महामारीमा कुर्ची बचाउने राजनीतिक खेल

जमुना ढकाल
जेठ २४, २०७८

२०७६ को अन्त्यतिर सुरु भएको कोभिड १९ अहिलेसम्म उग्र रुपमा फैलिरहेको छ । यसलाई भयानक महामारीको संज्ञा दिइएको छ । महामारी नियन्त्रण गर्न भन्दै सरकारले देशैभर लकडाउन घोषणा गरिरहेको छ । जसको प्रत्यक्ष असर गरिब जनताहरुलाई पर्न गएको देखिन्छ ।

तीव्र गतिमा संक्रमण फेैलिएको अवस्थामा अस्पतालमा उपयुक्त स्वास्थ्य सामग्री उपलब्ध हुन नसक्नु र अलिअलि सामग्री भएका अस्पतालमा पनि दक्ष जनशक्ति अभाावले समस्या सिर्जना भएको छन् । सहरी क्षेत्रका अस्पतालमा बिरामीको चापले बेडहरु भरिएका छन् जहाँ पर्याप्त मात्रामा अक्सिजन, भेन्टिलेटर छैनन् । गरिब जनताहरु महंगो उपचार खर्च जुटाउन नसक्दा मृत्युवरण गर्न बाध्य छन् । उता गाउँको अवस्था झन नाजुक छ, पछिल्लो समय गाउँगाउँमा संक्रमित बढ्देै गएका छन् । गाउँमा पर्याप्त अस्पताल त छैनन् नै, भएका एकादुई अस्पतालमा कहींकतैबाट सामाजिक अभियान्ताहरुले स्वास्थ्य सामग्री उपलब्ध गराउँदा पनि तिनको सही तरिकाले सही ठाउँमा प्रयोग गर्नसक्ने दक्ष जनशक्ति नहुँदा बल्लतल्ल हारगुहार गरेर उपलब्ध गराएका केही सामग्री पनि यसै बिग्रने र उता बिरामी को पनि ज्यान जाने डर छ ।

देश कोभिडको चपेटामा परिरहेको, दिनरात कयौं मानिसले देहत्याग गरिरहेको अवस्थामा पनि उता सरकार भने जनता बचाउनुको सट्टा राजनीतिको नाममा कुर्सी बचाउने खेल खेलिरहेको छ । चुनावमा भोट माग्न जनताको दैलोदैलोमा पुग्न सक्ने हाम्रा नेताज्यूहरु कोभिडले जनता छटपटाइरहेको अवस्थामा जनताको घरघर पुग्नु त टाढाको कुरा अस्पतालमा बिरामीको अवस्था कस्तो छ भनेर एकपल्ट पनि पुग्न सक्नु भएको छैन । हाम्रा नेताज्यूहरुलाई जनता हैन सत्ता प्यारो रहेको कुरा यहींबाट छर्लंग हुन्छ । जनताको वास्तै नगरेको सरकार चुनाव गराउने घोषणा गरिरहेको छ ।

लकडाउन गरेर गरिब जनता भोकभोकेै मर्ने स्थितिमा चुनाव घोषणा गर्दैमा रोग निको हुन्न । खोपको व्यवस्था गरियोस्

अहिले अत्यावश्यक चुनाव हैन कोभिडको खोप हो सरकार । अझ सरकारको गलत कदम त जनता कोभिडले छटपटाइरहेको, युवाहरु लामो समयको बन्दाबन्दीले रोजगारविहीन बनेको र दिनभर काम गरेर बिहान बेलुकाको छाक टार्ने गरिबको चुुलो बल्न छाडेको अवस्थामा उचित व्यवस्थापन गर्नुको सट्टा चुनावको घोषणा गर्नु हो । सम्माननीय प्रधाानमन्त्रीज्यू र महामहिम राष्ट्रपतिज्यूले जनता रहे पो चुनाव भन्ने कुरा भुुसुक्कै बिर्सनुभएछ कि ? अनि अर्को कुरा अर्बौ खर्चेर चुनाव गर्नसक्ने नेपाल सरकार कोभिडको समयमा छिमेकीसँग किन हारगुहार गरिरहेको छ ? चुुनावको लागी खर्चिन सक्ने रकम कोभिडको खोप खरिद गर्नका लागि लगानी गर्न सकेमा सायद कोभिडको संक्रमण कम हुने थियो कि ? मृत्यको मुखमा लडिरहँदा जनतालाई अहिलेको आवश्यकता चुनाव हैन, खोप हो ।

जनताकै भोटबाट सत्तामा पुगेका नेताज्यूहरु सजग रहनुहोला । विपतमा पनि जनताको साथ दिनको साटो कुर्सीकै पछि भाग्नुहुन्छ भने एकदिन जनताले नै कुर्सीबाट पछार्नेछन् । यस्तो महामारीको बेलामा पनि सरकारको राजनीतिको नाममा गरिएको राजनीतिक भागबन्डाले जनतामा ठूलो असर परिरहेको छ । देश लकडाउन गरेर गरिब जनतालाई भोकभोकेै मर्ने स्थिति सिर्जना गराएर चुनावको नाममा कर बढाएर मात्र रोग निराकरण हुँदैन । छिटोभन्दा छिटो सम्पूर्ण जनतालाई खोपको व्यवस्था गरियोस् ।

जनताहरु पनि आ आफ्नो ठाउँबाट सरकारलाई घच्घच्याउनु जरुरी छ । महामारीको बेला संसद विघटन गरेर चुनाव घोषणा गर्नु, अकस्मात् नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नु र अदालत धाउनुजस्ता सरकारका लज्जास्पद कार्यले जनताको मनस्थिति बिगारिरहेको छ । पहिला जनता बचाउनुहोस्, तपाईंको कुर्सी जनताले बचाउनेछन् । जनता बाँचे राजनीति त पछि गर्दै गरौंला हैन र नेताजी ?

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width