भ्रमण वर्ष र कोरोना भाइरस

के.वी. मसाल
चैत्र २, २०७६

पर्यटनको क्षेत्रमा गहिरो अध्यन गर्ने हो भने प्राचीन नेपाल लिच्छविकालमा चिनियाँ यात्री फाइयानले कपिलवस्तुमा सन् ३९९ देखि सन् ४१४ सम्म भ्रमण गरेको इतिहास भेटिन्छ । पछि सन् ६२९ देखि ६४५ सम्म चिनियाँ यात्री दुःख साङले नेपाल भ्रमण गरी नेपालकै विषयमा धेरै कुरा लेखेका थिए । मल्लकालीन समयमा भोट चीन व्यापारका कारण विदेशीहरु नेपाल आउने गरेका थिए । त्यो समयमा नेपालीहरुले पनि विदेश भ्रमण गरेका थिए ।

भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामै कोरोना भाइरसले पर्यटकहरुलाई आतंंकित बनाएको छ । हालसम्म वैज्ञानिकहरुले पुष्टि गर्न नसकेको कोरोना भाइरसले नेपालमा मात्र होइन विश्वभरि आतंंकित बनाएको छ । चीनबाट सुरु भएको यो भाइरसकै कारण विश्व स्वास्थ्य संगठनले संसारैभरिको स्वास्थ्य क्षेत्रमा संकटकालको घोषण गरेको छ भने नेपाल सरकारले भ्रमण बर्ष २०२० स्थगित गरेको छ । कोरोना भाइरसको प्रभाव फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेला, महोत्सव र भोजभतेर समेत नगर्न अनुरोध गरेको छ ।
कोरोना भाइरसले अहिले सम्म चीनमा मृत्यु हुनेको संख्या ३ हजार १ सय ८९ पुगेको छ भने ८० हजार ८ सय २४ जनामा संक्रमण देखिएको छ । कोरोना भाइरसले यतिखेर विश्वभरी सबै मानिसहरु चिन्ताग्रस्त छन् । कोरोना भाइरस को कारण मानिसहरुमा चिन्ता, तनाब, असुरक्षा जस्ता मानसिक असरले दीर्घरोगीको वृद्धि हुने र मृतकको संख्या बढन लागेको छ ।
मित्रराष्ट्र चीनको हुबेई प्रान्तस्थित शहरबाट फैलिएको नोबल कोरोना भाइरस धेरै देशमा फैलिएको छ । संसारको सबैभन्दा बढी जनसंख्या भएको चीनले यस्तो भयावह भाइरसद्वारा सिर्जित मानव विपत्तिको सामना गर्नु परेपछि हाम्रो मुलुकको पर्यटन क्षेत्र अस्तव्यस्त हुन थालेको छ । सबैभन्दा बढी मार होटल व्यवसायीहरु पर्न थालेका छन् । बाह्य पर्यटकहरुको भरमा चलेका काठमाण्डौ, पोखरा र लुम्बीनी लगायतका होटलहरुमा पर्यटकहरु पातलिएका छन् ।
चीन भन्दा बाहिर कोरोना भाइरस सबैभन्दा बढी संक्रमण इटलीमा १७ हजार ६ सय ६० देखिएको छ भने १ हजार २६६ को मत्यु भइसकेको छ । इरानमा १२ हजार ७२९ जनाम संक्रमण देखिएको छ भने ६११ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा ८ हजार ८६ जनामा संक्रमण देखिएको छ भने ७२ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट अमेरिकामा २३४० मा संक्रमण देखिएको छ भने ५० जनाको मृत्यु भएको छ । यसैगरी भारतमा ८४ जनामा संक्रमण देखिएकोछ भने २ जनाको मृत्यु भइसकेको छ ।
