आज हाम्रो देश नेपालमा कोराना संक्रमण विकराल रुपमा फैलिरहेको छ । करिब डेढ वर्ष पहिले चीनको उहानबाट फैलिएको कोभिड १९ आजसम्म विश्वका सबैजसो देशमा फैलिएर नेपालको गाउँ गाउँमा समेत मानिस मर्न थालिसकेको देखिन्छ । छिमेकी भारतमा समेत यो रोग कसरी अन्त्य हुने हो यकीन छैन । आज नेपालमा फैलिएको कोराना संंक्रमण निश्चित रुपले भारतबाट आएको स्पष्ट देखिन्छ । भारत जस्तो देशमा त कोरोना नियन्त्रण बाहिर गइरहको देखिँदैछ भने नेपालमा पनि अझ बढी खतरनाक ढंगले बढिरहेको छ । किनभने भारतमा भन्दा नेपालमा कोराना संत्रमण दर बढी भएको र मृत्युदर पनि बढी भएको आशंका उत्पन्न भएको छ । यदि यो रोग नेपालका दुर्गम गाउँमा फैलियो भने लाखौं मानिसहरु मर्ने खतरा छ र रोग नियन्त्रण गर्ने त कता हो कता शव व्यवस्थापन गर्नसमेत हम्मे हम्मे पर्ने देखिन्छ । नेपालमा कोरोना रोगको फैलावटको कारणले नेपालको स्वास्थ्य सेवाको व्यवस्था ध्वस्त हुन लागेको हो कि भन्ने शंका स्वास्थ्य क्षेत्रका महत्वपूर्ण व्यक्तिले समेत संकेत गरिसकेका छन् । यस्तो परिवेशमा नेपालमा समेत कोराना किन र कसरी फैलिँदो छ भन्ने गहिरो अनुसन्धान र अध्ययन गर्नु परेको छ भने कोरोना नियन्त्रमा हामी कहाँ कसरी चुक्यौंं भनेर विश्लेषण अवश्य हुनुपर्छ ।
नेपालमा कोरोना गत वर्षको सुरुदेखि फैलिन थालेको थियो भने हामी निकै डरायौं र देशैभरि लकडाउन कठोर नीति अपनायौं र कोरोना केही हदसम्म नियन्त्रण पनि भएर ४/५ महिनापछि लकडाउन खुकुलो पार्दै गयौं । गत मंसिर पुससम्म लकडाउन झण्डै भण्डै खुकुलो पार्दै चैत वैशाखसम्म पूरा खुलाजस्तो वातारवण बनेको देखियो । तर त्यही बेलामा भारतमा कोरोना डरलाग्दो रुपमा फैलिएको देखियो भने हामीले यस रोगको फैलावटलाई गम्भीर रुपमा तयारी सुरु गर्नुपर्ने थियो । तर दुखको कुरा त्यही बेला सरकारमा रहेका दलहरु र विपक्षी दलहरु राजनीतिक समीकरण मिलाउने सत्ता पक्षलाई कसरी हटाउने, अविश्वासको प्रस्ताव कसरी ल्याउने र आफ्नो सत्ता कसरी स्थापना गर्ने भन्नेमै केन्द्रित भएर कोरोना भयावह भएको अवस्थामा रोकथाम र नियन्त्रणको विषयमा ध्यान दिएनौं । राजनीति गर्नेहरुले यस रोग फैलिन सक्ने खतरालाई नै नकार्दै धेरै मानिसहरु जमघट गर्ने समर्थन र विरोधका साथै अन्य कार्यक्रमहरु व्यापक रुपले गर्दै गए । सर्वसाधारण जनताले पनि सरकारले त कोरोना नियन्त्रण भयो भनेर खुकुलो पार्यो भने हामीले पनि अब स्वतन्त्र रुपले घुम्न मिल्यो र कार्यक्रम गर्न पाइयो भनेर ठूला ठूला जमघट गर्यौं र आज यो भयावह अवस्था आइपुग्यो । यदि हामी यसरी नै गैरजिम्मेवार बन्यौं भने यस रोगले हामीलाई ठूलो धनजनको क्षति पार्ने देखिएको छ ।
