जवसम्म चेतनाको विकास हुन सक्दैन, तवसम्म सभ्य समाजको परिकल्पना गर्न सकिदैन । जिम्मेवार व्यक्तिहरुमा चेतनाको विकास सोही अनुरुप व्यवहारिक कार्यन्वयन हुन सक्दैन तव सम्म कागजी विद्धताको कुनै अर्थ रहदैन । वौद्धिकता आफैमा समाज परिवर्तनको साध्य वन्न सक्दैन ।यो त केवल साधन मात्र हो । जुन साधनको प्रयोगले मात्र सुसँस्कृत समाज निर्माण गर्न सक्दैन । भ्रममा वाँचेको मान्छे भ्रमवाट मुक्त हुन प्रयत्न गर्दैन । किनकी उसको त्यो चेतनाभन्दा धेरै परको विषय वन्दछ ।
व्यवस्था आफैमा साध्य हुन सक्दैन । व्यवस्था परिवर्तन हुदैमा समाजमा रहने व्यक्तिको चेतना परिवर्तन हुने भन्ने हुदैन । मानवताको न्युन मुल्य मान्यताको समेत ख्याल नराखी गरिने वेजिम्मेवारी क्रियाकलाप मानवता विहिन संस्कृति मौलाउने शिवाय केहि वन्न सकेन । त्यहि कमजोर चेतनाको प्रतिमुर्तिहरु नै समाजको वौद्धिक वर्ग र नेतागण वनिदिदा समाज झन झन मानवता विहिन वनिदियो ।
जवसम्म चेतनाको विकास हुन सक्दैन, तवसम्म सभ्य समाजको परिकल्पना गर्न सकिदैन । जिम्मेवार व्यक्तिहरुमा चेतनाको विकास सोही अनुरुप व्यवहारिक कार्यन्वयन हुन सक्दैन तव सम्म कागजी विद्धताकोको कुनै अर्थ रहदैन । वौद्धिकता आफैमा समाज परिवर्तनको साध्य वन्न सक्दैन ।यो त केवल साधन मात्र हो । जुन साधनको प्रयोगले मात्र सुसँस्कृत समाज निर्माण गर्न सक्दैन ।
शासन व्यवस्था र संविधानमा जे जस्तो समानता र मौलिक हक अधिकार स्थापित भएता पनि कार्यन्यनकर्ताको चेतना स्तर नभएपछि त्यसले दिने परिणाम पनि नकारात्मक हुन्छ । शक्ति र सत्ता फगत निश्चित समयका लागि हुन्छ भन्ने समेत हेक्का नभएकाहरु आफनो भूमिकामा सजिवता प्रस्तुत गर्न सक्दैन । त्यसैको परिणाम विश्व समुदायमा नै अन्याय र अत्याचारहरु निर्मम रुपमा घटिरहे, घटिरहनेछन् । समाजमा घट्ने जातीय विभेद होस वा लैगिक विभेद, जहाँ पनि हेर्ने हो भने समाजको नेता, वौद्धिक वर्ग र आफुलाई ठूलो सम्झने व्यक्तिहरु नै अन्यायको पर्याय वनिरहन्छन् । उनिहरुलाई लाग्दो हो, उसले जानेको र वुझेको नै अन्तिम सत्य हो । जुन अन्याय हुन्छ, त्यहाँ सर्वसाधारण वाट हैन , समाजका नै मसिहावाट हुन्छ, त्यहि अर्धचेतनाको भुमरिमा समाज सधै वन्धक वनिरहयो । त्यसको चपेटामा समाजका सर्वसाधारण परिरहयो । त्यहि सर्वसाधारणको नाम भजाएर राज गर्नेहरु आफुलाई एक्लो वृहस्पतिका रुपमा चित्रित गरिरहन्छन् ।
समाजमा रहने र शासन गर्नेहरु एकअर्काको पुरक वन्नु पर्नेमा सधै चरम खाडल सिर्जना गरिरहे । यसको एउटै कारण भनेको फुटाउ र राज गर हो । किनकी यहि चेतना भन्दा माथि उठ्न नसक्नेहरु नै समाजको अगुवा वनिदियो र आवश्यकताले नेतृत्वको विकास गर्ने भएता पनि समान चेतना र मापनको कसिमा उर्वर नवनिदिदा त्यसले आशातित परिणाम दिन सकेन । गरिवी र अशिक्षा कसैको चाहना होईन । गरिवी र अशिक्षा नै चेतनाको