विश्वभर कोरोना भाइरसले मानवमाथि गम्भीर संकट उत्पन्न हुँदा वैज्ञानिकहरु यो भाइरस नियन्त्रणबारे खोज अनुसन्धानमा लागेका छन् । सरकारले फागुन २४ गते अर्थात मार्च ७ देखि सम्पूर्ण मुलुकका पर्यटकहरुका लागि अन अराइभल भिसामा रोक लगाएको छ । कोरोना भाइरसको प्रकोपलाई दृष्टिगत गर्दै सरकारले पर्यटकहरुको भिसामा रोक लगाएको हो । नेपालले १३ मुलुकका नागरिकलाई त्रिभुवन विमानस्थलबाट अन अराइभल भिसा उपलब्ध गराउँदै आएको थियो । सरकारले नेपाली नागरिकलाई पनि चीन, जापान, दक्षिण कोरिया, इरान तथा इटालीलगायत कोरोना प्रभावित मुलुकको भ्रमणमा रोक लगाएको छ । संक्रमण फैलिएका मुलुकमा अनावश्यक यात्रा नगर्न पनि नेपालीलाई आग्रह गरेको छ ।
सर्वोच्च अदालतले चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने सिधा र ट्रान्जिट फ्लाइटको उडानमा रोक लगाउन अन्तरिम आदेश दिएको छ । अदालतले कोरोना भाइरस संक्रमण फैलिएका देश चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरान लगायतका देशबाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानलाई परिस्थितिको गम्भीरताको सूक्ष्म मूल्यांकन गरी आमजनताको स्वास्थ्यसम्बन्धी हितलाई ध्यानमा राख्न केही दिन अथवा महिनाको लागि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने र अन्तर्राष्ट्रिय उडानबाट आउने पर्यटक अथवा अन्य मानिसहरुलाई स्वास्थ्य परीक्षण विना प्रवेशमा रोक लगाएको छ । शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्काल आइसोलेसन र क्वारेन्टाइनमा राखी छुट्टै उपचारको व्यवस्था मिलाउने आदेश गरेको छ । त्यसैगरी वैदेशिक रोजगार विभागले कोरोना प्रभावित देशहरुमा श्रम स्वीकृति दिन बन्द गरेको छ ।
चीनको उहानबाट फैलिएको कोरोनाभाइरस बेलायत, सिंगापुर, इटाली, फ्रान्स, रसिया, स्पेन, इरान, भारत समेत विश्वका धेरै देशहरुमा फैलिइसकेको छ । महामारीको रुपमा विश्वव्यापी रुपमा फैँलिएको (कोभिड–१९) कोरोना भाइरसको जोखिम कम गर्न तत्कालका लागि महोत्सव, सभा समारोह जस्ता भिडभाड हुने कार्यक्रम नगर्ने र आवश्यक परेमा अन्तर्राष्ट्रिय उडान रोक्ने सरकारको तयारी रहेको छ । अहिले भारइसकै कारण बहुप्रतिक्षित सगरमाथा सम्वाद कार्यक्रम पनि तत्काललाई स्थगित भएको छ । जर्मनीका दुईवटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको आयुबारे एक तथ्य पत्ता लगाएका छन् । उनीहरुले कोरोना भाइरस ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा कमजोर हुने तथ्य पत्ता लगाएका छन् । तापक्रम बढेसँगै यो भाइरस कमजोर हुने दावी गरेको विभिन्न सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
