लुट्नसके लुट कान्छा

दिनेश बस्नेत
फागुन २४, २०७६

एउटा लोक गायकले लोकको बोली समेट्नु, गाउँ देखि शहरसम्मको पीडा र समस्यालाई आफ्नो गीतमा स्थान दिनु पक्कै पनि उसको कर्तव्य र क्षमता हो । तर दुःखलाग्दो विडम्वना यो गीत विवादमा मुछियो । सुने अनुसार उनलाई धम्क्याइयो । जीउ धनसम्मको सुरक्षामा चुनौती दिइयो ।

पशुपति शर्मा । स्याङ्जाली ठिटो । लोक गायक । कति लोक प्रिय छन्, छैनन्–त्यो त ‘लुट्न सके लुट कान्छा’ बोलको गीतले अनुभव गरायो । प्रष्ट्यायो पनि ।
उनको अलौकिक सृजनात्मक क्षमतामा व्यङ्ग मिसिन्छन् । यर्थाथपरक गीत, व्यङ्गको मिसावट र जनजनको बोली । अर्थात भनाँै जनताका पीर, दुःख, समस्या टपक्क टिप्ने क्षमता । अनि कहीँ कतै प्रकृति पर्यावरणको पनि मिसावट । सम्पूर्ण नेपालीले आफ्नै गीतको दर्जा र मान्यता दिन्छन् । आफ्नै भाव सरहले आत्मसात गर्छन् । बडो मर्मस्पर्शी ढङ्गले गाइएका दर्जनौ गीत छन् । जस्तै ः ढाड दुखेर मा¥यो, मलाई अमेरिका यही, हजुरैले हो, कल्ले कान फुक्यो, यता तिर्खा लागेको, क्याम्पस पढ्न आउने, जोगाउनु छ कालापानी, बैमानीले ढाट्यो, आइज ओइ काल, कुरी कुरी, बल्ल पो पिर पर्न थाल्यो, आमा तिम्रो दूधको भारा, स्रोह दुना आठ, पानी पुरी आदि ।
तर ‘लुट्न सके लुट कान्छा’ अति यथार्थवादी गीत थियो । अति व्यङ्गमुखी थियो । जसले राष्ट्रलाई अहोरात्र दोहन गर्न खटेका, देशलाई मनपरी तवरले लुटेका, अवाञ्छित बाटोबाट रातारात हैसियत बनाएका विभिन्न क्षेत्रका खुराफाती व्यक्तित्वहरुलाई उनले छोडेका थिएनन् । शिक्षक, डाक्टर, ठेकदार, नेता एवंम राष्ट्रपति समेतलाई दृष्टान्त बनाइएको थियो । विभिन्न प्रकरणलाई उजागर गरेर सन्देश प्रवाह गर्न खोजिएको थियो ।
साना साना विकृतिलाई टपक्क टिपेर टुक्काहरुमा थपक्क राखिएको थियो । जसबाट एक प्रकारको सचेतनाले प्रवेश गराउने खालको गीत सवैको कर्णप्रिय बनेको थियो । यति चर्चाको शिखर चुमेको थियो । जसको कुनै साँधी छैन । तर विडम्वना केही त्यस्तो तह र तप्कालाई मन परेन । एकाध संगठनको दृष्टिमा ‘लुट्न सके लुट कान्छा’ गीत आँखाको कसिँगर बन्यो । तिनीहरु झिनो विरोधमा मात्र उत्रिएनन, गायकलाई धम्की र मानसिक दबाब दिने कार्य पनि भयो । के त्यो गीत तिनीहरुले भने जस्तै असङ्गति, असान्दर्भिक र अतिरञ्जित थियो त ? जसको चर्चा गर्न, आवश्यक ठानिन्छ । अक्षरश ः टुक्कालाई निम्न अनुसार प्रस्तुत गराँै–

