वनवासीका ‘निम्छरा कुरा’ भित्र गहकिला सन्दर्भहरू

प्रा.डा. यमबहादुर पौडेल
माघ १८, २०७६

यस सङ्ग्रहका लेख–निबन्धहरूले साहित्यिक, सांस्कृतिक, शैक्षिक र राजनीतिक क्षेत्रका विषयवस्तुहरू अँगालेका छन् ।

वि.सं. २०७६ सालमा प्रकाशित ‘निम्छरा कुरा’ देवीप्रसाद बनवासीजीको ६४ औँ कृति हुन आएको छ । हाल लेखकको उमेर ८० वर्ष लाग्दैछ, प्रकाशित ग्रन्थ÷पुस्तक÷ पुस्तिकाको सङ्ख्या ६४ पुगिसकेको छ । साहित्यिक क्षेत्रमा लेखकको ८० वर्षको उमेरमा ६४ पुस्तक देखिनु गौरवपूर्ण इतिहास हो भन्नपर्ने देखिन्छ ।
हालको यस पुस्तकमा १५ वटा समसामयिक लेखहरू र परिशिष्ट खण्डमा ७ वटा टिप्पणीहरू रहेका छन् । २२ वटा साना–ठूला टिप्पणीमूलक लेखहरूको सँगालोलाई उहाँले “निम्छरा कुरा” ठान्नुभएको छ । ‘निम्छरा कुरा’ ती लेखहरूमध्येको एउटा सिङ्गो लेख पनि हो । तर पनि यो लेख सम्पूर्ण सङ्ग्रहको शीर्ष स्थानमा परेको छ र पूरै सङ्ग्रहको शीर्षक बन्नपुगेको छ ।
उनका रचनाका शीर्षकहरू प्रायजसो सांस्कृतिक चेतना जगाउने र खोतल्ने खालका हुन्छन् । प्रस्तुत सङ्ग्रहमा पनि ‘निम्छरा कुरा’ मात्र नभएर गहकिला सन्दर्भहरू पनि छिपेका छन्; तिनै गहकिला सन्दर्भहरूलाई यहाँ पाठकहरूसमक्ष प्रस्तुत गर्न खोजिएको छ ।
यस सङ्ग्रहका लेख–निबन्धहरूले साहित्यिक, सांस्कृतिक, शैक्षिक र राजनीतिक क्षेत्रका विषयवस्तुहरू अँगालेका छन् । ‘शाब्दिक शुभेच्छा मात्र’ नामक पाँच दफाको लेखमा साहित्यकार शान्तिनारायण श्रेष्ठलाई ‘सम्पदा कला मन्दिर नेपाल’ बाट प्रदान गरिएको “राष्ट्रिय सरल कवि” को उपाधि सार्थक भएको ठहर गरेका छन् ।
सांस्कृतिक सन्दर्भ पनि जोडिन आउने हुँदा साहित्य र लोकसंस्कृतिमा योगदान पु¥याउँदै आएका पर्वत जिल्लाका मोहनबहादुर मल्ल, कृष्णबम मल्ल, कालीभक्त पन्त, गोमा उपाध्याय लगायतका साहित्यकारहरूको पनि स्मरण गरिएको छ । “शुभेच्छापत्र वियोगीलाई” भन्ने अर्को लेख महाकाव्यकार माधव वियोगीप्रति समर्पित छ । वियोगी महाकाव्यकारका अतिरिक्त “छन्द बचाउ अभियान” का प्रणेतासमेत भएकोमा हार्दिक शुभेच्छा व्यक्त गरेका छन् ।
