हाम्रो वन, वनौषधि र वातावरण प्रकृति चित्रण !

भूपनिधि पन्त
फागुन २९, २०७६

प्राकृतिक दृश्यावलोकन र होमस्टे तथा होटल व्यवसायको प्रवन्ध गरेर देशको अवस्था सुधिँ्रदैन । होमस्टे र होटल व्यवसाय विकृतिका लक्षण मानिन्छन् । उत्पादनमूलक वस्तुको बजार बनाउन सक्नुपर्छ । सीपमूलक मजदुरलाई तालिम दिएर कलाको विकास गर्न सकिन्छ ।

१. ऋषिकुल हाम्रो पाठशाला
वैदिक कालदेखि नै हाम्रो अध्ययन, अध्यापन र आध्यात्मिक तथा अनुसन्धानको केन्द्र ऋषिकुल पाठशाला हो । यही ऋषिकुल पाठशाला कालान्तरमा पिंढी पाठशालाको नाउँमा हामीले अध्ययन गर्दै आएको प्राथमिक शिक्षालय हो । आजकल पिंढी पाठशाला केवल नामशेषको रुपमा पाइन्छ । ऋषिकुल पाठशालाको शाखा प्रशाखा हुदैन्थ्यो । प्रत्येक ऋषिकुल पाठशालाका ऋषिले आफ्नो पाठशालाको पाठ पूर्ण भएपछि विद्यार्थीहरुलाई दीक्षान्त समारोह गरेर विदा गर्थे । वर्तमान समय दीक्षान्त समारोह विश्वविद्यालयले मात्र गर्दछ । दीक्षान्त समारोह ऋषिकुल आश्रमको अनुशरण हो ।
ऋषि–कुल घर गृहस्थीभन्दा भिन्न ठाउँ वन जंगलमा खरका झुपडीको रुपमा हुन्थ्यो । प्रायः सबै प्रकारका ऋषि महर्षिहरु वन जंगलमा बस्ने गर्थे । यसरी वन जंगलमा आश्रय बनाए पनि ऋषिहरुले वनको महत्व बुझेका थिए । वनका ठूलाठूला वृक्षहरु र औषधिजन्य जडीबुटी वनस्पतीबाट ऋषिहरु परिचित थिए । यजुर्वेदमा औषधिजन्य वनस्पतिको वर्णन गरिएको छ । केही औषधिहरुको वर्णन यस प्रकार छ –
सृष्टिको प्रारम्भमा देवताले उत्पन्न गरेको औषधि वसन्त, वर्षा र शरद यी तीन ऋतुमा पाकेर पहेंला भए । माता जस्तो पोषण गुणले सम्पन्न तिमीहरु प्रत्येकको सयौं किसिमका नाम र सयौं किसिमको कर्म सिद्ध गर्ने गुण छ । हे औषधि हो ! तिमीहरु सबैले हामीलाई आरोग्य प्रदान गर । तिमीहरुले हामीलाई मानसिक र शारीरिक कष्टबाट मुक्त गराओ । यसरी औषधिमूलक बोट–बिरुवाहरुलाई वैदिक ऋषिहरुले महत्व दिएको पाइन्छ ।
२. वातावरण र औषधिमूलक वृक्ष–वुटीहरु
पिपल, आँप, खयर, सल्लो, देवदार, नीम, अमला, हर्रो, बर्रो आदि वृक्षको हावा र फल पनि औषधिजन्य मानिन्छन् । यस्ता औषधिजन्य वृक्षहरु सडक मार्ग, बगंैचा र गाउँघरका पाखा पखेरामा पनि लगाउन सकिन्छ । हिमाली क्षेत्रमा पाइने जडीबुटीका छुट्टै विशेषता हुन्छन् । वर्तमान समय हाम्रा हिमाली जडीबुटी कौडीको भाउमा विदेशीहरुले ठेक्का पट्टामा लाउने गरेका छन् । हामीले यस्ता जडीबुटीहरुको महत्व बुझ्नसकेका छैनौं । हाम्रा आयुर्वेद शास्त्रमा अमूल्य जडीबुटीको महत्व दर्शाइएको छ । एलोप्याथी र होेम्योप्याथी जस्ता औषधि देशमा पैठारी नहुँदासम्म आयुर्वेदीय औषधि नै हाम्रो आरोग्यता प्रदान गर्ने औषधि थियो । काष्ठादि र रसादिका नाउँमा हाम्रो देशमा अमूल्य औषधि निर्माण गरिन्थ्यो । सिंहदारबार जस्ता वैद्यखानामा कतिपय रसादिभष्म अहिले पनि उपलब्ध हुन सक्छन् ।
३. हाम्रा जीवजन्तु र प्राकृत सम्पदाः
