समाजवादको लागि जीवनपद्धतिमा आधारित योजना तर्जुमा

डा. रामचन्द्र लामिछाने
चैत्र १, २०७६

योजनाहरु निर्माण गर्दा सवै उमेर, वर्ग र समुदायका आवश्यकताहरुलाई सम्बोधन गर्ने, स्थानीय स्रोत साधनहरुको वैज्ञानिक व्यवस्थापन र दिगो सदुपयोग तथा सम्पूर्ण जनताहरुको सहभागितालाई सुनिश्चित गर्ने विधि अपनाउन जरुरी हुन्छ ।

नयाँ राजनीतिक संरचना सहित नेपाल अहिले सकारात्मक रुपान्तरणको संघारमा छ । स्थानीय जनताको घर दैलोमा अधिकार सम्पन्न सरकारको उपस्थितिले जनता र सरकारलाई जोडेको छ जसले गर्दा सामाजिक, साँस्कृतिक, आर्थिक र राजनीतिक रुपान्तरणको आधारशीला तयार हुन्छ ।
नेपालको संविधान २०७२ को भाग ५ ले नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन भागमा बाँडेको छ । संविधानको भाग १७ ले स्थानीय कार्यपालिका, भाग १८ ले व्यवस्थापिका र भाग १९ ले आर्थिक कार्यप्रणालीको व्यवस्था गरेको छ भने अनुसूची ८ र ९ मा स्थानीय तहको अधिकारको सूचिहरुको व्यवस्था गरेको छ । नयाँ सँविधान २०७२ ले पहिलोपटका सरकारको संरचनालाई स्थानीय जनता समक्ष पु¥याएको छ र यस अन्र्तगत भएको स्थानीय तहको निर्वाचनले समावेशी जनप्रतिनिधिहरुलाई निर्वाचित गरेको छ । स्थानीय तहहरुको सकृयताले स्थानीय जनताहरुलाई विकास र रुपान्तरणको लागि उत्साहित बनाएको छ भने नयाँ अवसरहरु सिर्जना गरी सदियौ देखि विकासको र रुपान्तरणको चाहनाको बाटो हेरेर वसेका आम जनताहरुको ईच्छा, चाहना, अभिलाषा, आवश्यकता पूर्ति गर्ने ऐतिहासिक अवसर जनप्रतिनिधरुहरुलाई दिएको कारण देश भरि नै विकासको लहर आएको छ ।

उपयुक्त, व्यवहारिक र वैज्ञानिक योजना पद्धतिको माध्यमले यो अवसरको सदुपयोग गरेर नयाँ ईतिहास र नेपालको संविधानले परिकल्पना गरेको समाजवादको आधारशीला निर्माण गर्ने अवसर प्रदान गरेको छ । योजनाहरु निर्माण गर्दा सवै उमेर, वर्ग र समुदायका आवश्यकताहरुलाई सम्बोधन गर्ने, स्थानीय स्रोत साधनहरुको वैज्ञानिक व्यवस्थापन र दिगो सदुपयोग तथा सम्पूर्ण जनताहरुको सहभागितालाई सुनिश्चित गर्ने विधि अपनाउन जरुरी हुन्छ । यस लेखमा सबै जनताको सहभागिता र स्थानीय स्रोतको सही सदुपयोग गरेर आमूल सकारात्मक रुपान्तरण गरी समाजवादको आधारशीला निर्माण गर्ने विधि प्रस्तुत गर्ने प्रयास गरिएकोछ ।

