स्रष्टा सर्जकहरुले कथा, कविता, निबन्ध, उपन्यास, नाटक तथा कलाका क्षेत्रमा धेरै कलम चलाउँदै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । भानुजयन्ती प्रत्यक वर्षको आषाढ २९ गते मनाउने गरिएको छ । आदिकविकै बारेमा कलम चलाउँदा कतिपय स्रष्टाहरु सम्मान र पुरस्कारसमेत पाए होला !
भ्रमण स्रष्टाहरुका लागि खुला विश्वविद्यालय हुन्छ । प्रकृतिसँग संवाद गर्ने साधना भएका स्रष्टाका त कुरै छाडौं । भ्रमणको क्रममा देखिने प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, सामाजिक र यस्तै अन्य कुराहरुले स्रष्टाहरुको भावनामा नयाँ तरंग पैदा गर्दछ । सष्टाका आ–आफ्ना भावना र कल्पना हुन्छन् । नयाँ ठाउँको भ्रमणले स्रष्टामा नयाँ–नयाँ विचार उठ्छ । कुनै पनि ठाउँको स्थलगत अध्ययन बिना लेखिएका धेरै विषयहरु अधुरा हुन्छन् । सुनेकोभन्दा आफ्नै आखाँले देखेको कुरा सत्य हुन्छ । भ्रमण नगरी कोठामा बसेर लेख्ने स्रष्टाहरु कहिलेकाहीं भावनामा पनि बग्ने गर्दछन् र आफ्नो प्रकाशित लेख अथवा कृतिमा विवादित बन्दछन् ।
आदिकवि भानुभक्तको २०९ औं जन्म जयन्तीमा भानुको जन्मस्थल तनहूुँको चुँदीरम्घामा पर्ने शिखर कटेरी पुग्न सके राम्रो हुन्छ । पोखरा–काठमाडौं सडकमा पर्ने तनहुँको डुम्रे बजारबाट १३ किलोमिटर उत्तरतर्फ चुँदीरम्घा भानुभक्तको जन्मस्थल पर्दछ । डुम्रे–बेंसीसहर भानुभक्त आचार्य मार्गमा पर्ने डुम्रे र भन्सार बजार नेपाल सरकारद्वारा नयाँ सहरको घोषणा भएको ठाउँ पनि हो । भन्सारदेखि माथि लागेपछि नागबेली डाँडाकाँडाहरुका बीचमा बग्ने चुँदी खोला र मोटर मार्गमा पर्ने फुर्सेटार, बांगे रह, सेपा बगैंचा हुँदै भानुको संग्रहालय भएको चुँदीरम्घामा पुगिन्छ ।
भानु स्मारकको कार्यालयबाट भानु जन्मिएको घर शिखर कटेरी पुग्न चुँदी बेंसीबाट ४ किलोमिटर उत्तर–पूर्व अग्लो डाँडोमा पुग्नुपर्दछ । शिखर कटेरीमा जान आजभोलि मोटरमार्ग समेत निर्माण भएको छ । शिखर कटेरी पुग्न पैदल यात्रामा रमाउने स्रष्टा पर्यटकले ४० मिनेट जति उकालो बाटोमा यात्रा गर्नुपर्छ । शिखर कटेरीको नाम भानुभक्तका पनाति स्व.मुक्तिनाथ आचार्यले आफ्नो लेखनमा भानुको घरलाई शिखर कटेरी नाम उल्लेख गरेका थिए । त्यसैअनुसार शिखर कटेरीको नाम प्रचलनमा आएको हो ।
भानु जन्मेको समयमा शिखर कटेरीको डाँडामा ठूलो बस्ती थियो । औलोको प्रकोप बढ्दै गएर धर्मशाला क्षेत्रमा अर्थात् शिखर कटेरीको बस्ती विस्थापित भई डाँडोको माथिल्लो भाग अर्थात मध्यपुर तेर्सेपानी लेकमा बस्ती सरेको थियो ।
शिखर कटेरी क्षेत्र आजभोलि पूरै वनजंगलले ढाकेको छ । अहिले भानु शिखर कटेरी बृहत् गुरुयोजनाले भानुभक्तको जन्मस्थलको संरक्षणका कामहरु क्रमिक रुपमा थालेको छ । पुरातात्विक महत्वको भानुभक्तको शिखर कटेरीको भग्नावशेष घरको स्वरुप हराउन नदिन ट्रस्ट बनाएर संरक्षण गरिएको छ । भानुभक्तको जन्मस्थललाई साहित्यिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पश्चिमाञ्चल विकास मञ्च, भानु शिखर कटेरी बृहत् गुरुयोजना र स्थानीय बासिन्दा लागेका छन् ।
