लालजोडीको दोहोरी, तमासेलार्ई रमाइलो

सुरेन्द्र थापामगर
माघ १८, २०७७

अलि पहिलेका कुरा हो आफूलाई एक नम्बर राष्ट्रवादी भन्ने कम्युनिस्टहरुले निर्लज्ज माहाकाली सन्धि पास गरे । त्यही विवादमा तत्कालीन नेकपा एमाले फुटयो । उक्त सन्धिको जति बखान गरे पनि वास्तवमा राष्ट्रघाती थियो । यसबारे अब विवाद गरिरहनु पर्दैन । मान्छेहरुले विगत बिर्सेका छन् कि छैनन् थाहा छैन । तर राष्ट्रघाती महाकाली सन्धिको सवाललार्ई लिएर तत्कालीन नेकपा एमाले विभाजन भयो । वामदेव कमरेडले नेकपा (माले) गठन गरेर कम्युनिस्ट पार्टीको केही हदमा राष्ट्रवादी छबी बचाएका थिए । महाकाली नदी साझा हो पानी आधाआधा हो भनेर सडकमा नारा लागेको थियो । महाकाली सन्धि गरेर खर्बौ अर्ब आम्दानी हुन्छ भनेर तत्कालीन एमालेको स्थापन पक्षले भनेको थियो ।

सामान्य जनताले पत्याए भोट हाले । तर महाकाली सन्धि आज कता गयो ? कोही कसैले चासो राख्दैन । त्यति बेला महाकाली सन्धि पास गर्न मरिहत्ते गर्ने केपी ओली, शेरबहादुर देउवा माधव नेपालहरु नै थिए । इतिहास यही भन्छ । आज जो जता भए पनि । तारा चुनाव चिन्ह लिएर उठेका नेकपा–माले पत्यक्ष निर्वाचनमा १ सिट पनि नल्याएर पराजित भयो । अहिलेको जस्तो समानुपातिक निर्वाचन प्रणली भएको भए कम्तीमा २५ सिट आउथ्यो । त्यति बेला नेकपा एमाले र मालेको मत जोडँदा ५४ ठाउँमा नेपाली कांग्रेसभन्दा उनीहरु अगाडि थिए । तर कम्युनिस्टहरुको विभाजनले नेपाली कांग्रेसलार्ई प्रत्यक्ष फाइदा भयो । त्यो विभाजनका बेला नेकपा एमालेले वामदेव गौतमलार्ई काठमाडौंको टुँडिखेलबाट १ नम्बर भ्रष्टाचारी घोषणा गर्‍यो । यता नेकपा मालेले राष्ट्रघाती भन्यो । जननेता मदन भण्डारीको हत्यारा फलाना हो पनि भन्यो । त्यसबाहेक अनगन्ति आरोप एकले अर्कोलार्ई लगाए । पछि नेकपा एमाले माले पार्टी एकीकरण भयो । अनि दुवै दूधले धोएका एक नम्बर कम्युनिस्ट भए । कम्युनिस्टहरुको चरित्र पनि बडो रमाइलो छ । साथमा हुँदा सबै राम्रो साथ छोडे पछि सबै नराम्रो । हिजो राजा हुँदा फुट्नेलार्ई दरबारिया भनिन्थ्यो । भारतीय दलाल भनिन्थ्यो आज गालीका तौरतरिका अलि फरक छन् ।

पहिला उनका मर्न तयार लाखौंको भीडले ५ वर्षपछि मुसोलिनीर उनीको प्रेमिकालार्ई बीच सडकमा उल्टो झुन्ड्याएर थुके

नेकपा २ चिरा भएपछि प्रधानमन्त्री पहिलो पटक पिलोको संज्ञा दिए अर्को समूहलार्ई । पिलो निचारेर मान्छेको तौल घट्दैन भनेर प्रचण्ड माधव समूहलार्ई भनियो । पार्टी एकीकरणताका उनै ओलीले प्रचण्ड र आफूलाई जेटका २ पाइलट भनेर खुब हौसिन्थे । यहाँसम्मकि प्रधानमन्त्रीको २ पद भए दुवै प्रधानमन्त्री भएर देश चलाउथ्यौं भन्थे । पछि उनले खिया लागेको २ वटा नटबल्ट भनेर खिस्याए । खिया लागेको २ वटा नटबल्ट आफै खस्यो, गाडी रफ्तारका दौडियो । यता अर्को समूहको सडक आन्दोलनमा तिनका कार्यकताले राष्ट्रपति विद्या भण्डारीको नारी अस्मितामाथि धावा बोलेर नारा लगाएछन् । यसै गरी एउटा कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले माधव नेपाल प्रचण्डलार्ई मरेको भए श्रद्धाञ्जली दिनहुन्थ्यो भन्नुभएछ । यदि यो कुरा सत्य हो भने यो मानवीय प्रवृत्ति होइन । सामान्य मानिसले पनि अर्को व्यक्तिको मृत्युको कामना किमार्थ गर्न सक्दैन । हामीले कस्ता नेता र कार्यकता हुर्काएका रहेछौं यो घटनाले प्रमाणित गर्छ । कार्यकर्ताभन्दा नेता बढी संयम रहनुपर्छ । कार्यकतालार्ई मुख छाड्न हुँदैन भनेर नेताले सिकाउने हो । स्वयं मुलुकको सबैभन्दा सम्मानित पदमा बसेको बहालवाला प्रधानमन्त्रीले यति तल्लोस्तरमा झरेर हिजोको सहपाठीलार्ई गाली गर्नु आखिर आफ्नै कद घटाउनु हो । हुनत पूर्व प्रधानमन्त्रीहरु पनि यो प्रतिस्पर्धामा कम छैनन् ।