“ज्ञाताको जिज्ञासा ः मेरो अभिलाषा” नामक लेखमा स्याङ्जाकी नवोदित नारी स्रष्टा ज्ञानु गैह्रेप्रति शुभेच्छा र वनवासी स्वयंको अभिलाषा व्यक्त गरिएको छ । ज्ञानुको ‘जिज्ञासा’ एक गाउँखाने कथासङ्ग्रह हो । आँधीखोले लोकसाहित्य र सांस्कृतिक फाँटमा ज्यादै महŒवपूर्ण सङ्ग्रहका रूपमा यस कथासङ्ग्रहलाई चिनाइएको छ । यसको विशेषता भन्नु नै एउटै गाउँखाने कथालाई विभिन्न दृष्टिकोणबाट हेरी तर्कसङ्गत रूपमा प्रस्तुत गरिएको हुनाले आँधीखोलाको भौगोलिक सीमा पार गरी नेपाली साहित्यिक जगतमै यो एउटा उपलब्धिमूलक पुस्तक हुनसक्दछ ।
“आँधीखोले लोकसंस्कृति” का खोजकर्ताहरूमध्ये वनवासी स्वयं, प्रा.डा. कपिलदेव लामिछाने, प्रा.डा. शिवप्रसाद पौडेल, विश्वप्रेम अधिकारी, प्रा.डा. कुसुमाकर न्यौपाने जस्ता व्यक्तित्वहरूले पु¥याएको योगदानलाई हार्दिकतापूर्वक स्मरण गरिएको छ । “ज्ञानगुनका कुरा सम्मति÷शुभकामना” लेखमा नेपाली वाङ्मयको एउटा विशिष्ट पत्रिकाको नाम हो ‘ज्ञानगुनका कुरा’ भन्ने जानकारी दिइएको छ ।
शिवराज शिवाकोटी यस पत्रिकाका शुरुदेखिकै व्यवस्थापक हुन् र उनले २०० भन्दा बढी अङ्क प्रकाशित गरी आग्रही, गुणग्राही, पूर्वाग्रही सबै प्रकारका लेखकहरूको योगदानलाई प्राथमिकता दिँदै भौगोलिक सत्य, ऐतिहासिक तथ्य र सामाजिक यथार्थ उद्घाटन गराउनमा योगदान पु¥याएको सन्दर्भमा शुभकामना व्यक्त गरेका छन् ।
पीताम्बर शर्मा नेपालीको ‘व्यक्ति एक व्यक्तित्व अनेक’ नामक ग्रन्थमा पूर्वप्रकाशित लेख “लोकतान्त्रिक आलोकमा पीताम्बर नेपाली” लाई वनवासीले हाल यसै पुस्तकमा साभार गरी प्रस्तुत गरिदिएका छन् । वनवासीले २०७० मा प्रकाशित पीताम्बरजीको पुस्तक ‘मेटिँदै गएका पाइलाहरू’ पढिसकेका रहेछन् । त्यसै पुस्तकभित्रको एउटा लेख “जय नेपालले बटारेको कान” लाई बढी गहिरिएर अध्ययन गरेछन् ।
यस सम्बन्धमा वनवासी लेख्दछन्– “केटाकेटी अवस्थामा नेपाली काङ्ग्रेसका कार्यकर्ताले कान समाएर ‘जय नेपाल’ भन्न लगाएको कुरालाई ‘कान बटारेको’ भन्दै त्यही पीडाले गर्दा नेपाली काङ्ग्रेसप्रति विमोहित भएँ भन्नु नेपालको इतिहास, २००७ सालको जनआन्दोलन, वीपी र नेपाली काङ्ग्रेसको योगदानको अवमूल्यन भएको जस्तो अनुभूति भयो मलाई ।” …. “प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्मका गुरुको गौरवको गरिमा बोकेका पीताम्बरजीले त्यसो भन्नु अलि सुहाउँदो÷पत्यारलाग्दो भएन कि ?”