हाम्रो तराईको वन जंगल राणाकालकोे आखिरीसम्म पनि घनीभूत र गुल्जार थियो । उक्त वन जंगल भित्र हात्ती, गैंडा, सिंह र बाघ, भालु जस्ता वन्यजन्तुको वासस्थान पनि थियो । नेपालको धन हरियो वन भन्ने विदेशीहरुको उद्गार पाइन्थ्यो । अहिले तराईको वनजंगल मासिँदै छ । सडक मार्ग र हवाई एरोड्रमका नाउँमा सरकारले नै हजारौं एकड वन जंगल मासिइसकेको छ ।
तस्कर र चोर डाँकाहरुले पनि हाम्रो वनजंगल मास्दै गएका छन् । चुरे पहाडको त वनजंगल मात्र होइन ढुंगा र माटो समेत तस्करहरुद्वारा भारततर्फ निकासी गर्ने गरेका छन् । हाम्रो सरकार तथा स्थानीय निकाय पनि यस विषयमा मौन भएकाले चुरे पहाडको वन, विनाश र ढुंगा माटो समेत बाँकी नराखिएकाले भित्री मधेशमा अब पानी सुकेर मरुभूमि हुँदैछ ।
पहाडका बस्ती भएका डाडाकाँडामा बुलडोजरले बाटो खनाउन थालेदेखि पहाडका मूल सुकेर गाउँबस्ती नै उठ्दै गएको छ । देश विकासका नाउँमा हाम्रा हरियाली पहाड पर्वत उजाड भएका छन् । खोला नाला सुक्दैछन् । तापक्रम बढेर हिमाल पग्लँदैछ भन्ने हाम्रा वातावरणविद्को भनाइ छ । यस्तै हो भने हाम्रा नदीनालाहरु पनि सुक्दै जाने छन् । के यस तर्फ हाम्रो सरकारले सोचेको छ ? ढिलो वा चाँडो हाम्रो देशको प्राकृत सम्पदाको विनाश सर्वनाश हुँदैछ । राष्ट्र र जनताको सेवामा सरकारको ध्यान अविलम्ब गएन भने हाम्रो देशको भविष्य अन्धकार हुनेछ ।
४. हाम्रो ऊर्वरा भूमि मासिँदैछ ।
कृषि प्रधान देशका नाउँमा प्रसिद्ध हाम्रो देश खाद्य पदार्थ र तरकारी तथा फलफूलका साथै औषधि र ग्यास तथा इन्धन समेत हामीले अर्कादेशबाट प्रतिदिन पैठारी गर्दैछौं । यसबाट राष्ट्रिय पूँजीको घाटा लाग्दै गएको छ । हाम्रा खेतवारी बाँझो धरतीका रुपमा फुट्दै गएका छन् । हाम्रो युवाजनशक्ति प्रतिवर्ष विदेश पलायन हुँदै गएकाले यो हाम्रो निम्ति अर्को अभिशाप बनेको छ ।
सरकारले विप्रेषणको आम्दानीलाई अनुचित गर्व गरेर आफ्नो देशको भूमि बाँझिएकोमा त्यसको उपयोग लिन नसक्नु अत्यन्त कमजोरी मान्नुपर्छ । वैदेशिक रोजगारीको मार्ग तुरुन्त बन्द गरेर विदेशिएकालाई देशभित्र ल्याउनु पर्छ । देशमा आवश्यक पर्ने सीपको तालिम दिएर सीप अनुसारको काम दिने व्यवस्था गर्नुपर्छ । प्राकृतिक दृश्यावलोकन र होमस्टे तथा होटल व्यवसायको प्रवन्ध गरेर देशको अवस्था सुधिँ्रदैन । होमस्टे र होटल व्यवसाय विकृतिका लक्षण मानिन्छन् । उत्पादनमूलक वस्तुको बजार बनाउन सक्नुपर्छ । सीपमूलक मजदुरलाई तालिम दिएर कलाको विकास गर्न सकिन्छ । आफ्नो जनशक्तिलाई विदेशको नोकरीमा पठाएर दास बनाउनु राष्ट्रको नै अपराध हो ।
दलालहरुले राम्रो पारिश्रमिक पाउन सकिने ठाउँको प्रलोभन देखाएर र हाम्रो देशका महिला युवतीहरुको दुर्दशा गराएका छन् चीनमा हाम्रा महिला युवतीहरु पत्नीको रुपमा वेचिने गरेका छन् भने खाडी क्षेत्रका देशबाट गर्भवती वा सन्तान लिएर आउन थालेका युवतीहरुले देशलाई लज्जास्पद बनाएका छन् । विदेशी रोजगारीमा महिलाहरु पठाउनु राष्ट्रको अपमान हो । सरकारले दलालहरुलाई कठोर दण्ड सँजाय गरेर महिला रोजगारीमा पठाउने कार्य तुरुन्त रोक्नु पर्छ । मानिस वेचविखन गर्ने दलालहरु राष्ट्रघाती अपराधी हुन् । तिनीहरुप्रति कडा निगरानी राख्नु पर्छ ।

