जनताबाट तिरस्कृत वामदेवका लागि किन संविधान संशोधन ?

वी.वी.श्रेष्ठ
फागुन २०, २०७६

जनतावाट तिरस्कृत भएका वामदेव कसका लागि प्रधानमन्त्री बन्ने अभिलाषा राखेका छन् ? देश र जनताका लागि प्रधानमन्त्री बन्ने हो भने जनमत लिनु पर्देन ? त्यसका लागि लोकतान्त्रिक विधि चुनाव मार्फत जनताको मन जितेर संसदमा आउनुपर्देन ? । सत्ता र शक्तिमा हुदाँ जनपक्ष्ीाय काम नगर्ने वामदेव फेरि कसका लागि प्रधानमन्त्री हुने अभिलाषा राख्दछन् ?

पटक पटक मन्त्री र उपप्रधानमन्त्री बनिसकेर सत्ताको स्वाद चाखिसकेका वामदेवको रवैयाले अन्ततः यो बहुमतको सरकारलाई पनि असफल बनाउने र राजनैतिक अस्थिरता निम्तने पक्का छ । वामदेवको संसदमा आवश्यकता के का लागि ? जनताबाट निर्वाचित भएर आउने व्यक्ति नै मन्त्री र प्रधानमन्त्री बन्ने संवैधानिक व्यवस्था भएता पनि वामदेव जसरी पनि प्रधानमन्त्री बन्ने अभिलाषा भित्र पार्टी भित्र नै गुट उपगुट को अन्तर्य लुकेको छ । लामो समयसम्म राजनैतिक अस्थिरता बोकेको नेपालमा ०७४ मा भएको प्रतिनिधिसभाको चुनावपछि नेकपाको स्पष्ट बहुमतमा प्रधानमन्त्री ओलीको दूरदृष्टि र नेतृत्व नै मुख्य कारक तत्व हो ।

ओलीको त्यो स्पष्ट राष्ट्रवादी छविका कारण नै नेकपालाई जनताले करिव दुईतिहाइ मत दिएर सरकारमा पठाएको हो । नकि वामदेवलाई प्रधानमन्त्री बनाउनका लागि । गुट र स्वार्थमा अडेको नेताहरुको विगतका कमी कमजोरी अहिले पनि आएर उजागर भएको छ । स्थिर सरकार र विकास नै अहिलको प्राथमिकता हुनुपर्ने सन्र्दभमा शक्ति र स्वार्थमा केन्द्रित रहेर वेमौसमी बाजा बजाएर जनताका माझमा पुन उदाँङ्गो बन्न तैयार भइरहेका छन् । यो के का लागि ?
जनता के चाहन्छन र देशको अहिलेको आवश्यकता के हो भन्ने विषयमा पार्टीभित्र गम्भीर छलफल भएर जनताको आवश्यकता पूर्तिमा ध्यान दिने कि सत्ता केन्द्रित खेल खेल्ने ? समयलाई चिन्न नसके जनताको सधै साथ र समर्थन पाउन सकिदैन भन्ने एकमात्र सत्य समेत नबुझेका नेताहरु यो देशका नेता होईनन गद्यार हुन् । जुन समयले पुष्टि गर्नेछन् । विगतमा नेकपा एमाले फुटाएर माले बनाएका वामदेव गौतम आखिर के चाहन्छन् ? प्रधानमन्त्री बन्नका लागि जे जस्तो पनि सम्झौता गर्ने र जतापनि ढल्कन चाहने वामदेवको यो रवैयामा देशका शीर्ष नेताहरु किन बुझ पचाउँदैछन् ।
देशको कार्यकारी पदमा पुग्नका लागि के जनताको मन जित्न पर्देन ? जनताबाट तिरस्कृत भएका वामदेव कसका लागि प्रधानमन्त्री बन्ने अभिलाषा राखेका छन् ? देश र जनताका लागि प्रधानमन्त्री बन्ने हो भने जनमत लिन पर्देन ? त्यसका लागि लोकतान्त्रिक विधि चुनाव मार्फत जनताको मन जितेर संसदमा आउनुपर्देन ? के वामदेव पहिलो चोटी सत्ताको स्वादमा डुब्न लागेका हुन र ? पटक पटक मन्त्री र उपप्रधानमन्त्री हुदाँ जनताका पक्षमा काम गरेको भए त अवश्य पनि जनताबाट तिरस्कृत हुनु पर्ने थिएन । सत्ता र शक्तिमा हुदाँ जनपक्षीय काम नगर्ने वामदेव फेरि कसका लागि प्रधानमन्त्री हुने अभिलाषा राख्दछन् ?
फेरि वामदेवलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन जस्तो विषम परिस्थितिलाई पनि सहज सोच्ने नेताका कार्यशैलीले ओली सरकारलाई थप दूषित बनाएको छ । अबको ३ वर्षपछि हुने चुनाव केन्द्रित जनताको आवश्यकता पूर्तिमा लागेर जनअनुमोदन भएर संसद छिर्न कोशिश गर्ने कि वामदेवलाई प्रधानमन्त्री बनाउन राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने ? सिंगो देश र विश्व नै नेपाललाई नियालिरहेको सन्दर्भमा वामदेवको बलमिच्याईं र त्यसमा साथ दिनेहरुको भोलिको भविष्य के होला ? एक्काईसौ शताब्दीको यो प्रविधिको युगमा अझै पनि नेताहरु जनतालाई भेडा सम्झेर अगाडि बढ्ने हो भने जनताबाट तिरस्कृत हुनुको विकल्प छैन । देश र जनताका लागि लडार्इं लडेको दावा गर्ने नेताहरुले बेलामा नै सोच्न जरुरी छ ।
संविधान संशोधन आफैमा समयको आवश्यकता र जनताको माग अनुसार जायज हुन सक्दछ, नकि वामदेवलाई प्रधानमन्त्री बनाउनका लागि । फेरि वामदेव प्रधानमन्त्री हँुदैमा देशले के नै काँचुली फेर्दछ र ? देशले आफैलाई नै दिग्गज सम्झने नेताहरु प्रधानमन्त्री भएर देश हाँकिसकेको सन्दर्भमा वामदेवको आगमनले माखो मार्न सक्दैन र त्यो काम जनताका लागी सह्य पनि हुन सक्दैन । जनताबाट तिरस्कृत वामदेवलाई प्रधानमन्त्री त के राष्ट्रिय सभासदस्यका लागि पनि हानिकारक हुन्छ । जुन कुरा नेतृत्वले बुझन ढिला गर्नु हँुदैन ।

