प्रधानमन्त्रीजी संग अपेक्षा: बोली अनुसार व्यवहारको

तिलक पराजुली
फागुन २३, २०७६

प्रधानमन्त्रीजी ! मिर्गौला प्रत्यारोपणपछि शीघ्र स्वास्थ्य लाभ गर्नुहोस्, नयाँ ऊर्जा प्राप्त पनि गर्नुहोस्, शुभकामना छ । त्यसको साथै जे बोल्नुहुन्छ पब्लिकमा, आफ्नो वचनमा इमान्दार हुने प्रेरणा लिने र प्रण गर्ने पनि गर्नुहोस् ।

प्रधानमन्त्री ओलीको स्वेदशमै मृगौला प्रत्यारोपण सफलतासाथ सम्पन्न हुनु स्वयंमा एक सकारात्मक र खुसीको कुरा हो । यो सकारात्मक यस अर्थमा छ कि मृगौला प्रत्यारोपण स्वेदशकै अस्पतालमा र हाम्रै चिकित्सकको अगुवाईमा गराएर प्रधानमन्त्रीले हाम्रा डाक्टर र अस्पतालप्रति भरोसा जनाएकाछन् । हौसला बढाएका छन् । यद्यपि यसअघि उनको मृगौला प्रत्यारोपण गरेका भारतीय डक्टर पनि सल्लाह र सहयोगको लागि नेपाल झिकाइएका छन् ।
त्रि.वि.वि. शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएकै दिन प्रधानमन्त्रीजीले दिएको भिडियो सन्देश भावुक र हृदयश्पर्शी पनि थियो । ‘सपना अलपत्र पारेर अलप हुन्न भन्ने उनको संदेश साहित्यिक र कलात्मक पनि छ र आत्म विश्वासले भरपूर पनि । त्यसो त, ओलीजीको साहित्य प्रति पनि अनुराग छ । उनको एक खण्डकाव्य मैले केन्द्रीय कारागारमा उनकै मुखारविन्दबाट सुनेको पनि हुँ ।
चैत, वैशाखका विरह र उराठ लाग्दा दिन । अग्ला पर्खालले घेरिएको माथि आकास बाहेक अरु बाहिर केही नदेखिने धरहरा नगिचैको यो केन्द्रीय कारागारमा, त्यसवेला चल्तीमा रहेका हत्तीछाप दुई कापी भरी लेखिएको उनको खण्ड काव्यको श्रवण गर्ने म एक स्थायी श्रोता थिएँ । भाव, भाषा, ढब र लय केही नमिले पनि मैले राम्रो छ भनेर प्रशंसा गर्दथेँ । त्यसबाट ओलीजी खुसी भएको उनको अनुहारले म पनि खुसी हुन्थेँ । माथि नै भनिसकेँ जेल जीवनको दिउँसोको बेला बढी उराठलाग्दो हुन्छ ।
काठमाडौंको केन्द्रीय कारागारमा संगै बस्दा मैले अनुभव गरेका ओली र अहिले यहाँसम्म आउँदा अर्थात मुलुकका प्रधानमन्त्री बनेका ओलीको योग्यता र औकातको तुलना गर्दा यो पङ्तिकारलाई लाग्छ ओलीजीले धेरै ठूलो फड्को मारेका हुन् । प्रतिबद्धता र इमान्दारीको कुरा भने आफ्नो ठाउँमा छँदैछ ।
नेपालीहरुको आम बानी, व्यहोरा र भावलाई सामान्यीकरण गर्नेहरु भन्छन्–‘नेपालीहरु चाँडै तात्छन्, चाँडै सेलाउँछन् पनि । हल्ला र अफवाहले सजिलै प्रभावित गर्दछ भावकु पनि भइहाल्छन् र विगतका घटनाहरु चाँडै नै विर्सन्छन् ।’ अरु कुरा त मानिसका आआफ्ना सोच वा नजरिया हुन् । तर विगतका कुराहरु चाँडै विर्सने भने हाम्रो सामाजिक बानी नै हो । एउटा मास एम्नेसिया हो नेपाली समाजको । धेरै दृष्टान्त दिएर यो कथन पुष्टि गर्न सकिन्छ ।
सेक्युरिटि प्रिन्टिङ्ग प्रेस खरिद प्रकरणमा सत्तरी लाख कमिशनको मोलतोल गरेको भिडियो सार्वजनिक भएपछि मन्त्री पदबाट राजीनामा दिन बाध्य भएका गोकुल बाँस्कोटाले आँफू मन्त्रीको पदबाट बाहिरिंदै गर्दा–‘केही दिन अब नेपाली संचार जगतमा मेरो बारे ट्याउँ ट्याउँ चल्छ र सेलाउँछ’ निर्धक्क र निर्लज्जताका साथ भनेका थिए ।