  • हाम्रो गाउँको एउटा भाइ स्थायी शिक्षकमा लड्यो, स्थायी शिक्षक हुन्छु भनी पढ्न सम्म पढ्यो, बल्ल बल्ल नाम निकाल्यो अहिले जागिर खान्छ, त्यसकै छोरो पढ्न फेरि बोर्डिङतिर जान्छ । ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाईदैन नेपाल मै हो छुट ।’
  • ‘डाक्टरले नि जागिर यहाँ सरकारी कोटामा खान्छ, विरामी जाँच्न फेरि क्लिनिक तिर जान्छ, हाम्रो गाउँको अर्काे भाई सुब्वामा जागिर खायो, दुई वर्ष मै घर ठड्यायो काँट पैसा आयो । लुट्न सके लुट कान्छा ।’
  • ‘गणतन्त्र ल्याएम् भन्छन्, फालेम् भन्छन् राजा, त्यही फालेका राजा जस्ता कैयाँै निस्के आज, जनताको मुटु भित्र काँडा कति कति, डेढ अर्वको हेलिकप्टर चढ्छिन् राष्ट्रपति । लुट्न सके लुट कान्छा..।’
  • ‘वाइडवडी जहाज किने लुट्न सम्म लुटे, सुन काण्ड खोई कहाँ पुग्यो, जेलमा छन् कि छुटे, ठूलै नेता भष्ट्राचारी न डराउँछन् लुट्छन, कार्यकर्ता केही बुझ्दैनन् कुकुर जस्तै भुक्छन् । लुट्न सके लुट कान्छा..।’
  • ‘हजुरबा नि यसै मरे, बा नि यसै मछर्न्, हाम्रो पनि त्यही हो गति विकास कहिले गर्छन्, गर्ने काम केही होइन ठूला ठूला भाषण, स्वर्ग जस्तो देशमा हजुर यमराजको शासन । लुट्न सके लुट कान्छा ..।’
  • ‘सडकतिर त्यस्तै जात्रा ट्राफिक लाइट छैन । ट्राफिक पुलिस सिठ्ठी फुक्छ, कोइले सुन्ने होईन, त्यति जाबो ट्राफिक लाइट कति लाग्छ खर्च । हाम्ले भन्ने होईन क्यारे,आफै बुझ्नु पर्छ । लुट्न सके लुट कान्छा …।’
  • ‘ठेकदारले नि टेण्डर पार्छ, लिन्छ ठेक्का पट्टा, झर्नै बिजोग पार्छ छाड्छ, काम भ्याउनुको सट्टा, यता पनि लुटेकै छन्, लुट्छन उता गयो, सबै जनालाई लुट्नै पर्छ भन्ने मात्रै भयो । लुट्न सके लुट कान्छा .।’
  • डयाङ डुङ गर्ने, हल्ला गर्ने ठूला–मान्छे बन्छन्, तँलाई सोझो भन्दैनन् भाइ नामर्द हो भन्छन्, अब गर्न छोड्दे भाइ आदर्शको खेती, केही न केही त बुझिस होला भने पछि यति । लुट्न सके लुट कान्छा …।’

