पुरानो तथा परम्परागत रुपमा प्रवाह भइरहेको बैकिङ्ग प्रणालीलाई वित्तिय प्रविधिबाट प्रदान गर्नु नै डिजिटल बैकिङ्ग हो । वर्तमानमा कोरोना भाइरसको कारणले हाल विश्व समुदायमा आक्रान्त छ । कोरोना भाइरसले सबै क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ । तर यस्ता केही क्षेत्रहरु जसमा कोरोना भाइरसको कारणले नै प्रयोगमा आम नागरिकलाई बाध्य तुल्याउनुका साथै यसै दिशामा अगाडि बढ्न सजिलो पनि बनाएको छ । त्यसमध्येको एक हो डिजिटल बैकिङ्ग सेवा ।
आम सर्वसाधारण सेवाग्राहीलाई परम्परागत सेवा सुविधाबाट डिजिटल बैकिङ्गका उपकरणका प्रयोग गर्ने बानीको विकास गराउनु आफैमा कठिन कार्य हो । पुरानो बानीमा प्रोख्त भइराखेका ग्राहकलाई नयाँ सुविधातर्फ आर्कषण गर्न विभिन्न ज्ञान, सीप प्रविधिका साथै उक्त सेवाप्रति विश्वसनियता अभिवृृद्धि गर्नुपर्ने हुन्छ । जुन निकै नै ग्राहो काम हो । नयाँ प्रविधिप्रति ग्राहक चाँडै विश्वस्त हुन सक्दैनन् । जीवनमा दुःख गरेर कमाएको पैसा जस्तो महत्वपूर्ण सम्पत्तिमाथि ग्राहकहरु सर्तक हुनु पनि स्वभाविकै हो । नगदमै कारोबार गर्न रुचाउने हाम्रो समाजमा विद्युतीय भुक्तानीको उपकरणमार्फत कारोबार गर्ने सोचमा परिवर्तन ल्याउन ठूलै वित्तिय साक्षरता, विज्ञापन तथा प्रविधिको खाँचो पर्दछ । त्यस्तो अवस्थामा सेवा प्रदायकले विद्युतीय भुक्तानी प्रणालीप्रति विश्वास स्थापित गर्न सक्नु पर्दछ । साथै विद्युतीय भुक्तानी प्रणाली सबैले प्रयोग गर्न सक्ने सहज सरल तथा ग्राहक मैत्री हुनुपर्ने तथा कर्मचारी पनि ग्राहकमैत्री हुनुपर्ने हुन्छ ।
नेपालका सबैजसो ठाउँमा दूरसञ्चारको सुविधा पुगिसकेको अवस्थामा सबै नेपालीसँग मोवाइल सेवाको पहुँच पुगेको ठूलो युवापिँढीसँग सामाजिक सञ्जालका साथै प्रविधिमैत्री रहेको हालको अवस्थामा नेपालमा डिजिटल बैकिङ्गको बिस्तार गर्ने सुनौलो अवसरका रुपमा लिन सकिन्छ । वर्तमान अवस्थामा सम्बन्धित निकायले पनि त्यसतर्फ चासो दिने हो भने डिजिटल बैकिङ्गमा ठूलो फड्को मार्ने सकिने अवस्था छ ।
डिजिटल बैकिङ्गका माध्यमबाट कम खर्च लाग्ने, कर्मचारी खर्चमा कटौती गर्न सकिने, सेवा प्रवाहमा छिटो–छरितो हुने, जुनसुकै समयमा कारोबार गर्ने सकिने, दुर्गम भेगका जनतालाई बैकिङ्ग सेवा प्रवाह गर्न सकिने, डिजिटल बैकिङ्ग कारोबारबाट नगद कारोबारमा कमी आई जोखिमको सम्भावना न्युन हुने तथा नेपाल राष्ट्रबैकले कागजी नोटको निष्कासनमा लाग्ने खर्च कम हुने, डिजिटल बैकिङ्ग माध्यमबाट कारोबार गर्दा देशमा बढिरहेको भष्ट्रचार न्यूनीकरण गर्नमा पनि डिजिटल बैकिङ्गले महत्वपूर्ण योगदान दिने छ । डिजिटल बैकिङ्गका कारणले कारोबारमा पारदर्शीता कायम गर्नमा पनि महत्वपूर्ण भूमिका खेल्ने हुनाले हाम्रो जस्तो देशमा डिजिटल बैकिङ्ग अपरिहार्य हुनु पर्ने हो । बिडम्बना डिजिल बैकिङ्ग सेवा लिने ग्राहक अझै पनि सोचे जति रुपमा रहेका छौनन् । डिजिटल बैकिङ्ग सेवामध्ये मोवाइल बैकिङ्ग प्रयोगकर्ता उल्लेखनीय रुपमा रहेका छन् ।
