परीक्षाका लागि वैकल्पिक विधि अपनाऔं

जमुना ढकाल
जेठ ११, २०७८

चीनको वुहानमा सर्वप्रथम ३१ डिसेम्बर २०१९ मा देखिएको कोभिड–१९ बाट कुनै पनि देश अछूतो रहन सकेनन् । महामारीको रूप लिएको कोभिड–१९ विश्वभर नै तीव्र गतिमा फैलियो । नेपालमा पनि १३ जनवरी, २०२० मा पहिलो पल्ट कोरोना पुष्टि भएको थियो । छिट्टै फैलिने भाइरस भएको कारण संक्रमितको संख्या दिनप्रतिदिन ह्वात्तै बढ्यो । सरकारले कोरोना जोखिम कम गर्ने हेतुले २४ मार्च ,२०२० देखि पहिलो पल्ट लकडाउन घोषणा गर्‍यो । लामो समयसम्मको लकडाउनले नेपालीले भोकमरी समस्या समेत भोग्नु प¥यो । तर पनि संक्रमित संख्या घट्नुको सट्टा बढ्दै गयो । सायद इतिहासकै पहिलो भााइरस होला यो यति लामो समयसम्म सक्रिय रहेको र लाखौंले ज्यान गुमाइसकेका छन् ।

अधिकांश विद्यालय क्वारेन्टिन रुपमा प्रयोग भए । व्यापार, व्यवसाय ठप्प बने । विद्यार्थीको १ वर्ष यसै गयो । पछिल्लो समय २०२० अन्त्यतिर अवस्था सामान्य रहेको मान्दै विद्यालय, बजार, व्यापार, व्यवसाय सबै खुुले । तर, सन् २०२१ लागेपछि नयाँ प्रकारको कोभिड सक्रिय हुन गएको छ । दिनानुदिन संक्रमित संख्या र मृत्यु हुनेको संख्या बढिरहेकै छ ।

शैक्षिक सत्र गुमाइसकेर अब त पढ्न पाइएला भनी सुनौलो भविष्यको कल्पना गरेर बसेका विद्यार्थीको पुन परीक्षा चलिरहँदा भएको लकडाउनले सपना चकनाचूर भएको छ । कतिपयको त मानसिक अवस्था र मनोबल नै कमजोर भइसकेको छ ।

केवल लकडाउन नै निराकरणको उपाय ठानेको सरकारले किन वैकल्पिक विधिबाट परीक्षा र पठनपाठन प्रभावकारी बनाउन सकेको छैन ? यति लामो समयसम्म रहेको भाइरस फेरि नयाँ रुपमा आउँदासम्म पनि पर्याप्त हस्पिटल छैनन् ।

बिरामीको भर्ना लिन मान्दैनन् । लिइहाले पनि बेड छैनन् । अक्सिजनको उस्तै अभाव छ । के स्वास्थ्यकर्मी मात्र दिनरात खटिएर हुन्छ र ? सरकारले यो विषयमा तत्काल कदम चाल्नु पर्दैन ? रोकिएका परीक्षा तत्काल वैकल्पिक विधिबाट गर्न सम्बन्धित निकायलाई दबाब दिनु जरुरी छ । यस विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण होस् ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width