सूचना प्रविधि र वैज्ञानिक युग, ज्ञान विज्ञानका नित्य नवीन क्षितिज उद्घाटित भइरहने युग हो, विज्ञानका जादूमयी योगदानले विश्वलाई मन्त्र मुग्ध पारेको युग हो । आधुनिक युगको सर्पलाई वैज्ञानिक आविष्कारका जादुगरले लठ्याइदिएको छ र मदानीको तालमा नचाइदिएको छ । विज्ञानले मानवजातिका लागि एकपछि अर्को अमूल्य उपहार पस्किएको छ र आजको मानव समुदाय त्यस्तो उपचारको आहार गर्दै मस्तसँग बिहार गरिरहेको छ । वैज्ञानिक आविष्कारले फुरुंग परिरहेको अवस्थामा कम्प्युटरलगायत आविष्कार हुन पुग्यो र विज्ञानका क्षेत्रमा तहल्का मच्चाइदियो । जन्मिएको वस्तुलाई दीर्र्घजवी बनाउन त्यसको र यसको महत्व र प्रभावकारिताका लागि नेपाल सरकारले पनि पहल कदम लिन आवश्यक ठान्यो । फलस्वरुप नेपालभर माध्यमिक तहमा नै प्राविधिक शिक्षा दिने अवधारणा अगाडि सार्यो । यसैको परिणामस्वरुप हाम्रो विद्यालयमा प्रविधिको पूर्वाधार २०६९ सालदेखि कम्प्युटर शिक्षा सुरु भई कम्प्युटर इन्जिनियरिङ शिक्षा प्रदान गर्ने अनुमति दियो र २०७० साल देखि ब्रह्मरुपा मावि कम्प्युटर इन्जियिरिङ शिक्षा प्रदान गर्ने थलोको रुपमा परिचित छ ।
परम्परागत अवैज्ञानिक शिक्षा लिने दिने अवस्थामा सीमित हुँदाहुँदै २०६९ सालमा आएको अवधारणा अनुरुप नेपाल सरकार शिक्षा मन्त्रालयले माध्यमिक तहमा नै प्राविधिक शिक्षा सञ्चालनमा ल्यायो । पहिलो चरणमा नेपालभरिका एक सय (१००) विद्यालयले व्यावहारिक र रोजगारमूलक प्राविधिक शिक्षा सञ्चालन गर्ने अनुमति पाएको अवस्थामा यस ब्रह्मरुपा माविले पनि सोही वर्षदेखि नै कक्षा ९ मा कम्प्युटर इन्जिनियरिङ कक्षा सञ्चालन गर्ने अनुमति पाएको हो । पहिलो वर्ष नौलो कार्यक्रम भएको हुँदा विभिन्न अन्योलता रहे । यद्यपि सबै खाले अन्योलाई चिर्दै प्रथम वर्षमा कक्षा ९ मा विद्यार्थीहरु भर्ना भए । ती विद्यार्थीहरुले अहिले उच्च शिक्षा पार गरिसकेका छन् ।
‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ अगाडि बढेको यस कार्यक्रम अन्तर्गत हाल मुलुकभरका विद्यालयमा माध्यमिक तहमा प्राविधिक शिक्षा सञ्चालनमा आएको छ । कम्प्युटर इन्जिनियरिङलगायत विभिन्न विषय सञ्चालन भएको यो कार्यक्रमभित्र कम्प्युटर इन्जिनियरिङ शिक्षाले धेरै सकारात्मक प्रभाव पारेको छ । जब विद्यालयमा यो कार्यक्रम सञ्चालन भयो तब विभिन्न क्षेत्रका अभिभावक र विद्यार्थीको चासोको विषय बन्यो । लेखनाथ क्षेत्रभित्रमात्र नभएर पोखरा वरपरका विद्यार्थीहरुले यस संस्थामा पढ्ने चासो देखाए । यसले गर्दा विद्यालयको समग्र कक्षामा विद्यार्थी भर्ना संख्यामा वृद्धि भएको पाइन्छ । यस पछिका हरेक वर्षको विद्यार्थी भर्ना अभिलेखले यस कुरालाई पुष्टि गर्दछ । कम्प्युटर इृन्जिनियरिङ कक्षा सञ्चालन हुँदै गर्दा विद्यालयको शैक्षिक वातावरणमा मात्र सुधार नभएर भौतिक विकास, अनुशासनमा सुधार, सोचइमा सुधार आएको देखिन्छ । प्राविधिक शिक्षा सञ्चालन भएसँगै सामुदायिक विद्यालयमा आमूल परिवर्तन आएको पाइन्छ जुन हाम्रा निम्तिमात्र नभएर नीति निर्माताका निम्ति पनि अत्यन्त खुसीको कुरा हो ।
प्राविधिक शिक्षा सञ्चालन भएका सामुदायिक विद्यालयमा आमूल परिवर्तन आयो जुन हाम्रा साथै नीति निर्माताका निम्ति खुसीको कुरा हो
