सरकारले वन्दाबन्दीको घोषणा गर्यो । श्रीमति, छोरी, र छोरा लमजुङ गएँ । जागिर भएकाले म जान सकिन । काठमाण्डौ नै बस्याँ । प्रायः कोठामा आफै खाना पकाउथ्याँ । व्यस्त भएको वेला भने कार्यालयको क्यान्टेनमा । यस्तै गरी बैशाख, जेष्ठ, असार महिनाहरु गएँ । श्रावणको १२ गते १००.२ डिग्री ज्वरो आयो । यो समस्या भोलिपल्ट पनि रहिरह्यो । मनमा डर र त्रास बढ्यो कोरोना संक्रमणको । श्रीमती, भाइ, सहकार्मीहरुलाई समस्याहरु सुनायाँ । कोरोनाको परीक्षण गर्न सबैले सल्लाह दिएँ । १३ गते परीक्षण भयो । नतिजा पोजेटिभ आयो । भिडभाडमा गएको छैन । कार्यालयमा त्यस्तो धेरै भिडभाड हुँदैनथ्यो । क्यान्टेनमा पनि धेरै मान्छेहरुको आवतजावत थिएन । चिन्ता थपियो ।
१५ गते महाराजगञ्जमा रहेको एक अस्पतालको बेड नम्बर ११३ पुग्यौं । त्यसको भोलिपल्ट १६ गते केएमसीको वेड नम्बर ९४ । पहिलेदेखि चिसो भयो भने खोकी लागि हाल्थ्यो । संक्रमण भएपछि श्रीमती, छोराछोरीको धेरै याद आयो । वैशाखदेखि परिवारबाट टाढा रहेकाले मनमा अल्लिनै बढी पीडा भयो । एक्लो महसुस भयो । आइसोलेसनको कोठामा बस्दा मलाई झ्यालबाट बाहिर हेरिरहन मन लाग्थ्यो । परिवार र आफन्तहरुसँग भेटन र कुरा गर्न मन लाग्थ्यो । बाहिर संसारसँग साक्षत्कार गर्न मन लाग्थ्यो । मनलाई खुला बनाएको त्यही झ्याल पनि पछि बन्द भयो । सडकमा मान्छेहरु मास्र्क नलगाई हिँड्थेँ । खाना राख्नका लागि टेबुल थियो तर मान्छेहरु खाना भुइँमा राखिदिन्थ्यो । जस्तो व्यवहार पनि सहनै पर्ने । परिवार, नातेदार कोही भेट्न आएनन् । आउन पनि कसरी । सबैतिर बन्दै बन्द छ । खाना खाने । सुत्ने । ज्वरो परिक्षण गर्ने बाहेक अरु केही काम भएन् । खाली दिमाग सैतानको घर भने झै मनमा अनेक कुराहरु खेल्थे ।
आफन्त, साथीभाइ सबै आत्तिनु हुँदैन भन्ने प्रेरणा दिन्थे तर एक्लो हुदाँको मन कसले पो बुझ्यो र । हाँस्न खोज्छु हाँस्न सक्दिन् । कोहीसँग बोल्न खोज्छु सबै डराँउछन् । टाढा भाग्छन् । कस्तो बिरामी हो यस्तो कोहीसँग पनि बोल्न पनि नपाउने । बिस्तारै मनमा खुसी कसैले खोसेको जस्तो लाग्न थाल्यो । मन उदास भयो । सामान्य बिरामी भए नातेदार र सार्थीभाइ, इष्टमित्र भेट्न आउँछन् । तर कसैको अत्तोपत्तो छैन् । साथीहरु भेट्न आउने खोज्थेँ तर पहिले आउन डराउँथेँ । नातेदारहरुको सहयोगमा मैले फोनबाटै परामर्श पनि लिए । मनका पीडाहरु सबै पोख्योँ । अनि विस्तारै मनका भावनाहरुलाई कवितामा उत्र्तान थाल्याँ । मनलाई बहलाउन विस्तारै कविता लेख्न सुरु गर्यो ।
मास्क र पञ्जा लगाए पनि
दोवाटोमा कुर्दे बसेको कोरोना संक्रमित भएँ म ।
हात धोई सेनिटाइजर लगाए पनि
१८ हजार ७ सय २७ मध्येको एक भए म ।
तातो पानी बेसार पानी पिएर पनि
बच्न नसक्ने प्रभावित भए म ।
गुलाफको फूलको पनि सुगन्ध नआउने