जम्मा आठवटा टुक्काले सज्जित ‘लुट्न सके लुट कान्छा’ बोलको व्यङ्ग गीत वास्तवमै समय सान्र्दभिक थियो । यसको विरोध र आपत्ति जनाउनु पर्ने खासै अवस्था केही थिएन्, यदि गीत गीतकै भावानकुल बुझ्ने हो भने । अर्काे कुरा सष्ट्राको सृजना उसको मौलिकता हो । उसको क्षेत्राधिकारको विषय पनि हो । कला, संगीत र साहित्य भन्ने यस्ता माध्यम हुन् । जसले जस्तो सुकै निरङकुशतालाई घुमाई फिराई व्यङ्ग गर्छन् । जनतालाई यथार्थ कुरा छर्लङग्याई दिने काम गर्छन् । विचारलाई सही मार्गमा डो¥याउने काम गर्छन । निदाएको मनस्थितिलाई पनि व्यँुझाउने काम गर्दछन् ।
त्यस्तो विशिष्ट सामाजिक कार्य पशुपति शर्माले गरेकै हुन् । उनले राष्ट्रिय हित पक्षपोषण र संरक्षणमा आफ्नो गीति माध्यमबाट बोलेकै हुन । त्यसका लागि उनलाई सत्प्रेरणा र हौसला दिनु पर्छ र, धन्यवाद पनि । किनभने सितिमिति सामान्य मान्छेले गर्न नसक्ने काम एउटा गायक गर्न सक्छ । पशुपति शर्माले पनि त्यो कुरा गरेर प्रष्टाए । समाजमा घटित विकृति र विसङ्गतिमूलक सन्दर्भलाई गीतको आधार बनाए ।
एउटा लोक गायकले लोकको बोली समेट्नु, गाउँ देखि शहरसम्मको पीडा र समस्यालाई आफ्नो गीतमा स्थान दिनु पक्कै पनि उसको कर्तव्य र क्षमता हो । तर दुःखलाग्दो विडम्वना यो गीत विवादमा मुछियो । सुने अनुसार उनलाई धम्क्याइयो । जीउ धनसम्मको सुरक्षामा चुनौती दिइयो । जसको नेतृत्व युवा संघका र तिनका अरिङ्गाले कार्यकर्ता बाट भयो । स्वयं युवा संघका अध्यक्षले हुकुमी बोली बोले । पशुपति शर्मालाई विभिन्न आरोप लगाए । तथानाम तवरले बोले । विचरा एउटा लोकप्रिय सष्ट्रा, गाउँले ठिटाले बाध्य भएर आफ्नो गीत यु–टुवबाट आफ्नो सृजना हटाए । अर्थात हटाउन बाध्य भए ।

त्यस्तो विशिष्ट सामाजिक कार्य पशुपति शर्माले गरेकै हुन् । उनले राष्ट्रिय हित पक्षपोषण र संरक्षणमा आफ्नो गीति माध्यमबाट बोलेकै हुन । त्यसका लागि उनलाई सत्प्रेरणा र हौसला दिनु पर्छ र, धन्यवाद पनि । किनभने सितिमिति सामान्य मान्छेले गर्न नसक्ने काम एउटा गायक गर्न सक्छ । पशुपति शर्माले पनि त्यो कुरा गरेर प्रष्टाए । समाजमा घटित विकृति र विसङ्गतिमूलक सन्दर्भलाई गीतको आधार बनाए ।

