भाडा कति हो ?

सुदीप घिमिरे
फागुन १८, २०७६

पोखरादेखि डमौली, मुग्लिन, मलेखु यात्रा गर्नेहरुलाई भाडा मन लाग्दी छ । पोखराबाटै मलेखु जान माइक्रोहरुले २५० देखि ५२५ सम्म लिने गरेका छन् । जहाँ कि पोखरादेखि काठमाण्डौ सम्मको भाडा नै ५२५ छ । बीचमा यात्रा गर्नेहरुलाई काउन्टरले टिकट पनि दिँदैनन् ।

मलेखु जान पृथ्वीचोकमा उभियाँ । समय त्यस्तै विहानको १० वजे । माइक्रो बसहरु आइरेहका थिए । माइक्रो वा बसका स्टाफले सोध्ने एकै प्रश्न थियो “कहाँ जाने ? आउनु आउनु । सिट खाली छ । हिँडिहाल्यो ।” मैले सोध्याँ –“भाडा कति ?” । उसले उत्तर दियो “आउनुहोस न म मिलाई दिन्छु । सिट पनि खाली छ ।” फेरि प्रश्न सोध्याँ भाडा कति ? उसले उत्तर दियो ४५० । मलै भन्याँ त्यसो भए जानु , म अर्कोमा आउँछु । माइक्रो स्टाफले फेरि भन्यो आउनु न म मिलाई दिन्छु । मैले भन्याँ ३०० मा लग्ने हो । एक छिन मौन भयो । नलिइकन हिँड्यो । अर्को माइक्रो आयो । उही प्रश्न । भाडा कति ? मलेखु जाने हो । उत्तर पनि उस्तै आयो ।
केही मिनेट पछि “बाग्लुङ–काठमाण्डौ” बस आयो । भाडा सोध्याँ । उसले कतिमा जाने गर्नु भएको छ भन्यो । मैले भन्या ३०० । आउनुहोस भन्यो । म बसमा चढ्याँ । बस भित्र त्यस्तै ८÷९ जना यात्रु थिए । पिसाव आयो बस रोक्नुहोस न भन्दै थिए । यात्रुले २० पटक धेरै भन्यो होला पिसाब आयो । रोकौँ न । सडकमा मान्छे चडाउन र झार्नेमा उनीहरु व्यस्त थिए । पिसाव लागेको यात्रुको गुनासो कसैले सुनेनन् । मैले अनुमान ग¥याँ बाग्लुङबाटै आएको हुनु पर्छ । ती महिलाले आफुलाई गाह्रो भएर सलले पेटमा बाँधेकी थिइन् । उनको गुनासोलाई अन्य यात्रुहरुले साथ दिए । कोत्रेमा लगेर बस रोक्यो ।
५÷६ मिनेट पछि बस चल्यो । बीचैमा केही यात्रुहरुले सोधे “खाना खाने कहाँ हो भाइ ?” बसका स्टाफले उत्तरदिए –“यात्रु छैनन् । के खाना खानु । मान्छे खोज्दै जाने हो । मान्छे भरिएपछि खाने ।” यात्रु छैनन् भनेर हामी भोक्कै बस्ने ? यात्रुको प्रश्न आयो । सवै जना हाँसे । बसका स्टाफले भाडा उठाउन सुरु गरे । मेरो सीट नजिकै । एक नवजोडी मलेखु झर्नेरहेछन् । उनीलाई बसको स्टाफले भाडा ४५० हो । दुई जनाको ९०० दिनुहोस् भन्यो । नवजोडीले भाडा त ३०० हो भन्यो । ३५० सम्म दिन्छु भन्दै थियो । यात्रु र बस स्टाफको भनाभन सुरु भयो । भाडा लिष्ट देखि पुलिसमा उजुरी गर्ने विषयसम्म उठे । अन्त्यमा यात्रुले ९०० नै बुझाए ।
मलाई चिन्ता हुन थाल्यो । मलाई कति लिने हो । भाडा उठाउने पालो मेरो । सब स्टाफ म नजिकै आयो । केही बोल्न सकेन । तीन सय निकालेर दियाँ । उ यति रिसायो । अघिको यात्रुसंगको रिस म माथि पोख्यो । उसले बोल्न हुने नहुने सबै बोल्यो । यात्रुहरु दंग । ४५० भाडा हो भन्दै । मलाई चढाउने बेला ३०० मा लग्छु भनेको होइनभन्या ? उसले मलाई चढाउँदा गरेको वाचा भुल्यो । म पनि बाध्य भयाँ र ४५० दियाँ ।
यो एक दिनको समस्या होइन । यस्ता घटनाहरु हरेक दिन राजमार्ग भइरहन्छन् । जो बीचबाट यात्रा गर्दछ । उनीहरुलाई बसका स्टाफहरुले नराम्रो ठगिरहेका छन् । पोखरादेखि डमौली, मुग्लिन, मलेखु यात्रा गर्नेहरुलाई भाडा मन लाग्दी छ । पोखराबाटै मलेखु जान माइक्रोहरुले २५० देखि ५२५ सम्म लिने गरेका छन् । जहाँ कि पोखरादेखि काठमाण्डौ सम्मको भाडा नै ५२५ छ । बीचमा यात्रा गर्नेहरुलाई काउन्टरले टिकट पनि दिँदैनन् । भाडादर बसमा टासिएको पनि हुदैन । यात्रा गरिरहने यात्रुहरुलाई मात्र सही भाडा जानकारी हुन्छ । कहिले काहीँ यात्रा गर्नेलाई भने बसको स्टाफहरुले नराम्रोसंग ठग्ने गरेको पाइन्छ ।
कुन यातायातकोे साधनले कति लिने । दररेट कति भन्ने मन लाग्दी छ । यो लेखक केही वर्ष थाइल्याण्ड बसेको अनुभव छ । थाइल्याण्डमा हरेक कुराहरुको सरकारी रेट हुन्छ । सोही अनुसार व्यवसायीहरुले पालना गर्छन् । सरकारी नीति लागु भए नभएको प्रहरीले अनुगमन गर्छन् । उजुरी पर्ने वित्तिकै सरकारले कडा कारवाही गर्छ । बसमा काम गर्ने कर्मचारीहरुको व्यवहार स्ष्ट र शालीन हुन्छ । यात्रुहरुलाई सम्मान गरिन्छ । यात्रुहरुले लाग्ने भाडा आफै दिने गर्दछन् । भाडा तिरे पछि रसिद हुन्छ ।