वर्तमान अवस्थामा ब्रह्मरुपामा कक्षा ९ देखि १२ सम्म जम्मा १६० जना विद्यार्थी प्राविधिक शिक्षाअन्तर्गत कम्प्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । कुशल प्रशासन, अनुभवी, लगनशील एवं सक्षम शिक्षक र जिज्ञासु एवं मेहनती विद्यार्थीका कारण कक्षा १० को २०७१ सालको एसएलसी परीक्षामा ३ जनाले ए प्लस, २०७२ सालको एसएलसी परीक्षामा ५ जनाले ए प्लस र २०७३ सालको एसइई परीक्षामा १० जनाले ए प्लस, २०७४ सालको एसइईमा १७ जना ए प्लस २०७५ सालमा १८ जनाले ए प्लस र २०७६ सालमा २१ जनाले ए प्लससहित शतप्रतिशत विद्यार्थी सफल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डमातहत कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । यो समग्र नतिजाले विद्यार्थी, शिक्षक, अभिभावक, प्रशासन एवं समग्र सरोकारवालालाई थप ऊर्जा र उत्साह थपेको छ ।
यस विद्यालयबाट कम्प्युटर इन्जिनियरिङ अध्ययन गरी कक्षा १२ उत्तीर्ण गरेका कुनै पनि विद्यार्थीहरु बेरोजगार छैनन् । कयौं विद्यार्थीहरुले उच्च शिक्षामा विभिन्न विश्वविद्यालयमा छात्रवृत्तिमा बिई पढिरहेका छन् भने कतिपय विद्यार्थीले सहज ढंगले नाम निकालेर उच्च शिक्षा अध्ययन गरेका छन् । कक्षा १० बाट नै ओजेटी (अन द जब ट्रेनिङ) मा खटिने हाम्रा विद्यार्थीहरु विभिन्न कम्पनीमा आफ्नो कार्यकुशलता प्रदर्शन गरी प्रशंसित बनेका छन् । यहाँबाट उत्पादिन जनशक्तिले विभिन्न कम्पनीहरुमा सहज ढंगले रोजगराका अवसर प्राप्त गरी आत्मनिर्भर बनेका छन् । कैयौंले आफ्नै कम्पनी सञ्चालन गरी अरुलाई समेत रोजगारी प्रदान गर्ने अवस्थामा छन् त कतिपय वैदेशिक विश्वविद्यालयमा अध्ययनरत छन् ।
यसकारण आउनुहोस् आफ्ना बाबुनानीको सुनौलो भविष्य निर्माणका लागि हामीलाई अबोध बालबालिका जिम्मा दिनुहोस्, हामी तपाईहरुलाई सुबोध र सक्षम नागरिक बनाएर फिर्ता गर्नेछौं । कक्षा ९ मा भर्ना खुली रहेको छ भने कक्षा १० मा अध्ययनरत छात्रछात्रालाई सहज रुपमा कक्षा ११ मा अध्ययन गर्ने वातावरण बनाएका छौं । जहाँ विद्यालयमा सम्पूर्ण भौतिक, (भवन) शैक्षिक (प्रशिक्षक) कम्प्युटर र विज्ञान ल्याब, यातायातलगायतका सुविधा पर्याप्त छन् । कुनै पनि सुविधाबाट बञ्चित हुनुपर्दैन ।
अतः यति धेरै सकारात्मक पाटाहरु सफल पक्षहरु र उज्यालो भविष्य हुँदा हुर्दै पनि माध्यमिक तहमा नै प्रविधि शिक्षा कार्यक्रमका थुप्रै समस्या र चुनौती पनि देखिएका छन् । सबैभन्दा प्रथम चुनौती त हामीमात्र नभएर नीति निर्माता स्वयं पनि अन्योलको भूमरीमा रुमलिएको पाइन्छ । अर्कोतर्फ नयाँ र पहिलो कार्यक्रम भएको हुँदा अभिभावकको चासो निकै बढेको छ । जहाँ प्रशिक्षकको स्थायीको समस्या, विद्यार्थी १२ पास गरिसकेपछि पनि ओजेटी समस्या, उच्च शिक्षाको अध्ययनका लागि सहज वातावरण राज्यको तर्फबाट नभएको जनगुनासो पनि नभएका होइनन् ।
वर्तमान अवस्थामा ‘शिक्षाको सरोकार, प्राविधिक शिक्षा घरघरमा रोजगार’ भन्ने उद्देश्यका साथ सञ्चालित यस प्रकारको शिक्षाबाट यस क्षेत्रका थुप्रै विद्यार्थीहरु र अभिभावकहरु लाभान्वित भएका छन् जसको प्रभाव समग्र शैक्षिक जगत्मा सकारात्मक रुपमा परेको पाइन्छ । राज्यले पनि निकै ठूलो धनराशी लगानी गरेको यस क्षेत्रलाई अझ व्यवस्थित गर्न अपरिहार्य भएको देखिन्छ । यसरी भविष्यप्रति स्पष्ट हुँदै वर्तमानका चुनौतीको सामना गर्नु आजको आवश्यकता बनेकोतर्फ नेपाल सरकार, नीति निर्माता एवं सम्बन्धित शिक्षा सरोकारवालाको ध्यान जान सकेमा माध्यमिक तहमा नै प्राविधिक शिक्षा कार्यक्रम प्रभावकारी र फलदायी बन्ने कुरामा कुनै शंका रहँदैन ।
Related News
सम्बन्धित समाचार
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१