बालकथा : मौकाको साटो

दिनेश बस्नेत
जेठ १२, २०८१

नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर ।

दुई गाउँको बिचमा एउटा खोलो थियो । खोलो तरेर गाउँका मान्छे अर्काे । गाउँमा जान्थे सजिलै । ओहोरदोहोर गरिरहन्थे ।

ती गाउँका मान्छेबीच अत्यन्त राम्रो हिमचिम थियो । दुवै गाउँका मान्छेहरूबीच मारा पर्मपैंचो चल्थ्यो । आपसी आत्मीयता र सुमधुर सम्बन्ध थियो । तर विडम्बना समयको प्रवाह सँगसगै विस्तारै मानिसहरू बेइमानी हुँदै गए ।

एक पटकको कुरो हो । गोवर्धन नाम गरेका क्षेत्री भुसुनापुरमा गोरु खोज्न गए । भीमराज पण्डितको गोरु नामुद चोर थियो । गाउँभरिका किसानलाई सताएको थियो । जति ठूला बार, जत्रा पर्खाल पनि सहजै फड्कन्थ्यो ।

गोवर्धनले चौतारीमा भेट भएको एक जना मान्छेलाई सोधे, ‘यता कतै राम्रो शील स्वभाव भएको गोरु पाइन्थ्यो कि बाबु ?’

‘ल तपार्इंलाई त्रिलोकमै नभएको, काइदाको गोरु देखाउँछु । बलियो पनि उस्तै, आनीबानी पनि उस्तै ।’ बसिरहेको ऊ फुर्तिसाथ उठ्दै भन्यो ।

उसले भीमराजको गोरु देखायो । गोवर्धनले गोरु देख्नेबित्तिकै एकै नजरमा मन पराए । वास्तवमा गोरु मन पराउन लायकको थियो नै । जोत्दा पनि जुवा तानेर अघि अघि हिँड्थ्यो । तर चोर्ने बानीले भने आजित बनाएको थियो ।

भीमराज पिँढीमा दाम्लो बाट्दै थिए । ‘ल बाजे गोरु बेच्ने हो भने मैले असली ग्राहक ल्याइदिएको छु्,’ उसले भन्यो ।

भीमराज अलमलमा परे । बेचौं भनौं भने चोर छ, बेचौं भनौं भने ढाट्नुपर्दछ । उनलाई ढाट्ने बानी मन पर्दैनथ्यो । तथापि उनले भने, ‘गोरु यही हो, गोरुको बारेमा उसले भन्यो होला । मनपर्छ भने लैजानोस् । म के भनौं ? गोरु त बेच्ने हो, घाँस काटेर दिने, कँुडो पानी दिने पनि कोही छैनन् । के खान पाल्ने गोरु, खेतबारी पनि अधियाँ दिइयो ?’

गोरुको अवगुण ढाकछोप पारियो । राम्रो आचरणको मात्र बखान गरियो । गोवर्धनले गोरुको राम्रो दाम दिन तयार भए । तब के चाहियो । गोरु बिक्री भयो । गोरु बिक्री हुँदै छ भनेर सुन्ने मान्छेको समेत राम्रो गुनगान गाए ।

जब गोरु घर लगियो । भोलिपल्ट नै मकै लाउने खेत जोत्न लगियो । जुवामा नारेको गोरु त्यति तेज हिँडेको कसैले त्यतिञ्जेल देखेका थिएनन् । जुवा नै भाँचिदिन्छ कि, हलोको हरिस या जुवाको सोइलो नै भाँचिदिन्छ कि जसरी हिँड्ने । सबैले गोरुको प्रशंसा गरे अर्थात् गोरु सबैले मन पराए ।

पर्सिपल्ट गोरुलाई चरनमा छाडियो । तर ऊ चरनमा चर्न त्यति मन गरेन । उसको त नानीदेखि लागेको बानी थियो । त्यो के भने खेती जोगाउन बारेको बार या पर्खाल नाघेर खेती बाली खाने । त्यतिबेला पनि उसले त्यसै ग¥यो । दिनभरि खसिनी बुढीको गहँुमा च¥यो । बेलुकापख फत्तसिङको बारीमा पनि चर्न भ्यायो ।

