मेरा कारागार–मित्रः के.पी. शर्मा ओली

भूपनिधि पन्त
फागुन २२, २०७६

यस्तो लाग्छ यो देश नै अराजकताको अखडा त बनिरहेको छैन ? घुम्दै फिर्दै हत्या, हिंसा र भ्रष्टाचार गर्नेहरुको बोलबाला बढिरहेको छ । देशमा कानूनी राज्यको उपहास भइरहेको छ । कतै हामी नरपशु त बनेका छैनौं ?

१. कास्की कारागार भित्र
२०४२ सालमा नेपाली काँग्रेसले तत्कालीन पञ्चायती सकारः विरुद्ध देशव्यापी रुपमा सत्याग्रह गर्ने अभियान चलाएको थियो । सत्याग्रहमा निस्कनु अघि ने.काँ. कास्की शाखाले आफ्नो कार्यालय भित्र सत्याग्रह गर्नुपर्ने कारण अवगत गराउन आप्mनो कार्यकर्ता र संचार क्षेत्रका पत्रकारहरुका साथै राजनीतिक क्षेत्रका अरु केही व्यक्तिहरु समेत आमन्त्रण गरेको रहेछ । म पत्रकारको हैसियतमा आमन्त्रित थिएँ ।
ने.काँ. कार्यालय प्रवेशस्थलमा प्रहरीहरु घेरिएका रहेछन् । मलाई देख्ने बित्तिकै तिनीहरुले मसँग सोधें – कहाँ जान लागेको भनेर । मैले आफ्नो परिचय दिदै भनें – ने.का.को कार्यालयमा प्रहरीहरु दलबल सहित थिए । तिनीहरुले आफ्नो गाडी पनि राखेका रहेछन् । मेरो अगाडि गाडी ल्याएर सम्मानपूर्वक ल यहाँ बस्नुहोस् भने । प्रहरीको गाडीमा बस्नुको अर्थ आफूँ तिनीहरुको नियन्त्रणमा परेको मैले बुझें । जिल्ला प्रहरी कार्यालयमा लगेर मलाई राखे । अपराह्न ने.काँ. समूह पनि प्रहरीको हिरासतमा परेछन् ।
अर्को दिन साँझसम्म प्रहरी हिरासतका सबैलाई कास्की कारागार भित्र लगेर बन्दी बनाए । म पनि तिनीहरुकै साथमा कारागार भत्रि बन्दी हुन पुगें । कास्की कारागार भित्र के.पी. शर्मा ओली रैथाने बन्दीको रुपमा रहेछन् । ओली र मेरो बीच पूर्व परिचय थिएन । तर उनले भने मलाई चिन्दा रहेछन् । सौजन्यता पूर्वक भने – तपाईले खाना नखाए जस्तो लाग्यो ? घडी हेर्दा रातको करीब दश बजेको थिो । मैले भनें– ‘निद्रा लागेको छ खाने कुरा नगर्नुहोस् ।’ एकछिनमा तयार हुन्छ । उनले आफ्नो सहयोगीलाई तुरुन्त खाना तयार गर्न लगाए र अतिथिको रुपमा सेवा सत्कार गरेझैं मलाई भोजन गराए । म अघिल्लो दिन बिहान देखि दोस्रो दिन साँझसम्म केवल चिया र विस्कुटको भरमा थिएँ । ओलीको आतिथ्यले म सन्तुष्ट भएँ ।
ने.काँ. सत्याग्रहीको ठूलै जमघट थियो । कास्की कारागार भित्र हामीहरु अटेसमटेस गरेर सुत्ने गथ्र्यौ । बिहान कारागारको भित्री ढोका खुलेपछि हामीहरु कारागारको चौघेराभित्र यत्रतत्र बसेर चिया चमेना र भोजन बनाएर खाने गथ्र्यौ । के.पी. शर्मा ओलीको केवल दुई जनाको भान्सा थियो तिनीहरु समय मै खाने गर्थे । म भनें सत्याग्रहीको भान्सामा केही ढिलो खाने गर्थे । कारागार मेरो निम्ति अत्यासलाग्दो बनेको थियो । के.पी. शर्मा ओली भने रैथाने बन्दी भएकाले उनले मलाई कारागारको बसाई र आफ्नो अनुभव बताएर दुःख सुखका कुराहरु गर्ने गर्थे ओलीको कारावास बन्दीजीवन देख्दा म उनको धैर्यता र आशावादी विचारको भविष्य सम्झेर अचम्म मान्ने गर्थे ।
करीब एक महिनाको बन्दी जीवनपछि म कारागारबाट मुक्त भएँ । तर ने.काँ. सत्याग्रही भने कारागार भित्रै थिए । रामराजाप्रसाद सिंहको आकस्मिक वमकाण्डले काठमाण्डौ उपत्यका भित्रदेखि पोखरा नगरभित्रसमेत बमकाण्ड भएको हुँदा केही व्यक्तिहरु हताहत भएपछि ने.काँ. सत्याग्रहीहरुले आफ््नो सत्याग्रह स्थगित गरे ।
रामराजाप्रसाद सिंहको बमकाण्ड पञ्चायत विरोधी थियो । उनको पृष्ठभूमिमा सम्भवतः भारतीय शक्तिको आड थियो भने ने.काँ.को सत्याग्रह भने स्वतस्फूर्त रुपमा संचालित थियो उक्त दुवै पक्ष पञ्चायतको विपक्षमा भएपनि रामराजाप्रसाद सिंह उग्रवादी विचारका थिए पंचायत व्यवस्थाको अन्त भएपछि रामराजाप्रसाद सिंहको नाम राष्ट्रपतिको रुपमा कसैको प्रस्तावना भित्र थियो । तर उनीलाई कसैले समर्थन गर्न सकेन

