हिन्दू धर्मका केही सारतत्वहरु

दीपकबहादुर केसी
फागुन २३, २०७६

धर्म निर्मत्सर हुनुपर्छ, जुन धर्मबाट सबै मानव र जीव संरक्षित सुसंस्कृत अलंकृत पनि हुनुपर्छ । सनातन धर्म भनेको यही हो । धर्म नछाड तर लोक धर्म भनेर हुने विकृतिपूर्ण धर्म जो धर्मका नाउँमा पशुवली दिने वा अर्कालाई पीडा दिएर गरिने धर्म त्याग्नु पर्छ ।

‘भोको पेटले बासी भात भन्दैन,
मस्त निद्राले मसानघाट भन्दैन,
हिन्दू धर्मले कुनै जातजाति भन्दैन’ ।
हिन्दू शब्दले कुनै जातजाति, वर्ण, रंग भन्ने जनाउँदैन । प्रथमतः यो शब्द ठाउँ विशेषबाट उत्पत्ति भएको हुनुपर्छ । “हि” भन्नाले हिमालय र “इन्दु” भन्नाले इन्दूसरोवरसम्म बस्नेहरुलाई त्यसबेला हिन्दू भनिएको भनेर तर्क गरेका प्रमाण पनि भेटिन्छन् ।
हिन्दू धर्मको मूल मन्त्रले भन्छ ः ‘सर्वे भवन्तु सुखिन ः सर्वे सन्तु निरामया । सर्वे भद्राणि पश्यन्तु माकश्चिद् दःुख भाग्जन’ । अर्थात् सबै सुखी होऊन्, सबै निरोगी होऊन्, सबैले राम्रो देखून् र कोही पनि दुःखी नहोऊन् । हिन्दू धर्मको मर्म मानव कल्याण होभने परोपकार, सेवा, दया, सद्विवेक सद्विचार, क्षमा, सहनशीलता, धैर्यता आदि हुन् । ‘धर्मो रक्षतिः रक्षित’ अर्थात जसले धर्मको रक्षा गर्दछ, आफूलाई त्यही धर्मले रक्षा गर्दछ । धर्मको मूल परिभाषा भनेको हाम्रो देहरुपी कल्पवृक्षमा दुईवटा फल लाग्दछन् । पाप र पुण्यका । पापरुपी फल अधर्म र पुण्यरुपी धर्मका मीठा फल हुन् । परोपकार पुण्याय पापाय परपीडनम् त्यसको मूल अर्थ परोपकार नै धर्मको जड हो भने अर्कालाई दुःख दिनु नै पाप अथवा अधर्म हो ।
हाम्रो वैदिक धर्मदर्शनमा हिन्दू धर्मका १६ मूल आधारहरु बताइएको छ । जसरी पूर्णचन्द्र हुन सोह्र कलाको आवश्यकता पर्दछ, त्यस्तै हिन्दू दर्शन र तिनमा आधारित संस्कृतिका पनि १६ अंगहरु छन् । हिन्दू संस्कृतिका १६ मूल अंगहरु यसप्रकार छन् ः (१) धर्मानुकूल शारीरिक सदाचार हुनु– (२) आफ्नो अन्तर आत्मा परमात्मातिर लैजानु – (३) वर्ण धर्म सनातन – (४) जातीय शुद्धता – (५) आश्रम व्यवस्था–(क) ब्रह्मचर्याश्रम (ख)गृहस्थाश्रम (ग) वानप्रस्थ आश्रम (घ) सन्यास आश्रम – (६) दैवी सृष्टिमा विश्वास गर्नु– (७) सर्वशक्तिवान् सर्वव्यापक सकल गुण सम्पन्न भगवान्को अधिष्ठाता हो भन्नेमा विश्वस्त हुनु– (८) योगमूलक भक्तिमूलक उपासना पद्धति– (९) देवमूर्तिलाई दिव्य शक्तिको आधार मानेर भागवत् सत्ताको पूजा उपासना गर्नु– (१०) शुद्धाशुद्धि कर्म– (११) यज्ञ महायज्ञमा विश्वास गर्नु– (१२) वेद उपनिषद् श्रुति, स्मृति, पुराण जस्ता धर्म दर्शन शास्त्रमा विश्वास राख्नु– (१३) जन्म, मृत्यु र पुनर्जन्ममा तथा इहलोक परलोकमाथि विश्वास (१४) पितृलोक, देवलोक, असुरलोक, स्वर्गलोक र वैकुण्ठलोकमा भ्रमण गर्दै मावनजीवले मृत्युलोक प्राप्त गर्छ भन्ने विश्वास गर्नु (१५) गाइर्, गंगा, गायत्री, गणेश, गीता र गुरुमा श्रद्धा राख्नु (१६) कैवल्यपद प्राप्ति अर्थात् मोक्षपदवीको ईच्छा राख्नु ।