बाँस्कोटाको उक्त अभिव्यक्ति निर्लज्ज त हो तर यथार्थको भने नगिच छ । किनभने, केही अघि नेकपाको उपत्यकाव्यापी एक वृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओेलीले निर्धक्कसाथ भने–विजय मिश्र भन्ने व्यक्ति कुनै हैसियत नभएको हो र उसले प्रचारित गरेको भिडियो नक्कली हो ।
यत्रो ठूलो र गम्भीर कमिशनको काण्ड, जुन एक संगीन आर्थिक अपराधको फौज्दारी मामिला बन्छ त्यसलाई प्रधानमन्त्रीले सार्वजनिक तवरमै ढालबनेर प्रतिरक्षा गर्न उद्यत भएपछि यसको अनुसन्धान, अन्वेषण निष्पक्ष होला भनेर कसरी पत्याउने ?
प्रधानमन्त्री ओलीले उनको नेतृत्वमा मन्त्रिमण्डल गठन भएपछि गृहमन्त्रालय अन्तर्गतका भ्रष्टाचार मामिला हेर्ने निकायहरु सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान संस्था (सीबीआई) जस्ता संस्था र निकायहरु आफ्नै मातहतमा ल्याए । यो कदम अर्थात् शक्तिको केन्द्रीकरण भ्रष्टाचार रोक्न होला भन्ने लागेको थियो–सुरुका दिनहरुमा ।
तर, अहिले कुरा ठीक उल्टो देखियो । भ्रष्टाचारविरुद्ध सक्रियता देखाउनुपर्ने संस्थाहरु आफ्नो अधीनमा राख्ने, कब्जा गर्ने र आफ्नो पकेटका व्यक्ति जो विभागीय मन्त्री छन्, उनीहरुमार्फत् कमिशन खाने, भ्रष्टाचार गर्ने, गोकुल बाँस्कोटाको मात्रै होइन, अरु दृष्टान्तहरु पनि छन् । जसले यो कुराको तथ्यरुपमा प्रमाणित गर्छन् । अनि भ्रष्टउपर कसरी हुन्छ, प्रभावकारी अनुसन्धान ?
नेपाल ट्रष्टको जग्गा यती होल्डिङ्सलाई दिँदा भएको घोटाला उद्घाटित भएपछि यसलाई ढाकछोप गर्न ट्रष्टका अध्यक्ष रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रकाशित गरेको श्वेतपत्रमा पनि धेरै झूटा कुराहरु रहेको, मिथ्याङ्क पेश गरिएको कुरा यससम्बन्धी अध्ययन गरेकाहरुले प्रकाशमा ल्याएका छन् । सामान्य रुपमा विचार गर्दा “पूर्ववर्ती प्रधानमन्त्रीले पनि गरेका थिए” भनेर जिकिर लिँदैमा चोखिन कसरी मिल्छ ? अर्कोले गरेको घोटाला हामीले पनि गर्न हुन्छ भन्ने आशय कसरी ठीक हुन्छ ?

भ्रष्टाचारका काण्डहरु हुँदै गर्ने, ती कुरा समयान्तरमा बिर्सदै जाने हो भने शासकवर्गको लागि योभन्दा सुखद तथा हाइसञ्चोको विषय अर्को केही हुने छैन । सचेत नागरिकहरुको कत्र्तव्य यो हो कि भ्रष्टाचारका काण्ड, राष्ट्रघातका विषयहरुलाई हामीहरुले यसरी उठाउँ कि त्यसले विषयलाई एउटा निष्कर्षमा पु¥याओस् । त्यस्तो कुकार्यको पुनरावृत्ति गर्न आँट कसैले नगरोस् । कमसेकम पनि यो हामी गर्न सक्छौं ।