हाल देशका ठूला सहरमा अनलाइनमार्फत वस्तु तथा सेवा खरिद बिक्रीको शुल्क तिर्ने विद्युतीय भुक्तानी साधनको प्रयोग भइरहेको छ । नेपाल सरकारले पनि राजस्व भुक्तानी अनलाइनका माध्यमबाट गरेमा विशेष छुट दिने व्यवस्था गरेको छ । यसबाट प्रस्ट बुझ्न सकिन्छ कि नेपाल सरकारले पनि डिजिटल प्रणालीलाई प्राथमिकता राखेको कुरा । केही वर्ष अघिसम्म विद्युत, टेलिफोन, खानेपानी, ईन्टरनेट, बिमाशुल्क, एयरलायन्सको टिकट नगदमै घन्टौ लाइनमा बसेर तिर्नु पर्ने बाध्यता थियो । तर वर्तमान समयमा आएर डिजिटल बैकिङ्गमार्फत् तत्कालै घरमै बसी भुक्तानी गर्न सक्ने भएका छौ । यो सबै डिजिटल बैकिङ्गले मारेको फड्को हो । हाल होटल, सपिङ्ग सेन्टर, विद्यालय, विश्वविद्यालय, अस्पताल, सिनेमा हलदेखि लिएर सामान्य किराना पसलमासमेत क्युर कोड स्क्यान तथा क्रेडिड कार्डबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । त्यस्ता उपकरणको अझै बिस्तार तथा विकास हुने सुनिश्चित छ । डिजिटल बैकिङ्गप्रति ग्राहकको आकर्षण बढाउनका लागी बैक तथा बित्तिय संस्थाहरुले विभिन्न छुट दिएर ग्राहकलाई आर्कषित गर्न खोजिरहेका छन् । जसले गर्दा डिजिटल बैकिङ्गमा ग्राहकको चासो बढेर गएको पाउन सकिन्छ ।
सरकारले ल्याएको पेपरलेस नीतिलाई सहयोग गर्न पनि डिजिटल बैकिङ्गले ठूलो सहयोग पुत्याएको छ । नेपाल सरकारले डिजिटल बैकिङ्गलाई प्राथमिकतामा राखेर क्याजलेस कारोबारलाई प्रोसाहन गर्ने नीति लिएको छ । डिजिटल बैकिङ्गको प्रयोग बढेसँगै प्रविधिमा आउने विभिन्न जोखिम न्यूनिकरणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यमा प्रविधिको यथेष्ट लगानी नियमकारी निकायको भूमिकाको बिस्तार आवश्यक प्रविधिमैत्री नीतिको तर्जुमा, आवश्यक प्रविधिमैत्री दक्ष जनशक्तिको व्यवस्थापन, ग्राहक सरंक्षण, पारदर्शीता गोपनियता सुरक्षा तथा सेवामा सुनिशिचता हुनु आवश्यक छ ।
वर्तमान अवस्थामा कोरना भाइरसको कारणले सबै ग्राहकलाई बैंक तथा वित्तिय संस्थाहरुले पनि डिजिटल बैकिङ्गका माध्यमबाट कारोबार गर्न प्रोत्साहन गरिराखेको अवस्थामा सामाजिक दुरी कायम राखी सम्भावित रोगबाट बच्न उत्तम उपाय भएको अवस्थामा नेपालमा हाल डिजिटल बैकिङ्गका माध्यमबाट कारोबार गर्नेको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको पाउन सकिन्छ । बैंक तथा वित्तिय संस्थाले पनि वर्तमान समयमा डिजिटल बैकिङ्गमार्फत् कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था गरेका छन् । जस कारणले पनि वर्तमान समयमा ग्राहकहरुको डिजिटल बैकिङ्गमा उल्लेखनीय वृद्धि भएको छ । वर्तमान समयको आवश्यकता अनुरुप विभिन्न ऐन नियम बनाई सुरक्षित तथा भरपर्दो विश्वसनीय रुपमा डिजिटल बैकिङ्गको विकास गर्नु आजको प्रमुख आवश्यकता बनेको छ ।
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१