स्वतन्त्र पत्रकारिता सजिलो छैन यसैले ‘द ब्रुक’ कवितामा भनिए झैँ कति आउँछन् र जान्छन् पनि तर नदी निरन्तर अघि बढिरहन्छ । यहाँ जे एस मीलद्वारा वर्णित एउटा कथा स्मणीय छ :

एकजना युवकले डाँडोमा स्वतन्त्रताको चरोलाई देख्छ । चरो समाउन युवक डाँडोमा उक्लिँदा चरो उडेर गई अर्को डाँडोमा बस्छ । युवक त्यहाँ पुग्दा चरो उडेर फेरि अर्को डाँडोमा पुग्छ । युवकले प्रयास छाड्दैन, यही ध्येयमा ऊ बुढिन्छ र मृत्युको मुखमा पुग्छ । ऊ उत्तानो पर्दा नीलो आकाशमा एउटा चम्किलो सेतो प्वाँख देखिन्छ । प्वाँख तल–तल हुँदै बूढाको छातीमा खस्छ । हातले विस्तारै छाम्दा बूढालाई अनिवर्चनीय आनन्द प्राप्ति हुन्छ, बूढा मर्छ । लाग्छ, कृष्णप्रसाद बाँस्तोलाले स्वतन्त्रतारुपी चरोको प्वाँख पक्कै फेला पार्नेछन् ।

विविध वक्ताहरु, विभिन्न जिल्लाका रिपोर्टिङ सभा लामै चल्यो । कुनैकुनै वक्ताका ‘मेरा दुई शब्द’ सुन्न पनि गाह्रै हुने । साइड टक भैहाल्थ्यो । छेउका साथी कृष्ण बस्ताकोटीले सुनाए, ‘मेयरले राम्रै राखे, छाँट पनि राम्रै ल्याएका छन् …!’

मैले कुरा काटें, ‘तपाईं साहित्यकार, साहित्यकारले सत्ताको चाकरी देखाउनु हुँदैन । भारतमा मोदीको आलोचनामा पनि सुन्दर साहित्य लेखिँदै छ…!’

उनले थपे, ‘मसँग पेपरको कटिङ छ, पूर्व मेयरको सुरुआती कामबारे ‘मेयरको कुरो एकथरि, काम अर्कैथरि’ समाचार भाइरल भएको थियो । ज्वाइँलाई सरकारी जग्गा उपलब्ध गराएको प्रमाणित भयो । अहिलेकाले त्यो बदर गरे ।

जनबोलीमा काहूँ डाँडा भनिन्छ, कोट भनिँदैन । डाँडा देख्छन्, डाँडा भन्छन् । त्यहाँ कोट पूजा गरिन्थ्यो बूढापाका बताउँछन्

भूराजनीतिक चपेटामा मुलुक फँस्दै छ । भारत १२ बूँदेका खलनायकद्वयलाई फेरि मिलाउँदै छ । यस्तो बेला डुब्नेलाई त्यान्द्रा सहारा भनेझैँ राम्रो गर्नेलाई राम्रो किन नभन्ने…?

मैले अर्जुनले विराट रुपको कृष्णलाई हेरेजस्तो आँखाले साथीलाई हेर्दै कुरा अन्तै मोडेँ, ‘डाँडो र कोटबारे विवाद बल्झ्यो नि ?’

सभामा काहूँँ डाँडा भन्नुपर्ने, काहूँँकोट भन्न नहुने र काहूकोटै भन्नुपर्ने दुई थरि विचार आएका थिए । विचार प्रस्तोताहरुले ‘अडान’ देखाएका थिए । कुनै पत्यारले गिदीमा जरो गाडेपछि त्यसलाई हुत्याउन गाह्रै हुन्छ । ऐतिहासिक आधार, वैज्ञानिकता र औचित्य हेरिनुपर्ने हो । भर्खरै ‘नयाँ जातको रुख’ पठनीय उपन्यास लेखेका कृष्ण बस्ताकोटीसँग मैले जिज्ञासा राखें ।

‘जनबोलीमा काहूँ डाँडा भनिन्छ, कोट भनिँदैन । बाहिरकाले डाँडा देख्छन्, डाँडा भन्छन् तर त्यहाँ कोट पूजा गरिन्थ्यो भन्ने बुढापाका बताउँछन् । नेपालमा…, कास्कीमै पनि थुप्रै कोटहरु छन् । समयको मागअनुसार अब काहूँले अनेक कोटहरुसँग स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ । पुम्दीको डाँडोमा महादेवको विशाल मूर्ति स्थापना गरिएपछि पुम्दीकोटले प्रसिद्धि पाउँदै छ । डाँडो चड्दा कोट लक्ष्य हुने गर्छ । प्राकृतिक सौन्दर्य नियाल्न कोटमै उक्लिइन्छ । डाँडाभन्दा सामान्यीकरण र कोट भनिँदा विशिष्टीकरण बोध हुन्छ…!’ साथीको तर्क बलशाली थियो ।

अण्डा पहिले कि चल्ला ? मांसाहार ठीक कि शाकाहूाँर ? ब्रह्माण्ड के हो ? ईश्वर छ कि छैन ? यस्ता विवादमा हामी निकै अल्झिन्छौं । आँखा अगाडिको गर्नैपर्ने कामको मेसो पाउँदैनौं । माक्र्सवाद, माओवाद, समाजवाद र वैज्ञानिक समाजवादको बहस ब्रोइलर कुखुराको सुलीजस्तै गनाउँछ । प्रजातान्त्रिक समाजवादको स्वरुप आर्जुको अनुहारमा खोजिन्छ । सागसब्जीको उत्पादनमा रोक लगाइन्छ र उत्पादन ब्रिगेडको भाषण हाँकिन्छ । शेरुप्रचण्ड एकता कि वाम एकता जस्ता वाइयात कुरालाई महाविवाद पनि भन्ने गरिन्छ । यस्तै डाँडो कि कोट ? यो बौद्धिक विलासको विषय हुनसक्छ, बहसको विषय होइन ।

Related News

सम्बन्धित समाचार

hero news full width