यस खालको मधुरो प्रश्न राखेपछि लोकतन्त्रवादी साहित्यकार वनवासीले पीताम्बरजीलाई सम्बोधन गर्दै उहाँसँग यस्तो सुझाव पनि राख्दछन्, “पीताम्बरजी ! वीपी र नेपाली काङ्ग्रेसको इतिहास नपढी÷नबुझी समग्र नेपाल, नेपाली भाषा, साहित्य, सभ्यता, संस्कृति र नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास र राजनीति पनि बुझेको ठहरिँदैन जस्तो लाग्दछ मलाई त ! आफ्नै आत्मीय मित्र ठानेर यति अक्षर लेख्न बाध्य भएँ ।”
“मदनमणि÷समीक्षा र मृत्यु घण्टा” नामक १९ पृष्ठमा विस्तारित सबैभन्दा लामो समीक्षात्मक लेख हो । यो लेख आलोचनात्मक छ र ऐतिहासिक पनि छ । आलोचनात्मक यस कारणले कि लेखक÷साहित्यकारहरू मूलतः तेस्रो नजरबाट आत्मशासित हुन्छन्, यसैको नजरबाट सार्वभौम भाव व्यक्त गर्ने सामथ्र्य राख्दछन्, परन्तु कहिलेकाहीँ स्वार्थान्धताको चश्मा पनि नजरमा झुण्ड्याइरहेका हुन्छन् । उक्त चश्मा हटाएर खुला रूपमा सार्वभौम सत्य उद्घाटन गर्दै प्रसिद्ध लेखक बन्न पनि सक्दछन् । जेहोस्, तेस्रो नजरबाट लेखकहरूले भरपूर सेवा पु¥याइरहेका हुन्छन् ।
नेपालमा भानुभक्त, मोतीराम भट्ट, लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटाजस्ता साहित्यकारहरू सुप्रसिद्ध छन्, जसले सत्ताधारीहरूसँग प्रत्यक्ष रूपमा टक्कर लिएनन् । शेक्सपियर विश्वप्रसिद्ध भए, जो कहिल्यै पनि सत्ता विद्रोही देखिएनन्, धार्मिक विद्रोही पनि भएनन् । नेपालका मदनमणि दीक्षित पनि त्यस्तै खेमामा पर्न सक्छन् । उनको वा उनका परिवारको सत्ताधारीहरूसँग पारिवारिक सम्बन्ध रहन सक्दछ ।
त्यस्तै सम्बन्धको छहारीमा कोही छद्मभेषी विद्रोही देखिएर सेवा पु¥याइरहेका हुन्छन्, कोही अन्य कसैको गोप्य समर्थक बनेर पनि साहित्यिक सेवा पु¥याएका हुन सक्दछन् । यहाँ उल्लेख भएका परिवार पनि वनवासीले सोचेजस्तो “बसीबसी खाएका वर्ग” नहुन सक्दछन् ।
यहाँ के भन्न सकिन्छ भने यो लेख आद्योपान्त पढ्न लायक छ, मननीय छ; अनि यसको अन्त्यतिर व्यक्त गरेका तीनवटा कुराहरू निकै सटिक पनि छन्– पहिलो हो, मदनमणि दीक्षित नेपालका एक जना ठूला मान्छे त थिए, तर असल मान्छे थिएनन् । दोस्रो, एउटै मकैको बोटको फेदमा जति धेरै मल घोप्ट्याए पनि धेरै घोगा लाग्दैनन् । खेतबारीमा एकनासले मलजल पु¥याइयो भने मात्र धेरै उब्जा हुन्छ । राष्ट्रियता पनि त्यस्तै हो । तेस्रो हो, स्वस्थ, स्वतन्त्र चिन्तनरहीत, कसैबाट निर्देशित÷प्रभावित साहित्यले समाजलाई नयाँ चेतना सम्प्रेषण गर्न सक्दैन । त्यसैले लेखक पूर्ण स्वतन्त्र÷सार्वभौम एकाइ हो । कसैको कारिन्दा होइन भन्ने मेरो धारणा हो ।”