जिब्रोले पनि स्वाद थाहा नपाउने संक्रमित भए म ।
मलाई देख्दा सबै जना टाढा–टाढा भाग्छन्
अछुत कोभिड १९ प्रभावित भए म ।
२०७७ श्रावण २१ गते (आठौ दिन)
सबैसंगै भन्न पनि नहुने रैछ ।
पीडा पोख्दा मन चंङा हुने रैछ ।। १
आफ्नोलाई देख्न मनलाग्ने रैछ ।
भेट्न आउनेलाई झ्यालबाटै भएपनि
हात हल्लाउन मन लाग्ने रहेछ ।। २
जीवनमा लेखिएको मात्र हुने रहेछ ।
गुनगुनाउन सहज होला, गीत नै
गाउँन कठिन हुने रहेछ । । ३
डाक्टर, नर्स, आफन्त र
साथीभाइको प्रेरणा आवश्यक पर्ने रहेछ ।
आत्मबल, मनोबल, आवश्यक पर्ने रहेछ ।
आत्मबल, मनोबल, आवश्यक पर्ने रहेछ । । ४
२०७७ श्रावण २२ गते (नवौ दिन)
यस्तै–यस्तै धेरै भावनाहरु लेख्याँ । १४ दिन पछि अस्पतालवबट मुक्त भयो । तर कहाँ जाने ? कोरोना परीक्षण पनि गरेको थिएन् । परीक्षण नगरि घर जाने कुरा भएन् । अब एक साता घरमा बसेपछि मात्र कोरोनाको परीक्षण गर्ने रे । भाइसँग सल्लाह गरी एक होटलमा बस्न गयाँै । होटेलमा पनि सीधैं वास नदिने रहेछन् । विदेशवाट आएको हो । एक साता क्यारेन्टिनमा बस्न आएको भनि कुरा मिलाइयो । होटेलमा आएको पहिलो दिन अल्लि मन शान्त भयो । कोठा एकान्त भएकाले निन्द्रा राम्रो लाग्यो । भाइको कोठा नजिकै भएकाले भाइले खाना ल्याउथ्यो । टाढैबाट छोडेर जान्थ्यो । एक दुई दिन ठिकै भयो । तेश्रो, चौथो दिन फेरि ज्वरो आयो । होटेलको कोठामा बाहिर निस्कन पनि मिलेन । केही समस्या भयो भने के गर्ने होला मनमा झनै पीडा भयो । जसो तसो ज्वरो ठिक भयो । होटेलमा बसेको सातौ दिनमा २ भाद्र चिनजानको अस्पतालमा गएर कोरोना परीक्षण गरियो । ३ गते रिपोर्ट नेगेटिभ आयो । मन शान्त भयो ।
दोश्रो जीवन पाए जस्तो लाग्यो । सामानहरु प्याक गरी भाइको कोठातर्फ लाग्यौँ । खाना खाई आफ्नै कोठातर्फ हानियौँ । कोठा धेरै दिन नखेलेकाले ढुसी आएछ । सरसफाइ गर्न पुरै दिन लाग्यो । एक दिन बाहिर गएर तरकारीहरु किनेर ल्याएको छु । आज १० गते भयो कतै निस्केको पनि छैन् । कसैलाई भेटेको पनि छैन् । श्रीमती, छोराछोरी लमजुङ । आफन्तहरु पनि टाढा टाढा । जीवनमरणको अवस्थामा सहयोग चाहिने तर अझै पनि एक्लै छु । कोरोनाका कारण फेरी कर्पुm लाग्न थालेको छ । समुदायमा संक्रमण फैलिएकोले म जस्ता कयौं व्यक्तिले दुःख पाउने हुन् । कहिले कोरोनाको समस्या समाधान होला र मेरो श्रीमती, छोराछोरीसँग अँगालो मार्न पाउँछु मनमा प्रश्न चिन्ह लागिरेहको छ । कोरोना संक्रमण भएर मुक्त भएका नाताले यहाँहरुलाई केही सल्लाहहरु दिन चाहन्छु ।
आइसोलेसनमा रहँदा
घरमा आए पछि:
अन्त्यमा म संक्रमण भएको वेला मलाई प्रेरणा दिनु हुने सम्पूर्ण आफन्त, साथीभाइ, नातेदारहरु, कार्यलयका साथीहरु प्रति आभार प्रकट गर्दछु ।
Related News
सम्बन्धित समाचार
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१