भ्रमण वर्ष २०२० मा चीनबाट नेपाल भित्रिने आश गरिएको साढे तीन लाख पर्यटकको संख्या अब के हुने हो ? अघिल्लो वर्ष चीनबाट एक लाख ६९ हजार पर्यटक नेपाल आएका थिए । अध्यागमन विभागको पछिल्लो चार वर्षको आँकडा हेर्दा चिनियाँ पर्यटकको संख्या बढदै गएको थियो । यो वर्ष चिनियाँ राष्ट्रपति सि जिन फिङको भ्रमणपछि चिनियाँ पर्यटकको आगमन पहिला भन्दा बढने आकलन सरकारले गरेको थियो । तर सरकारको यो आकलन कोरोना भाइरसले समाप्त पारेको छ ।

भ्रमण वर्ष २०२० मा चीनबाट नेपाल भित्रिने आश गरिएको साढे तीन लाख पर्यटकको संख्या अब के हुने हो ? अघिल्लो वर्ष चीनबाट एक लाख ६९ हजार पर्यटक नेपाल आएका थिए । अध्यागमन विभागको पछिल्लो चार वर्षको आँकडा हेर्दा चिनियाँ पर्यटकको संख्या बढदै गएको थियो । यो वर्ष चिनियाँ राष्ट्रपति सि जिन फिङको भ्रमणपछि चिनियाँ पर्यटकको आगमन पहिला भन्दा बढने आकलन सरकारले गरेको थियो । तर सरकारको यो आकलन कोरोना भाइरसले समाप्त पारेको छ ।

सरकारले यो भ्रमण वर्षमा विदेशी पर्यटक आगमनको संख्या २० लाख पु¥याउने, विदेशी पर्यटकको बसाइ अवधि सरदर १५ दिन पु¥याउने, सरदर दैनिक खर्च ६० अमेरिकी डलर पु¥याउने लक्ष्य थियो । त्यसैगरी पर्यटन क्षेत्रबाट क्रमश प्रथम वर्ष २५ हजार, दोस्रो वर्ष ४० हजार र अन्तिम तेस्रो वर्षमा ४५ हजार मानिसहरुले थप रोजगारी पाउने लक्ष्य पनि सरकारको थियो । तर कोरोना भाइरसले गर्दा ति सबै योजना अब के हुनेहुन ? सबैलाई चिन्ताको बिषय बनेको छ ।
पर्यटकीय गन्तव्यको विविधीकरण गर्दै नयाँ पर्यटकीय स्थलको चिनारी सरकारबाट भएको थियो । भ्रमण बर्ष २०२० मा नयाँ पर्यटकीय गन्तब्यमा बाह्य पर्यटकहरुलाई चिनारी दिने सरकारको योजना समेत रहेको थियो । पर्यटन उद्योगलाई देशको समृद्धिको यात्रा तय गर्ने सरकारको उद्देश्य थियो । पर्यटकीय पूर्वाधारको विकासबाट रोजगारीको सिर्जना, गरीबी न्यूनीकरण, राष्ट्रिय अर्थतन्त्रको विकास, जीवनस्तरमा सुधार देशको आवश्यकता थियो । विगतलाई हेर्ने हो भने राजनैतिक संक्रमण लामो समयसम्म पर्यटन क्षेत्रको विकासले गतिलिन सकेन । राजनितीक दलहरुले पर्यटन पूर्वाधार विकासतिर खासै चासो देखाएनन् । पर्यटनको क्षेत्रमा विनाशकारी भूकम्पले अर्को घाटा लाग्यो । अहिले कोरोना भाइरसले झनै कति घाटा लाग्ने हो ? यो भाइरल कसरी रोकिने हो ? पर्यटनको क्षेत्र मात्र होइन सबैलाई असर गरेको छ ।
अहिले आर्थिक समृद्धिका लागि पर्यटन विकास भन्ने राज्यको सोंच छ । यसका लागि पर्यटन क्षेत्रको विकासमार्फत आर्थिक वृद्धि र रोजगारीको अवसर सिर्जना गर्ने सरकारी लक्ष्य देखिन्छ । देशलाई आकर्षक तथा थप सुरक्षित गन्तव्यका रुपमा विकास गर्दै पर्यटकको आगमनलाई वृद्धि गर्ने जनताको आयस्तरमा बढोत्तरी गर्ने सरकारी लक्ष्य पनि देखिन्छ । जसले गर्दा पर्यटकीय गन्तव्यस्थल र उपजमा विविधीकरण र विकास गर्ने प्रमुख पर्यटकीय उपजहरुको बजारीकरण गर्ने, प्रवद्र्धन गर्ने, सरकारी उद्देश्य देखिन्छ । यसका लागि राज्यले लिएको रणनीति हेर्दा पर्यटन विकास गर्न सार्वजनिक, निजी, सरकारी एवं सामुदायिक क्षेत्रमा साझेदारी र सहकार्यको आवस्यकता पर्दछ ।
