मुद्दा सर्वाेच्चमा, विवाद कांग्रेसमा

आदर्श समाज सम्वाददाता
पौष २८, २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा विवाद बढ्दै गएपछि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेलगत्तै त्यसको बाछिटा यताउता जतासुकै देखिन थालेको छ । सत्तारुढ पार्टी त विभाजन नै भएको छ । अन्य क्षेत्र र जनसमुदायमा पनि त्यसको प्रभाव परेको प्रष्ट देखिँदै आएको छ । विघटित प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी पार्टीका रुपमा रहेको नेपाली कांग्रेसमा पनि त्यसको प्रभाव देखिएको छ । पहिलेदेखि विवादित मनस्थितिमा रहेका पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच त्यस विषयमा जुहारी नै चलेको छ ।

काठमाडौंको एउटा कार्यक्रममा ती २ नेताहरुबीच जुहारी चलेपछि त्यो चर्चाको विषय भएको छ । पार्टी सभापति देउवा सर्वाेच्चको फैसला सिरोपर गर्ने पक्षमा छन् भने वरिष्ठ नेता पौडेल संविधान आफूले बनाएको भनेर सर्वाेच्चमा वकालन गर्न जान समेत तयार भएको जनाएका छन् । ती २ नेताहरुको विवाद अहिलेको होइन । देउवा सभापति निर्वाचित भएदेखि नै उनीहरु आपसमा विवाद गर्दै आएका छन् । १/२ विषयमा मात्र होइन, हरेक विषयमा उनीहरुले छुट्टाछुट्टै विचार राख्दै आएका छन् । प्रस्तुत विषयले उनीहरुलाई झन् टाढा पुर्‍याएको छ । सभापति देउवा निर्वाचनको लागि तयारीमा लाग्न चाहन्छन् भने वरिष्ठ नेता पौडेल प्रतिनिधि सभा पुनस्र्थापना गर्नु पर्दछ भन्दै त्यो नभए सडक आन्दोलनमा जानु पर्ने विचार व्यक्ति गर्दै छन् । उनीहरु मात्र होइन, अन्य नेता र कार्यकर्ताहरुले पनि छुट्टाछुट्टै विचार व्यक्त गर्न थालेका छन् ।

प्रतिनिधि सभाको विघटन र विघटनको प्रयास यसभन्दा पहिले पनि भएका होइनन् । त्यसबेला पनि केस सर्वाेच्चमा पुगेको थियो । तर यस पटकको विवाद पहिलेको भन्दा धेरै चर्काे भएको छ । यस विषयमा मुख नखोल्नु पर्नेहरुले पनि मुख खोल्न थालेका छन् । धक्कीपूर्ण विचार आउन थालेका छन् । स्थिति अरु पेचिलो र जटिल बन्दै गएको छ । सत्तारुढ पार्टीको विवादले यो स्थिति आएकोले उनीहरुलाई भनेर केही लाग्ने अवस्था छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यस सम्बन्धमा गम्भीर किसिमले सोच्नु पर्दछ । आपसको यस सम्बन्धी विवाद भित्रै सल्लाह, परामर्श गरेर एउटै बनाउनु पर्दछ । ओली अराजकताको स्थिति उत्पन्न गर्न दिनु हुदैन । देशले धेरै दुख पाइसकेको छ । आन्दोलनहरु गरिसकेको छ । अब फेरि यस्तै स्थिति निम्त्याउनु हुँदैन । यसमा कांग्रेस नेताहरुले जिम्मेवारीका साथ चिन्तन मनन् गरेर निर्णय गर्नु पर्ने अवस्था छ ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width