तेह्रथुम जिल्लाका कवि खेम दाहालको ‘म त बन्दी भएको छु’ नामक कवितासङ्ग्रहको वनवासीले पाठकीय समीक्षा प्रस्तुत गरेका छन् । उनले “कवि दाहालको चिन्तनको फाँट निकै फराकिलो र ऊर्वर देखिन्छ” भनेका छन् । तैपनि “लोकतन्त्र आफै बन्दी भएको छ” जस्ता अभिव्यक्तिप्रति उनी विमति राख्दछन् । अनि, आतङ्कवाद र जनहत्या गराउँदै हिँड्ने पक्षलाई सहानुभूति दिनु वा आक्रमणकारीप्रति सहानुभूति दर्शाउनु पनि कवि धर्म होइन भनी कटु आलोचना पनि गरेका छन् ।

“प्रधानमन्त्री के.पी. शर्मा ओलीले गृहमन्त्री मातहतको अनुसन्धान विभाग, अर्थमन्त्री मातहतको राजस्व अनुसन्धान विभाग, महान्यायाधिवक्ता जस्ता विभाग÷कार्यालयलाई आफ्नै मातहातमा राखेका छन् ।” यसबाट के अड्कल गर्न सकिन्छ भने अस्वाभाविक एकाधिकारबाट अस्वाभाविक परिणाम व्यहोर्नुपर्ने हुन सक्छ ।

डलर कमाइको मोह राखेर विकसित राष्ट्रमा पुग्ने र स्वदेशमा दुःखसुख भोगेर जीवन निर्वाह गर्नेहरूप्रति “कठैबरा” जस्तो भावना व्यक्त गर्ने डायस्फोरिक साहित्यकारहरूलाई यसरी सुझाव दिएका छन्– “हाम्रा कवि, लेखक, कलाकारहरूले आफ्ना सामान्य ज्ञानको बिस्कुन छर्नेतिर भन्दा कुनै विषयवस्तुको केन्द्रमा गम्भीरता साथ छोएर÷पसेर थोरै शब्दमा आफ्ना धेरै कवितात्मक भावना, अनुभूति, अभिव्यक्ति दिन सक्नुपर्छ । वर्णनात्मक किसिमका लामा कविता पढिरहने फुर्सद अहिलेका पाठकमा हुँदैन । पाठकको मनोविज्ञान पनि बुझ्नुपर्छ कविले ।”
“बाल्यकालका कुरा” लेखमा वनवासी स्वयंको बाल्यकालको प्रसङ्ग छ । यसमा उनले नेपाल एकीकरण पूर्वदेखिका आफ्ना पितापुर्खाहरूको स्मरण पनि गरेका छन् । यिनका टुहुरा पिताजी आर्जनका निमित्त वर्मा पुगेका र त्यहाँबाट फर्की आएपछि वि.सं. १९९७ साल कार्तिक २७ मा देवीप्रसाद वनवासी जन्मिएका रहेछन् । मावलपट्टिका हजुरबुबा र हजुरआमाले ५ वर्षकै उमेरमा साक्षर गराएका हुँदा शिक्षा संस्कारको जग खँदिलो हुँदै गएको रहेछ भन्ने बुझिन्छ ।
वि.सं. २००७ को जनआन्दोलनले “ममा केही राष्ट्रिय चेतनाको विजारोपण गरायो” यिनी भन्छन् । २०१० सालतिर नुवाकोट अड्डाखाना वरपर लेखापढी सिकेर २०१४÷०१५ सालतिर काठमाडौँ पुगेछन् । अध्ययन अगाडि बढाएर जागिरे पनि भएछन् । यसरी नै वनवासीको भुक्तभोगी शैक्षिक यात्रा र व्यावसायिक गोरेटो कोरिएको रहेछ ।