२. दलीय व्यवस्थाको सूत्रपातः
निर्दलीय व्यवस्थाको अन्त र दलीय व्यवस्थाको सूत्रपात भएपछि नेपाली काँग्रेस र कम्युनिष्टहरु आप्mना नारा र सिद्धान्तको हवाला दिँदै राजनीतिको मैदानमा उत्रन थाले । राजा वीरेन्द्रद्वारा आँफु संवैधानिक राजाको रुपमा रहने र सार्वभौमसत्ता जनतामा सुम्पिने गरी वि.सं.२०४७ सालमा राष्ट्रको नाममा नयाँ संविधान जारी भएपछि दलीय व्यवस्थाका हिमायतीहरुले उक्त संविधानको पालना गर्नुको सट्टा संविधान कै विरोधमा उत्रनथाले । ‘भाइफुटे गँवार लुटे’ भन्ने हिन्दी उखान हाम्रो देश भित्र पनि प्रवेश गरेको देखियो । राजा वीरेन्द्रको उदारतालाई दलीय जनताले नजरन्दाज गरे । औंला दिँदा डुँडुलै निल्न खोज्ने उखान सार्थक हुनथाल्यो ।
यसै बीच के.पी. शर्मा ओली गृहमन्त्री हुन पुगेका थिए । संयोगवश त्यस वखत मैले गृह मन्त्रालयमा के.पी. शर्मा ओलीलाई भेट्ने मौका पाएको थिएँ । गृहमन्त्रीलाई सासविसाउने फुर्सद थिएन । मैले उहाँसँग केही भन्नु पर्ने कारण पनि थिएन । त्यसैले त्यो भेट मेरो निम्ति नवीकरण मात्र बन्न गएको थियो । यद्यपि कास्की कारागार भित्रको मित्रता हामी दुवैको निम्ति अविस्मरणीय बनेको थियो ।

प्रधानमन्त्रीले यस्ता ‘विषकुम्भम् पयो मुखम्’ धूर्तहरुलाई कारवाही गर्न नसक्ने र समर्थन गर्ने गर्दा प्रधानमन्त्री आफु निष्कलंक भएपनि दोषको भागी बन्नु पर्ने अवस्था देखापरेको छ । राजनीति गर्नेले आफ्ना शत्रु र मित्रलाई सधँै आफ्नो निगरानीमा राख्ने गर्नु पर्छ ।

