माओवादीहरु चार ग्रुपमा विभाजित

तिलकप्रसाद आचार्य
फागुन ६, २०७६

तत्कालीन माओवादीले संविधान सभाबाट संविधान बनाउने नीति तय गरेको थियो । सो अनुरुप २०७२ साल आश्विन ३ गते संविधान सभाबाट संविधान बनाई जारी गरिएको थियो । प्रचण्ड नेतृत्वको एकीकृत माओवादीले संविधान जारी भएको दिनमा दीपावली गर्दै आएको छ ।

२०५२ साल फाल्गुण १ गते देखि सशस्त्र जनयुद्ध शुरु गरेको माओवादीद्वारा संचालित जनयुद्धको क्रममा १७ हजार मानिसको मृत्यु भएको तथा ५ हजार मानिस वेपत्ता भएपछि २०६३ मंसिर ५ गते शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि सशस्त्र जनयुद्धको अन्त्य भएको र शान्ति स्थापना भएको हो ।
तत्कालीन माओवादीले संविधान सभाबाट संविधान बनाउने नीति तय गरेको थियो । सो अनुरुप २०७२ साल आश्विन ३ गते संविधान सभाबाट संविधान बनाई जारी गरिएको थियो । प्रचण्ड नेतृत्वको एकीकृत माओवादीले संविधान जारी भएको दिनमा दीपावली गर्दै आएको छ ।
सो संविधानलाई आत्मसात गर्दै ए.मा.ले.संग मिलेर निर्वाचनमा भाग लिएर संसदमा भाग लिएर करिव दुईतीहाई बहुमत प्राप्त गरेर के.पी. ओलीको प्रधानमन्त्रीत्वको सरकारमा सम्मिलित भएर महत्वपूर्ण मन्त्रालयका मन्त्री बनेर सरकार संचालन गरिरहेका छन् । एकीकृत माओवादीको यो ग्रुप संसदीय लोकतान्त्रिक प्रणालीप्रति विश्वस्त भएर पार्टीसिपेशन गरेको देखिन्छ ।
विगतमा यो ग्रुप माओवादी सिद्धान्तप्रति कति निष्ठावान थियो या थिएन यकिन साथ भन्न सकिँदैन । माओवाद नमान्ने ए.मा.ले. पार्टीसंगको सहकार्यमा पटकपटक खटपट हुने गरेतापनि सहकार्य राम्रै चलिरहेको छ । देशको समृद्धिको निमित्त यो एकता राम्रै मान्नु पर्दछ । माओवादी सशस्त्र जनयुद्धका संचालक मुख्य तथा तीन जना प्रचण्ड͵ मोहन वैद्य͵ बाबुराम भट्टराई यी तीन जना हाल तीन ठाउँमा छन् तीन पार्टीमा छन् ।
मोहन वैद्य नेतृत्वको ने.क.पा. माओवादीले यो संविधान सभाको अत्यधिक बहुमतबाट पारित गरेको संविधानलाई संविधान दिवसको अवसरमा च्यात्ने जलाउने कार्य गर्ने गरेको छ । एकै पार्टीको केन्द्रीय नेतृत्वमा वसेर संविधान सभाबाट संविधान बनाउने भन्ने विषयमा एकमत भएर लागेको वैद्य समूह संविधान तैयार होउञ्जेल एकै ठाउँमा नेतृत्व पंक्तिमा रहे पनि त्यो समूह संविधान बनेपछि संविधानको विरोध गर्नु यो संविधान च्यात्दै हिड्नु दुखद कुरा हो ।
नेपालका मोहन वैध͵ मोहन विक्रम सिं͵ नारायणमान विजुक्छे आदि पुराना नेताहरुले पनि संविधानको विरोध गर्नु दुखद कुरा हो । यिनीहरुको अव सशस्त्र माओवादी युद्ध संचालन गर्ने आँट हिम्मत छैन । मोहन बिक्रम र नारायणमानले संसदीय निर्वाचनमा भाग लिई रहेका छन् । वैद्य समूहले संविधान विरुद्ध दीर्घकालीन जन युद्धको कार्यक्रम कार्य संचालन गर्ने भनी वक्तव्यवाजी गर्ने गर्दछन् । उनीहरुको सोचाई हावादारी देखिन्छ । हत्या हिंसाको युग समाप्त भैसकेको छ । यस्तो सपना देख्नु हुँदैन ।

यसरी पुराना माओवादी नेता लोकतान्त्रिक मूल्यमान्यता अनुसार परिचालित एकत्रित प्रचण्ड पक्ष नै मूल माओवादी पार्टी मान्नु पर्ने हुन्छ । मोहन वैद्य र विप्लव समूह उग्रवादी चिन्तन नै वोकेर हिँडेका बाबुराम भट्टराई विखण्डनवादी पार्टीमा सम्मिलित भएर बौद्धिक दरिद्रता देखाएका छन् ।