आफ्नै देशमा दुनियाका छोराछोरीहरूले अशिक्षित जीवन देख्दै भोग्दै आएका वनवासीले शिक्षण संस्थाहरू सञ्चालनमा योगदान पु¥याउने जोकोहीका बारेमा पनि मुक्तकण्ठले प्रशंसा गरेको पाइन्छ । २०६४ सालतिर यस पङ्क्तिकारले अनुसन्धानका आधारमा ‘शिक्षा र साहित्यमा गङ्गाबहादुरको योगदान’ शीर्षकको पुस्तक तयार गराउँदा त्यसको भूमिका लेखनमा वनवासीलाई आग्रह गरिएको थियो । त्यस पुस्तकको भूमिकाजन्य लेखमा उनले २००७ साल र २००८ सालमा स्याङ्जाका रत्नबहादुर गुरुङ र गङ्गाबहादुर पौडेल दुवै जनाका शैक्षिक र अन्य रचनात्मक कार्यहरूको मुक्तकण्ठले प्रशंसा गरेका छन् । सोही पुस्तकको भूमिकामा समावेश भइसकेको लेखलाई आफ्नै ‘निम्छरा कुरा’ पुस्तकमा समेत साभार गरी बहुसङ्ख्यक पाठकका नजरमा पारिदिएका छन् ।
वि.सं. २००७ सालदेखि नै राष्ट्रिय भावनामा अभिप्रेरित भएका वनवासीका अत्यधिक लेखहरू शासनसत्ता, प्रजातन्त्र÷लोकतन्त्र आदि विषयसँग सम्बन्धित रहेका हुन्छन् । यसै भावनाका आडमा “लोकतान्त्रिक आन्दोलका सेनानी तारानाथ कोइराला” का बारेमा एउटा छोटो लेख लेखेका छन् । लमजुङ जिल्लाका यी कोइराला २०३६ सालतिर नेपाली काङ्ग्रेसका जिल्ला सभापति भएका व्यक्तित्व रहेछन् ।
वि.सं. २०३६ सालमै स्याङ्जामा एक सांघातिक आक्रमणबाट वीपी कोइरालालाई जोगाउन खोज्दा तारानाथ कोइरालाले आफ्नो दायाँ खुट्टा गुमाएका थिए भनी लेखेका छन् । अपाङ्ग बनेका कोइरालाको २०७५ साल पौषमा मृत्यु भइसकेको छ । यस्ता राजनीतिक नेता÷कार्यकर्ताहरू पार्टी इतिहासका अभिन्न अंशहरू हुन्, यी स्मरणीय व्यक्तित्वहरू हुन्, उनीहरूको सम्मानजनक रूपमा स्मरण गरिनुपर्दछ भन्ने मान्यता राखेको कुरा महसुस गर्न सकिन्छ ।
अर्को एउटा राजनीतिक सन्दर्भको लेख छ– “नेपाली काङ्ग्रेस÷लोकतान्त्रिक समाजवाद र कमल पंगेनी ।” कमल पंगेनी २०३६ सालदेखि नेपाली विद्यार्थी संघको नेतृत्व लिँदै ने.का. को जिल्ला सभापति र प्रतिनिधिसभाको सदस्यसम्मको जिम्मेवारी वहन गरेका लोकतान्त्रिक समाजवादका पक्षधर राजनीतिज्ञ हुन् । यिनको प्रसङ्गमा वनवासी लेख्दछन्ः “वीपी अन्तर्राष्ट्रिय व्यक्तित्व थिए । उनले नेपाललाई लोकतान्त्रिक संसारमा चिनाएर गए ।
त्यस्तै स्याङ्जाको राजनीतिमा जमानसिंह गुरुङ पनि वीपीकै अनुयायी थिए । त्यही परम्परामा कमल पंगेनी कसैको आँखामा नबिझाउने÷मानवीय गौरव र गरिमाले भरिपूर्ण व्यक्तित्व थिए । मोदी आइनले भने जस्तै कमल पंगेनी ठूलो मान्छे होइन÷असल मान्छे थिए ।
