नेपालीको आकर्षक गन्तव्य —क्यानडा

विष्णुप्रसाद श्रेष्ठ
फागुन २०, २०७६

क्यानडामा व्यापारिक क्षेत्र र बसोबास क्षेत्रलाई एभन्यूज¬(बस्ती) भनिदो रहेछ भने व्यापारिक क्षेत्रलाई डाउन टाउन् भनिदो रहेछ । बसोबास क्षेत्रमा व्यापार व्यवसाय गर्ने वा उद्योग संचालन गर्ने कुरा पूर्णरुपमा प्रतिबन्ध लगाइएको हुदो रहेछ ।

एकदिन घरमा वसिरहेको वेला फोनको घण्टी वज्यो । फोनमा हेर्दा थाहा भयो कि क्यानाडामा बसेकी मेरी छोरी अस्मिता श्रेष्ठले फोन गरेकी रहिछन् । हामी बीच सञ्चो विसञ्चोको कुरा भएपछि उने भनिन– ‘बुबा तपाई क्यानाडा घुम्न आउनुस’ । मैले वहाना बनाएर फुर्सद नभएको बताए पछि तिनले पनि दरोसंग निम्तो गरिन् ‘छोरी आयुषीको सूर्य दर्शन (गुफा राख्ने) को कार्यक्र राख्न हो तपाई जसरी पनि आउनु प¥र्यो’ । नेवारी समाजमा सूर्य दर्शन कार्यक्रमलाई महत्वका साथ हेरिन्छ । त्यसकारण मैले पनि तुरुन्त जवाफ दिए – ‘हुन्छ आउँला’ ज्वाई किरण अवलाले त्यसपछि भिसाको प्रकृया अगाडि बढाउनु भयो । सवै प्रकृया भएपछि आँैलाको छाप (फिंगर प्रिन्ट) दिनका लागि काठमाडौँ स्थित कार्यालयमा जानुप¥यो । आँैलाको छाप दिएको करीव २१ दिनपछि भिसा लागेको समाचार आयो ।
भिसा त आग्यो, तर आफु पूर्ण रुपमा यात्राका लागि तयार भईसकेको थिइन । मलाई पाश्चात्य राज्य घुम्न त्यति धेरै इच्छा पनि थिएन । विकासको चरम चुलिमा पुगेको भनिएको पश्चीमी राष्ट्रको जन जीवन कस्तो छ । हेर्न पाए हुन्थ्योे भन्ने उत्सुकता मनको एक कुनामा जमेर वसेको थियो । फेरि एकदम मिल्ने साथी नवीन र इन्दिरा नेपालबाट क्यानडा आउँछन् तपाई उनीहरुसँग आउनुस् है । भनेर छोरीले भनिन् । एकदम मिल्ने मात्र नभई विश्वासिलो तथा भरपर्दाे विशेषण पनि छोरीले भने पछि मैले हुन्न भन्न सकिन । यसै सिलसिलामा “साउदर्न चाइना एअरलाइन” को टिकट काटियो र म २०४६ साल असारको अन्त्यतिर क्यानडा पुगेँ । विमानस्थलमा छोरी ज्वाई नाति नातिनी मात्र नभई उनका मित्रहरु पनि स्वागतार्थ आएका रहेछन् । त्यसपछि छोरीको घरमा पुगियो र यात्राको बेलिविस्तार लगाइयो ।
मेरो छोरी ज्वाईको घर “टोरोन्टो जि.टी.ए” भित्र पर्दोरहेछ । पोखरा महानगर पालिकाले हाल लामाचौर, बाटुलेचौर, भलाम, अर्मला, कास्की कोट, क्षेत्र पनि ओगटेको जस्तै टोरन्टो महानगरपालिका भित्र वरपरको धेरै क्षेत्र पर्दो रहेछ । क्यानडामा व्यापारिक क्षेत्र र बसोबास क्षेत्रलाई एभन्यूज¬(बस्ती) भनिदो रहेछ भने व्यापारिक क्षेत्रलाई डाउन टाउन् भनिदो रहेछ । बसोबास क्षेत्रमा व्यापार व्यवसाय गर्ने वा उद्योग संचालन गर्ने कुरा पूर्णरुपमा प्रतिबन्ध लगाइएको हुदो रहेछ । यसले गर्दा नुन, सलाई, तरकारी जस्ता सस्तो तर नभई नहुने सामग्री किन्न गाडी चढेर १५÷२० मिनेट टाढा पुग्न पर्ने स्थिति हुँदो रहेछ । मेरो छोरी ज्वाई बसेको लिन्डेन एभन्चुजबाट मुख्य शहर टोरण्टो पुग्न जीपमा करिब १ घण्टा लाग्दो रहेछ ।
हरेक बस्ती नजिक विद्यालय र उपचार केन्द हुनुपर्ने व्यवस्था रहेको छ । यसैगरी हरेक बस्ती नजिक खुलाचौर र चौरमा केटाकेटी देखि युवा सम्मलाई खेल्ने व्यवस्था गरिएको हुदो रहेछ । हरेक बस्तीबाट सार्वजनिक यातायातको व्यवस्था गरिएको रहेछ । क्यानडामा शिक्षा अनिवार्य छ र निःशुल्क छ । क्यानडामा उमेर अनुसारको कक्षाको व्यवस्था गरिएको हुदो रहेछ । मानौँ २०६० मा जन्मेका सबै विद्यार्थी एउटा कक्षामा हुन्छन् भने २०६१ को अर्को कक्षामा । विद्यालय सरकारी स्तरमा संचालन भएका छन् । कक्षामा निश्चित संख्यामा भन्दा बढी विद्यार्थी राखिनुका साथै उसका मनोवृति, अनुशासन, पढाइमा रुचि आदिका बारेमा सूक्ष्म रुपमा अनुगमन गरिने र समय समयमा अभिभावकलाई बोलाएर छलफल गरिँदो रहेछ ।

