फागुन सात साथमै रहोस्

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७७

हिजो हाम्रा पुखाको समय कुटो, कोदालो, घाँस, दाउरा, पशुपालन गर्न मै व्यस्त रहेर बित्दै आएको थियो । उनीहरुलाई यस्तै कर्म गर्नमा स्वतन्त्रता थियो तर मानव प्राणीको रक्षात्मक हितका कुनै पनि हक अधिकारको खोजी गर्नुभन्दा त्यसबेलाका गाउँले शासकहरु कै आदेशमा चल्न रुचाउने बानी परेको थियो । यो मात्र होइन, संसारमा नेपाल र भारतदेखि अन्य मुलुक छैन जस्तो ठान्ने अवस्था थियो ।

विकास भनेको के हो ? कस्तो हुन्छ भनेर कल्पना पनि गर्न नसक्ने त्यस बेलाको समाजले विकास गर्न सक्ने सम्भावना नै थिएन यसैले मानिस–मानिस बीच समानताको विचार आउने प्रश्न पनि थिएन । समयले कोल्टे फेर्दै जाँदा तथा शिक्षारुपी जान प्राप्त हुँदै जाँदा हरेक मुलुकमा रहने जनताले मानिसको कर्तव्य र महत्व बुझी आफ्ना हक अधिकार खोज्न र वैज्ञानिक पद्धत्तिबाट मुलुक भित्र विकास हुन सक्ने सम्भावना देखि विभिन्न तौरतरिकाबाट देशमा विकासका कामहरु हुँदै आए । समयको परिवर्तनलाई स्वीकार्दै जाँदा नयाँ–नयाँ ज्ञान र शिक्षा पद्धतिको उदय गर्न सफल भएर अन्ततः आफ्ना हक, अधिकारको खोजी गर्नुपर्ने आवश्यकता पनि देख्न थाले ।

जुन बेला मानिसले मानिस देख्दा डराउने जमाना थियो । जसले हान्यो उसले जान्यो भन्ने जनताले गाउँ घरमा बलिया कै हालीमुहाली देखिरहेका थिए । उनीहरुकै खटनपट चल्थ्यो यो प्रक्रिया बिस्तारै विकास हुँदाहुँदै टाकुरे राजा, महाराजा, मुखिया ,बलिष्टहरुको हालीमुहाली चल्यो । यो परिवर्तनसँग थिचोमिचो हुन र कुशासन चल्न थाल्यो मानवले हिजोको जस्तो स्वतन्त्रता पाउन सकेनन् । गाउँले छिमेकीहरु पनि शोषक सामन्त जस्ता बन्न थाले उनीहरुको चाकरिमा खडा हुन पर्ने अवस्थाको सिर्जना भयो । जसले गर्दा सोझा गरीब व्यक्तिहरु न्याय निसाफ र आफ्नो स्ववतन्त्रता, हक अधिकारको खाजी बिस्तारै गर्न बाध्य भए ।

विभिन्न देशका जनताले प्रजातन्त्र प्राप्त गरेका खबरहरु प्राप्त भए, नेपाली जनताले राणा शासनको विरुद्धमा स्वतन्त्रताको आवश्यकता देखे । आफ्नो अधिकार प्राप्तिका लागि राजा, जनता र जनतेनाहरुको गोप्यवार्ता हुन थाल्यो । जहानिया राणा शासनको हैकमबाट जनताले यातना भोग्न परेसँगै जनताका छोराछोरीले पढ्न लेख्न पाउनुपर्छ । राणाहरुका खानदान भित्रका परिवारले मात्र पढ्ने, लेख्ने, जागिर खाने, गर्भमा रहेका बच्चाले जन्म हुनु भन्दा पहिला नै जर्नेल कर्नेल पदवी पाउने यस्तो निरंकुश शासक अन्त्यका लागि हाम्रा वीर पुर्खाहरुले राणाहरुको शासनलाई अन्त्य गराई प्रजातन्त्रको उदय गराए ।

जनताका मौलिक हक खोज्न मुलुकभित्र सशस्त्र संघर्ष शुरु भयो । प्रजातन्त्र प्राप्तितका लागि जनमुखी सेना परिचालित भए । जसको नेतृत्व महामानव वीपी बाबुले सम्हाल्नु भयो । गणेशमान सिंह, मनमोहन अधिकारी, सुवर्ण शमशेर, भरतशमशेर, सूर्यप्रसाद उपाध्याय, राधाकृष्ण थारु, शुसील कोइराला, कृष्णप्रसाद भट्टराई, मिनबहादुर गुरुङ, परशुराम चौधरी, केवल चौधरी नैनसिंह स्वार जस्ता कैयौं राष्टप्रेमी जननेता तथा विदेशी एरियाका पं. जवाहारलाल नेहरु, राजा श्री ५ त्रिभुवनसमेतको मित्रभावको संघर्ष तथा जिउँदा शहीद दशरथ चन्द, गंगालाल श्रेष्ठ धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीजस्ता वीर पुरुषको रगतको बलिदानबाट १०४ वर्षसम्म नेपाल राष्ट्र र नेपाली जनतामाथि शासन चलाएका जहानिया राणा शासकहरु अन्त्य भएको २००७ फागुन ७ को दिन नेपाली जनताका लागि अत्यन्त सौहार्दपूर्ण दिन रहेको छ । यसैले प्रजातन्त्र प्राप्तिका लागि देशमा रगत बगाउने सम्पूर्ण शहीदहरुको नाम चिरकालसम्म अमर रहोस् । वहाँहरुका आत्माले सधैं शान्ति प्राप्त गरोस् भनी हामी सबै नेपालीले त्यो त्याग, बलिदानी र योगदानलाई सम्झेर राज्यले फागुन सात लाई सम्झोस् नसम्झोस् आम जनताले सम्झेर आजको सुव्यवस्था कायम गर्नका लागि सच्चा नेपाली भएर बाँच्न पाइयोस् भनेर संघर्षमा होमिएका ज्ञात अज्ञात सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घरघरमा दीपावली गरेर फागुन सात साथैमा राखेर मनाऔं । यसैमा हामी सबैको र प्रजातन्त्र दिवसको सार्थकता रहने छ ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width