मुख्य आधार पनि होईन । शिक्षामा विशिष्टता हासिल गर्देमा चेतनशील हुने र अशिक्षित हुदैमा अचेतनशील र अयोग्य हुने भन्ने हुदैन । यहि पेरिफेरिमा अडेको समाज त्यहि वरिपरि भन्दा पृथक हुन सकेन । ऐन नियम भन्दा पनि लहड र व्यक्तिगत स्वार्थतामा रम्नेहरु परिवर्तन हुन सक्दैनन भन्ने विश्वको ईतिहासमा सदावहार देख्न सकिन्छ, त्यहि घटनाको पटाक्षेपका तापमा जल्नेहरु जलिरहे र त्यसको निराकरणमा लाग्नु भन्दा राजनीति गर्न माहिर वनिदियो । शासन आवश्यकता र न्यायका लागि हुनुपर्दछ, तर शासन शक्तिका लागि वनिदियो । त्यसैको परिणाम समाज सुसँस्कृत र सभ्य वन्न सकेन, जतिसुकै वौद्धिक, योग्य र क्षमतावान शासक भएता पनि । जुन परिघटनाहरु समाजको पाईला पाईलामा देख्न र भोग्न सकिन्छ । सिद्धान्त जीवनका लागि हुनुपर्नेमा जीवन सिद्धान्तका लागि सर्मपित वनिदियो । त्यो सिद्धान्तका लागि होईन, जालझेल, तिकडम र शक्ति संघर्षका लागि सिद्धान्तको लेपन लागिदियो ।
कस्तो समाजको परिकल्पना र विकास गरिरहेका छौ भन्ने अहंम प्रश्नचिन्ह अहिले विश्व परिवेशमा मुखरित वनेको छ । शासन र शासक वीचको तादात्मयता वुझन नसक्नेहरु अराजकतामा नै रमिदियो । अनुकुलताको व्याख्यातामा रम्नेहरु जनताको आशा र अपेक्षामा होईन, स्वार्थता र घमण्डमा स्वखलित वनिदियो । जसका कारण समाज र शासक वर्गप्रति नै आम जनताको हेर्ने धारणा नकारात्मक वनिदियो । जसको कारण समाजमा थप दुर्घटना निम्ताउने अवस्था सिर्जना गरिदियो । ऐन नियम र कानुन सर्वसाधारणका लागि मात्र लागु भईदियो ।
जुन युगमा रहेता पनि त्यसले तात्विक असर पार्ने रहेनछ भन्ने विश्वका घटनाक्रमले पनि पुष्टि गरिसकेको छ । शासन कर्ताको सकारात्मक पहलकदमी र जिम्मेवारी नहुने हो भने शासन व्यवस्था पनि लजाउदो रहेछ । त्यहि चक्रमा नै समाज घुमिरहयो । जिम्मेवारीता र दायित्ववोध आफैमा चलायमान हुदैन यो त व्यक्तिमा निर्भर वनिदिन्छ, त्यहि व्यक्तिको निर्भरताको पराकाष्टा चेतनास्तरमा गएर विलिन भईदियो । अमूर्ततामा जीवन खोज्नेहरुले मूर्तताको परिभाषा नियाल्न सकेन ।
व्यक्ति फरक भएता पनि चेतनास्तर नभएपछि परिणाम आउने भनेको उहि नै हो । शासन गर्नेहरु चेतनाको कडिमा जवसम्म लेपन लाग्न सक्दैन, तवसम्म सभ्य समाज निर्माणको कल्पना भनेको हात्ती आयो हात्ती आयो फुस्सा शिवाय केहि वन्न सक्दैन । त्यहि अर्धचेतित र अराजकताको भूमरीमा रहेको शासक वर्गहरु भईन्जेल समाज समृद्ध वन्न सक्दैन । त्यहि अर्धचेतित समाजमा राज गर्नेहरु दूरगामी लक्ष्य र जनताको आधारभूत आवश्यकताका लागि कहिल्यै सहजीकरण गर्न सक्दैनन् । जसले गर्दा समाजमा मानवता विहिन संस्कृतिको झन विकराल अवस्था आउने छ । जुन वेला आफुलाई सर्वेसर्वा भन्ने शासकवर्ग त के भगवानले समेत वचाउन सक्दैन ।
Related News
सम्बन्धित समाचार
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१