ओलीको विश्वासपात्र मानिएका उपप्रधानमन्त्री पोखरेललाई अध्यक्ष बनाउनकै लागि ट्रष्ट सम्बन्धमा नियमन गर्ने कानून नै परिवर्तन गरेर, ट्रष्ट संचालक समितिको बनावट (स्ट्रक्चर) नै परिवर्तन गरिएको छ –। आश्चर्य त यो छ कि प्रधानमन्त्रीजीको गत हप्ता जन्मगाउँमा मनाइएको जन्मोत्सवमा काटिएको केक हेलिकोप्टरमा उडाएर सो गाउँमा पु¥याउने यती होल्डिङ कम्पनीका संचालक नै थिए ।
ओली नेतृत्वका मन्त्रिमण्डलका खासमा तीन पात्रहरु उनका ‘विश्वासी’ हुन् भन्ने कुरा यी पात्रहरुको सम्बन्धलाई नगिचबाट नियालेका, चिनेकाहरुको कथन रहिआएको हो । यी तीनमध्ये पनि अझ बढी विश्वासी भनेर चर्चामा आएका गोकुल बाँस्कोटा हुन् । मन्त्री भएपछि पनि उनी भक्तपुर बालकोटको ओली निवासमा बस्छन् भन्ने कुरा जगतलाई थाहा नहुने कुरा भएन । त्यही निवासमा बसेर उनले कमिशनका लागि गरेको एउटा केसको पर्दाफास भएको हो । अरु कति यस्ता कुकृत्य भएका होलान् ? शायद अहिले पनि उनी ओली निवासमै छन् ।
अरु, बाँकी दुई पात्रमध्ये एक उपप्रधानमन्त्री ईश्वर पोखरेल हुन् । उनको अनुहार यती होल्डिङलाई स्वर्गीय राजा वीरेन्द्रको सम्पत्तिको ट्रष्टका घरजग्गा कसरी दिए त्यो ऐनामा देखिएकै छ । उनले प्रकाशित गरेको श्वेतपत्रलाई वास्तविकता बुझेकोले कालोपत्र (ब्ल्याक पेपर) भनेका छन् । तेस्रो पात्र,अर्थमन्त्री डा. युवराज खतिवडा हुन् । सोझा र भद्र देखिने यी अर्थविद्लाई ओलीको ‘खास मानिस’ मध्ये गन्छन् । अमेरिकासँगको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतासँग सम्बन्धित केही सम्झौताहरु परराष्ट्र मन्त्रालयलाईसमेत थाहा जानकारी नदिई गरिएका छन् भन्ने कुरा नेकपाकै केही नेताहरुले सार्वजनिक गरेका छन् । आपत्तिजनक सम्झौता अपारदर्शी तवरमा कुन अभीष्टले भएका हुन् ? नेपाली जनतालाई गुमराहमा राख्ने र महाशक्ति राष्ट्रको स्वार्थ पूरा गराउने काम अस्वीकार्य छ ।
भ्रष्टाचारका काण्डहरु हुँदै गर्ने, ती कुरा समयान्तरमा बिर्सदै जाने हो भने शासकवर्गको लागि योभन्दा सुखद तथा हाइसञ्चोको विषय अर्को केही हुने छैन । सचेत नागरिकहरुको कत्र्तव्य यो हो कि भ्रष्टाचारका काण्ड, राष्ट्रघातका विषयहरुलाई हामीहरुले यसरी उठाउँ कि त्यसले विषयलाई एउटा निष्कर्षमा पु¥याओस् । त्यस्तो कुकार्यको पुनरावृत्ति गर्न आँट कसैले नगरोस् । कमसेकम पनि यो हामी गर्न सक्छौं ।
प्रधानमन्त्रीजी ! मिर्गौला प्रत्यारोपणपछि शीघ्र स्वास्थ्य लाभ गर्नुहोस्, नयाँ ऊर्जा प्राप्त पनि गर्नुहोस्, शुभकामना छ । त्यसको साथै जे बोल्नुहुन्छ पब्लिकमा, आफ्नो वचनमा इमान्दार हुने प्रेरणा लिने र प्रण गर्ने पनि गर्नुहोस् । भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने जुन वचन तपाई बारम्बार भाषणमा भनिरहनु हुन्छ के अस्पतालबाट बालुवाटार फर्केपछि यो आफ्नो भनाइलाई इमान्दारीपूर्वक अमल गर्नुहुनेछ ? नेपाली जनताको अपेक्षा भाषण र आश्वासनमा होइन, इमान्दारीपूर्ण व्यवहारको हो ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width