राजनीति भनेको राज्य सञ्चालन गर्ने÷गराउने नीति हो । त्यो नीति त्यस्तो खालको नीति हो, जसबाट शासन, प्रशासन, राज्य–राज्यका बीचको सम्बन्ध र व्यवहारबाट शासन सुशासित हुन सक्दछ । यस्तो नीति सञ्चालनको प्रमुखका रूपमा राजा, राजसंस्था वा निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री वा निर्वाचित प्रतिनिधि जो भए तापनि सर्वोच्च हुन्छ, र सर्वोच्च संस्थाले सबैको प्रतिनिधित्व गर्दछ, कसैलाई काखमा राख्ने र कसैलाई पाखातिर पन्छाउने काम गर्दैन भन्ने विश्वव्यापी मान्यता रहेको छ । यस्तै मान्यताका वरपर आफ्नो मानसिकता घुमाएका देखिन्छन् देवीप्रसाद वनवासी ।
“मदेसीया नेपाल ः एक चर्चा” एक छोटो लेख हो, जसलाई वनवासीले आफ्ना पुस्तकको शीर्ष स्थानमा राखेका छन् । नेपाल भन्नु नै पहाड र मदेस हो । यसर्थ, बृहत् राष्ट्रिय दृष्टिकोणमा यो महŒवपूर्ण क्षेत्र हो, आधुनिक नेपालको सानो भूभाग नभई विशाल भूमि हो । लेखकले पहाडवासी नेपाली र मदेसवासी नेपाली दुवैको सांस्कृतिक र राजनीतिक रूपमा गहन सम्बन्ध रहेको कुरा प्रष्ट्याएका छन् ।
क्षेत्रीय प्रतिनिधित्वस्वरूप मदेस–केन्द्रित राजनीतिक दलहरू पनि स्थापित हुँदै आएका छन् । तर ती दलहरू पटक–पटक टुक्रिने गरेका छन्, अनि संयुक्त रूपमा जोडिने क्रममा पनि देखिन्छन् । क्षेत्रीय रूपमा देखिएका समस्याहरू समाधान हुँदै जाँदा समग्र रूपको राष्ट्रिय धारणाबाट सबल नेपालको अवधारणा झन्झन् कसिलो बन्दै जानेछ भन्ने लेखकको शुभेच्छा रहेको छ ।
राजनीतिक र सांस्कृतिक सन्दर्भले परापूर्वकालदेखि हालसम्मका कुराहरू समेटेको हुन्छ । तसर्थ, राजनीतिक सन्दर्भमा उपयुक्त रूपमा मिथकको प्रयोग हुनु स्वाभाविक नै हुन्छ, परन्तु यस्ता मिथकीय वस्तुहरू पौराणिक कालका हुन्, ती पुराना कुराहरू हुन् । तिनलाई आधुनिक प्रसङ्गमा जोड्न त सकिन्छ तर ती आधुनिक भने बिलकुलै होइनन् । त्यस्ता प्रसङ्गहरू साँघुरो घेरामा प्रयोग हुँदा स्वाभाविक जँच्न पनि सक्छन् तर विस्तृत दृष्टिकोणमा ती सङ्कीर्ण र साँघुरा देखिन्छन्, अस्वाभाविक हुन जान्छन् । यस्तै सन्दर्भलाई वनवासीले गहन रूपमा उठाएका छन् ।
“राजनीतिमा मिथकको प्रयोग” शीर्षक लेखमा वनवासीले यसरी उठान गरेका छन्– “नयाँ वर्षको अवसरमा जनताको नाममा सन्देश दिँदा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूलाई ‘नन्दी–भृङ्गी’ को उपाधि दिनुभएको सुन्न पाइयो ।” यसपछि छलफल अगाडि बढाउँछन् । ‘नन्दी–भृङ्गी’ को हुन् ? नेपाली काङ्ग्रेस लगायत सबै विपक्षी दलहरूलाई ‘नन्दी–भृङ्गी’ भन्नु उपयुक्त थियो, थिएन ? यस बारेमा आफ्नो व्याख्या लम्ब्याएका छन् ।