प्राकृतिक, साहसिक, ऐतिहासिक, सांस्कृतिक सबै दृष्टिले नेपाल विश्वकै एक पर्यटकीय गन्तव्य हो । जीवन्त संस्कृति बोकेको नेपालले सर्वोच्च शिखर सगरमाथा पनि बोकेको छ । हिन्दूहरुको शिरभाग पशुपति क्षेत्र, बुद्धिष्टहरुको केन्द्र लुम्बिनी पनि नेपालमा छ । हिमाली, पहाडी र तराईका भौगोलिक विविधता नेपालमा रहेको छ । विश्वका दुर्लभ पाटे बाघ, काँडे भ्याकुर, धेरै प्रजातिका चरा र बिभिन्न जनजातीहरुका चाडपर्व, जात्राहरुले नेपालमा पर्यटकहरुको आकर्षण बढेको छ । यो मात्र होइन वाह्य पर्यटकहरुलाई आकर्षण गर्ने नेपालमा पाँच हजारभन्दा बढी तालतलैया, दह, कुण्ड, पोखरी र सिमसार क्षेत्र छन् । साना ठूला गरेर नदी, खोला–नालाको सख्या पनि छ हजारभन्दा बढी छन् ।
संरक्षणमा बढी चुनौतीमा रहेका र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएका अधिकांश ताल उच्च हिमाली र पहाडी क्षेत्रमा रहेका छन् । अधिकांश ताल राष्ट्रिय वन, निकुञ्ज तथा वन्यजन्तु आरक्ष, सामुदायिक वन क्षेत्रभित्र रहेका छन् । ताल क्षेत्रलाई सिमसार क्षेत्रका रुपमा पनि चिन्ने गरिन्छ । नेपालका तालतलैयालाई एसियाका ‘वाटर टावर’ पनि भन्ने गरिन्छ । कतिपय हिमनदीका मुल तालबाट फुटेका छन् भने कतिपय हिमालबाट हिमताल बनेका छन् । तुलनात्मकरुपमा विश्वका अन्य महादेशमा पाइनेभन्दा नेपालका तालतलैया स्वच्छ पानीका मानिन्छन् । जस्का कारण पर्यटकहरु भ्रमणको लागि नेपालमा आउने गर्दछन् ।
पर्यटनको इतिहास
पर्यटन अर्थात टुरिज्म फ्रेन्च शब्द हो भने पर्यटक भनौँ वा टुरिष्ट शब्द लेटिन भाषा हो । व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । विश्व पर्यटन सगठनको परिभाषा अनुसार पर्यटकले आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस घण्टाभन्दा बढी समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरु उद्देश्यका लागि यात्रा गर्नेलाईनै पर्यटक भनिन्छ । विश्वमा पर्यटनको इतिहास हेर्ने हो भने अहिले झण्डै ४६ वर्ष भैसकेको छ ।
सन् १९७४ मा स्पेनको राजधानीमा संयुक्तराष्ट्रसंघको एक विशिष्टीकृत संस्थाको रुपमा विश्व पर्यटन संगठन युएनडब्ल्युटिओको स्थापना भएको थियो । त्यसको ४३ र्षपछि सन् २०१७ मा विश्वका १६० देश यसको सदस्य भएका छन् । नेपाल यस संगठनमा सन् १९७५ मा प्रवेश गरेको हो । पछिल्लो समय पर्यटन व्यवसाय विश्व अर्थतन्त्रको एउटा मेरुदण्ड नै बनेको छ । विश्वका कतिपय देशको घरेलु उत्पादको मुख्य हिस्सा नै पर्यटन व्यवसाय भएको छ । विदेशी पर्यटकको आगमन सँगै नेपालमा २०१६ मा पर्यटन बोर्डको स्थापना भयो ।