क्यानडा प्रजातान्त्रिक मुलुक भएपनि व्यवहारबाट हेर्दा यो समाजवादी मुलुक देखिन्छ । यहाँ शिक्षा स्वास्थ्य निःशुल्क छ भने रोजगारीको समस्या छैन । कुनै कारणले बेरोजगार भएमा सरकारले भत्ताको व्यवस्था गरेको छ । नाबालक तथा बृद्धबृद्धाका लागि पनि भत्ताको व्यवस्था रहेछ । यस्तैगरी आयको प्रकार अनुसार आयकर, सम्पत्ति, कर आदि तिर्नुपर्ने रहेछ ।

क्यानडामा नागरिकता पाएका स्थायी बासिन्दा वा स्थायी रुपमा बस्न अनुमति पि.आर पाएका बासिन्दालाई स्वास्थ्य सेवा निःशुल्क छ तर घुम्न गएका नातेदार अथवा पर्यटकले विमा नगरेको भएमा औषधि उपचार गर्न ज्यादै महगो रहेछ । त्यो यति महगो छ कि प्रायजसो नेपाली त्यहाँ औँषधि गर्नै नसकी नेपाल फर्किने गरेको सुनियो । क्यानडाको राम्रो पक्ष भनेको यातायात पनि हो । प्रायजसो हाइ वे कम्तीमा ८ लेनको हुन्छ । भने प्राय १६ लेनको हुन्छ । हिउँ परेको बेलामा पनि राजमार्गमा हिउँ सफा गरिएको हुन्छ ।
क्यानडा प्रजातान्त्रिक मुलुक भएपनि व्यवहारबाट हेर्दा यो समाजवादी मुलुक देखिन्छ । यहाँ शिक्षा स्वास्थ्य निःशुल्क छ भने रोजगारीको समस्या छैन । कुनै कारणले बेरोजगार भएमा सरकारले भत्ताको व्यवस्था गरेको छ । नाबालक तथा बृद्धबृद्धाका लागि पनि भत्ताको व्यवस्था रहेछ । यस्तैगरी आयको प्रकार अनुसार आयकर, सम्पत्ति, कर आदि तिर्नुपर्ने रहेछ ।
क्यानडा क्षेत्रफलको आधारमा विश्वको दोस्रो ठूलो देश हो । तर यहाँको जनसंख्या करिब करिब नेपालको जनसंख्या भन्दा थोरै भएकाले क्यानडा सरकारले हरेक वर्ष उस्तै निर्धारण गरेको विषय र योग्यता अनुसार योग्य भएका विदेशी नागरिकलाई स्थायी बसोबासको अनुमति पत्र पी.आर. दिएर विदेशीलाई भिœयाउने गरेको रहेछ । यसै सिलसिलामा नेपालीहरु पनि विगत १० वर्षदेखि त्यहाँ जान थालेका रहेछन् । त्यहाँ हाल विद्यार्थीहरु पनि जान थालेका छन् ।