कुनै पनि विकासको केन्द्र विन्दु भनेको व्यक्ति हो र विकासको प्रतिफल व्यक्ति केन्द्रित हुनु पर्दछ भने यसरी प्राप्त गरिने प्रतिफल द्रुत र दिगो हुनु पर्दछ । आर्थिक तथा साँस्कृतिक पक्षहरुले व्यक्तिहरुका चाहनाहरुलाई र आवश्यकताहरुलाई प्रभाव पार्दछन । विकास प्रकृयाको शुरु गर्दा विकास कसको लागि हो, उनीहरुको आर्थिक तथा समाजिक, साँस्कृतिक अवस्था के कस्तो छ भनेर आर्थिक सम्पन्नता स्तरीकरण गरेर गरिवीको रेखा मुनि रहेका र समाजिक रुपमा पछाडि पारिएका जनसंख्या पत्ता लगाउनु पर्दछ । मानिसका आधारभूत आवश्यकताहरु र आत्म सम्मान (पहिचान) जीवन निर्वाहका लागि अत्यावश्यक हुन्छन र गाउँपालिका वा नगरपालिका भित्रका जनताहरु स्वयम् आधारभूत आवश्यकताहरु परिपूर्ति गर्न सक्षम छैनन् र सामाजिक विभेदको मारमा छन भने त्यस्तो अवस्थामा स्थानीय सरकारले उच्च प्राथामिकताका साथ उनीहरुको आधारभूत आवश्यकताहरुको पूर्ति र आत्मसम्मानको सुनिश्चितता गर्न पहल गर्नु पर्दछ ।

वर्तमान सन्दर्भमा गापा र नपाको योजना तर्जुमा गर्दा जीवचक्रमा आधारित योजना पद्धति अति उत्तम र उपयुक्त हुन्छ । यस पद्धति अनुसार विकासको केन्द्रविन्दु भनेको व्यक्ति हो गर्भावस्थादेखि मृत्यु सम्म व्यक्तिका आवश्यकता र चाहनाहरुलाई विश्लेषण गरेर उनीहरुका सवल पक्षहरुको प्रष्फुटन हुने गरी आवश्यकताहरु र चाहनाहरुलाई सम्वोधन गर्ने अवसरहरु सिर्जना गर्नु पर्दछ । जव कुनै महिला गर्भवती हुन्छिन त्यस्तो अवस्थामा उनको लागि विकास भनेको नियमित स्वास्थ्य जाँच, औषधि, पोषणयुक्त खाने कुरा पारिवारिक माया र समाजिक सम्मान हो । अतः स्वास्थ्य चौकीको उपलब्धता, पारिवारिक माया र समाजिक सम्मान सबै आर्थिक वर्गका महिलाहरुको आधारभूत आवश्यकता हो र औषधि तथा पोषण युक्त खाना आर्थिक रुपले विपन्न महिलाहरुको लागि अति आवश्यक हो । यस्तो अवस्थामा स्थानीय तहहरुले स्वास्थ्य चौकीको स्तरोन्नति, गर्भावस्थाका महिलाहरुको हेरचाहको लागि पारिवारीक शिक्षा र आर्थिक रुपमा विपन्न महिलाहरुको लागि पोषण र औषधिको व्यवस्था गर्ने गरी योजना तर्जुमा गर्नु पर्दछ ।

जव शिशुको जन्म हुन्छ त्यतिवेला समाजिक सँस्कार सवैको नैसर्गिक अधिकार हो भने आमा र बच्चाको स्वास्थ्य सुरक्षा पनि त्यत्तिकै आवश्यक हुन्छ । यस्तो अवस्थामा विकास भनेको सहज र सम्मानित समाजिक सँँस्कार, आमा र बच्चाको स्वास्थ्य र पोषण युक्त खाना हो । यस्तो वेलामा पनि आर्थिक रुपमा विपन्नहरुलाई ध्यानमा राखेर योजना तर्जुमा गर्नु पर्दछ ।

