देश र जनताका लागि काम गर्नुपर्दछ भन्ने एकमात्र उद्येश्यका साथ लागेका ओली सरकारमाथि, आफनै पार्टीवाट अवैधानिक शक्ति आर्जनका लागि अनावश्यक विवाद उछालेर ओली र सरकारमाथि निरन्तर प्रहार गर्नु भनेको घोर अलोकतान्त्रिक र जनअभिमत विरोधी कार्य हो । जुन नेकपाको शिर्ष नेताहरुले पटक पटक ओलीमाथि प्रयोग गरिरहेका छन् ।
पटक पटक शक्ति र सत्तामा टेस्टेड भईसकेका व्यक्तिहरु नेकपाको राजनीतिमा अझै पनि आफनो प्रभुत्व र शक्ति विस्तारका लागि नाङ्गो नाँच नाच्न अभ्यस्त वनिरहेका छन् । व्यक्तिको अवसर र त्यसले प्रदान गर्ने क्षमता निश्चित समयसम्मका लागि हुन्छ र हुनुपर्दछ, नकि पटक पटक । नेपालको राजनीतिमा अहिले आएर फेरि शक्ति र सत्ताका लागि अवैधानिक वाटोवाट शक्ति आर्जनका लागि मरिहत्ते गरेका देख्दा लाग्दछ, नेताहरुका लागि आम जनता साँच्चै भेडा नै हुन् । जसले आफनो विचार र धारणा वनाउन सक्दैनन, उनीहरुका आफनो धरातल छैन, नेताहरुका आसपास रहनु नै जीवनको मुल ध्येय हो, यहि विकसित सोच लामो समयसम्म नेताहरुको रहिरहयो, रहिरहनेछ, जसका मतियारा हामी नै हो ।
नेपालको राजनीतिमा लामो समयपछि नेकपाको एकमना सरकारले नेतृत्व गरिरहेको छ । विपक्षी पार्टीहरु समेत सरकारको विरोध गर्ने विषयवस्तुहरु नपाएर वसिरहेको सन्दर्भमा शक्ति र स्वार्थ केन्द्रित व्यक्तिहरु विचार र सिद्धान्तको मूल मर्म भन्दा वाहिर गएर अपाच्य शक्ति आर्जन गर्न लालयित वनिरहेका छन् । शक्ति र सत्ता पनि वैधानिक मात्र सन्तोषजनक हुन्छ । अवैधानिक शक्ति क्षम्य हुन सक्दैन, जुन व्यक्तिले प्राप्त गरेपनि । अहिलेको जनमत के हो भन्ने समेत हेक्का नहुनेहरु अदृश्य र अवैधानिक ढंगवाट शक्ति आर्जनका लागि गरिएको नाटक मंन्चनले शक्ति र सत्ता प्राप्त गरेता पनि त्यो जनताका लागि पाच्य हुन सक्दैन । अहिलेको जनतालाई भेडा सम्झेर अल्पमत र वहुमतका नाममा शक्ति हासिल गर्नु भनेको कालान्तरमा आफनै खुट्टामा वन्चरो हान्नु शिवाय केहि होईन, समयक्रममा यसको पुष्टि हुनेछ नै ।
निश्चय पनि लोकतान्त्रिक व्यवस्थामा व्यक्ति तथा नेताहरु पार्टीको नीति, सिद्धान्त अनुरुप चल्नुपर्देछ, पार्टी कमिटी नै लोकतन्त्रको मूल धड्कन हो । यसमा कुनै शंका नै छैन । व्यक्तिवाट पार्टी संचालन भएता पनि व्यक्ति तथा सरकार पार्टीको सिद्धान्त अनुरुप नै चल्नुपर्दछ । सामुहिक व्यक्तिको विचार नै पार्टी हो । अहिले पार्टीको विचार, कार्यदिशा, सिद्धान्तमा कुनै पनि नेताहरु वीच कुनै पनि प्रकारको विचारमा भिन्नता रहेको पाईदैन । पार्टीको विचारमा सवैमा समानता