पोखरा चिसाखोला वेद विद्याश्रमको रजत वर्ष

मोक्षनाथ तिमिल्सिना
वैशाख २०, २०७९

पृष्ठभूमि
प्राकृतिक सौन्दर्यतापूर्ण  अन्नपूर्ण  र  माछापुच्छ्रे  हिमालको  काख गण्डकी प्रदेश,  कास्की जिल्लाको  सदरमुकाम पर्यटकीय नगरी पोखरा उपत्यका नयाँबसपार्कदेखि करिब २ किमी उत्तर  पश्चिम पोखरा बेंसी फाँटमाथि सराङकोटको  फेदी पोखरा महानगरपालिका वडा नं. १८,  चिसाखोलामा अवस्थित छ । पोखरा चिसाखोला वेद विद्याश्रम । समुद्रसतहबाट करिब ९९० मिटरको  उचाइमा चिसाखोलाको घना जंगलको  माझमा रहेको  ऐतिहासिक प्राचीन रुप हेर्दा  शृंगी र  कश्यप ऋषिको  तपोभूमि धार्मिक आध्यात्मिक ज्ञान आर्जन गर्ने  स्थलका रुपमा रहेको पाइएको  छ । यहाँको  भत्केको  पुरानो  शिवमन्दिरमा पाइएको  वसाहा,  माताको  मूर्तिसमेतको  निर्माण समयसमेत अध्ययनकै  विषय बनेको  छ । वि.सं. १९९९ सालभन्दा अगाडि यस ऐतिहासिक तपोभूमि मणि नामले  प्रचलित रहेको  थियो  ।

प्राचीन कालमा कास्की शास्त्रार्थ  गर्ने र  धार्मिक आनुष्ठानिक यज्ञ तपोभूमि रहेको  विभिन्न पुराणबाट पनि वर्णन गरेको पाउन सकिन्छ । त्यसैले  होला योगी नरहरिनाथका कृतिमा पनि यो  आश्रम कश्यप र  श्रृड्डी ऋषिको  ज्ञान र  तप आर्जन गर्ने  स्थलका रुपमा पनि परिचित रहेको ,  वि.सं. १९९९ मा गुरु प्रेमचैतन्य ब्रह्मचारीज्यू  र  उहाँका प्रमुख शिष्य केदारनाथ उपाध्यायसमेतको  नेतृत्वमा ऋषिकेशव पराजुली र  मु.लक्ष्मीप्रसाद अधिकारी समेतको  सहयोगमा तत्कालीन मणिनामले  प्रचलित  त्यस ठाउँमा भकारीको  घर  बनाएर  बस्ने  बास बनाइएको  भत्केको  शिव मन्दिरको  जीर्णाेद्धार  गरी त्यहाँ रहेको  वसाहा र  माताको  मूर्तिको  संरक्षण गरी रुद्री हवन पूजा पाठ आदि आरम्भ गरी निरन्तर  अघि बढेको  थियो  । वि.सं. २०१७ सालपछि प्रमुख शिष्य अग्निहोत्री पं. केदारनाथ उपाध्यायको  दम्पतिले  आश्रम सञ्चालनको  सम्पूर्ण  अभिभारा बहन गरी अग्निहोत्र यज्ञ दैनिक पूजा पाठ र  वेद,  रुद्री, सन्ध्योपासन,  वैदिक शिक्षाको  विकासमा अतुलनीय योगदान दिनुभएको  थियो ।