क्यानडामा १२ वटा प्रान्त छन् । विदेशी आप्रवासन नीति “इमिग्रेशन पोलेसी” राष्ट्रिय स्तरको र प्रान्तीय स्तरको हुदोँ रहेछ । हाल क्यानडामा नेपालीको संख्या करिब २५ हजारजति पुगेको अनुमान गरिएको छ । त्यतिकै मात्रामा चिनिया, भारतीय, श्रीलंकाली, अफ्रिकन भएको पाइयो भने अन्य थुपै्र देशका पनि छन् । व्यापारिक केन्द्र तथा कार्यालयमा हेर्दा अश्वेतको संख्या बढी देख्न्छिन् । राजनीतिमा पनि अश्वेतको सहभागिता बढी देख्न्छि । क्यानडामा नेपालीहरु समुदायमा मिलेर बसेका छन् । हरेक परिवार कुनै न कुनै समुदायसंग आबद्ध भएका हुन्छन् । प्रायः त्यो समुदाय भाषा र सँस्कृतिसंग आधारित देखिन्छन् ।
क्यानडा गएका नेपालीहरु प्रायः उच्च शिक्षा हासिल गरेका छन् । मैले भेटेको र चिनेका नेपालीहरु मध्ये कोही चार्टड एकाउन्टेन्ट,कोही आई.जी ईन्जिनियर कोही कानून व्यवसायी ,कोही चिकित्सा पेशा सँग आबद्ध रहेको पाइयो । प्रायजसोको आर्थिक स्थिति दरिलो भएका र कतिपयले राम्रो जागिर छोडेर गएको बताए । कतिपयले नेपालको मासिक आय ३÷४ लाख भएपनि छोडेर आएको बताए । कतिको त नेपालमा घर जग्गा जमिनको व्यवस्थापन गरिरहेका व्यक्तिको अभाव भएको पनि बताए । नेपालमा राम्रो व्यवस्था हुदाँ हुदैमा पनि किन क्यानडा लगायतका पश्चिमी राष्ट्रमा जान नेपालीहरु लालायित हुन्छन् त ?
यसमा मैले अध्ययन गर्दो मुख्य कुरा सिष्टम (शासकीय व्यवस्था ) र सोच हो भने जस्तो लाग्यो । क्यानडामा प्रायजसो कुनै पनि काम गर्नुप¥यो भने कार्यालयमा जानु पर्ने वा कर्मचारीलाई भेटनु पर्दैन । जागीर खान, घर जग्गा खरीद गर्ने बेच्ने कुनै नेता, अधिकारी, हाकिम कसैलाई भेटनु पर्दैन् । कम्प्युटर वा ल्यापटप चलाएर सारा काम घरमा बसी बसी हुन्छ । तर नेपालमा भनसुन, चाकडी, चाप्लुसी गर्ने आर्थिक चलखेल नगरेसम्म जागिर मात्र होइन कुनै काम पनि सम्भव छैन । जीवनमा धेरै नरमाइलो पीडा भोगेपछि दक्ष जनशक्ति विदेशिने रहेछन् । नेपालबाट गएका यी इमान्दार ,कर्मठ र दक्ष जनशक्तिको कारण क्यानडा लगायतका पश्चीमी मुलुकहरु मात्र होइन अरब तथा अफ्रिकी मूलकाहरु अझ विकसित र समृद्ध बन्दैछन् ।
नेपालमा राजनीति थोरै गर्ने नियम कानूनको पालना शतप्रतिशत गर्ने, अपराधीलाई दण्डित गर्ने हो भने नेपालीहरु विदेशिनु पर्ने बाध्यताको अन्त्य हुने छ ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width