पाईन्छ, तर अहिले पार्टीको कार्यदिशा र सिद्धान्तमा होईन, सत्ता र शक्तिका लागि अनावश्यक रुपमा नेतृत्वमाथि प्रहार भईरहेको छ । अध्यक्ष एवं प्रधानमन्त्री ओलीको आफनै सर्वसत्तावाद, एकांकीपन होलान्, तर स्वार्थता छैन । जसरी पनि देश र जनताका लागि काम गर्नुपर्दछ भन्ने एकमात्र उद्येश्यका साथ लागेका ओली जनविरोधी र आफनो भूमिका छाँयामा पर्ने डरले अनावश्यक विवाद उछालेर ओली र सरकारमाथि निरन्तर प्रहार गर्नु भनेको घोर लोकतन्त्र र जनअभिमत विरोधी कार्य हो । जुन नेकपाको शिर्ष नेताहरुले पटक पटक ओलीमाथि प्रयोग गरिरहेका छन् ।
जनता के चाहन्छन्,। जनअभिमत के हो, सरकारले कस्तो काम गरिरहेको छ ? त्यसको वस्तुनिष्ठ छलफल पार्टीभित्र आवश्यक छ । सरकारले जनमतको भावना भन्दा वाहिर गएर काम गरेको छ भने पार्टीले सुझाव दिन सक्दछ तर काम कुरो एकातिर कुम्लो वोक िठिमितिर भनेझै सरकार देश र जनताको लागि अविछिन्न रुपमा उत्तरदायित्व वहन गरिरहेको सन्र्दभमा ओली सरकारको लोकप्रियता देखेर आफनो भूमिका विलिन हुने आशंकामा जलिरहेको नेतृत्वगणहरुको यो व्यवहारलाई आम जनतालाई सहज रुपम ग्रहण गरेका छन् ।
विपक्षी पार्टीहरु समेत सरकारको विरोध गर्न नसेकेको सन्दर्भमा शक्ति र स्वार्थ केन्द्रित व्यक्तिहरु विचार र सिद्धान्तको मुल मर्म भन्दा वाहिर गएर अपाच्य शक्ति आर्जन गर्न लालयित वनिरहेका छन् । शक्ति र सत्ता पनि वैधानिक मात्र सन्तोषजनक हुन्छ । अवैधानिक शक्ति क्षम्य हुन सक्दैन, जुन व्यक्तिले प्राप्त गरेपनि ।
स्थिर सरकार आफनै गतिमा समृद्ध देश सुखी नेपाली वनाउने अभियानमा तिव्रताका साथ हिडिरहेको सन्र्दभमा, ओली सरकारको विभिन्न देशहरुवाट तारिफ र पुरस्कृत भईरहेको सन्र्दभमा आफनै पार्टीभित्रका सीमित स्वार्थ केन्द्रीत झुण्डहरुले आफनो विगत हेर्ने दुस्साहस गर्दा राम्रो हुन्छ । आर्थिक सुचकांक होस वा महामरीको यो विकराल रुपमा ओली सरकारको सफलतालाई विश्वले नै ग्रहण गरेर पुरस्कृत गरिरहदाँ ओली सरकारको सफलतालाई व्यक्तिको सफलतासँग दाँजेर हेर्नेहरु देशका धमिरा हुन, ओली सरकार सफल हुदाँ नेकपा नै वलियो हुन्छ, नेकपा वलियो हुदाँ हामी सवै वलियो हुन्छौ भन्ने समेत वुझन नसक्नेहरु जसरी हुन्छ, ओलीको साख झारेर आफु शक्तिमा रम्नका लागि अभ्यस्त वनिरहेका छन् । जुन अहिलेको सन्र्दभमा अनुकुल होईन । जनताको जनादेश स्थिर सरकार र समृद्ध नेपाल सुखी नेपाली हो । जुन पुरा गर्नका लागि पार्टीभित्रका नेताहरु लाग्नुपर्ने समयमा ओली सरकारको विरुद्धमा लागेर अवैधानिक शक्ति र सत्ता हासिल गर्ने मनसायका लागि लागिपरेका छन् , त्यसले यसका मतियारहरुलाई कदापी क्षमा गर्दैन ।