कवि शिरोमणि लेखनाथ पौड्यालले वि.सं. १९७३ मा प्रकाशित ऋतुविचार, महाकवि देवकोटाको मुनामदन जस्तै धेरै संस्करणमा छापिँदैछन् । अहिले हाम्रो अगाडि ऋतु–विचारको वसन्त–विचार आईरहेको छ । यो वसन्त–विचारको प्रकृति चित्रण हाम्रो नेपालसँग विशेष सम्बन्ध राख्दछ ।

५. ऋतु विचारमा प्रकृति चित्रण
कवि शिरोमणि लेखनाथ पौड्यालले वि.सं. १९७३ मा प्रकाशित ऋतुविचार, महाकवि देवकोटाको मुनामदन जस्तै धेरै संस्करणमा छापिँदैछन् । अहिले हाम्रो अगाडि ऋतु–विचारको वसन्त–विचार आईरहेको छ । यो वसन्त–विचारको प्रकृति चित्रण हाम्रो नेपालसँग विशेष सम्बन्ध राख्दछ । वसन्त विचारको पहिलो रचना नै हेरौं –
हिमालमा गयो जाडो लोक सानन्द देखियो ।
उदायो रसिलो राम्रो ऋतु–राज वसन्त यो ।
समाते सूर्यले फेरी उत्तराकाशको गति ।
प्रतापीको सदाकाल किन हुन्थ्यो अधोगति ?
वसन्त विचार वसन्तको दृश्यावलोकन गराउन प्रतिबद्ध छ । विशेष गरेर वनस्पति र वनवाटिका भित्रका रंगी विरंगी पुष्पहरु वसन्त उत्सवमा देखापर्दछन् ।
प्रत्येक पुष्पको रुप, रेखा रंग अनेक छ ।
तर सौन्दर्यको ज्योति उनमा भित्र एक छ ।
पृथ्वीको दिव्य सौन्दर्य नअटाएर पट्ट भै
फुटी बाहिर निस्क्यो कि पुष्पका रुपमा सबै ?
वसन्तमा फूलहरु फूल्ने मात्र होइन, मौरी र भँवराहरु फूलमा रमाउँदै खेलेको र गुनगुनाएको ध्वनि पनि कर्णप्रिय बनेको हुन्छ ।
रस–वेतनका लोभी योद्धा भ्रमर शिक्षक
आफनु जिविका गर्छन् पढाई पुष्प–बालक
गुलाफको लगाएर विधिले लाल मोहर
दिएको हो कि ? वा वाग भृङ्गकै भोग – खाँतिर
वसन्तमा वृक्षहरुको पालुवालाग्ने, फूल फुल्ने हुँदा त्यसको रस र फल लाग्ने सुगन्धमा चराहरु रमाएको अर्को आनन्द पनि देखापर्छ –
ऋषि झैँ गरदै शुद्ध मञ्जरीमय भोजन
रातैमा कोइली लाग्यो स्वर्गीय सुर साधन ।
क¥याङ–कुरुङको पङ्ती एकतामा जमिकन
सभ्य संसार झैँ थाल्यो उत्तरोत्तर लंकन

६. पञ्चतत्व परिवर्तनको चक्रभित्र
पृथ्वी, जल, तेज, वायु, आकाश सदा एकनास रहदैनन् । पृथ्वीमा कहिले भूकम्प हुन्छ, कहिले समुद्र नै छचल्किन्छ, कहिले खडेरी पर्छ, कहिले आँधीवेरी आउँछ, कहिले आकाशबाट अति वर्षा र असिना वर्षन्छन् । यी सबै दैवी प्रकृति भित्रका तत्वहरु हुन् । यस्तो दैवी प्रकृतिका घटनाहरुलाई मानवीय शक्तिले रोक्न सक्दैनन् । तर दैवी प्रकृतिको कारण भने यन्त्रद्वारा मानिसले पत्ता लगाउन सक्छ । त्यस्तो अवस्थाबाट बच्न प्रयास गर्नु पर्छ ।
मानवद्वारा प्रकृतिको उल्लंघन गरिन्छ भने त्यो निरपराधी व्यक्तिले पनि भोग्न पर्ने अवस्था हुन्छ । वर्तमान समय प्रकृतिमाथि मानिसले चलखेल र शोषण गरेर वातावरणलाई नै अशुद्ध बनाएको छ । त्यसको परिणाम समस्त जीवजन्तुले भोग्नु पर्ने हुँदा सरकार सचेत भएर अपराधीलाई दण्ड र निरपराधीलाई प्रतिरक्षा गर्नु पर्छ । यस्तो अवस्थामा यदि सरकारले आप्mनो कर्तव्य पालना गर्न सक्दैन भने त्यस्तो सरकारप्रति जनता आक्रोशित हुन्छन् । जनआक्रोशको परिणामस्वरुप सरकारको पतन हुन्छ । त्यसकारण देश र जनताप्रति सरकार सधैं सचेत र कर्तव्यनिष्ट हुनुपर्छ ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width