सत्कर्म र संस्कार: समृद्धिको आधार

पराजुली (लहर)
चैत्र ४, २०७६

मानिसको पारख गर्ने कसी, उसले गर्ने काम हो । काग र कोइलीमा अर्को भिन्नता के छ भने कोइलीले कसैको विगार गर्दैन । कागले कुनै पशुको सानो घाउ भेटायो भने ठूलो पार्दछ ।

काग पनि कालो हुन्छ, कोइली पनि कालै हुन्छ । दुवै चराका पँखेटा हुन्छन् । आकाशमा उड्न पनि सक्दछन् । तर काग घरको नजिक आएर करायो भने मानिसले उसको स्वर झिँझो मानेर ढुङ्गाले हान्न खोज्दछन् । तर कोइलीको स्वर मीठो हुने हुँदा सबैले ढुङ्गाले हान्न खोज्दैनन् । कोइलीले आफ्नो गुणमा अण्डा पार्दछ । उसले अण्डाबाट बचरा निकाल्न पाउँदैन । ऊ नभएको बेला कागले लुकी लुकी उसको अण्डा चोरेर आफ्नो गुणमा लान्छ । बचराहरू पनि काड्छ । त्यहाँ उसको पनि अण्डाबाट बचराहरू काड्छ । दुवै बचराहरू कालो रङ्गको हुने हुँदा कुन आफ्नो हो कुन अर्काको हो पत्तै पाउदैन ।
जब बच्चा ठूलो हुँदै जान्छन्, विस्तार विस्तार नजिक नजिक उड्न थाल्दछन् । आफ्नो अण्डा हराएको कोइली दुःखी बनेर कराउँछ । वचराको नजिक नजिक कोइली जान थाल्दछ । त्यतिबेला कोइली कागको डरले नजिक आउन सक्दैन । किनकि भेटाएमा कागले ठुंग्दछ । एवं रितले उसको बचराहरू ठूलो हुँदै जान्छन् । उसको पछि पछि लाग्दछ अनि कागले ती बचराहरूलाई ततेर्नै सक्दैन । जसको बचराहरू हो उसैको हुन्छ ।
कागले कोइलीको अण्डा लगेपछि कागको अण्डा र कोइलीको अण्डा सँगै हुन्छ । बचराहरू निस्कदा दुवै एउटै रङ्गका हुन्छन् । वसन्त ऋतु आएपछि काग कागै हुन्छ, कोइली आफ्नो बोलीले छुटिन्छ र कोइली नै हुन्छ । यहाँ आ–आफ्नो संस्कार हुन्छ । यहाँ सबै मानिस हेर्दामा उस्तै देखिन्छन्, समय आएपछि को मानिस कस्तो छ, ऊ को रहेछ, उसको व्यवहारले चिनिन्छ । त्यहाँ पनि संस्कार जोडिन्छ ।
अतः मानिसको पारख गर्ने कसी, उसले गर्ने काम हो । काग र कोइलीमा अर्को भिन्नता के छ भने कोइलीले कसैको विगार गर्दैन । कागले कुनै पशुको सानो घाउ भेटायो भने ठूलो पार्दछ । घाउ निको हुन गाह्रो हुन्छ । कतै कुनै खाना राखेको छ भने जुठो हाल्दछ, फोहोर पार्दछ काग भन्दा कोइली ज्यादै नै भद्र चरा मानिन्छ । उसको मीठो बोलीले कतिपय मानिसले आफूलाई वेदना परेको वखत आँसू खसाल्दछन् । धुरु धुर रुने गर्दछन् । त्यसैले काग र कोइलीमा ठूलो भिन्नता छ
। काग जस्तो स्वभाव भएको मानिस कोइली जस्तो बन्छु भनेर मात्र हुँदैन, सक्दै सक्दैन । उसको स्वभाव र व्यवहारमा परिवर्तन गर्न ज्यादै नै मेहनत गर्न सक्नुपर्दछ ।
असल शासनमा बुद्धिले काम गर्दछ मुर्खताले होइन । असल व्यक्ति जुनसुकै व्यवस्थाका लागि पनि असल हुन्छन् । नीच र मुर्ख व्यक्ति जहिले पनि खतरनाक सावित हुन्छन् । सक्षम मानिसले प्रतियोगितामा विश्वास राख्दछ । असक्षमले भनसुन र नजरामा विश्वास राख्दछ । अयोग्य प्रशासक हुनासाथ भ«ष्टाचार बढ्छ । प्रशासकीय कारवाही अस्त व्यस्त हुन्छ । जनताले दुःख पाउँछन् । देशमा तनाव बढ्छ । देश पछाडि धकेलिन्छ ।