कोरोना भाइरस कस्तो हो ? यो कसरी फैलिँदो छ, यसको रोकथाम प्रभावकारी कसरी गर्न सकिन्छ भन्ने धेरथोर जानकारी भएका विशेषज्ञहरु नेपालमा हुँदै नभएका होइनन् । यस्ता व्यक्तित्वहरुले विश्वका अन्य देशहरुमा समेत सेवा गरिरहेका छन् । सरकारले यस्ता अनुसन्धान गर्न सक्ने व्यक्तिहरु को को छन्, कहाँ कहाँ छन् अनि उहाँहरुको उपयोग कसरी गर्न सकिन्छ भनेर खोजीनीति नै गरेको देखिएन । उहाँहरु बीचमा विभिन्न सञ्चार माध्यमबाट आफ्ना अमूल्य सुझाव पनि नदिएका होइनन् । तर राजनीतिले नै सबै समस्या समाधान गर्छ भन्ने गलत सोच भएका सत्ताधारीलाई उनीहरुको सुझावलाई केही वास्तै गरेको देखिएन । डा.सुन्दरमणि दीक्षित, डा.गोविन्द केसी जस्ता व्यक्तिलाई हा“सोको पात्र बनाइए । र सताधारी राजनीतिक दलका नेताहरुले आफैंले सबै बुझेका छौं, आफैंले सबै गर्न सक्छौं भन्ने जस्तै भ्रममा आफू पनि परे भने जनताहरुमा त्यस्तै भ्रममा पारे । यसले गर्दा पनि कोरोना रोकथाम गर्ने नीति र कार्यक्रमहरु के के हुन सक्छन् भन्ने कुरा ठम्याउनै सकेनौं भने कार्यान्वयन गर्ने कुरा त झन् असम्भव प्राय भयो ।
नेपालमा फैलिएको कोरोना भारतबाटै भित्रिएको हो भन्ने देखिन्छ । भारतसँगको सीमाना यतिसम्म खुल्ला छ कि सीमा क्षेत्रका मानिसहरु नेपाली हुन् या भारतीय हुन् जहिले पनि सीमाना खुला भएकोमा ठूलो सुविधा र सहुलियतको रुपमा लिन्छौं । कतिपय नेपाल र भारतबीचमा रोटीबेटीको सम्बन्ध छ र यसरी नै खुला तबरले आवतजावत गर्न दिनुपर्दछ र गर्न पाउनुपर्छ भनेर वकालत गर्छन् । तर यसरी कोरोना भयावह रुपले फैलिन सक्ने सम्भावना हुँदा हाम्रो लागि यो कुरा स्लो पोइजन भएको कुरा निश्चित रुपले स्पष्ट भएको छ । नेपालको राट्रियता र राष्ट्रिय स्वाधीनता चाहन्छौं भने पनि नेपाल भारत सीमा खुला पारिनु कदापि हुँदैन र यसलाई पूर्णरुपले बन्दै नगरिकन एकदम ठोस नीति लिएर नियमन र नियन्त्रण गर्नै पर्दछ । हालै के बुझिन आएको छ भने भारतबाट सिधै अरब मुलुकहरुमा जान सम्ंभव नभएको बेला नेपाललाई ट्रान्जिट बनाएर कतिपय भारतीय केही दिन नेपालमा रहेर यहंीबाटै अन्य मुलुकतिर गएको भन्ने बुझिएको छ । यसमा पनि सरकार मौन वा निस्क्रिय रहेको देखियो । यसबाट पनि कोरोना नेपालमा तीव्र फैलिन सघाएको देखिन्छ ।
कोरोना नियन्त्रणमा चीनले एकदम राम्रो उदाहरण देखाएको छ । हाम्रो देश चीनको छिमेकी मित्र देश पनि हो । हामीलाई दुख पर्दा चीनले हामीलाई धेरै सहयोग गरेकै हो । यदि हामीले चीनसँग उनीहरुको सुझाव वा सहयोग मागेको भए हामीलाई खुला भएर सहयोग गर्ने थियो । तर यस दिशामा नेपालका कम्युनिस्ट पार्टीको सरकार हु“दा पनि सहयोग लिने कुरामा केही ध्यान देखिएको थिएन । चीनले उहानमा कोराना देखिनासाथ पूरा क्षेत्र लकडाउन गरेर घरघरमा भोकाएका जनतालाई खानासमेत पु¥याएका थिए । फेरि उनीहरुले पूरै जनसंख्याको पिसिआर जाँच गराए र औषधोपचार थालिहाल्यो र कोरोनालाई नियन्त्रण गरिहाल्यो । अरु धेरै के भनौं कोरोना नियन्त्रणमा नजिकको देश भुटानको समेत अनुभव बुझ्न सकेन । कोरोना नियन्त्रणमा अंग्रेजी