अर्को ग्रुप हो नेत्रविक्रम चन्द विप्लवको छ । यो समूहले माओवादी र तत्कालीन सरकारका बीचमा भएको शान्ति सम्झौताले माओवादी र सरकार बीचको सम्बन्ध तोडेकोले र देशमा पूर्ण शान्ति स्थापना नभएकोले माओवादी सशस्त्र जनयुद्ध जारी रहन्छ भनी छिटपुट हत्या हिंसा आतंक जारी राखेका छन् । देशमा अशान्ति मच्चाई रहेका छन् । जनयुद्धको उदेश्य अनुसार शान्ति स्थापना भएको छैन । जनयुद्धको उद्देश्य पूरा भएको छैन भनी भूमिगत आन्दोलन संचालन गरी रहेका छन् । वर्तमान सरकारले विप्लव समूहसंग वार्ता गरी शान्ति स्थापना गर्ने प्रयास गरेको भनी वक्तव्य वाजी गरेतापनि शान्ति स्थापना तर्फ ठोस कदम संचालन गरिएको छैन । विप्लव समूह यथाशक्य चाँडो शान्ति वार्तामा आउनु पर्दछ ।
सशस्त्र जनयुद्धका संचालक मध्येका जन मोर्चाका संयोजक बाबुराम भट्टराई शान्ति स्थापनाका प्रमुख वार्ताकार हुन । शान्ति वार्ता सफल पार्न र वर्तमान संविधान निर्माण गर्न बाबुराम भट्टराईको महत्वपूर्ण योगदान छ । माओवादीका व्याख्याता बाबुराम संविधान बनि सकेपछि माक्र्सवाद लेनिनवाद र माओवादी विचारसम्मत परित्याग गरेर जनशक्ति पार्टी गठन गरी कम्युनिष्ट चिन्तनबाट पलायन भएका देखिन्छ ।
उनले केही समय जनशक्ति पार्टी चलाई आम निर्वाचन पछि मधेसवादी विखण्डनवादी उपेन्द्र यादवको समाजवादी नामधारी प्रतिकृयावादी पार्टीमा सम्मिलित भएर आफ्नो बौद्धिक क्षमतामा दिवालियापन देखाएका छन् । बाबुराम जस्ता बौद्धिक व्यक्तिले माक्र्सवादी लेनिनवादी चिन्तनलाई परित्याग गर्दा तराईलाई एउटै प्रदेश बनाएर देशलाई विखण्डन गर्ने पार्टीमा लागेर बौद्धिक दवालियापन र आदर्श विहीनता प्रकट गरेर मधेसवादी पार्टीमा लाग्नु आश्चर्यजनक कुरा हो ।
यसरी पुराना माओवादी नेता लोकतान्त्रिक मूल्यमान्यता अनुसार परिचालित एकत्रित प्रचण्ड पक्ष नै मूल माओवादी पार्टी मान्नु पर्ने हुन्छ । मोहन वैद्य र विप्लव समूह उग्रवादी चिन्तन नै वोकेर हिँडेका बाबुराम भट्टराई विखण्डनवादी पार्टीमा सम्मिलित भएर बौद्धिक दरिद्रता देखाएका छन् ।
मोहन वैद्यको दीर्घकालीन सशस्त्र जनयुद्ध संचालन गर्ने कुरा कोरा कल्पना मात्र हो । विप्लवले सशस्त्र संघर्ष परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा लाग्नु उचित हुन्छ । क्रान्तिको नाममा कैयौँ नेपालीको हत्या भइसकेको छ । सि.के. राउतले हिँसात्मक बाटो छोडेर शान्तिपूर्ण राजनीतिक बाटो अपनाएर अघिबढेका छन् ।
विप्लव समूहले हिँसात्मक बाटो परित्याग गरी वर्तमान विश्वको राम्रो मानिएको संविधानलाई आत्मसात गरी संवैधानिक बाटोमा बढ्नु पर्दछ । बाबुराम भट्टराईले माकर््सवादी लेनिनवादी आदर्श अनुरुप समाजवादी समृद्ध समाज निर्माण गर्न नेपाली जनताको प्रिय वाम आन्दोलनमा समाहित भई समाजवादी व्यवस्था स्थापना गर्न समर्पित हुनु पर्दछ ।
एक्काईसौ शताब्दीको शुरुआतसम्म केही मुलुकमा सशस्त्र माओवादी आन्दोलन संचालित थियो । ८ ÷१० वर्षमा नै माओवादी सशस्त्र आन्दोलन समाप्त भै सकेको र नेपालका प्रचण्ड समेतका नेताहरु बौद्धिकताका कारणले वार्ताद्वारा शान्ति कायम भै राजतन्त्रको अन्त्य भै लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाई देशलाई शान्तिपूर्ण रुपमा अगाडि समाजवादी बाटोमा अग्रसर गराइँदै छ । देश समृद्ध बन्ने बाटामा अग्रसर भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width