आदिकवि भानुभक्त आचार्य देशमा मात्रै होइन, विदेशमा समेत परिचित छन । रामायणलाई नेपाली भाषामा अनुवाद गरेर ख्याति कमाएका यी राष्ट्रिय विभूति युगयुगसम्म बाँचिरहेका छन् । भानु धनञ्जय आचार्य र धर्मावती देवीका एक मात्र सन्तान र पण्डित श्रीकृष्ण आचार्यका नाति थिए । धनञ्जयको धेरै वर्षसम्म सन्तान नभएकाले सन्तान प्राप्तिका लागि उनले १० वर्ष सूर्यको उपासना गरेपछि ४० वर्षको उमेरमा धनञ्जयलाई पुत्र प्राप्त भएको थियो । २९ असार १८७१ मा जन्मिएका र ६ असोज १९२५ मा मृत्युवरण गरेका भानुभक्तले आफ्नो ५४ वर्षको जीवन अवधिमा रामायण, भक्तमाला, प्रश्नोत्तर, बधूशिक्षा, रामगीता र ३ दर्जनभन्दा बढी फुटकर कविता सिर्जना गरेर नेपाली साहित्यको जग बलियो बनाएका छन् ।
बाँसका कलमले कतै केरमेट नगरी लेखेका अक्षरसहितका सम्पूर्ण कृति स्रष्टाहरुले हेर्न पाउँदा आदिकविको लेखनकलाको उत्कृष्टता प्रष्ट हुन्छ
चुदीँबेंसीकै स्मारक स्थलमा राखिएको छ । स्मारक स्थलमाको परिसरमा आदिकवि भानुभक्तको सालिक पनि राखिएको छ । संग्रहालयमा आगलागीबाट बचेका भानुभक्तसँग जोडिएका केही ऐतिहासिक महत्वपूर्ण सरसामान राखिएको छ । संग्रहालयमा आदिकवि सुत्ने बस्ने चाँपको खाट पनि स्रष्टाहरुले देख्न पाउँछन् । जुन खाटमा भानु पशुपन्छीप्रेमी रहेछन् भन्ने तथ्य खाटको सिरानी अड्याउने फलेकमा कुँदिएका पशुपन्छीका चित्रले पुष्टि गर्दछ । महँगो हुक्का र भानुले लेख्न प्रयोग गरेको मसीदानी, कलम पनि संग्रहालयमा पर्यटकले देख्न सक्छन् ।
संग्राहलयमा पर्यटक स्रष्टाले भानुसम्बन्धी प्रयोग गरेका सामग्रीहरु लोहोटा, धुपौरो, मकल, मसुरा सन्दुक, खाना खान बस्ने पिरका/पिरा, साना–ठूला, ताई, पाथी, ओदान, ढिब्री आदिकविले लगाएका खराउ, आचमनि, पञ्चपात्र, चन्दनखोरी, सिमाङ, काठको ठेकी, ताउलो खडकुलो, घन्टा, दियो, कोपरा, आदिकविले लेखेका सम्पूर्ण कृतिको हस्तलिखित पुस्तक, मुद्दा पर्दाका तमसुक कागतहरु आदि संग्रहालयमा राखिएको छ । भानुले बाँसका कलमले लेखेका अक्षर, कतै केरमेट नगरिएका, सम्पूर्ण कृति स्रष्टाहरुले हेर्न पाउँदा आदिकविको लेखनकला कति उत्कृष्ट रहेछ भन्ने कुरामा संग्रहालयमा पुगेपछि अनुमान गर्न सकिन्छ ।
चुँदीरम्घा भ्रमणमा जाँदा यात्राको समय बढाउन सके भानु नगरपालिकाकै ऐतिहासिकस्थल मिर्लुङ, सतीस्वारा, तनहुँसुर, चोक चिसापानी, रुपाकोट र पुर्कोट लगायत रमणीय स्थलमा समेत पुग्न सकिन्छ । तनहुँसुरबाट तनहुँ जिल्लाको नाम रहेको हो । पाल्पाका सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास छ । तनहुँसुरमा पुगेपछि सेनवंशी राजाको समयमा न्याय निसाफ गर्न प्रयोग गर्ने गद्दीचौतारा पनि स्रष्टाहरुले अवलोकन गर्न सक्दछन् । सेनवंशी