नेपाली कांग्रेस फुट्दा उनीहरुले यति गाली गरेनन् ताकि आज मिल्दा पुराना दिन सम्झेर पश्चाताप गर्नु परोस् । नेकपाका नेताहरु हिजो अलगअलग हुँदा भाइचारा सम्बन्ध बरु गाढा थियो क्यारे । आज यी सगोत्री कम्युनिस्टहरु एकले अर्कालार्ई धारे हात लगाउँदैछन् । भोलि एकीकृत कम्युनिस्ट पार्टी निमार्ण हुन पनि सक्छ या चुनावमा कार्यगत एकता पनि हुन सक्छ इतिहासको कुनै घुम्तीमा फेरि अवश्य भेट हुन्छ भन्ने कुर नेताहरुले किन बिर्सेको होला ?

सामाजिक सञ्जालमा गाली

सामाजिक सञ्जालमा आजकल आफ्नो कद घटाएर मानिसहरु आत्मसन्तुष्टि लिइरहेको देखिन्छ । नेकपाका २ समूहका कार्यकताहरु एकले अर्को समूहमाथि तथानाम गाली गरेर मोबाइलको स्क्रिन दुर्गन्धित बनाएका छन् । फेसबुक आफ्नो व्यक्तिगत अहंकार, पीडा, रिस आवेग कुन्ठा पोख्ने गतिलो माध्यम बनेको छ । फेसबुकमा साइबर सेनाका फौजहरु हर हमेशा खुकुरी भाला लिएर बसेका हुन्छन् । यसो कसैले मुन्टो उठायो कि प्रहार गरेर आफनै मुन्टो काटेर आफनै कद घटाउनुमा रमाउँछन् । तिनलाई थाहा छैन होला साइबर कानुनका अपराधहरु । धेरै फस्ने थिए यो अपराघमा फेसबुकका प्रयोगकर्ताहरु । हुँदा हुँदा हामी यति एडिक्ट भयौं कि सामाजिक सञ्जालमा गाली नगरे रातमा निद नलाग्ने र दिनमा भोक नलाग्ने रोगबाट हामी धेरै बिरामी भयौं । कोरना भाइरसको भ्याक्सिन आउदाँ सम्म पनि यो खतरनाक रोग को भ्याक्सिन पत्ता लागेको छैन । एउटा भनाइ छ मित्र दुश्मन बन्यो भने त्यो सवैभन्दा खतरनाक हुन्छ रे । यतिबेला यी लालजोडीहरु यही अवस्थामा छन् । गाली बाहेक यीनका पेटमा हरी रहेनछ ।

विगत दुवै समूहलार्ई थाहा थियो

तत्कालीन नेकपा एमाले नेता केपी ओली र मावोवादीका नेता प्रचण्डका सम्पूर्ण आनीबानी र पार्टीको नीति दुवैलार्ई राम्री थाहा थियो । प्रचण्डले १७ हजार मान्छे मारेको र केपी ओली गणतन्त्रको आन्दोलनलार्ई बयलगाडामा चढेर अमेरिका पुगिँदैन भनेको दुवैलार्ई थाहा थियो । थाहा पाएरै यी २ लाल जोडीले एकता गरेका हुन् । एकतापछि केपी ओलीले हामी जेटको २ पाइलट हौ भनेकै हुन् । यी मुखियाहरु आफू मिल्दासम्म सबै खत माफ हुने आफू नमिले पछि पाँडे गाली गरेर आफ्ना कार्यकतालार्ई ताली पिट्न लगाउने गरेका छन् । एकले अर्कालार्ई गाली गर्दा हाँसेर ताली पिट्नु मुर्खहरुका लागि मात्र शोभनीय हुन्छ । आफ्नो राजनीतिक जीवनको सबैभन्दा धेरै ताली सम्भवत केपी ओलीलले प्रचण्डलार्ई गाली गर्दा पाए होलान् । एउटा राजनेताको निम्ती यो बहादुरी होइन । ताली बजाउने हामी जोकरको खेल हेरेका धूपौरे जस्ता भएका छौं । यी लालजोडीले एकले अर्कालार्ई गाली गर्दा मच्चिँदै ताली लाउनु भनेको आफ्नै खाल्टो खन्नु सिवाय अरु केही होइन । एक समय थियो इटालीको मिलान सहरमा मुसोलिनीको साधारणभन्दा साधारण कार्यक्रममा पनि लाखौंको भीड जुट्थ्यो । मुसोलिनी जता जान्थे भीड त्यतै जान्थ्यो । मानौं उठ् भने उठ् बस भने बस जस्तै थियो । लाखौं युवाहरु सडकमा उभिएर जिन्दावादका नारा लगाउँथे । मुसोलिनी त्यतिबेला भगवानको अवतार झैं मानिन्थे । पहिला उनका मर्न तयार लाखौंको भीड ५ वर्षपछि मुसोलिनीविरुद्ध यसरी उत्रियो कि उनी र उनको प्रेमिकालार्ई बीच सडकमा उल्टो झुन्ड्याएर लाखौंलाखले थुके । बुद्घि नपुग्दा एउटा राजाको त यस्तो हविगत भयो भने अरुको के कुरा गर्नु । यी लालजोडी र यिनका धूपौरे कार्यकताले याद राखुन् गाली र तालीले अहिलेसम्म कसैको उचाइ बढेको छैन । इतिहासमा धेरै गाली गर्नेहरुको नाम अमर रहेको छैन ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width