३. नेपालको संविधान २०७२ र कार्यान्वयनः
ऐतिहासिक जनआन्दोलन र सशस्त्र संर्घषको त्याग र बलिदानको गुणगान गर्दै आएको नेपालको संधिवान,२०७२ ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सूत्रपात गरेपछि नेपालको राजतन्त्रको अन्त गरियो र यसभन्दा अगाडि राजा वीरेन्द्रको समय राजदरवार भित्र भीषण हत्याकाण्ड गरिएको थियो । यसपछि राजाको आँखा फुेटे चंखे जुरेली भनेझैँ गणतन्त्रले देशको विकाश निर्माण, विनाश र विध्वंशको रुपमा परिणत हुँदै गएको छ । राजनीतिक दलहरु परस्पर जुट्ने र फुट्ने गर्दै आएका छन् । भागवण्डे प्रणालीले द्रव्यपिचासहरुको बडोन्नति मौलाउँदै गएको छ । जनता करको बोझले टाउको उठाउन सकेका छैनन् । शोषित र पीडितको रुपमा लोकतन्त्र संकुचित अवस्थामा छ ।
दलीय पदाधिकारीहरु आ–आफ्नो दलको भरण–पोषण र उचित पदको भद्रासनमा विराजमान छन् । सरकार कर्तव्यच्यूत छ । देशमा शान्ति सुरक्षाको प्रत्याभूति दिन पनि सरकार असक्षम छ । सरकारका प्रत्येक अंग प्रत्यङ्गमा आ–आफ्ना मानिस घुसाउन दलीय सरकार प्रयत्नशील छ । देशको प्राकृतिक सम्पदा खुला रुपमा, गैरकानूनी रुपमा वितरण गरिँदैछन् । पुरातात्विक वस्तुहरु धराशायी हँुदैछन् । सत्ताधारीहरु निरंकुश रुपमा अधिकारको लगाम आफ्नो हातमा लिएर शिक्षा स्वास्थ्य र अख्तियारको अधिकार समेत आफ्नो कब्जामा राख्दैछ । राष्ट्रिय मावनअधिकार आयोग जस्ता निकायको स्वतन्त्र अधिकार सरकार आफैले लिन चाहन्छ । जनयुद्धमा हिंसा र वेपत्ता पारिएका मानिसको विषयमा आयोग गठन गरेर समस्या समाधान गर्न सरकारले नै आलटाल गर्दै आएको छ । यस्तो लाग्छ यो देश नै अराजकताको अखडा त बनिरहेको छैन ? घुम्दै फिर्दै हत्या, हिंसा र भ्रष्टाचार गर्नेहरुको बोलबाला बढिरहेको छ । देशमा कानूनी राज्यको उपहास भइरहेको छ । कतै हामी नरपशु त बनेका छैनौं ?

४. ने.क.पा. र माओवादीको गठबन्धन
विगतको निर्वाचनमा नेकपा र माओवादीका बीच गठवन्धन गरेर अपेक्षित मतदान प्राप्त गरेपछि संयुक्त सरकार बनाउने शर्तमा दुवै पक्षको मन्जुरी भएपनि के.पी. शर्मा ओली प्रधानमन्त्री भएपछि पालैपालो माओवादीको पनि प्रधानमन्त्री हुने शर्त समयले परसार्दै लग्यो । यही कारणले गर्दा सत्तापक्षका बीच मतभेदको विवाद सुरु भयो । सत्तामा समावेश भएको तराई–मधेश समूह मन्त्रीमण्डलबाट फुटेर गयो । दुई तिहाईको सरकारमा धक्का लाग्यो तर सरकार विचलित भएन । सत्तामोहमा गठबन्धन भएको माओवादी पक्ष नै नेकपा ओली समूहलाई अल्पमतमा पारेर छुट्टै सरकार गठन गर्ने षडयन्त्रमा लागेको हुँदा अहिले ने.क.पा. र माओवादी बीच मतभेत भएर सरकार नै अस्थिर अवस्थामा परेको छ ।
ने.क.पा. र माओवादीका मन्त्रिपरिषद्मा खिचातानी भएर फुट भएतापनि संसदको बहुमत भयो भने प्रधानमन्त्री के.पी. शर्मा ओली यथावत रुपमा कायम रहन सक्छन् । दलीय सरकार सत्तामोहको प्रलोभनमा फुटछन् भने जनताहरु के भन्न सक्छन् ? भने भीरमा पुगेका गोरुलाई कसैले काँध थाप्न सक्दैन । केवल रामराम मात्र भन्न सक्दछन् ।
सरकारका दावेदार स्वार्थमा छन्, जनहितमा छैनन् । सरकारको निम्ति मरिहत्ते गर्नेहरु लोभी र पापी मानिन्छन् । यिनीहरुले नै देशमा भ्रष्टाचार र अनाचार फैलाईरहेका छन् । पञ्चतन्त्रको कथामा एउटा छट्टु श्याल गाउँमा पसेर चिल आयो ! चिल आयो ! भन्दै कराउँछ । गाउँलेहरु आकाश तर्फ हेर्ने गर्छन । त्यही मौका पारेर छट्टु श्यालले कुखुराको भाले टिपेर सुईकुच्चा ठोक्ने गर्दछ । हाम्रा जनप्रतिनिधिहरुमा इमान्दारी छैन । तिनीहरु जनताप्रति उत्तरदायी छैनन् । स्वार्थी जनप्रतिनिधिहरु देशका अभिशाप मानिन्छन् ।