संस्थागत विकास 

आश्रमको प्राचीन मूर्तिको  संरक्षण गरी ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गराउन र  विभिन्न उद्देश्यसहित नयाँ कार्यक्रमको  थालनीसहित आजीवन सदस्य÷साधारण सदस्य लिने  क्रम सुरु गरियो  । जिल्ला प्रशासन कार्यालय कास्कीमा संस्था दर्ता  नं. ५५३ मिति २०५५/७/१० मा विधिवत रुपमा संस्था दर्ता  गरी समाज कल्याण परिषद्मा समेत आबद्धता नं. ८०६७ मा संस्था आबद्ध भएको  छ । वेद विद्याश्रमले संस्थागत रुपमा समाजमा सरल र  सहज तरिकाले  सर्वसाधारण इच्छुक जनताले  वैदिक धर्म  संरक्षण आध्यात्मिक ज्ञान आर्जन र  वैदिक शैक्षिक जागरण ल्याउन विशुद्ध सेवामूलक नाफारहित संस्थाका रुपमा देहायका लक्ष्य र  उद्देश्य पूरा गराउन कार्यक्रम सञ्चालन गरिरहेको  छ ।

१) सनातन वैदिक हिन्दू धर्मावलम्बीहरुबीच विभेद नगरी भातृत्वको सम्बन्ध कायम राख्ने  । २) अशिक्षा,  कुसंस्कार,  अन्धविश्वास,  विसंगतिहरुलाई  अन्त्य गरी समाजलाई  एक स्वस्थ तथा मर्यादित वैदिक वातावरण सिर्जना गर्ने  । ३) विद्याश्रमलाई  संस्थागत रुप दिई  संरक्षण,  संवद्र्धन र  सदुपयोग गर्ने  । ४) समाजको  हित र  विकासमा सामूहिक भएर  अगाडि बढ्ने  । ५) वै दिक कर्म काण्डको  सीप वृद्धि गर्ने  । ६) चलिआएको  परम्परा, संस्कार, कर्म काण्ड,  धर्म  संस्कृति, रीतिरिवाजलाई  संरक्षण, सञ्चालन एवं संवद्र्धन गर्ने  । ७) राष्ट्र, जनता र  प्रजातन्त्रप्रति आस्थावान् सामाजिक वातावरण,  भाषिक व्यवहारमा सक्षम समाजप्रति सकारात्मक प्रवृत्ति भएका स्वावलम्बी, स्वस्थ्य एवं चरित्रवान् शैलीका नागरिक तयार गर्ने । ८) समान लक्ष्य, समान उद्देश्य भएका क्लब संगठन तथा संघ संस्थाहरुसँग सहयोगको  भावना कायम गर्ने । ९) वैदिक गुरुकुलीय पठन पाठन सञ्चालन गर्ने  गराउने  । १०) प्रावि देखि मावि तहसम्मको  औपचारिक पठनपाठनको (सामुदायिक) वेद विद्याश्रम बनाउने  । ११) धार्मिक सभा,  गोष्ठी,  प्रवचनलगायत सामूहिक कार्य  गर्ने  गराउने  उद्देश्य रहेको छ । १२) वेद विद्याश्रमको कार्य क्षेत्र नेपालभरि हुनेछ ।

उपर्युक्त मूलभूत उद्देश्यका साथै  कार्य  सञ्चालन गर्न कार्य समितिले निर्दिष्ट उद्देश्य पूरा गराउनका लागि अल्पकालीन र दीर्घकालीन समयावधिमा पूरा गर्न सकिने गरी निम्न लिखित कार्यक्रम प्रस्ताव गरेको छ ।

१) वेद विद्याश्रम क्षेत्रलाई ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गराइ सांस्कृतिक, धार्मिक कार्यक्रम सञ्चालन गराउने । २) विद्याश्रम सञ्चालन तथा भौतिक विकास निर्माण गर्न  अर्थ संकलन र  अक्षयकोष स्थापनाको छुट्टै प्रावधान तयार गरी आर्थिक स्तर  वृद्धि गर्ने । ३) कक्षाकोठा,  छात्राबास, सत्तल, धर्मशाला, पाकशाला, सभा प्रवचन कक्ष, पुस्तकालय,  कम्प्युटर प्रयोगशाला, फूलबारी, ध्यानकेन्द्र, सरोवर, मन्दिर, अतिथि गृह आदि निर्माण गर्ने । ४) शिक्षा मन्त्रालय र  शिक्षा नियमावलीअनुसार  वेद विद्याश्रमको  आवश्यकताअनुसार  साधारण र संस्कृततर्फको पाठ्यक्रमअनुसारको तहगत कक्षाहरु सञ्चालन गर्ने ।