पार्टी विचारको समुह हो । त्यसको नेतृत्व व्यक्तिले गर्दछ । नेकपा र सरकारको नेतृत्व अहिले ओलीले गरेका छन् र त्यहि जनमत पनि हो । सरकारले अध्यादेश ल्यायो , त्यसले विवाद निम्त्यायो, पार्टीले फिर्ता लिन सुझाव दियो, फिर्ता भयो । त्यसैका आधारमा मात्र ओलीलाई सरकार र अध्यक्षवाट राजिनामा माग्न मिल्छ ? विषयवस्तुको उठान जनतालाई समेत पाच्य हुनुपर्दछ, नकि सिमित नेतालाई मात्र । ओली वाट कमि कमजोरी अवश्य नै भयो होला, सरकार र पार्टी सन्चालन गर्ने क्रममा , त्यसका लागि निश्चित फोरम हुन्छन् । फेरि अध्यादेशको निहुँमा सरकार र अध्यक्षवाट नै राजिनामावाट फिर्ता भन्ने कमजोर चेतना र स्वार्थप्रेरित अभिप्रायको द्योतक शिवाय केहि हुदैन । शक्ति आर्जनका लागि कर्मको आवश्यकता पर्दछ, विना कर्मको शक्तिले आफैलाई पोल्दछ । अध्यारो कोठामा वसेर जनअभिमत विपरित फगत शक्ति र सत्ताका लागि गरिएको तिकडम कदापी मान्य हुन सक्दैन ।
मदन भण्डारी पछि, कावा, सर्वसम्मत र निर्वाचित हुदै लामो समयसम्म पार्टीको महासचिव हुदै देशका प्रधानमन्त्री समेत वनिसकेका माधव कुमार नेपाल नेकपामा लामो समयसम्म योगदान दिएका नेता हुन् । झलनाथ, वामदेव, प्रचण्डहरु पनि लामो समय सम्म पार्टीको नेतृत्व तहमा वसेर सरकारको नेतृत्व समेत गरिसकेका छन् । पार्टी र सरकार संचालनको यो लामो अवधि व्यतित गरिरहदाँको अनुभवलाई सँगालेर नेतृत्व र सरकारलाई जिम्मेवार वनाउदै जनभावना अनुरुप सरकार चलाउनु नै अहिलेको मुख्य आवश्यकता हो । नकि अवैधानिक तवरवाट शक्ति र सत्ता संचालनका लागि गणितीय दम्भ देखाउने वेला हो यो । विचार र सिद्धान्तको प्रयोग जनहितका लागि प्रयोग हुनुपर्दछ, नकि शक्ति र सत्ता आर्जनका लागि , स्व मदन भण्डारीले भन्नुभएझै, सिद्धान्तका लागि जीवन होईन, जीवनका लागि सिद्धान्त हुनुपर्दछ ।
प्रतिपक्षले समेत सरकारको काम गराईलाई विरोध गर्न नसकेका सन्र्दभमा सरकारको नेतृत्व गरेको नेतृत्व पंक्तिको विरोध अहिलेको सन्र्दभमा कदापी पाच्य हुन सक्दैन । अधिवेशनवाट निर्वाचित अध्यक्षलाई नै विस्थापित गरेर गरिने शक्ति आर्जनले भोलीको दिनमा कसरी सरकार र सत्ता संचालन गर्न सकिन्छ भन्ने कुराहरु शक्ति र सत्तालाई नै प्रधान देख्नेहरुले ठण्डा दिमागले सोच्न जरुरी छ नभए, आफनो घर जलाएर खरानी वटुल्न अभ्यस्तहरुलाई राम राम भन्न सकिएला, काँध थाप्न सकिदैन ।
Related News
सम्बन्धित समाचार
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१