संसदमै हो भने पनि प्रधानमन्त्रीले दिएको आदेशको पालना सबै सांसदहरूले नगर्न सक्छन्, किनकि संसद भनेको राज्यको उच्च निकाय हो, विविध बहसको थलो हो, सांसदहरूले आ–आफ्ना क्षेत्रको विचार–प्रवाह गर्ने, मन्थन गर्ने आफ्नै सीमाभित्रको सबै प्रतिनिधिहरूको समुद्ररूपी बहसको थलो हो । पुराणमा उल्लेख भएका ‘नन्दी–भृङ्गीहरू’ महादेवका सहयोगी त थिए नै; तर तिनीहरूले महादेवको आदेश पाउनासाथ विध्वंस पनि मच्चाइहाल्दथे ।
तसर्थ, विध्वंसकारी विशेषता जनाउने ‘नन्दी–भृङ्गी’ शब्द विपक्षीहरूप्रति लाक्षणिक रूपमा पनि प्रयोग गर्नु हुँदैन, खास गरी नववर्षको पुनित अवसरमा । सारा देशवासी एवं प्रवासी नेपालीहरू समेतलाई शुभकामना दिने अवसरमा सर्वोच्च संस्थाका सर्वोच्च व्यक्ति प्रधानमन्त्रीजस्ताले यस्तो मिथकको प्रयोग गर्नै नहुने भनी वनवासीले कटाक्ष गरेका छन् ।
समसामयिक लेखहरूमध्ये सबैभन्दा महŒवपूर्ण ठानिएको लेख हो– “निम्छरा कुरा”, जसले राजनीतिक र सांस्कृतिक पक्षको समेत झलक प्रस्तुत गर्दछ । यसले निम्छरो र गहन दुवै पक्षलाई समेटेको पनि छ । पहिले निम्छरो कुरापट्टि नै हेरौँ । यो कुरा संसद्मा घटित घटनाबाट शुरु गरिएको छ ।
संसद् भनेको बहस, छलफल र प्रश्नोत्तरको गरिमामय स्थल हो । प्रश्नहरूको उत्तर दिनुपर्ने सर्वोच्च उत्तरदायी निकाय भएकै कारण प्रधानमन्त्री ओलीसँग स्वाभाविक रूपमा प्रश्न, प्रतिप्रश्नहरू गरिए । यस सन्दर्भमा वनवासी लेख्छन्– “प्रधानमन्त्री ओलीले जवाफ दिने क्रममा आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरेर प्रश्नहरूको जवाफ प्रस्तुत गर्छु भन्दै जवाफ दिन शुरु गरेका थिए ।”
राजनीतिक नैतिकताकै कारण पनि हरेक प्रश्नको जवाफ दिइनुपर्दछ । पक्ष– विपक्ष सबै सांसद्हरू उक्त संसद् सभाकक्षमा समान हैसियतका पात्रहरू हुन्, जुनसुकै सांसद्को प्रश्नलाई पनि “निम्छरो” प्रश्न भन्न मिल्दैन । “निम्छरो” भनिनु अस्वाभाविक ठहर्छ । यस कारण लोकतान्त्रिक साहित्यकार वनवासीले आफ्नो असन्तुष्टि जाहेर गरेकाहुन्् ।
“निम्छरो” एक विशेषण शब्द हो, जसको शाब्दिक अर्थ खोज्ने हो भने तुच्छ, छोटो, साँघुरो, निर्धन, दरिद्र आदि अनैकौँ अर्थ ग्रहण गर्ने पर्यायवाची शब्दहरू भेटिन सक्छन् । उचित स्थानमा उचित तवरले उचित शब्द प्रयोग गरिनुपर्छ भन्ने मनसायबाट वनवासीले प्रस्तुत लेखको बिट मार्न खोजेका होलान् जस्तो लाग्दछ । त्यसैले त उनी गहन पक्षपट्टि ढल्केर भन्दछन्– “शब्दहरू कुनै पनि ‘निम्छरा’ हुदैनन् । समय सन्दर्भमा उचित ठाँउमा प्रयोग भयो वा हुन सक्यो भने शब्दहरूले आफ्नो वजन÷अर्थ गाम्भीर्य÷तुजुक देखाउन सक्छन् ।”