चोभारको गल्छी काटेर पोखरीको रुपमा रहेको काठमाडौंलाई मानव बस्ती योग्य बनाउने मञ्जुश्री नेपालमा पहिलो पटक पर्यटकको रुपमा आएका विदेशी मानिन्छन् । सन् ५९२ मा राजा अंशुवर्माकी छोरी भृकुटीले तिब्बतमा बिहे गरेर जानु नेपालबाट बाहिरिएको पहिलो पर्यटक मानिन्छ । तर पर्यटन अवधारणा भने सन् १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नुर्बु शेर्पाले सगरमाथाको सफल आरोहणपछि पर्वतारोहण कार्यको वृद्धिसँगै विकसित भएको हो । राजकीय भ्रमणबाहेक सन् १९५१ सम्म नेपाल आउन कुनै पनि सर्वसाधारण विदेशीहरूलाई अनुमति थिएन ।
सन् १९५५ मा रुसी पर्यटक बोरिस सिसानेबिचले आफ्नो कम्पनी थोमस कुक एण्ड सनमार्फत नेपालमा विदेशी पर्यटकहरू ल्याउन पहिलोपटक अनुमति पाएका थिए । बोरिसलाई दिइएको यो अनुमतिसँगै संस्थागत रुपमा नेपालमा विदेशी पर्यटक ल्याउन शुरु गरिएको हो । सन् १९६० मा संसारमा १४ ओटा ८ हजारभन्दा माथिका हिमालहरु छन् र त्यसमध्ये ८ ओटा हिमालहरु नेपालमा छन् भन्ने कुरा पत्ता लागेपछि नेपाल पर्वतारोहणको प्रमुख गन्तव्यको रुपमा संसारभर चिनिँदै आएको छ ।
सन् १९६० को दशकमा यूरोपेली देशहरुमा लागूपदार्थ ओसारपोसार र सेवनविरुद्धको कानूनहरु ल्याउने लहरै चल्यो तर नेपालमा भने यो कानून सन् १९७३ मा मात्र आयो । यसबीच युद्धविरुद्ध मत जाहेर गर्ने यूरोपेली युवाहरु यूरोपका टर्की, मध्यपूर्वका रशिया र इरान हुँदै नेपालको काठमाडौं र भारतको गोवाजस्ता क्षेत्रहरुमा स्वतन्त्रपूर्वक गाँजा खान आउँथे । यूरोपतिर यस मार्गलाई त्यसबेला हिप्पी ट्रेल÷गाँजाको मार्ग भनेर समेत चिनिन्थ्यो । त्यसबेला नेपाल गाँजा खान स्वतन्त्र देशको रुपमा पनि चिनियो, अहिले नेपाल पर्वतारोहणको केन्द्र भनेर नै चिनिन्छ ।
पर्यटनको क्षेत्रमा गहिरो अध्यन गर्ने हो भने प्राचीन नेपाल लिच्छविकालमा चिनियाँ यात्री फाइयानले कपिलवस्तुमा सन् ३९९ देखि सन् ४१४ सम्म भ्रमण गरेको इतिहास भेटिन्छ । पछि सन् ६२९ देखि ६४५ सम्म चिनियाँ यात्री दुःख साङले नेपाल भ्रमण गरी नेपालकै विषयमा धेरै कुरा लेखेका थिए । मल्लकालीन समयमा भोट चीन व्यापारका कारण विदेशीहरु नेपाल आउने गरेका थिए । त्यो समयमा नेपालीहरुले पनि विदेश भ्रमण गरेका थिए । वि.सं. १९०६ मा श्री ३ जंगबहादुर राणाको बेलायत यात्रामा उनका टिममा ५० औं जनाको यात्रा क्उधारण लिन सकिन्छ । श्री ३ जगंबहादुर राणाको बेलायत भ्रमण भन्दा पहिले व्रह्मपुत्र नदी पार गरेर कुनै पनि नेपाली वाहिरी मुलुकको भ्रमणमा गएका थिएनन् ।
लेखक ः स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष हुन् । सं.

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width