सामुदायिक विद्यालय सुधारका सूत्रहरुः “ल्याऔं, टिकाऔं, सिकाऔं र बिकाऔं”

बाबुकाजी कार्की
फागुन १३, २०७६

अहिले शिक्षा क्षेत्र राष्टिय नीति भन्दा पनि टालटुले निर्देशन र परिपत्रको आधारमा चल्दै आएको जगजाहेर नै छ । यसरी शिक्षा जस्तो व्यापक र संवेदनशील क्षेत्र नीतिभन्दा नेता, विधिभन्दा व्यक्ति, व्यवस्थाभन्दा आस्थाको आधारमा चलेको कारण अन्यौल, द्विविधा र गैरजिम्मेवार प्रवृत्ति झाँगिएको अवस्था छ ।

विद्यालयमा बालबालिका ल्याउनु, विद्यालयभित्र आएका बालबालिकालाई टिकाई राख्नु, रोचक बालमैत्री शिक्षण सिकाइको माध्यमबाट जीवनोपयोगी शिक्षा प्रदान गर्नु सार्वजनिक शिक्षामा देखिएका र भोगिएका सदाबहार चुनौती हुन् । चरम राजनीति, अस्तव्यस्त व्यवस्थापन, सरकार र समुदायको उदासीनताका कारण सामुदायिक विद्यालय बेराजगार उत्पादन गर्ने कारखनाको रुपमा परिचितहुंदै गएको जगजाहेर छ ।
विद्यालयको पहुँच बाहिर भएका बालबालिका कहाँ छन्? उनीहरु किन विद्यालय भित्रिन सकेनन्? शिक्षा प्रति उनीहरुका अभिभावकको धारणा के छ ? यसरी बालबालिका विद्यालय पहँुच बाहिर रहनुमा राज्यको नीति कति हदसम्म जिम्मेवार छ ? विद्यार्थी भर्ना अभियानलाई सहज बनाउन अव कसरी जानुपर्ला ? भन्ने बारेमा रौंचिरा विश्लेषण गरेर समस्याको जरो खुट्याउन र समाधानको उपाय पहिल्याउने तर्फ विशेष विज्ञता देखाउनु बुद्धिमानी ठहर्छ ।

शिक्षा मन्त्रालयका अनुसार आधारभूत तहका लागि तोकिएको ५ देखि १२ वर्ष उमेर समूहका ३ लाख १३ हजार बालबालिका विद्यालय बाहिर छन् । विद्यार्थी भर्नालाई प्रभावकारी बनाउने हेतु सञ्चालित विविध अध्ययन अनुसान्धानले समेत विद्यालय नगएका बालबालिकाको बाहुल्यता विपन्न, सीमान्तकृत तथा विभिन्नकारणले पिछडिएका विशेष जात जातिमा अधिक भएको तथ्यांकले देखाउछ । सर्लाही, रौतहट, सप्तरी, पर्सा लगायत खासगरी प्रदेश नं २ का अधिकांश जिल्लाहरुमा विद्यालय न जाने बालबालिकाहरुको बाहुल्यता अधिक रहेको तथ्यांकले बताउँछ । विद्यालय बाहिर रहनेमा छोरा भन्दा छोरीको संख्या अधिक छ । विद्यार्थी भर्ना अभियान विगतमा शिक्षामन्त्रालयलगायत केन्द्रीय निकायबाट गरिए जस्तै कर्मकाण्डीको छनक अहिले पनि देखिएको छ ।

विपन्न, सिमान्तकृत, पिछडिएका समुदाय तथा रोजीरोटीका लागि अवसर खोज्दै विभिन्न ठाउँमा घुम्दै हिंड्ने परिवारको पहिचान गरी आवश्यकता र औचित्यको आधारमा तिनीहरुका लागि होस्टेलमा नै बसेर कम्तीमा आधारभूत शिक्षा हासिल गर्ने व्यवस्था गर्नु दिगो समाधानको बाटो हुन सक्छ। आधारभूत शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने संवैधानिक मौलिकहकको सुनिश्चितता राज्यले गरेको ठहर्छ ।

नेपालको संविधानको शिक्षा सम्बन्धी मौलिकहकमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा सहजपहुँचको सुनिश्चितता गरेको छ । आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्ककासाथै अपांगता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई कानून बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हकको व्यवस्था गरेको छ । त्यस्तै दृष्टिविहीन तथा बहिरा र स्वर वा बोलाई सम्बन्धी अपांगता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानून बमोजिम निःशुल्क शिक्षापाउने मात्र नभएर मातृभाषामा शिक्षा आर्जन गर्ने व्यवस्था समेत संविधानमा उल्लेख छ ।

संविधानमा उल्लिखित शिक्षा सम्बन्धी मौलिक हक नयाँ कानून बनाएपछि मात्र पूर्णरुपमा कार्यान्वयन हुने वास्तविकता हो । तर अहिलेसम्म पनि संविधानअनुकुल तत्काल नयाँ कानून बन्ने बनाउने छाँट देखिंदैन । राजनीतिक परिवर्तनसँगै शैक्षिक क्षेत्रमा पनि आमूल परिवर्तन गर्ने अठोटकासाथ समसामयिक शिक्षा नीति बनाउने हेतु आवश्यक सुझावका लागि उच्चस्तरीय शिक्षा आयोग गठन भयो । आयोग गठनमा विवाद र बहसका बाबजुद लामो समयको गृहकार्य पछि निर्माण गरिएको प्रतिवेदन सार्वजनिक नै हुन सकेको छैन ।
अहिले शिक्षा क्षेत्र राष्टिय नीति भन्दा पनि टालटुले निर्देशन र परिपत्रको आधारमा चल्दै आएको जगजाहेर नै छ । यसरी शिक्षा जस्तो व्यापक र संवेदनशील क्षेत्र नीतिभन्दा नेता, विधिभन्दा व्यक्ति, व्यवस्थाभन्दा आस्थाको आधारमा चलेको कारण अन्यौल, द्विविधा र गैरजिम्मेवार प्रवृत्ति झाँगिएको अवस्था छ । विद्यालय शिक्षा निःशुल्क भनिएता पनि सामुदायिक विद्यालयमासमेत विभिन्न बहानामा शुल्क लिने प्रपञ्च रचिएको हुन्छ । विपन्न वर्गको लागि शिक्षा सम्बन्धी मौलिक हक कागजमा नै सीमित रहेको गुनासो सत्यको नजिक छ ।