कुरो त्यत्तिकै सेलाएन । उनको गीतको र सृजनात्मक क्षमताको चर्चा गाउँको मेलापात, पानी – पँधेरा र चिया पसल देखि शहरको गल्ली गल्ली, रेष्टुरेण्ट र सदनमा सम्म भयो । संसदमा जोडतोडले चर्चा भयो । सांसदले पारिश्रमिक दिने सम्म प्र्रतिबद्धता जाहेर गरे । प्रधानमन्त्रिले समेत बोले–‘एउटाले’ भुलचुकले एउटा गीत बनायो अरे, कता हो मैले सुनेको लुट लुट गरिखाएर काम लाग्दैन, लुटेर खा भाइ लुटेर खा भनेर गीत बनायो, जनताले मन पराएन तिम्रो गल्ती भनेर यु–टुवबाट हटायो अरे । अर्का सांसदले त्यस्तो राम्रो महान गीत लुटेर खाने जस्तो गतिलो, नेपालीलाई सुहाउने किन हटाएको यु–टुवबाट हाम्रो त बाटो नै त्यही हो २५,०००।– पुरस्कार दिने घोषणा ग¥यो अरे ।
अचम्म लाग्यो, मलाई कता जान खोजेको छ यो देश । उनले भावनामा बगेर एउटा गीत लेखे यु–टुवमा पनि हाले, सबैले मन नपराएपछि युटुवबाट हटाए सकि हाल्यो नि ! सरकारले केही भनेको छैन, सरकारले किन केही भन्छ, सरकारले यति भन्छ सुबाटोमा हिँड ।’ जसले जे भने पनि पशुपतिले ‘लुट्न सके लुट कान्छा लुटन सके लुट’ गाए पछि भोग्नु परेको पीडा अन्यायको पराकाष्ठा हो । यो देशमा राम्रो काम गर्ने र गर्न खोज्ने सधैं अन्यायमा पछनर्् भन्ने अर्काे उदाहरण हो ।
त्यस्तो घटना घटे पछि मान्छे आफ्नो पेशा व्यवसाय र क्षेत्र छाडेर विदेश पलाएन हुन्थे । कि त डराएर बाटो बदल्थे । कि त बाटो छल्थे । कि त विपक्षीको मुलाहिजामा लिप्त भएर विवादमा फस्न रुचाउँदैनथे । पशुपति शर्मा भने निकै आँटिला नेपाल आमाका थोरै सन्तान मध्येका एउटा सन्तान भएको प्रमाणित गरे । हालसालै उनले झन मर्मस्पर्शी र चोटिलो गीत बजारमा ल्याए, ‘जता नि चोर’, लुट्न सके लुट कान्छाको भाग – २ को रुपमा ।
जुन गीतमा चोरको विगविगी देशभरि छाएको हिसावले व्यङ्ग गर्न खोजिएको छ । देश लुट्दो–, जस्तैः एनसेल घुस प्रकरण, बालुवाटार जग्गा प्रकरण, मेलम्ची प्रकरण, यती समूहलाई जग्गा भाडामा दिइएको सन्दर्भमा, गोकुल बास्कोटाको ७० करोडको भष्ट्राचारको अडियो सम्बन्धमा केही नबोल्ने तर ‘लुटन सके लुट कान्छा’ को विषयमा लेघ्रो तानेर बोल्ने । त्यति मात्र होइन धम्काउने युवा सघंका कार्यकर्तालाई र स्वयंम आफुलाई पनि पशुपतिले छाडेका छैनन् । अनि चोर जति सबैलाई खोरमा हाल्नु पर्ने धारणा व्यक्त गरेका छन् ।
गीतमा धेरै पक्षलाई समेटेर यति सम्म भनेको छन्, ‘मेरो बाबुले देश लुट्या भए बाउलाई किरा परोस, पानी पनि खान नपाई तड्पिएर मरोस, देश लुट्नेलाई अनिष्ट होस, ग्रहदशा छिरोस, एउटा भ्रष्ट निस्क्यो भने सात पुस्तालाई पिरोस ।’ जता नि चोर कान्छा जता नि चोर, चोर जति सबैलाई हाल्न पर्छ खोर ।
समग्रमा यस्ता गीत गाउने, जन बोलीलाई समेटेर गीतको माध्यमबाट जनतालाई सचेत गराउने, व्यङ्ग मार्फत चेतना फैलाउने पशुपति शर्मा आगामी दिनमा पनि समसामयिक र लोकप्रिय बनून । त्यस्ता जनता गीत फेरि पार्टीका हनुमन्ते र अरिङगाले कार्यकर्ताको बक्रभावको शिकार नवनून । उनका गीत हिजो र आज जस्तै जन भावना सापेक्ष हुन् । कथम्कदाचित् त्यस्ता सृजित गीत विवादमा परे भने अब जनता चुप लागेर बस्नु हुदैन । तब मात्र सृष्टा र सृजनाको सुरक्षा व्यवहारिकतामा अनुभूति हुनेछ । तब मात्र पशुपति शर्मा मात्र नभएर अरु कलाकार पनि राजनीति दुष्चक्रमा पर्नु पर्ने छैन ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width