उखान प्रिभेन्स इज बेटर दान केयर लागु गर्न सकिन्छ । भुटानले यस्तै गरेको देखिन्छ । किनभने रोग लागे पछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु सबैभन्दा राम्रो देखिन्छ । यस कुरा लाई नेपालको सरकार, राजनीतिक पार्टी र सर्वसाधारण जनताले राम्ररी बुझ्नु आवश्यक छ । अंग्रेजीमा अर्को उखान पनि बुझ्नु आवश्यक छ त्यो के हो भने ‘अ स्टिच इन टाइम सेभस नाइन’ यसले के भन्छ भने समयमा लगाएको १ टाँचाले ९ वटा टाँचा बचाउ“छ । त्यसैले रोगीलाई पहिल्यै पहिचान गरेर प्रारम्भिक उपचार गरेको भए कोराना सामान्य भएर हराउँथ्यो । तर सरकारले कोरोनाको संक्रमण भएको लक्षण नदेखिकन पिसिआर टेस्ट नै नगर्ने भनेर पन्छिएर गम्भीर त्रुटि ग¥योे । पिसिआर टेस्टको दायरा बढाउन भरमग्दूर प्रयास गरेर कोरोनाको उपचार तुरुन्त गर्नुपर्ने थियो जुन कुरा चीनले गरेर देखाएको छ । यस्तै छिमेकी देशले गरेको गल्तीबाट पनि शिक्षा लिंदै जानुपर्दथ्यो । भारतले जुन जुन गल्ती ग¥यो, त्यही त्यही गल्ती नेपालले पनि गर्दै गएको देखियो ।
हामी यसरी नै गैरजिम्मेवार बन्यौं भने यस रोगले हामीलाई ठूलो धनजनको क्षति पार्ने देखिएको छ
देश र जनताले कोरोना झेलिरहेको बेलामा पनि देशमा भ्रष्टाचार हुँदै गएको प्रष्ट देखिन्छ । कोराना सुरु सुरुमा फैलिँंदा चीनबाट स्वास्थ्य सामग्री ल्याउँदासमेत भ्रष्टाचार भएकै थियो । किन भने त्यसबेलाको प्रत्येक सामग्रीको मूल्यहरु केलाएर हेर्दा भ्रष्टाचार भएको प्रष्ट देखिन्थ्यो । कोरोनाको बेलामा पनि प्राइभेट हस्पिटलले ठूलो ठूलो रकम बिरामीमाथि असुल्यो । यो पनि एक किसिमको भ्रष्टाचार नै हो । वास्तवमा कोरोना महामारीको रुपमा फैलिरहेको बेलामा सरकारले प्राइभेट हस्पिटलले उठाएको शुल्कबारे अनुगमन र नियन्त्रण गरेर कोरोना बिरामीको निशुल्क उपचार हुनुपर्दथ्यो । यस्तै गरी कोरोनाको भ्याक्सिन आयात गर्ने कुरामा पनि केही व्यापारिक एजेन्टहरु कसरी अकुत नाफा कमाउन सकिन्छ भनेर अवसर पर्खिरहेको देखिन्छ । यस्ता व्यापारिक एजेन्टहरुले सत्ताधारी नेतालाई प्रभावमा पारिरहेको अवस्था हामी सहजै अनुमान लगाउन सक्दछौं ।
देशमा यसबेला कोरानाको महामारी दिन दुई गुणा रात चौगुणा फैलिरहेको बेलैमा सत्ताधारी नेताहरु आफ्नो सत्ता कसरी जोगाउने र सत्तामा पुग्ने सम्भावना देखिएका नेताहरु वर्तमान सरकारलाई ढालेर नया“ सरकार कसरी बनाउने भन्ने घृणित राजनीतिक खेल चलिरहेको देखिन्छ । दुबै पक्षले आफ्ना आफ्ना गल्ती स्वीकार नगरीकन हामी जहिले पनि ठिक छौं जहिले पनि ठीक थियौं भन्ने खालको राजनैतिक दम्भ साथै राजनीतिक हठलाई आफ्नो राजनीतिक हतियार बनाएर अघि बढिरहेका देखिन्छन् । वास्तवमा अहिले सबैले सबैको तर्क र कुराहरु ध्यान दिएर सुनेर सबै एकजुट भएर कोरोनाविरुद्ध लड्ने आत्मबल बढाउनु आवश्यक परेको बेलामा एक अर्कामा हिलो छ्यापाछ्याप गर्ने, तथानाम गाली गर्ने र सत्ताको खेलमात्र खेलिरहने हो भने कोरोना नियन्त्रणभन्दा बाहिर जान सक्छ भनेर सबैले बुझ्नु आवश्यक छ ।