उपर्युक्त उद्देश्य पूरा गराउन आश्रमको  आश्रम व्यवस्थापन साधारण सभाको  मिति २०५७।७।४ को निर्णयानुसार आश्रमको  प्रारम्भिक एक बृहत् गुरुयोजना तयार भएको छ ।

औपचारिक कक्षा सञ्चालन 

सरकारी नीति नियमानुसार  वेद विद्याश्रमको पाठ्यक्रमअनुसार गुरुकुलीय आधारभूत र  मावि तह २०६० सालबाट कक्षा ६ देखि क्रमशः १२ सम्मको  सामुदायिक (सरकारी) अनुमति प्राप्त भई  वेद विद्याश्रमको संस्कृततर्फको पाठ्यक्रमले  तोकेको  गुणस्तरीय शिक्षा एवं निशुल्क रुपमा गुरुकुलीय परम्परा अनुसारको शिक्षा प्रदान गरी वैदिक कर्मकाण्डको पठनपाठन गराइ समाजमा सामाजिक अनुशासन, धर्म संस्कृतिका साथै वेद कथा र संस्कृत भाषासमेतको  संरक्षण गर्दै योग र आयुर्वेदका माध्यमबाट व्यक्तिहरुको आचरण र स्वास्थ्यमा सकारात्मक सुधार हुने  आशा लिइएको छ ।

वेद विद्याश्रममा हालसम्म आजीवन र साधारण सदस्य २६७ जना, प्रमुख संरक्षक १ जना,  मानार्थ प्रमुख संरक्षक २ जना,  मानार्थ संरक्षक ४७ जना,  सल्लाहकार ५ जना, विद्याश्रममा आबद्ध संघ, संस्था, दाता अभिभावक, अक्षयकोषदाता महानुभावहरु करिब ७ हजार जति रहनु भएको  छ । विद्याश्रम कार्य  समिति ९ जना,  विद्याश्रम व्यवस्थापन समिति ९ जना,  विद्याश्रम शिक्षक अभिभावक संघ ९ जनाको  कार्यकारी समिति कार्यरत रहेको छ । विद्याश्रममा अध्यापनका लागि गुरुहरु १२ जना, कर्मचारी २ जना, सारस्वरसहित रुद्री, कर्म काण्डको  अध्ययन र  कक्षा ६ दे खि १२ सम्म आवासीय ४० जनासहित दिवा प्रातका कूल विद्यार्थी  १२७ जना र  प्रातः सत्र वैदिक कर्म काण्डमा ४१ जना अध्ययनरत छन् । विद्याश्रमबाट हालसम्म एसइई र कक्षा ११, १२ का विद्यार्थीहरु रेगुलर  र पूरक परीक्षासमेत गरी शत प्रतिशत उत्तीर्ण  गरेका छन् ।

विद्याश्रम सञ्चालन तथा अक्षयकोष स्थापनार्थ कूल ७२ लाख ५९ हजार ५ सय ६३ रुपैयाँ ५३पैसा संकलन भएको छ

विद्याश्रमको  प्रावधानअनुसार  चिरकालसम्म वैदिक धार्मिक कार्यक्रम वेद विद्याश्रम सञ्चालन,  गुरुकुलीय वैदिक संस्कृत शिक्षा अध्ययन गर्ने  विद्यार्थीको भोजन र  छात्रवृत्ति पुरस्कारका लागि हालसम्म देहायका महानुभावहरुले आफ्नो नामबाट उल्लेखनीय निर्माण, जग्गादान र  अक्षयकोष स्थापना गरिदिनु भएको छ ।

विद्याश्रम सञ्चालन तथा अक्षयकोष स्थापनार्थ कूल ७२ लाख ५९ हजार ५ सय ६३ रुपैयाँ ५३ पैसा संकलन भएको छ ।