नेपालमा भ«ष्ट, गुण्डा, ठग, लफुङ्गा अवसरवादीले असल सूत्रविहीन सक्षम र योग्य व्यक्तिलाई हुत्याउन सफल भएका छन् । घूस खाने व्यक्तिले घूस नखाने व्यक्तिलाई विस्थापित गर्न सफल भएका छन् । उनीहरूले अदालतबाट समेत सफाई पाएको देखिँदैछ । राजनीतिमा पनि उस्तै छ । यही नै हाम्रो देशको विडम्वनाको विषय बन्दैछ जसले सियोले कोपेको पीडा भोगेको छ त्यसले अरुलाई काँडाले कोप्न चाहन्न । गरीबीको हालतमा बसेको कुनै विचारशील व्यक्तिले अरु पनि त्यस्तै हालतमा रहुन् भन्ने चाहँदैन ।
साधारणतया के देखिन्छ भने जुन व्यक्ति दिनहीन अवस्थाबाट उठेर धनी बन्न पुगेको छ त्यसले नै आफ्नो जीवनको अन्तिम अवस्थामा त्यस्ता दान–दातव्य संस्थाहरू खोल्दछ । जहाँबाट गरीबगुरुवाहरू लाभान्वित हुन्छन् । संक्षेपमा भन्ने हो भने एउटा विचार गरीव व्यक्ति नै अर्काको दुःख र सुखमा सहानुभूति राख्न सक्दछ । त्यो अवस्था आजभन्दा पहिला केही मात्रामा देखिने गर्दथ्यो । हाल कताकती नगण्य रूपमा एकादुई ठाउँमा मात्र देखिने गरेको छ । अन्य विकसित मुलुकमा भने यथावत रूपमा कायम रहन गएको सुनिन्छ ।
हुन त सिंहको छाला ओडेका स्याल पनि सिंह जस्तै देखिन्छन् । जोगीको वस्त्र लगाएका भ«ष्टाचारी पनि सज्जन देखिन्छन् । त्यसैले होला भ«ष्ट कर्मचारीहरू अवसरवादी नेताहरू, दलालहरू तथा कालाबजारियाहरू समाजसेवा गरेर हिँडेको पाईन्छ । समाजसेवा नेपालको सन्दर्भमा व्यक्तित्व व्यवस्थापनको एउटा राम्रो उदाहरण बनेको छ । समाजसेवा हाम्रो मुलुकमा परोपकारी व्यक्तित्व प्रदर्शनको साथै एउटा राम्रो व्यवसाय पनि हो । ढुङ्गालाई सिँदुर लगाएर देउता बनाएजस्तै समाज सेवकको विल्ला लगाएर कालो धन्दा गर्ने पनि सज्जन बनी हिँड्छन् ।
तर के समाजसेवाको विल्ला लगाई हिँड्दैमा कुनै व्यक्ति साच्चै नै समाजसेवक हुन्छ भन्ने प्रश्नमा । हो, हुन्छ कारण बाघको छाला ओडेको स्याल पनि नकराएसम्म बाघ जस्तै देखिन्छ । सामाजिक प्रतिष्ठा अरुले आफूलाई स्वीकारेको, सम्मान गरेको अनुभूति हो । अरु आफूप्रति आकर्षित भएको समाजमा वा समूहमा आफ्नो ईज्जत भएको, अरुले आफूलाई प्रशंसा गरेको, समाजमा आफ्नो महŒवपूर्ण स्थान रहेको तथा आफ्नो यश वृद्धि भएको अनुभूति नै सामाजिक प्रतिष्ठा हो । यस्ता व्यक्ति मात्र समाजप्रिय हुन्छन् ।

धनले विछ्यौना मात्र किन्न सकिन्छ तर निद्रा सकिदैन । धनले औषधि मात्र किन्न सकिन्छ तर स्वास्थ्य होइन धनले अन्य प्रशस्त मान्छे पनि बनाउन सकिन्छ तर प्रेम सकिदैन । संसार पनि किन्न सकिन्छ तर सत्य किन्न सकिँदैन । विद्वानको भनाई छ ः संसारमा सबैभन्दा गरीव मानिस त्यसलाई मानिन्छ जोसँग धन वाहेक अरु केही छैन ।