राजाहरुको पालामा गद्दी चौतारामा बसेर राजाले भाषण गर्ने, निर्णय लिने र त्यसलाई जनताले कार्यान्वयन गर्ने चलन थियो भन्ने इतिहास छ । तनहुँसुरबाट हिमशृंखला, महाभारत पर्वत, समतल मिलेको खेतीयोग्य कलेस्ती फाँट, चुँदीफाँट, गोरखा तथा कास्की जिल्लाका विभिन्न ग्रामीण बस्तीहरु अवलोकन गर्न सकिन्छ । अर्कोतर्फ तनहुँसुरमा सेन वंशीय राजाले राज्य सञ्चालन गर्दाका दरबार, हतियार, भाषण गर्ने गद्दीचौतारो, कालिका मन्दिर, रानीले नुहाउने इनारलगायत अवलोकन गर्न सकिन्छ ।
नेपालको भूगोल, जातजाति, भाषा, संस्कृति, प्राकृतिक स्रोत–साधन लगायत विविध विषय लेख्नको लागि भ्रमणको आवश्यकता पर्दछ । बिना भ्रमण र अध्ययन बिना लेखिएका सामग्री कहिलेकाहीं तथ्य भन्दा फरक हुन्छन् । देखेर लेख्नु र सुनेर लेख्नुमा फरक हुन्छ । कुनै पनि लेख रचना अरुबाट सुनेर भन्दा पनि आफैंले देखेर लेख्नुमा अन्तर हुन्छ । स्रष्टा बालकृष्ण समले कविता, नाटक, कथा, निबन्ध, जीवनी आदि लेखेका छन् । सम बहुमुखी प्रतिभाका धनी मानिन्छन् तर समले एउटा नाटक कृतिमा जुम्लामा जाँदा ऐसेंलुको बोटमा पिङ खेल्दाको प्रसंगबाट उनले पछि माफी मागेका छन् ।
लेखन काम कठिन हुन्छ । साहित्यकारले पाठकको ध्यान खिच्ने गरी लेख्नु गाह्रो काम हो । राम्रो लेख्ने काम साँच्चै असजिलो र चुनौतीपूर्ण हुन्छ । राम्रो कसरी लेख्ने ? यो लेख्न चाहनेहरुका मनमा उब्जिरहने प्रश्न हो । यसको कुनै सहज उत्तर कसैसँग छैन भन्दा पनि हुन्छ । राम्रो कसरी लेख्ने भन्नेबारे धेरैले धेरै थरी राय–सुझाव दिन सक्छन् । यसबारे धेरै राम्रा र अनुभवी लेखकले आफ्नै अनुभव पोख्न सक्छन् । कसैले भन्लान् अध्ययनशील बन्नुपर्छ । अर्काले भन्ला नियमित लेख्ने अभ्यास गर्नुपर्छ । कसैले कहलिएका लेखकका शैली अनुशरण गर्नु पर्दछ । तर राम्रो लेखनका लागि अध्ययन र भ्रमण आवश्यक छ । लेखक स्रष्टाको लागि भ्रमण खुला विश्वविद्यालय हो । अझ आफ्नो मन मिल्ने साथीहरु तथा घरपरिवारका सदस्यहरुसँग गरिएको भ्रमणबाट भने धेरै कुरा सिक्ने मौका प्राप्त हुन्छ । पढेरभन्दा पनि आफैंले देखेर बुझेको कुरा चिरस्थायी हुन्छ । यसरी लिएको ज्ञान विस्मरण पनि हुँदैन । भ्रमणबाट नै जीवनका लागि आवश्यक त्यस्ता कतिपय दुर्लभ ज्ञान र मनोरञ्जनका अवसर प्राप्त हुन्छ ।
भ्रमणबाट कैयौं अविस्मरणीय स्थानहरु, परिघटना र साक्षात्कारका परिसन्दर्भहरु, प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रभावलगायत अनेकौं विशिष्ट विषयहरु मुखरित भएका हुन्छन् । अहिले प्रत्येक जिल्लामा साहित्यिक संस्थाहरु खुलेका छन् । समय समयमा स्रष्टाहरु संस्थागतरुपमा कार्यक्रम सञ्चालन हुन्छन् । साहित्यिक कार्यक्रमले स्रष्टाहरुलाई क्रियाशील गराएको छ । तर संस्थागत रुपमा स्रष्टालाई भ्रमण गराउने कार्य भने कमी भएको छ ।
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१