नारीशक्ति र हिन्दू धर्म

पार्वता पौडेल
फागुन २५, २०७६

नारी शक्तिलाई पूर्वीय दर्शनमा निकै महत्वकासाथ प्रयोग गरेको पाइन्छ । आजको विश्वमा नारी समानता खोज्ने पश्चिमी संस्कृतिलाई परापूर्व काल खण्डमा पूर्वीय दर्शनले उतिबेलै चुनौती दिएको थियो । समाज सभ्य र सुसंस्कृत बनाउनका लागि परापूर्व कालमा ऋषि तपस्वीहरुले साधना र तपस्याबाट साक्षात्कार गरेर उल्लेख गरिएका धर्म , दर्शन, सम्प्रदायका शास्त्रहरुको जानकारी नभएसम्म समाज नै दिग्भ्रमित हुने हुनाले शास्त्रको ज्ञान हुन अति आवश्यक मानिन्छ । शास्त्र ती सत्यहरु , सिद्धान्तहरु , शक्तिहरु र प्रक्रियाहरको ज्ञान हो जो सिद्धिकोलागि आवाश्यक पर्दछ ।
शास्त्रको नियम त्यागेर आफनो इच्छा अनुसार चल्ने ब्यक्तिले सिद्धि सुख र सर्वोच्च लक्ष्य प्राप्ति गर्न सक्दैनन् (गीता १५र२३ ¬) त्यसैले के गर्नु हुन्छ , के गर्न हुदैन भन्ने कुरा निर्धारण गर्नकालागि शास्त्रलाइ नै प्रमाण मान , शास्त्रको तत्व बुझने काम गर (गीता १५र२४) हिन्दुहरुको सर्वोत्तम र आधारभूत शास्त्र वेद सबैका लागि उपयोगी र अर्थपूर्ण छ । हिन्दु धर्म उदार छ । महान वैज्ञानिक अल्वर्ट आइन्सटाइनले भनेका छन ूधर्म विना विज्ञान लङगडो हुन्छ , विज्ञान विना धर्म अन्धो हुन्छ । एउटा प्रसिद्ध भनाइ छ, ुुधर्मो रक्षति रक्षित ुु यदि हामीहरुले धर्मको रक्षा र पालना गर्यौ भने धर्मले पनि हाम्रो रक्षा र पालना गर्ने गर्छ ।
कुनैपनि देशको आफनो धर्म ,संस्कृति, राष्ट्रियता नष्ट हुन गयो भने त्यहाँ त्यो राष्ट्रको आत्मा कमजोर हुन जान्छ । सँस्कृतिको आधार शास्त्र या धर्मग्रन्थ नै हो । राजनीतिक विज्ञानका जनक प्लेटोले आफनो देशको सँस्कृतिलाई घृणा गर्ने मानिसहरुलाई अपराधी भनेका छन् । वर्तमान अवस्थामा वेद र शास्त्र विरोधी नास्तिकहरु, राजनितिक संगठनहरु र झिनामसिना विधर्मीहरु हिन्दु धर्म माथि नाङगो चलखेल गर्न जोडबल गरिरहेका छन । आधा आकाश ओगटने मातृशक्ति अर्थात महिलाहरुको अधिकार र महिला पुरुष समानताका बारेमा वेद स्पष्ट छ । तर हिन्दु धर्मले नारीहरुको अपमान गरेको छ , लैङिगक विभेद काय गरेको छ भनेर धर्ममा आस्था भएका ठूलो जनसंख्यामा रहेका महिला वर्गलाई हिन्दु धर्मको मूल प्रवाहबाट भड्काउने कोशिस तीव्रगतिमा भइरहेको छ ।
अहिलेको अवस्थामा महिलाहरुनै धार्मिक कृयाकलापमा बढि सहभागी हुनेगरेका छन् । यसैको गलत फाइदा उठाएर महिलाहरुलाई झूटो आश्वासन दिई बिरामी सँचो हुन्छ, अस्पताल जानुपर्दैन, नबनेका कामहरु बन्छन भनी अफवाह फैलाउँदै नियोजित ढङगबाट धर्मपरिवर्तन गर्नेकार्य भइरहेको छ। प्रशासनसमेत मौन छ ।