अरुलाई सहानुभूति तथा सहयोग गर्ने हुन्छन् । सामाजिक प्रतिष्ठा शून्य व्यक्ति सजिलै समाजद्रोही कार्यमा लाग्ने हुन्छन् । तसर्थ, स्वस्थ व्यक्तित्व विकासका लागि आत्मप्रतिष्ठा आवश्यक देखिन्छ । आत्मप्रतिष्ठा तथा सामाजिक प्रतिष्ठा आफ्नै प्रयासबाट प्राप्त हुनुपर्दछ । अरुले दान स्वरूप दिएको प्रतिष्ठाले सन्तुष्टि प्राप्त हुँदैन । स्वस्थ मानव जीवनको विकासका लागि आफ्नै मेहनतबाट कमाएको ईज्जत सम्मानको आवश्यकता छ । चाकडी चाप्लुसीबाट प्राप्त ओहदाको कुनै अर्थ रहँदैन ।
हाम्रो देश नेपालको माटो नै यस्तो छ । यहाँको वातावरण समेत विग्रदो छ । कसैले प्रयास गरे पनि रोक्न नसक्ने स्थिति देखा पर्दैछ । कसैले वर्ष दिन घुँडा धसाइले मुस्किलले एक दुई मुरी धान फल्दछ भने कसैको चौवीसै घण्टा जादूको छडीले सुन फलेकै छ । धन पनि फलेकै छ, वङ्गला, मोटरकार पनि फलेकै छ । कुल घरानामा सन्तानको विवाह पनि भएकै छ । रूप पनि फेरिएकै छ । बोलि नफेरिने त कुरै भएन । के हुन बाँकी छ, सबैथोक भएकै छ । सिङदेखि पुच्छरसम्म थपिएकै छ । पैसालाई नोकरका रूपमा प्रयोग गर्नु पर्नेमा मालिकका रूपमा प्रयोग गर्ने बानी बस्नाले यो हालत हुन गएको देखिन्छ ।
धनले विछ्यौना मात्र किन्न सकिन्छ तर निद्रा सकिदैन । धनले औषधि मात्र किन्न सकिन्छ तर स्वास्थ्य होइन धनले अन्य प्रशस्त मान्छे पनि बनाउन सकिन्छ तर प्रेम सकिदैन । संसार पनि किन्न सकिन्छ तर सत्य किन्न सकिँदैन । विद्वानको भनाई छ ः संसारमा सबैभन्दा गरीव मानिस त्यसलाई मानिन्छ जोसँग धन वाहेक अरु केही छैन ।

हाम्रो समाजमा स्वयंपाक्यको संख्या बढ्दो रूपमा देखिदैछ । स्वयंपाक्यको अर्थ आफ्नो खाना आफै बनाउने, मीठो खाने, आफूखुसी बनाउने । आफ्ना जहान परिवारले खाउन् वा नखुवाउन चाहे थोरै मात्र खाउन् त्यससँग उसको कुनै मतलव छैन । परिवारका सदस्यले ढिँडो गुन्द्रुक खाओस्, आफूलाई झिनुवाको भात चाहिने यस्तो परम्पराको स्थिति आज पनि देखिएकै छ । राजनीति गर्ने ठूला नेतामा अझ वृद्धि भएकै छ । उनीहरू ठूल ठूलो स्वयंपाक्य बन्दैछन् ।
आजकलका युवा पनि स्वयंपाक्य जस्ता देखिन्छन् । घरमा खाना नखाने, बाहिर मजासँग खर्च गर्ने, घरका परिवारले खाओस् नखाओस् प्रवाह छैन । परिवारसँग कुनै चासो खाँचो देखिदैन । यसमा सुधार हुनु पर्ने देखिन्छ । देशमा समृद्धि र विकास ल्याउनका निम्ति अबका नेताले काग जस्तो पंक्षी र स्वयंपाक्य जस्तो मान्छे नबनी कोइली जस्तो मीठो बोलि बोल्ने पंक्षी बन्न र परिवारका सदस्यसरह बन्न आवश्यक देखिन्छ । जसका निम्ति व्यवहार र बोलि परिवर्तनमा गर्नु पर्दछ ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width