तब गोरुको अवगुणको चर्चा चल्यो । सबैले गोरु फर्काइदिने सल्लाह दिए । गोवर्धनलाई पनि लाग्यो । त्यो गोरु राखियो भने कोही गाम्ले आफन्त हुने छैनन् । सबैलाई यसले पिराउने छ । त्यसैले फकाईदिनु नै उचित होला ।’

हप्तादिन भित्र किनेको वस्तु मन नपरेमा फर्काउने चलन थियो । त्यसैले गोवर्धन गोरु लिएर लिखापुर गए । भीमराजसँग गोरुको बैगुन कहे । अनि आफ्नो समस्या बताउँदै फर्काइदिन भने, ‘जसरी पनि गोरु त फर्काइदिनोस् । असजिलो कुरा नगर्नाेस् ।’

अफसोच ! गोरु फिर्ता गर्न आएका गोवर्धन र उसका आफन्तलाई नराम्रो वचन लाए । हात हालाहाल सम्मको स्थिति भयो । कुनै पनि हालतमा गोरु फिर्ता नहुने विचार प्रकट गरे । तिनीहरूको एउटै तर्क थियो, ‘गोरु पहिला चोर थिँदै थिएन ।

किनेको वस्तु मन नपरेमा हप्तादिनभित्र फर्काउने चलन थियो । त्यसैले गोवर्धन गोरु लिएर लिखापुर गए

एकदम साधु र इमानदार थियो ।’ गोरु भुसुनापुर पुगेपछि नै चोर भएको जिकिर गर्दै उल्टो चर्का कुरा गर्दै भने,‘त्यस्तो सिधा साधा गोरुलाई चोर बनाएर ल्याउने, अनि फकाईदिने भन्ने तिम्लाई लाज शर्म नभएका ।’

भुसुनापुरेहरूको बेइमानी हर्कत जताततै फैलियो । लिखापुरे तिनीहरूसँग रिसाउनु रिसाए ।

अनि मौका पाए साटो फेर्ने इख लिए ।

घटनाको दुई वर्षपछि भुसुनापुरका एकजना पण्डित लिखापुर आए । उनलाई दुहुनु भैंसी चाहिएको थियो । भैंसी मनपरे उनी जति रुपैयाँ पनि तिर्न तयार थिए ।

बाटोमा भेटिएको एकजना अधैबैंसेलाई सोधे, ‘खोई बाबु, यतातिर कसैकहाँ दुहुन भैंसी होला ?’

ती अधबैंसेले ठेगाना सोधे । चिनापर्ची गरे । अनि उनका मनमा एकप्रकारको तरंग चल्यो । उनले थापागाउँमा लगे । त्यहाँ एउटा भर्खरै ल्याएको भैंसी थियो ।

‘भैंसी त मन प¥यो, दूध कति होला कुन्नि,’ पण्डितले सोझो पारामा सोधे ।

‘यत्रो ज्यान हालेको भंैसीको दूध चानचुने के होला र ! अस्ति पाथी जाने बाल्टी भरिएको मैले देखेको छु,’ एउटाले दुरुस्तै भावमा भन्यो ।

हो त नि म पनि अस्ति दूध दुहुँदा टुप्लुक्क आइपुगेछु । राम राम बाल्टी टिलापिलाएको । यस्तो पो भैंसी ।’ अर्काले सही थाप्दै भन्यो ।

‘जातै दुधालु हो, किन शंका गरेर माललाई हलुका बनाउन ?’ दौरा सुरुवाल लगाएकाले भन्यो ।

अन्ततः ती पण्डित भैंसी लान राजी भए । ५० हजारमा कुरा मिल्यो । खनखनी नगद तिरे । अनि साथमा लिएर आएको मान्छेले डो¥यायो । पछिपछि उनले खेदे ।

घर लगेपछि भैंसीले २ मानाभन्दा एक थोपो बढी दूध दिएन । जति पोसिलो घाँस जति ढुटो पिठोको कुँडो दिँदा पनि दूध बढाएन । तब उनी भैंसी फर्काउने निष्कर्षमा पुगे । केही आफन्त गाउँले, भैंसी र आफू भएर भुसुनापुर गए ।

भुसुनापुरे र लिखापुरेबीच घमासानको भनाभन भयो, पुराना रिसइबीका कुरा पनि आए । यद्यपि भुसुनापुरे भैंसी फर्काउन राजी भएनन् ।

Related News

सम्बन्धित समाचार

hero news full width