सन्दर्भः शहीद सप्ताहः कर्मकाण्डी शैलीमा शहीद सप्ताह

 नगेन्द्रराज पौडेल
माघ १६, २०७६

आज वास्तविक शहीदहरु हराएका छन् । नक्कली शहीदहरु हावी भएका छन् । प्रजातान्त्रिक आन्दोलनमा जानेर, बुुझेर लागेर मर्नेहरुको कुनै हिसाब किताब नै छैन । आतंक, हत्या,हिंसामा लागेर मर्नेहरुलाई शहीद बनाउन राजनीतिक दलहरु तँछाड मँछाड गरिरहेका छन् । यसबाट सक्कली शहीदहरुप्रति अन्याय र अपमान भएको छ ।

जिउँदा शहीद टंकप्रसाद आचार्य २०१२ साल माघ १३ गते नेपालको १९ औं प्रधानमन्त्री बनेपछि सोही साल माघ १६ गतेदेखि औपचारिक रुपमा मनाउन थालिएको शहीद दिवस आजसम्म मनाउने गरिएकै छ । सदाझैं आज माघ १६ मा पनि हामीले शहीद सप्ताह मनाइरहेका छौ ।
मुलुक र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुती दिने शहीदको सम्झनामा सरकारले गत माघ १० गतेदेखि १६गतेसम्म शहीद सप्ताहका रुपमा विभिन्न कार्यक्रमसहित मनाएको छ । यो मनाउनेक्रम निरन्तरताकै एउटा अर्को आयाम मात्र हो । नवीनपन भने यसपटकको शहीद सप्ताहमा पनि देखिएन । यसपटक पनि कर्मकाण्डयि शैली नै अप्नाइयो ।
यो आलेख तयार पार्दासम्म यसपटक पनि संघीय सरकारले शहीद सप्ताहको अन्तिम तथा महत्वपूर्ण दिन आज माघ १६ गतेलाई सार्वजनिक बिदा घोषणा गरेन । शहीदकै बलिदानलाई लिएर राजनीतिको सिढीं चढ्ने भर्याङ बनाएका नेताहरु आज उनीहरुको सम्मानमा एक दिन बिदासम्म दिन सकेनन् । कर्मकाण्डी रुपमा दिवस मनाएर ‘खोलो तर्यो लौरो बिर्स्यो ’ उक्तिलाई सम्झाए ।
भूपीको कविता
‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए ।’ कवि भूपी शेरचनले लेखेको यो कवितांशको सान्दर्भिकता आज पनि उत्तिकै छ, जति राणाकालमा थियो । देश र जनताको स्वतन्त्रताको लागि जनताले उत्सर्ग गनैर्पर्ने अवस्था आज पनि छ । यद्यपि राणाशासनको अन्त्यदेखि गणतन्त्रको स्थापनासम्म कैयन् शहीदहरुले ज्यानको आहूती दिइसकेका छन् । कति बेपत्ता पनि छन् । कति घाइते, अपांग पनि छन् ।
तर आज उनीहरुको जुन सम्मान हुनुपर्ने थियो ,त्यति हुन सकेको छैन । ‘काम गर्ने कालु मकै खाने भालु’ को अवस्था आज पनि छ । मरेर शहीद हुनेहरुको त कुरै बेगल भयो, संघर्षमा बाँचेकाहरुको पनि खासै वास्ता छै ।। यो अहिलेको सबैभन्दा ठूलो बिडम्बना र तीतो यथार्थता पनि हो । सायद यसैकारण भूपीले ‘ए,मरेर शहीद हुनेहरू,जिएर त हेर, जिउन झन् गाह्रो छ !’ भनेका होलान् । जनआन्दोलनका घाइते र बेपत्ता परिवारको कुनै लेखाजोखा छैन । उनीहरुले गरेको योगदान नै आजको गणतन्त्र प्राप्तिको मूल आधार थियो, तर ती सब इतिहासका पाना बनेर बसेका छन् ।
वास्तविक शहीद को ?