जव बच्चाहरु नबालक हुन्छन त्यतिबेला उनीहरुलाई पारिवारिक शिक्षा, बाल अधिकार, मनोरञ्जन, शिक्षा आदि चाहिन्छ । यस्तो अवस्थामा विकास भनेको घरमा बालबच्चाहरुसँग गरिने व्यवहारको लागि परिवारका सदस्यहरुलाई तालिम, बालअधिकारको बारेमा वा आमालाई जानाकारी, स्वास्थ्य तथा पौष्टिक आहारको व्यवस्था, मनोरञ्जनको लागि घर नजिकै बालउद्यान, घर नजिकै मन्टेश्वरी विद्यालय र घर देखी विद्यालयसम्म आरामदायी र सुरक्षित बाटो चाहिन्छ । यस्तो अवस्थामा नेपालको शैक्षिक पद्धतिले मन्टेश्वरी शिक्षाको छुट्टै व्यवस्था नगरेकोले स्थानीय गाउँ पालिका वा नगरपालिकाले प्रत्येक टोलमा मन्टेश्वरी विद्यालयको व्यवस्था गर्नु पर्दछ र यस्ता विद्यालयमा आर्थिक रुपमा विपन्नहरुलाइ निःशुल्क र सक्षमहरुसँग शुल्क लिने व्यवस्था गर्न सकिन्छ । यसले शिक्षामा रहेको विभेदलाई अन्त गरी एउटा समुन्नत समाजको आधारशीला तयार गर्दछ ।

विकासको मुख्य आधार भनेको स्रोत र सीपको संमिश्रण हो । विकासले व्यक्तिको निजी स्रोतको दिगो र वैज्ञानिक रुपमा दोहन गर्न सक्ने गरी योजना निर्माण गर्नु पर्दछ । विकासका माध्यमले समुन्नत जीवन निर्माण गर्ने स्थानीय स्तरका स्रोतहरु खेती योग्य भूमि, पर्ती जमिन, सार्वजानीक जमिन, पानीको मुहान, खोला नाला, वन जंगल, साँस्कृतिक सम्पदाहरु र संघ संगठनहरु हुन् । जनताको समृद्धिका अवसरहरु यिनै स्रोत र साधनको सही सदुपयोग र वैज्ञानिक व्यवस्थापनबाट मात्रै संभव छ ।

किशोरावस्थामा रहेका व्यक्तिहरुको लागि विकास भनेको पारिवारिक शिक्षा, समाजसँग अन्तरक्रिया र समाजीकीकरण, स्थानीय स्तरमा रहेको प्राकृतिक र आर्थिक श्रोतहरुको पहिचान एवम सदुपयोग गर्ने सोच, जीवन उपयोगी तथा अन्तर्राष्टिय रुपमा प्रतिस्पर्धी हुन सक्ने शिक्षा, विद्यालय तथा वस्तीमा खेलकुदका अवसर, प्रतिस्पर्धी ज्ञान र सीप, अतिरिक्त ज्ञान र समाजसँग घुलमिल हुने ज्ञान, संगठित भएर समाज सेवा गर्ने अवसर र आफनै खेतवारीमा प्राप्त श्रोतहरुलाइ सदुपयोग गरेर लघु उद्योग सञ्चालन गर्ने क्षमता विकास हो ।
त्यसकारण यस उमेर समूहको लागि स्थानीय तहको योजना बनाउदा यी सबै कुराहरुमा ध्यान दिनु पर्दछ । यस उमेर समूहका व्यक्तिहरुका क्षमताहरुको प्रष्फुटन गरी विकासमा सहभागी गराउन प्राविधिक शिक्षा, सीप विकास तालिम, सामुदायिक पुस्तकालय, उद्यान, घरदेखि विद्यालय सम्म सुरक्षित सडक, सार्वजानिक शौचालय, विद्यालय तथा गाउँघरमा समाजिक संग्रहालयहरु आदिको निर्माण गर्ने गरी योजना निर्माण गर्नु पर्दछ । यसो गर्न सकेमा दक्ष र समाजप्रति जिम्मेवार जनशक्तिको निर्माण गरेर दिगो विकासको आधारशीला तयार गर्न सकिन्छ ।