अतः आजका २१औं शताब्दीका महिला दिदी बहिनीहरु अरुको लह(लहैमा नलागी आफनो स्वधर्ममा अडिग हुनुनै मानवीय धर्म पालना गरेको ठहर हुनेछ । परापूर्वककालदेखि नै नारी देवीका रुपमा पुजिदैआएको कुरा हाम्रा धर्म ग्रन्थ र शास्त्रहरुले स्पष्ट रुपमा प्रष्ट्याएका छन् । पछिल्लो समयमा शास्त्रको अपव्याख्या गरी वेदको वास्तविकतालाई बंग्याइएको छ । तर वेदले नारीलाई जीवनका हरेक पक्षमा प्रत्यक्ष अधिकार दिएको छ । नारी पनि कन्या गुरुकुलमा रहेर पुरुषकुमारकै सरह शिक्षा दिक्षाको समान अवसर प्राप्त गरेका प्रशस्त उदाहरणहरु छन् ।
प्राचीन आर्य नारीहरु धनुर्वेद अर्थात यद्धकौशलमा निपुर्ण थिए भन्ने कुरा राजा दशरथ लाई कैकेयीले युद्धमा साथ दिएको कुराबाट स्पष्ट हुन्छ । पढ्ने वातावरण नपाएका संस्कृत साहित्यका महाकवि कालिदासले विवाह गर्दा शास्त्रविद् विदूषी विद्योत्तमासंग शास्त्रार्थ गर्नुपरेको इतिहास पनि साक्षी छ । सानो शंका र बैचारिक बिभेदको आधारमा नारीको अस्तित्व समाप्त पार्ने गरी सम्बन्ध विच्छेद गर्ने गराउने वर्तमान प्रणालीमा बाँचेका हामीहरुले नारीको महत्व कति छ भन्नेकुरा अपहरित सीताको मुक्तिका लागि रामले मूल्य चुकाएको कुराबाट बुझन सकिन्छ । प्रसिद्ध स्मृति ग्रन्थ मनस्मृतिले भनेर कन्या र कुमार दुबैलाई ब्रह्मचर्यमा राखेर शिक्षा दीक्षा नदिने बाबु आमालाई दण्ड दिने भनेर राजाले राज्यलाइ निर्देशन गरेको छ ।
हाम्रा ऐतिहासिक पुरुषको नाम पनि पत्नी संग जोडिएर आउछन । जस्तै गौरी शंकर , लक्ष्मीनारायण , रामजानकी ,शिवपार्वती ,राधाकृष्ण आदि कुराहरुले सनातन वैदिक धर्ममा नारी वर्गले पुरुष समान अधिकार, अवसर र सम्मान पाएका थिए । हाम्रा धर्मशास्त्र हेर्दा व्यभिचार र परस्त्रीजस्ता यौनिक कृयालाई पापाचारको संज्ञा दिदै बहुविवाहको निषेध गरिएको पाइन्छ । त्यस्तै आफनै पत्नीनिरत पुरुषलाई ब्रह्मचारी हुन्छ भनेर एकपत्नी प्रथालाई प्रोत्साहित गरेको छ । जुन घरमा पतिपत्नी बीचको सम्बन्ध राम्रो छ । त्यहाँ सबेै किसिमको कल्याणले बास गर्दछ । पत्नी खुसी भएमा कुल खुसी हुन्छ भने दुःखी भएमा कुल पनि दुःखी हुन्छ भनिएको छ ।
सनातन वैदिक हिन्दु धर्मालम्वीहरुले सके वेद अनुकूल नसके समय अनुकूल आत्म समीक्षा गरौँ र लैङिगक विभेद नगरी नारी र पुरुष दुबैलाई हित गर्ने धार्मिक , सामाजिक , आर्थिक ,राजनीतिक वातावरण सिर्जना गरौँ । पुरुषसँगै हातेमालो गरौँ। नारी पुरुषले एक आपसमा भेदभाव नगरौ । ११० औँ अन्तर्राष्ट्रिय नारी दिवसको पावन अवसरमा विश्वभर रहेका ग्रामीण तथा शहरमा वसोबास गर्ने सबै महिला दिदी बहिनी बीच अस्वस्थ प्रतिस्पर्धालाई त्याग गरी, हुनेखानेले हुँदाखाने दिदीबहिनीलाई हेर्ने दृष्टि समान रहोस् विशेष शुभकामना –जय हिन्दु ,जय नारी ।
लेखक ः विश्वहिन्दू महासंघ कास्कीका अध्यक्ष हुन् ।सं.

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width