पुरस्कार व्यवस्था

१) माधवप्रसाद पराजुलीले  पिता/माता पं. गुणराज/सावित्रीदेवी पराजुली स्मृति पुरस्कार  छात्रवृत्तिको व्यवस्था २०६४ सालबाट एसएलसी उत्तीर्ण  सर्वाेत्कृष्टलाई दिइरहनु भएकोमा विगत १ वर्षबाट ११ र अर्काे वर्ष १२ कक्षामा गरिब तथा जेहेन्दार विद्यार्थीलाई नगद छात्रवृत्ति (पुरस्कार ) ।
२) श्रीपति कोइराला गुठीबाट जेहेन्दार सर्वाेत्कृष्ट र  गरिब तथा जेहेन्दार दुई जना विद्यार्थीलाई  छात्रवृत्ति नगद र सम्मानपत्र ।
३) डा.झलक कार्कीले आफ्ना पिता/माता टीकाराम/अवजनी कार्कीको  स्मृतिमा सर्वाेत्कृष्ट जेहेन्दार १ र गरिब तथा जेहेन्दार १ विद्यार्थीलाई छात्रवृत्ति नगद दिने व्यवस्था गर्नुभएको छ ।
४) नारायणी शर्मा  पराजुलीले आफ्ना पति हरि सुरेन्द्रप्रसाद पराजुली ‘सुप’ को  स्मृतिमा कक्षा ८ को  सर्वोत्कृष्ट विद्यार्थीलाई वार्षिक नगद छात्रवृत्ति (पुरस्कार) दिने व्यवस्था गर्नुभएको छ ।
५) धर्मराज सिग्देलले कक्षा ६ देखि १२ सम्मका पहिलो, दोश्रो र तेश्रो विद्यार्थीहरुलाई २०७२ साल देखि शैक्षिक पुरस्कार (छात्रवृत्ति) को व्यवस्था गरिदिनु भएको छ ।
६) विभिन्न संघ संस्था/महानुभावहरुबाट खाद्य तथा जिन्सी सामग्री/पुरस्कार/छात्रवृत्ति/शैक्षिक सामग्रीहरु समय समयमा दान सहयोग गर्नुभएको  छ ।

दानदातव्य र सम्पत्ति विवरण 

विद्याश्रम संस्थागत विकास भएपछि संरक्षक प्रमुख संरक्षक, संरक्षकहरु आजीवन सदस्य एवं दाता संघ संस्था स्थानीय जनसमुदायसमेत दानवीरहरुको  सहयोग मागिरहनु कठिन भए पनि पटक पटक गरी भौतिक एवं नगद हालसम्म विद्याश्रममा रु. २ करोड ९ लाख ५० हजार ७ सय ३ रुपैयाँ ३६ पैसा आर्थिक सहयोग प्राप्त भएको छ । आश्रमको भोगचलन दर्ताका जग्गा जमिन छुट्टै छन् । दातृ संस्था, सरकार र दाताहरुबाट सहयोग उपलब्ध गराई विद्याश्रमलाई  धार्मिक पर्यटकीय स्थल लक्ष्यअनुसारका उद्देश्यहरुका अतिरिक्त समाजको चाहना र जनधारणा अनुसारको सेवामुखी कार्य गर्न सक्षम हुनेछ । ५ सय रुपैयाँभन्दा माथि नगद तथा जिन्सी दान दिने  दाताको  विवरणसहितको दाता स्मारिका प्रत्येक २÷२ वर्ष वा आवश्यकताअनुसार प्रकाशन गरी सम्मान गरिने प्रावधान छ ।