समाजको मुख्य जिम्मेवारी सम्हालेको उमेर समूह भनेको वयस्कहरुको हो । तुलनात्मक रुपमा यस उमेर समुहको जनसंख्या धेरै र वहुआयामिक आवश्यकताहरु हुन्छन । यस उमेर समुहको आवश्यकता भनेको उच्च शिक्षा, परिवार निर्माण, रोजगार तथा आय आर्जन, समाजमा शान्ति तथा सदभाव कायम गर्ने, मनोरञ्जन, खेलकुद एवम संगठन निर्माण र परिचालन हो । यी सबै विकासका अवयवहरुमा आर्थिक रुपमा विपन्नहरुका लागि विशेष नीति सहित कार्यक्रमहरुको निर्माण गर्नु पर्दछ भने आय आर्जन र रोजगारका अवसरहरु निर्माण गर्न विद्यालय तथा विश्वविद्यालयमा अध्ययनरतहरुको लागि प्राविधिक शिक्षाको उपलब्धता र गृहीणी एवम वेरोजगारहरुको लागि सीप विकास केन्द्रहरुको स्थापना गर्नु पर्दछ । यहाँको उत्पादन वृद्धि गर्न आवश्यक पर्ने भौतिक पूर्वाधारहरु सडक, सिचाई, विद्युत, संग्रहालय, उद्यान आदि स्तरीय र दिगो हुने गरी सबै जनताहरुलाई सेवा दिन सक्ने गरी जनताको सहभागितामा निर्माण गर्नु पर्दछ ।

वृद्धअवस्थाका उमेर समूहहरुका लागि विकास भनेको सामाजिक सुरक्षा, सामाजिक सम्मान, नियमित स्वास्थ्य परीक्षण, औषधिको सहज उपलब्धता, समाजिक आबद्धता, मनोरञ्जन र अनुभवहरु आदान प्रदान गर्ने संयन्त्रको विकास हो । आर्थिक रुपमा विपन्न परिवारका वृद्धहरुलाइ समाजिक सुरक्षाको ग्यारेन्टी गरिनु पर्दछ भने अन्य सवै वृद्ध वृद्धाहरुको माथि भनिएका सबै कुराहरुको व्यवस्था गर्न सवै टोलहरुमा समाजिक भवन, नियमित स्वास्थ्य चेक जाँच, औषधिहरुको उपलब्धता जस्ता कुराहरुको व्यवस्था हुने गरी योजना तर्जुमा गर्नु पर्दछ ।

मृत्यु जीवनको अनिवार्य नियम हो र सबैले एकदिन मृत्यु वरण गर्नु नै पर्दछ । त्यसकारण प्राकृतिक मृत्यु एक अधिकार हो । यो सहज र सम्मानित हुनु पर्दछ । मृत्यु पश्चात गरिने समाजिक सँस्कार कार्यलाई मर्यादित र सम्मानित बनाउन स्थानीय घाटहरुलाई सुविधा सम्पन्न बनाउनु पर्दछ । मृत्युलाई नैसर्गिक अधिकारको रुपमा स्वीकार गरी समाजिक सुरक्षाको अन्तर्गत आर्थिक रुपमा विपन्न परिवारका सदस्यहरुले मृत्युवरण पश्चात गरिने समाजिक सँस्कारको लागि सहयोग उपलब्ध गराउनु पर्दछ ।

विकासको मुख्य आधार भनेको स्रोत र सीपको संमिश्रण हो । विकासले व्यक्तिको निजी स्रोतको दिगो र वैज्ञानिक रुपमा दोहन गर्न सक्ने गरी योजना निर्माण गर्नु पर्दछ । विकासका माध्यमले समुन्नत जीवन निर्माण गर्ने स्थानीय स्तरका स्रोतहरु खेती योग्य भूमि, पर्ती जमिन, सार्वजानीक जमिन, पानीको मुहान, खोला नाला, वन जंगल, साँस्कृतिक सम्पदाहरु र संघ संगठनहरु हुन् । जनताको समृद्धिका अवसरहरु यिनै स्रोत र साधनको सही सदुपयोग र वैज्ञानिक व्यवस्थापनबाट मात्रै संभव छ । स्मरण रहोस् जवसम्म प्रत्येक व्यक्ति समृद्ध हँुदैन तवसम्म देश समृद्ध हुँदैन । प्रत्येक व्यक्ति समृद्ध हुन व्यक्ति नै आर्थिक विकासका कृयाकलापहरुमा सहभागी हुन जरुरी हुन्छ ।