नेपालमा पहिलोपटक कोरोना फैलिँदा चैतको पहिलो सातादेखि लकडाउन सुरु भएको थियो । जनताले लकडाउनका नियमहरु पालन गरेकै थिए । त्यसबेला लकडाउन लागु गर्नासाथ गर्नुपर्ने अन्य सहयोगी नीतिहरु अपनाउन भने सरकार असफल नै रह्यो । जस्तै लकडाउनले गर्दा धेरै गरिब जनताहरुको रोजगारी अवसरहरु हराएर रोगले मर्ने कि भोकले मर्ने दुई विकल्प देखियो भने जनतालाई दानापानी पुर्याउन धेरै सामाजिक संघ संस्थाहरु लागि परे । तर सरकारले उनीहरुको प्रयासको प्रशंसा गर्न एक शब्द पनि खर्चेन भने यसरी जनताको भोक मेटाउने संघ संस्थामाथि धेरै व्यवधान पैदा गरेर थुन्नेसमेत काम गर्न थाले । लकडाउन गर्ने बेलामा दैनिक ज्यालादारी गरेर खानुपर्नेहरुलाई कसरी खाना खुवाउने, उनीहरुको आधारभूत आवश्यकता कसरी पूरा गर्ने भन्ने विषयमा गम्भीरता देखाएको थिएन र पछि कोराना फैलिँदा आवश्यक पर्ने हस्पिटल बेड, औषधी, भ्याक्सिन, अक्सिजन आदि सञ्चय गरी राख्नेतिर ध्यानै दिएन । उल्टो यसो भएन, उसो भएन भन्नेलाई राजनैतिक आरोप लगाई सत्ता पल्टाउने निहु“ निकालेको भन्ने जस्तो गरी दोष लगाउने काम भयो । सरकार त आफूले दूरदर्शी भएर ठोस नीति बनाएर कार्यान्वयन गर्न पनि नसक्ने र अरुले दिएको सुझाव र तर्क पनि वाहियात भनेर पन्छिनेमात्र गरेको देखियो ।
केही महत्वपूर्ण सुझाव
अहिले नेपालका राजनैतिक शक्तिहरु एक आपसमा संघर्षमात्र गर्न खोजेर देशमा फैलेको कोरानाको महामारी, देशको राष्ट्रियता र सार्वभौमिकतासमेत पनि खतरामा परेको प्रष्ट देखिन्छ । यस्तो बेलामा कोरोनाविरुद्ध राष्ट्रिय एकता आवश्यक पर्ने प्रष्ट देखिन्छ । यदि कोरोनाको समस्या समयमै समाधान गर्न नसकेमा हाम्रो स्वास्थ प्रणालीमात्र होइन राजनीतिक प्रणाली, आर्थिक प्रणाली र सामाजिक प्रणालीसमेत ध्वस्त हुन बेर लाग्दैन । त्यसैले हामी गर या मरको अवस्थामा छौं कि कोरानाले हाम्रो अस्तित्व अन्त्य गर्छ कि हामीले कोरोनाको अन्त्य गर्न सक्नुपर्ने अवस्थामा छौं । अब मध्यावधि चुनाव वा अर्लि इलेक्सन जे भनौं यस्तो कोरानाले अत्याएको बेलामा सम्भव पनि देखिँंदैन भने सम्भव भए पनि चुनावतिर लाग्नु हु“दैन । त्यसैले सबैले सबैको सम्मान गरेर सबैको अस्तित्व स्वीकार गरेर एउटा यस्तो राजनीतिक संयन्त्र बनाउनु पर्दछ जसमा सबै राजनीतिक शक्तिहरुको योगदान गर्ने अवसर मिलोस् । त्यसैले तुरुन्तै सर्वदलीय संयन्त्र बनाएर आवश्यकता परे सबैको सल्लाहले संविधानमा त्यस्तो प्रावधान बनाएर अगाडि बढ्नु पर्दछ । भोलि कोरोनालाई जित्यो भने आफ्नो खेल खेल्न सक्छौं । तसर्थ अहिले हामीले खेल मैदान जोगाउनतिर नै लाग्नुपर्छ । भवतु सब्ब मंगलम् ।
Related News
सम्बन्धित समाचार
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१