वर्तमान संविधानले विद्यालय शिक्षाको सम्पूर्ण व्यवस्थापन स्थानीय तहलाई प्रदान गरेको छ । नयाँ संविधान अनुसार स्थानीय तहले नै कानूनहरु निमार्ण गर्नुपर्ने भएतापनि अनुभव र आवश्यक जनशक्तिको कमीले गर्दा अहिले असहज र अन्यौल रहनु स्वभाविकै देखिन्छ । स्थानीय तहमा शिक्षा हेर्ने कर्मचारीको अभाव, आफनो गाँउपालिका, नगरपालिकाको शिक्षा सम्बन्धी तथ्यांकलगायतका अभिलेख तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट स्थानीय निकायमा हस्तान्तरण नहुनु, कर्मचारीको लागि साधान स्रोत सम्पन्न कार्यकक्षको व्यवस्था नहुनु, कर्मचारी सरुवा र पदास्थापन विवादरहित नहुनुले स्थानीय तहबाट हुनुपर्ने नीति निर्देशन, अनुदान, अनुगमन, निरीक्षण र नियमन प्रभावकारी नहुनाले विद्यालय शिक्षाले सहजता पाउन सकेको छैन ।

विगतमा विद्यार्थी भर्ना दर बृद्धि भएपनि अहिले बाहिर रहेका करिब ३ प्रतिशत बालबालिकालाई विद्यालयमा भर्ना गरेर टिकाई राख्न त्यति सहज छैन । बालबालिकाको पठनपाठनलाई महत्व दिने नदिने अभिभावकको चेतनास्तर, सामाजिक आर्थिक अवस्था र राज्यको नीतिले प्रमुख भूमिका खेलेको हुन्छ । अभिभावक शिक्षा, पुरस्कार र दण्डको व्यवस्था, स्वआर्जन र रोजगारीको सुविधा आदिको सुनिश्चितताले बालबालिका विद्यालय भर्ना तथा नियमिततालाई प्रोत्साहित गर्न सहजता प्रदान गर्दछ ।

विगतका वर्षहरुमा जस्तो केन्द्रीकृत भर्ना अभियानले भन्दा पनि निर्वाचित स्थानीय तहबाट जवाफदेहीपूर्वक सञ्चालन गरिने कार्यक्रम प्रभावकारी हुन्छन् । स्थानीय सरकारसँग सरोकोर भएका शिक्षासम्बन्धी सूचना र साधनस्रोतबाट सक्षम भइनसकेको भर्ना अभियान जिल्ला शिक्षा समन्वय एकाइको सहकार्यमा सञ्चालन हुनु व्यवहारिक हुन्छ । विगत वर्षहरुमा बारा, पर्सा, रौतहट सर्लाही र महोत्तरीमा घरधूरी सर्वेक्षणबाट संकलन गरिएको तथ्यांकलाई आधार मानेर आआफ्नो सेवाक्षेत्र भित्रका बालबालिकालाई अनिवार्य भर्ना गर्न विद्यालयहरुलाई बाध्य बनाउने वातावरणले पनि भर्ना अभियान सार्थक बनाउन टेवापुग्ने छ । भर्ना अभियानका लागि सबै जिल्लामा समानुपातिक बजेट वितरणगर्नुको सट्टा विद्यालय बाहिर रहेका बालबालिकाको बाहुल्यता भएका जिल्ला, नगरपालिका, गाउँपालिकाहरुमा केन्द्रित लगानी गर्नु व्यवहारिक हुन्छ ।
विपन्न, सिमान्तकृत, पिछडिएका समुदाय तथा रोजीरोटीका लागि अवसर खोज्दै विभिन्न ठाउँमा घुम्दै हिंड्ने परिवारको पहिचान गरी आवश्यकता र औचित्यको आधारमा तिनीहरुका लागि होस्टेलमा नै बसेर कम्तीमा आधारभूत शिक्षा हासिल गर्ने व्यवस्था गर्नु दिगो समाधानको बाटो हुन सक्छ। आधारभूत शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने संवैधानिक मौलिकहकको सुनिश्चितता राज्यले गरेको ठहर्छ । विद्यालय भित्र आइसकेका बालबालिकालाई बीचैमा पढाई नछोडि अन्तिम कक्षा सम्मको शिक्षा आर्जन गर्ने सहज वातावरणले विद्यमान शैक्षिक क्षतिलाई न्यूनीकरण गर्ने छ । अन्यथा भर्ना अभियान लगायत शिक्षा सुधारका लागि अवलम्बन गरिएका नीति, योजना, कार्यक्रमका लक्ष्य र प्रगति कागजी घोडा मात्र नहोला भन्न सकिन्न ।
त्यस्तै भर्ना अभियान पनि हिंँड्दैछ पाइला मेट्दैछ भने जस्तै निरन्तर बर्षौं नचल्ला भन्न सकिन्न । अर्थात सामुदायिक विद्यालय सुधारको सूत्रः “ल्याऔं, टिकाऔं, सिकाऔं र विकाऔं”बाट निर्देशित हुनु पर्दछ ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width