आज वास्तविक शहीदहरु हराएका छन् । नक्कली शहीदहरु हावी भएका छन् । प्रजातान्त्रिक आन्दोलनमा जानेर, बुुझेर लागेर मर्नेहरुको कुनै हिसाब किताब नै छैन । आतंक, हत्या,हिंसामा लागेर मर्नेहरुलाई शहीद बनाउन राजनीतिक दलहरु तँछाड मँछाड गरिरहेका छन् । यसबाट सक्कली शहीदहरुप्रति अन्याय र अपमान भएको छ ।
तत्कालीन राजा महेन्द्रले २०२५ सालमा कस्ता व्यक्तिलाई कुन श्रेणीको शहीदको दर्जा दिने हो भनी गृहराज्यमन्त्री नवराज सुवेदीको संयोजकत्वमा कार्यदल बनाएका थिए । सो कार्यदलले सुुझाव त दियो तर कार्यान्वयन भने भएन । गणतान्त्रिक व्यवस्था आएपछि २०६७ सालमा मोदनाथ प्रश्रितको अध्यक्षतामा कार्यदल गठन भयो । कार्यदलले शहीदको ३ श्रेणी तय गरी सुुझाव दियो ।
मर्छू भन्ने जान्दा जान्दै होमिएका पहिलोथरी, मर्छू भन्ने नजानेर होमिएका दोस्रोथरी र आर्थिक लाभबाट प्रभावित हुनेगरी शहीद बनाउन खोजिएकाहरु तेस्रोथरी गरी शहीदलाई ३ प्रकारमा बर्गीकरण गरी सुुुझाव दियो । उक्त सुुझाव पनि लागू भएन । आज कुन कस्तो खाले शहीद हो, भालुको रौं कुन दाह््री, कुन जुंगा भनेझैं भएको छ ।
नेपाली बृहत् शब्दकोशले शहीदलाई ‘आफनो देश,संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति’ भनी परिभाषित गरेको छ । यसरी हेर्दा २०६२ ÷०६३ सालसम्म १९९७ माघमा राणा शासकद्वारा मारिएका, प्रजातन्त्रका लागि लडेका तर मर्छू भन्ने जान्दाजान्दै होमिएका ४ शहीदहरु मात्र शहीदभित्र पर्दथे ।
राणाको विरोध गर्दा १९९७ साल माघ १० गते शुक्रराज शास्त्री,माघ १२ गते धर्मभक्त माथेमालाई झुुण्डाएर र दशरथ चन्द र गंगालाल श्रेष्ठलाई माघ १६गते गोली हानी मारिएको थियो । तर जंगबहादुरविरुद्ध पर्चाबाजी गरेको आरोपमा १९९३ मा झुण्डाइएर मारेका लखन थापालाई २०७२ असोज ३ गतेको मन्त्रीपरिषदको बैठकले पहिलो शहीद मानेको छ । लखन थापापछि भने यी ४ जना पर्दछन ।
कृत्रिमताको बिगबिगी
मौसमी ,सक्कली र वास्वविक शहीदको खोजी आजको चासो हो । अहिले अज्ञात समूहको गोली लागि मर्नेहरु, बस दुर्घटनामा ज्यान गुमाउनेहरुसमेत शहीद भएर १० लाख पाउने अवस्था छ । भागदौडमा मर्नेहरुसमेत शहीद भनिएका छन् । १० लाख पाएका छन् । यहाँ कुरो १० लाखको मात्र होइन, असहायका नाममा करौडौ दिदा पनि हुन्छ । नसक्नेलाई सरकारले मद्दत गर्ने सामाजिक न्यायभित्रकै विषय हो । तर नभएको शहीदका नाममा रकम दिदा वास्तविक शहीदको अपमान हुन्छ कि हुँदैन ?खै बुुुुझेको ? चासो यताको हो ।