कुन यातायातकोे साधनले कति लिने । दररेट कति भन्ने मन लाग्दी छ । यो लेखक केही वर्ष थाइल्याण्ड बसेको अनुभव छ । थाइल्याण्डमा हरेक कुराहरुको सरकारी रेट हुन्छ । सोही अनुसार व्यवसायीहरुले पालना गर्छन् । सरकारी नीति लागु भए नभएको प्रहरीले अनुगमन गर्छन् । उजुरी पर्ने वित्तिकै सरकारले कडा कारवाही गर्छ । बसमा काम गर्ने कर्मचारीहरुको व्यवहार स्ष्ट र शालीन हुन्छ । यात्रुहरुलाई सम्मान गरिन्छ ।

भाडादर सेवा दिने यातायातको स्तर र सेवा हेरेर थोरै मंहगो हुन्छ । तिर्न सक्नेले राम्रो सेवा लिन्छन् । तिर्न नसक्नेले स्थानीय स्तरमा चल्ने साधानहरु प्रयोग गर्दछन् । स्थानीय स्तरमा चल्ने पनि स्तरीयनै हुन्छन् । कसैलाई विभेद हँुदैन् । बसमा काम गर्ने कर्मचारीहरु उनीहरुको कार्यालयको पहिरनमा हुन्छन् । उनीहरुलाई देख्दा लाग्छ उनीहरु विमानका चालक हुन् । सव सफा हुन्छ । एसी राखिएको हुन्छ । फोहोर राख्ने भाँडाहरु हुन्छन् । आवश्यकता भन्दा बढी यात्रुहरु चढाउँदैनन् ।
तर हाम्रो देशको हालत ? माइक्रोबसमा ग्यापमा समेत यात्रुहरु राखिन्छ । मानवीयता भन्ने कत्ति पनि छैन । यात्रुको लागि पिसाव, खाजा, खानाको वास्ता गरिँदैन । खाना रोक्ने स्थान पनि विचित्रकै हुन्छन् । यात्रुलाई सेवा भन्दा हरेक क्षेत्रमा ठग्न बसेको जस्तो भान हुन्छ । बसमा भिडियो कोचमा सिरक कोचेका हुन्छन् । बसमा यात्रा गर्दा सेतो सटहरु लगाएर यात्रा गर्यो भने सिटको महिलोले घर पुग्दा कालो भईसकेको हुन्छ । सरसफाईमा ध्यान दिइँदैन । भाडाहरु कसले कसरी लिएको छ भनेर अनुगमन हुदैन ।
अनुगमन गर्ने निकायलाई थाह छैन होला बसमा वा माइक्रोमा यात्रा गर्दा यात्रुहरुले नचाहीँदो शास्ती खेप्नु परेको छ भनेर । यातायातका स्टाफलाई विश्वास नगरौं । उनीहरुले हामीलाई ठगिरेहका छन् । बस वा माइक्रो चढ्नु अगाडि भाडाको निक्र्याेल गररे मात्र चढौं । पहिलेनै भाडा सोधाँै । कति हो भाडा ? पहिलेनै निश्चत गरौं । नत्र तपार्इंलाई बसका स्टाफहरुले अरु यात्रुहरु बीचमा लज्जाको पात्र वनाइदिन्छन् ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width