भौतिक सम्पत्ति विवरणः

पोखरा चिसाखोला ब्रह्मचर्याश्रम गुठीको नाममा साविक ग्यारजाती ३ को  कि.नं. ५२९,  ५३१,  ३२८,  ३२९,  ३९७ ग्यारजाती ५ को  कि.नं. ८७ साविक पँदे ली २ को  कि.नं. ६०२ को  खेत जग्गा रोपनी २६–६–२–२ र  संस्थापक अध्यक्ष एवं उत्तराधिकारी/प्रमुख संरक्षक मो क्षनाथ तिमिल्सिनाले  वेद विद्याश्रमलाई  दान दिनुभएको  साविक ग्यारजाती वडा नं.७ को  कि.नं. ५७५ र  ५७६ का ०–४–०–१ को  घडेरी जग्गा रहेको छ । आश्रमको नाममा दर्ता  हुन बाँकी साविक ग्यारजाती वडा नं. ५ को  कि.नं. ८८, ८९ को  २–१–३–२ र साविक ग्यारजाती २ को  कि.नं. १८५ मध्ये  घैयावारी भन्ने जग्गा पोखराका दाताहरु वि.बलबहादुर  कोइराला,  विष्णुबहादुर कोइराला, खिमलाल कोइराला, काशीराम कोइराला, भैरवदत्त कोइराला, भोलानाथ कोइराला, मोहनमान पालिखे, गजेन्द्रमान पालिखे र लक्ष्मीप्रसाद पालिखे समेत जाना ९ ले  २००६ साल मार्ग  २३ गते कादिन आश्रमको यज्ञचले सम्म दानपत्र मन्जुरीनामाको कागज गरी उदारताका साथ दान दिनुभएको जग्गा साविक ग्यारजाती २ को  सर्भे कि.नं. १८५ मध्ये  आश्रमले भोग चलन गरेको अन्दाजी १ सय ५० रोपनी जग्गाबाट गौशाला र अग्निहोम यज्ञ र  वेद विद्याश्रम सञ्चालन भएको छ ।

गौ सेवा, ध्यान, योग र रुद्राभिषेक 

वेद विद्याश्रममा स्थापना कालदेखि सन्ध्योपासन, रुद्राभिषेक, हवनादि यज्ञ र गौ सेवा भइरहेकोमा नेपाल महर्षि वैदिक फाउन्डेसनबाट सञ्चालित सन्ध्यावन्धन, भावातीत ध्यान,  योग र रुद्राभिषेकका माध्यमबाट आध्यात्मिक,  आदिदैविक र  आदिभौतिक शक्तिको थप प्रेरणा दिइएको छ । वेद विद्याश्रममा संलग्न महानुभाव तथा राष्ट्र शान्ति विश्व कल्याणको  कामना गरी वैदिक अनुशासन र मर्यादित जीवन जिउन उत्प्रेरित गर्दछ । वैदिक अनुशासनलाई  मर्यादित बनाउन गाईको  सेवा गरी ज्ञानको विकास गराउन र  सेवाको भावना जगाउन थप मद्दत पुर्‍याउने आशा लिइएको छ ।

कम्प्युटर  शिक्षा 

विद्याश्रममा वैदिक शिक्षाका साथ साथै  कम्प्युटर  शिक्षाको  थप पठनपाठन पनि गराइएको छ । अंग्रेजी, संस्कृतलाई कम्प्युटरसँग तुलनात्मक अध्ययन, ज्ञान आर्जन गराउन थप मद्दत पुग्दछ । कम्प्युटर र प्रोजेक्टरबाट पठनपाठनबाट उच्च अध्ययन गर्न  समेत हौसला बढ्दछ ।

पुस्तकालय व्यवस्था 

पाठ्यपुस्तकबिना विज्ञानका अतिरिक्त सबै भाषा र  सबै तहको  पठनपाठन गर्न  गराउन सरकारी तह र  गैरसरकारी तहबाट पुस्तकालय व्यवस्थापनका लागि सहयोग गर्न आह्वान गरिएको छ । धार्मिक÷ऐतिहासिक पुरातात्विक पुस्तकहरुको  पनि व्यवस्थापन गर्न लागिएको  छ । अनुसन्धान तहको  पुस्तकालय तयार  गर्न  सहयोग जुटाउन लागिएको  छ ।