गणतन्त्रको माग राख्दै आन्दोलनरत तत्कालीन नेकपा माओवादीले टाउकाको मूल्य स्वीकारेर जनताको लाडि लडेझै ती ४ शहीदहरुले पनि राणाको विरोध गर्दा गोली ठोकिनेछ भन्ने जान्दा जान्दै पनि जनताकै लागि लडेर प्राण आहुती गरेका थिए । यसर्थ यिनीहरुको योगदानलाई विस्थापित गर्ने गरी अर्को कुनै पनि भाग्दा मरेको, झुक्क्एिर गोली खाएको वा अन्जानमा मरेको व्यक्ति शहीद बनाएर अपमान गर्न मिल्दैन । तर अहिले त्यस्तै भएको छ । गणतन्त्र ल्याउन टाउकाको मूल्य स्वीकार्नेहरुभन्दा उनीहरुलाई दमन गर्नेहरु नै अहिले सक्कली गणतन्त्रबादी भएझै शहीदका हकमा पनि कृत्रिम शहीदहरुकै बोलाबाला छ । वास्तविक शहीदहरु ओझेलमा छन ।
विगत पनि उस्तै
पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा पटकपटक थुप्रै योद्धाले सहादत प्राप्त गरेको भए पनि उनीहरूका बारेमा राज्यले त्यति महत्व दिएको देखिँदैन । २०४६ को जनआन्दोलनमा सहादत प्राप्त गर्ने १९ जनालाई सम्मानस्वरुप सरकारले जनही रु एक लाख आर्थिक सहयोग भने यस अघि गरिसकेको छ ।
मोओवादी जनयुद्ध, १९ दिने जनआन्दोलन तथा मधेश आन्दोलनका अतिरिक्त यस क्रममा कैयन नागरिकले ज्यान गुमाइसकेका पनि छन् । शहीद परिवारका नाममा केहीलाई राहत दिइएपनि कतिपय अझै पनि उपेक्षित छन् । यी सबैका बारेमा खोजिनीति हुन आवश्यक छ । मरेका मात्र नभएर अंगभंग भै बाँचेका तथा बेपत्ता पारिएकाहरुको पनि खोजिनीति हुन आवश्यक छ ।
शहीदको अपुरा सपना पुरा गर्न सबै गणतान्त्रिक शक्तिहरु एकताबद्ध भै समृद्धिको यात्रामा हातेमालो गर्न सकेमा मात्र शहीद सप्ताहले सार्थकता पाउनेछ । होइन भने विभिन्न दिवसमध्ये यो पनि एउटा दिवसमा मात्र सीमित रहनेछ ।
शहीदलाई संकुचन नगरौं
राष्ट्र र जनताका लागि सहादत प्राप्त गर्ने महान व्यक्तिहरु र हुलमुलमा जाने, भाग्ने क्रममा मर्नेहरु, झुक्किएर गोली लागेकाहरु, दलीय राजनीति गर्दा मर्नेहरु, व्यक्तिगत स्वार्थमा झगडा हुँदा मर्ने मारिनेहरु पनि शहीदकै कित्तामा दर्ज भएका छन् । यसले गर्दा वास्तविक शहीदहरुप्रति अन्याय त भएको छैन ? उनीहरुको त्याग र बलिदानको कतै हामीले अवमूल्यन गरेका त छैनौ ? कतै स्वतस्फूर्त शहीद भएकाहरुलाई बनाइएका शहीदले थिचेको अवस्था त छैन ? शहीदहरुलाई पनि स्थानीयकरण,दलीयकरण, जातीकरण र व्यक्तिकरणमा संकुचन गरिएको त छैन ? सोच्नुपर्ने भएको छ ।
वास्तविक रुपमा देश र जनताका लागि बलिदानीका क्रममा भएको आन्दोलनमा राज्यद्धारा भाग्नका लागि गरिएको उर्दी, माइकिङ, सूचना वा सुरक्षा घेराको प्रवाह नगरी खुल्लम खुला रुपमा लौ हिम्मत भए गोली ठोक भन्दै छाती तेस्र्याउनेहरु नै सच्चा शहीद हुन ।
बलीदानको रमितामा गएर हेर्दै गरेको तमासामा भएको भागदौडमा सुरक्षित हुनका लागि किनारा लगाउँदा मर्नेहरु लाछी हुन । इतिहास लाछीहरुको हुनै सक्दैन । इतिहास त वीर योद्धाहरुकै हुनुपर्ने हो । तर वीर योद्धाहरु आज ओझेलमा छन् । लाछीहरु शहीदको थान्कोमा छन् । यो नै आजको ठूलो विडम्बना हो ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width