५. प्रधानमन्त्रीप्रति जनआक्रोश
फागुन १० गते बालुवाटारको मन्त्रि निवाशमा प्रधानमन्त्री के.पी. शर्मा ओलीको ‘भिजन टु एक्सन’ नामक किताब विमोचन गरिएको थियो । उक्त किताबमा बेलाबखत देश विदेश भित्र प्रधानमन्त्री के.पी. शर्मा ओलीले सम्बोधन गरेका विषयबस्तु समावेश गरिएको छ । उक्त किताब भित्र प्रधानमन्त्री के.पी. शर्मा ओलीको भावी सपना प्रस्तुत गरिएको छ । राष्ट्रिय एकताको अभावमा जतिसुकै सुन्दर सपना पनि व्यवहारमा प्रयोग गर्न सकिदैन ।
फागुन ११ गते प्रधानमन्त्री के.पी. शर्मा ओलीको ६९ औं जन्म दिवस भएकाले उनी आफ्नो जन्म दिन मनाउन जन्मघर पूर्वी पहाड पुगेका थिए । उनले त्यहाँ केक काटेको र हेलिकोप्टर लगेको तथा छरछिमेकीलाई भोज खुवाएको विषय पनि अहिले आलोचना बनेको छ । विरोध गर्न कुनै ठूलो विषय चाहिदैन । निश्चय नै ओली सरकारको समय देशमा धेरै प्रकारका राष्ट्रघातक घटनाहरु भएका छन् । प्रधानमन्त्री ओली यस्ता धेरै काण्डका प्रमुख द्रष्टा बनेका छन् ।
प्रधानमन्त्रीका अनुचर र वरिपरिका सहयोगीहरु आफ्नो स्वार्थमा प्रधानमन्त्रीलाई दोषी करार गर्ने धूर्तता देखाएका छन् । प्रधानमन्त्रीले यस्ता ‘विषकुम्भम् पयो मुखम्’ धूर्तहरुलाई कारवाही गर्न नसक्ने र समर्थन गर्ने गर्दा प्रधानमन्त्री आफु निष्कलंक भएपनि दोषको भागी बन्नु पर्ने अवस्था देखापरेको छ । राजनीति गर्नेले आफ्ना शत्रु र मित्रलाई सधँै आफ्नो निगरानीमा राख्ने गर्नु पर्छ ।

६. मिर्गौला प्रत्यारोपणमा प्रधानमन्त्रीको सन्देश
यही फागुन २१ गते प्रधानमन्त्री के.पी. शर्मा ओलीको दोस्रो पटक सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएकोछ । त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा सफलतापूवर्क मृगौला प्रत्यारोपण हुन्छ भन्नेमा प्रधानमन्त्री ओली पहिले नै विश्वस्त थिए । ‘सपना अलपत्र पारेर अलप हुन्न’ भन्दै आफ्नो साहसलाई उच्च रुपमा स्थान दिएका थिए । मृगौला प्रत्यारोपण पछिका प्रधानमन्त्री के.पी.शर्मा ओली निश्चय नै परिवर्तनको सूत्रधार बन्ने छन् भन्नेमा उच्च जनविश्वास छ । सफलताको हार्दिक शुभकामना !

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width