भावी कार्यक्रम 

विद्याश्रम परिसर सुधार, धार्मिक पर्यटन क्षेत्रः

विद्याश्रम परिसर सुधार धार्मिक पर्यटकीय स्थलको विकास निर्माण परियोजनाको प्रस्तावना पत्र अनुसारको विकास निर्माण कार्य प्राथमिकताका आधारमा विनियोजित योजनाअनुसार दाताको  सहयोगअनुसार गरिनेछ ।

वेद विद्याश्रम सरसफाइ, खानेपानी व्यवस्था

वेद विद्याश्रमको चौतर्फी विकास गराएर सर्वसाधरणलाई समेत चेतनाको ज्ञान दिलाउन, वैदिक ज्ञान र  ध्यानका माध्यमद्वारा जीवनलाई  संस्कारयुक्त आदर्श  व्यवहार गर्न सक्षम बनाउन प्रयास गरिएको छ । खानेपानीको व्यवस्था र सरसफाइ पानीको  दीर्घकालीन समस्या समाधानका लागि तत्काल ट्युबेल सञ्चालन वा लिफ्ट खानेपानी टंकी निर्माण गर्न छुट्टै वेद विद्याश्रम परिसर सरसफाइ खानेपानी व्यवस्था परियोजनाको  विवरणसहित करिब ४० लाख र कम लाग्ने  योजना प्रस्ताव गरिएको  छ । दाता महानुभावबाट सक्दो  सहयोगको अपेक्षा गरिएको छ ।

धार्मिक पर्यटकीय स्थल 

पर्यटकीय नगरी पोखरा महानगर सराङकोटको धार्मिक, ऐतिहासिक, पर्यटकीय महत्व झल्कने  गरी पुराना मूर्तिसहितको अवशेषको विकास गराउन पर्यटन सुधार कार्यक्रमको गुरुयोजना तयार  गरी विकास गराउन र उच्च मूल्यांकन गर्न अत्यावश्यक महसुस गरी धार्मिक पर्यटकीय क्षेत्रको कार्य सुरु गरिएको छ ।

वेद विद्याश्रमको  लक्ष्यअनुसार कार्य  समिति र साधारण सभाको  मिति २०५७/७/४ र  मिति २०६२/७/५ को  निर्णय र तत्कालीन सराङकोट गाविसको मिति २०६७÷९÷२४ को १४ औं गाउँ परिषद्को निर्णयले वेद विद्याश्रमलाई धार्मिक पर्यटन क्षेत्र घोषणा गर्न  माग गर्ने निर्णय भई  कार्यारम्भ भएको छ । वेद विद्याश्रमको विकास निर्माण परियोजना प्रारम्भिक गुरुयोजनाअनुसार  धर्मशाला, मन्दिर, सत्तल, सरोवर योगाभ्यास, ध्यानकेन्द्र, पुस्तकालय, सभाकक्ष विद्यार्थी आवास,  अध्यापन कक्ष, पाकशाला, गौशाला, अतिथिगृह, संरक्षक निवास, सन्ध्या, वेदाध्ययन शाला,  कम्प्युटर कक्षसमेतका निर्माण गराउन स्रोतसाधन जुटाउने प्रयासमा लागिएको छ । वैदिक परम्परा कायम गराउन र  वातावरण स्वस्थ राख्न गाईपालन,  आयुर्वेद शिक्षा, अग्निहोत्र यज्ञ,  रुद्री पूजा पाठ,  प्रवचन सभा गोष्ठी यज्ञ यज्ञादि महायज्ञ वैदिक संस्कृत र  आधुनिक शिक्षामा कक्षा १ देखि १२ सम्मको  औपचारिक पाठनपाठन र  विद्यावारिधिसम्मको पूर्वाधारको अध्ययन अध्यापन गराउन सक्ने ‘क’ वर्गीय वेद विद्याश्रम बनाउन पूर्वाधार तयार गर्न सबैलाई आह्वान गरिएको छ ।

(लेखक: पोखरा चिसाखोला वेद विद्याश्रमका संस्थापक अध्यक्ष हुन् ।)

Related News

सम्बन्धित समाचार

hero news full width