आजको विश्व मानवजगत्मा फैलिएका धर्मका विविधता जतिसुकै किन नहुन्, धर्मको मूल मन्त्र एउटै हो । जसरी भगवान्का अनेक रुपहरु छन् । तापनि मूल परमब्रह्म एउटै हो । हिन्दू धर्म दर्शनमा धेरै शाखाहरु भएको र अत्यन्त फराकिलो पनि भएको हुँदा कैयौं मानवहरु अलमलमा परेका देखिन्छन् । यद्यपि हिन्दू धर्म दर्शनले म मेरो भन्ने शब्द राखेकै छैन । यसमा प्रशस्त प्रामाणिक उदाहरणहरु छन् । हाम्रो हामी सबैको उद्धार कल्याण होस् भन्ने शब्दहरु वैदिक दर्शनमा उल्लिखित गरिएको छ ।
यस दर्शनमा यावत उपयोगी जीवजन्तु पशुपक्षी जनावर वनस्पति वनजंगल हरेकको पूजा गर्नुपर्ने व्यवस्था गरेको छ । पूजा भनेको वस्तु, धर्म, संस्कार देवी देवता आदिको सम्मान र संरक्षण गर्नु हो । धर्म निर्मत्सर हुनुपर्छ, जुन धर्मबाट सबै मानव र जीव संरक्षित सुसंस्कृत अलंकृत पनि हुनुपर्छ । सनातन धर्म भनेको यही हो । धर्म नछाड तर लोक धर्म भनेर हुने विकृतिपूर्ण धर्म जो धर्मका नाउँमा पशुवली दिने वा अर्कालाई पीडा दिएर गरिने धर्म त्याग्नु पर्छ । धर्मको सारको बारेमा शास्त्रहरु भन्छन्, सत्यं वद, धर्म चर, गौतम बुद्धको उपदेशमा पनि धम्मं शरणं गच्छामि भनिएको छ ।
राजा रन्तिदेव त्यसबेलाका सुप्रसिद्ध राजा थिए । एक दिन साक्षात् प्रत्यक्ष भगवान्को दर्शन पाएछन् र भगवान्ले सोध्नु भएछ हे राजन तिम्रो सत्कर्मबाट म प्रसन्न भएँ । वर माग जे माग्छौ त्यही वर दिन्छु । राजाले भनेछन् । “हे भगवान् मलाई अखण्ड राज्य चाहिँदैन न त स्वर्ग नै चाहिन्छ । न त वैकुण्ठ, न धनदौलत । मलाई त एकमात्र आशीर्वाद दिनुहोस् भगवान् मैले पीडाले छट्पटिएका हरेक प्राणीको पीडा नाश गर्न सकूँ” । कस्तो हाम्रो पुर्खाले देखाएको बाटो ? यही हो हाम्रो सनातन वैदिक हिन्दू धर्मको सन्देश ।
कर्मको छोटो परिभाषा पनि यसप्रकार छ ः कर्म भनेको कुनै न कुनै काम गर्नु हो र बिना कर्म कोही पनि रहन सक्दैन । कुन कर्म गर्न हुन्छ, कुन कर्म गर्न हुँदैन, यो जान्न जरुरी छ । कर्म ३ प्रकारका हुन्छन्, अकर्म, विकर्म र कर्म । यिनै कर्मको विषयमा ज्ञान भयो भने मात्र मानिस ज्ञानी बन्दछ । कर्म भनेको ः धर्मयुक्त र निःस्वार्थ भावनाले गर्ने काम । विकर्म भनेको ः निहित स्वार्थपूर्तिका लागि र अरुको स्वार्थ पूर्ति गर्ने समेतको काम । अकर्म भनेको ः गर्नै नहुने काम आदि यसै गरी विधि निषेधका सम्बन्धमा भनिएको छ ः (१) के खान हुन्छ ? के खान हुँदैन ? (२) के बोल्न हुन्छ ? के बोल्न हुँदैन ? (३) कहाँ जान हुन्छ ? कहाँ जान हुँदैन ? (४) के–के काम गर्न हुन्छ ? के काम गर्न हुँदैन ? (५) विवाह, सन्तान, उद्योग, राजनीति, व्यापार कसरी गर्ने ? विद्यार्थी, युवा, वृद्ध, कर्मचारी, राजनीतिज्ञ, महिला, पुरुष सबैको काम, कत्र्तव्य र अधिकार समेत हाम्रो शास्त्रीय दर्शनमा उल्लिखित छन् । शास्त्र भन्दछ– “मानिसका सुख र दुःखका कोही दाता छैनन् । आफ्नै कर्म सूत्रमा सबै बाँधिएका हुन्छन्” ।