“निम्छरा अभिव्यक्ति” का साथै एकलौटी शक्ति सञ्चालनतर्फ पनि उनले गहकिलो यथार्थ उजागर गराउन चाहेका छन् । उनी लेख्छन्– “प्रधानमन्त्री के.पी. शर्मा ओलीले गृहमन्त्री मातहतको अनुसन्धान विभाग, अर्थमन्त्री मातहतको राजस्व अनुसन्धान विभाग, महान्यायाधिवक्ता जस्ता विभाग÷कार्यालयलाई आफ्नै मातहातमा राखेका छन् ।” यसबाट के अड्कल गर्न सकिन्छ भने अस्वाभाविक एकाधिकारबाट अस्वाभाविक परिणाम व्यहोर्नुपर्ने हुन सक्छ । वनवासीको आशयलाई नेपाल बाहिरको उदाहरणबाट पनि पुष्टि गर्न सकिन्छ ।
भारतमा जब प्रधानमन्त्री इन्दिरा गान्धीले जिल्ला अदालतबाट प्रतिपक्षी उम्मेद्वारले पेश गरेको चुनावी मुद्दा हारिन्, सर्वोच्च अदालतबाट सफाइ लिन पनि अस्वीकार गरिन् तब उनले विशेष ओहदा ग्रहण गरिसकेका उच्चस्तरका व्यक्ति प्रधानमन्त्री, सभामुख लगायतका ४ जनाको विरुद्ध कुनै पनि मुद्दा दायर गर्न नपाइने कानून निर्माण गर्न लगाइन् । भारतभरि आपतकालीन स्थितिको घोषणा गरिन् । आफै सर्वेसर्वा थिइन् ।
घोषित लोकतान्त्रिक मुलुकमा अलोकतान्त्रिक व्यवहार देखाइन् । परन्तु पछिल्लो चुनावमा आफै हारिन्, उनको सत्ताधारी दल विपक्षी दल बन्यो । अर्को पटक जनसमक्ष (जनअदालतमा) माफी मागिन्, चुनाव जितेर फेरि पनि प्रधानमन्त्री भइन् । पञ्जावको क्षेत्रीय समस्या समाधानमा सत्ता उन्मादी निर्णय लागू गरिन् । सत्ता उन्मादको शिकार आफै भइन् । उनकै छोरा राजीव प्रधानमन्त्री भए, उनको पनि हालत उस्तै भयो ।
अहिले हेर्दा भारतले विस्तारित रूप लिइरहेकै छ, देशले उन्नति गरिरहेकै छ, भारतमा भारतीय जनता पार्टीले राज गरिरहेकै छ, तर स्वतन्त्रता सङ्ग्राममा खारिएर आएको भारतीय काङ्ग्रेस हालसम्म पनि प्रतिपक्षकै भूमिकामा सीमित रहन अभिशप्त देखिन्छ, प्रतिपक्षमा रहिरहन बाध्य छ । लोकतान्त्रिक मुलुकमा अलोकतान्त्रिक व्यवहारका छिटपुट घटनाले पनि एउटा सिङ्गो राजनीतिक दललाई नै दीर्घकालीन असर पारिराखेको छ ।
नेपालमा सत्ताधारी दल मात्र नभएर सबै राजनीतिक दलहरू सजग रहनु आवश्यक छ । अलोकतान्त्रिक व्यवहार लम्बिदै जान्छ भने कुनै एक राजनीतिक दलले मात्र नभएर पूरै देशले अस्वाभाविक अवस्था व्यहोर्न बाध्य हुनुपर्ने छ ।
सजगता दिलाउने असीऔँ वर्ष प्रवेशका लोकतान्त्रिक साहित्यकार देवीप्रसाद वनवासीलाई हार्दिक बधाई छ ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width