समृद्धिको लागि श्रोत र श्रमको अवश्यकता पर्दछ । जव व्यक्ति दक्ष र सीप युक्त हुन्छ तव मात्र उसले स्रोतको दिगोरुपमा अत्यधिक दोहन गर्न सक्दछ । त्यसकारण सवै किसानहरुको निजी खेती योग्य र पर्ति जमिनको उत्पादकत्व बढाउन उनीहरुलाई उच्च मूल्य दिने बालीहरु, जडी बुटीहरु, वन्य प्रजातिहरु र तीनीहरुको उद्यम सम्बन्धी ज्ञान, सीप र प्रविधिको आवश्यक हुन्छ । त्यसै गरी स्थानीय स्तरमा उपलव्ध सार्वजनिक सम्पत्तिहरु जस्तैः सामुदायिक वन, पर्ति जमिन, सडक किनारा, खोला किनार, ढुंगाखानी आदि स्रोतहरुलाई अधिकतम उत्पादन योग्य बनाउन जन सहभागितामा वृक्षा रोपण, संरक्षण तथा उद्यम सञ्चालन सम्बन्धी योजनाहरु वनाउनु पर्दछ ।
स्थानीय स्तरमा रहेका खाने पानीका मुहान, खोला नालाहरुको संरक्षण गरी आर्थिक उपार्जनका अवसरहरु सृजना गर्ने गरी योजना बनाउनु पर्दछ । स्थानीय स्तरको विशेषता अनुसारका साँस्कृतिक सम्पादाहरुको संरक्षण, नयाँ संरचनाहरुको निर्माण गरी पर्यटक प्रवर्धनका माध्यामले आर्थिक विकासका आधारहरु निर्माण गर्नु पर्दछ । स्थानीय स्तरमा रहेका संघ संगठनहरुलाई उत्पादनशील र विकासमा साझेदार बनाउन स्थानीय तहहरुले विकास निर्माणका निश्चित क्षेत्रहरु किटान गरेर उनीहरुलाई भूमिका दिनु पर्दछ । स्थानीय स्तरमा खपत हुने वस्तुहरुको उत्पादन तथा खपत अनुपातलाई विश्लेषण गरी स्थानीय उत्पादनहरुलाई संरक्षण तथा प्रवर्धन गर्ने गाउँपालिकाका नियम तथा कानूनहरु निर्माण गर्नु पर्दछ ।

यसरी जीवनको जीवनचक्र र स्रोत व्यवस्थापनको नमूना अनुसार योजना तर्जुमा गरेर कार्यान्वयन गर्न सकेमा विकासको प्रतिफल सबै तह र तप्काका जनतामा समानुपातिक रुपमा पुग्न सक्छ र दिगो विकास लक्ष्यले निर्दिष्ठ गरे अनुसार स्थानीय विकासमा सबैको सहभागिता र सबैलाई विकासको प्रतिफल सुनिश्चित हुन्छ । देशमा दक्ष जनशक्तिको विकास हुन्छ र स्थानीय स्रोत र साधनहरुको अत्यधिक उत्पादनसहित वैज्ञानिक रुपमा दिगो व्यवस्थापन हुन्छ र यस प्रकृयाले नेपालको संविधानले परिकल्पना गरे अनुसार समाजवादको आधारशीला तयार हुन्छ ।

लेखक ः ईस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साइन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । सं.

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width