मूल रुपमा अध्यात्मको अर्थ आफ्नो अस्तित्वको पहिचान गर्नु हो । आफ्नो काम, कत्र्तव्य र अधिकारको बोध नहुनु आफूले आफ्नै पहिचान गर्न नसक्नु नै मन्द बुद्धिका लक्षण हुन् । अध्यात्म विषय ईश्वरीय कानून ऐन, नियम हो । जसको ज्ञानले मानिसको अस्तित्वको पहिचान गराउँछ र धर्तीलाई नै स्वर्ग बनाउँछ । मानव मानवमा एकता, मित्रता, श्रद्धा सद्विवेकको विजारोपण गराई सुसंस्कृत समाजको स्थापना गर्न आध्यात्मिक चेतनाबाट मात्र सम्भव छ । जबसम्म म को हुँ ? भन्ने ज्ञान हुँदैन, तबसम्म ‘पशुभिः समानम्’ पशु समान हुन्छ ।
अर्जुन युद्ध मैदानमा युद्धको अन्तिम तयारीमा थिए । हतियार उठिसकेका थिए । तत्काल उनको बुद्धि मन, परिवर्तन भयो र हतियार भुइँमा फँ्याकेर हे केशव ? म युद्ध लड्दिनँ र मलाई राज्य चाहिँदैन भने । त्यसबेला अर्जुन आफैसँग भएको तागत शक्ति र कत्र्तव्यको ज्ञान भएन र भगवान् कृष्णले गीता उपदेशबाट अर्जुनको अस्तित्व पहिचान गराउनुभयो । अनि मात्र अर्जुनलाई म धनुर्धारी पराक्रमी अर्जुन हुँ भन्ने आफ्नो कत्र्तव्यको ज्ञान भयो । अनि मात्र युद्ध गर्न तयार भए । लडाईं पनि जिते ।
मन्त्र नभएको अक्षर हुँदैन । औषधि नभएको वनस्पति हुँदैन । योग्यता नभएको पुरुष हुँदैन तर त्यसको पहिचान गराउने योजक अर्थात् विशेषज्ञ गुरु पाउन दुर्लभ हुन्छ भनेर बताइएको छ । गीताको अन्तिम पंक्तिमा गीताको सारतत्व बताइएको छ । जहाँ कृष्ण जस्ता गुरु र अर्जुन जस्ता शिष्य छन्, त्यहाँ विजय निश्चित छ । यही नै सत्य हो भनेर गीता तथा वेदका रचनाकार व्यासले बताउनुभएको छ । यसरी आफ्नो पहिचान गर्न नसक्दा को कहाँ पुग्दछ भन्ने कुरा माथि लेखिएको दृष्टान्तबाट अवगत हुन्छ ।
अन्त्यमा ः
संसारका अधिकांश देशहरुमा ईसाइ, इस्लाम, बौद्ध, आदि आआफ्ना राष्ट्रधर्म, राजधर्म प्रचलित छन् । तर अफसोस हाम्रो देश नेपालमा सदियांैकालदेखि चलिआएको सनातन हिन्दू धर्म र विश्वको एकमात्र हिन्दू राज्य नेपालको अस्तित्व २०७२ सालमा जारी संविधानले खोसेको छ । सत्तारुढ दलका शीर्षस्थ नेताहरुले व्यक्ति विशेषको महत्वकांक्षालाई लिएर संविधान संशोधन गर्ने विषय उठाए पनि हिन्दू गणराज्यको बारेमा कसैले चर्चा र चिन्तन गरेको पाइँदैन । सम्पूर्ण देवी देवताहरुलाई कोटी कोटी प्रणाम । ॐ नम शिवाय ः

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width