चुनाव फेरि पनि हुन्छ, त्यसका लागि वामदेव अहिलेदेखि नै जनतामा जाने कि प्रधानमन्त्री बन्नका लागि लोक हसाउँने ? निर्वाचित सांसदहरु धनवहादुर बूढाको र रामवीर मानन्धरलाईसमेत राजीनामा गर्न लगाएर जग हँसाएका वामदेव फेरि आफू प्रधानमन्त्री बन्नका लागि राष्ट्रियसभासदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था गर्नका लागि संविधान नै संशोधन गर्न लगाएर जनताको नजरमा थप गिरेका छन् भने वामदेवलाई साथ दिनेहरु जनताका माझमाa झन् नाङ्गिएका छन् ।

०७४ को प्रतिनिधिसभाका चुनावमा काग्रेस नेतासँग लज्जाजनक हार वेहोरेका वामदेव कतिसम्म अलोकप्रिय रहेछन भन्न बुझन गाह्रो छैन । तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादीको एकीकरण पाश्चात भएको चुनावमा नेकपाका धेरै शीर्ष नेताले चुनाव धेरै मतान्तरले जित्दा वामदेवले चुनाव हार्नुको मुख्य कारण भनेको वामदेवको दम्भले नै हो । नत्र मन्त्री,उपप्रधानमन्त्री र गृहमन्त्रीसमेत भईसकेको वामदेव सत्ताको उन्मादले जनताको भावना अनुरुप नचल्नु नै वामदेवको हारको मुख्य कारक तत्व हो । त्यो एकमात्र सत्यसमेत नबुझी चुनावमा हारेर पनि प्रधानमन्त्री बन्नका लागि रटान लगाउनु र उसको प्रस्तावमा साथ दिनेहरु नेकपाका मात्र नभई देशका नै भाईरस हुन् । जसले नेपालमा विकास र स्थिरता होईन, युद्धभूमि बनाउन चाहन्छन् । जनताका भावनामा खेलवाड गर्न चाहन्छन् । नेताहरुको यही रवैया रहिरहने हो भने जनताहरु त्यति भेडा छैनन्, जति नेताहरु सोच्दछन् ।
ईच्छा र अभिलाषाको पनि एउटा सीमा हुन्छ, त्यो सीमा सत्य र लोकले पचाउन सक्ने हुनुपर्दछ । जुन कुरा वामदेव र वामदेवलाई प्रधानमन्त्री बनाउनका लागि प्रयत्न गर्ने नेताहरुले बुझन सकेनन् । जनता के चाहन्छन् भन्दा पनि जनताको अगाडि नाङ्गो नाच्न अभ्यस्त नेताहरुमा यही रवैया रहिरहने हो भने जनताले सधै काँध थाप्ने छैनन् । चुनाव फेरि पनि हुन्छ, त्यसका लागि वामदेवले तैयारी गर्ने कि प्रधानमन्त्री बन्नका लागि लोक हसाउँने ? हुम्लाबाट निर्वाचित सांसद धनबहादुर बूढाको राजीनामा मात्र होईन काठमाण्डौ ७ का निर्वाचित रामवीर मानन्धरलाईसमेत राजीनामा गर्न बाध्य पारेर जग हँसाएका वामदेव फेरि आफु प्रधानमन्त्री बन्नका लागि राष्ट्रियसभासदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था गर्नका लागि संविधान नै संशोधन गर्न लगाएर जनताको नजरमा पनि थप गिरेका छन् भने वामदेवलाई साथ दिनेहरु जनताका माझमा नाङ्गिएका छन् ।
कास्की २ मा रवीन्द्र अधिकारीको स्थानमा पार्टीले निर्वाचन लड्नका लागि गरिएको आग्रह र आफैमा जित्ने विश्वास नभएका वामदेव जनताभन्दा पनि शक्तिमा नै विश्वास गर्ने नेतामा दरिएका छन् । जसले विश्वास गरी देश विकास र समृद्धिका लागि पठाएको यसबाट नैराश्यता छाएको छ । नेकपाप्रति नै अविश्वास सिर्जना भएको छ । नेकपा र नेताहरुले यो कुरा बुझन सकेनन् भने नेकपा पनि इतिहासमा सीमित हुनेमा दुविधा छैन । वामदेवको यही रवैयालाई नचिर्ने हो भने र सत्ता र शक्तिका लागि नेताहरु फेरि सरकार बनाउने र गिराउने खेलमा लाग्ने हो भने राम राम मात्र भन्न सकिन्छ, काँध थाप्न सकिँदैन ।
वक्स १
जनतावाट तिरस्कृत भएका वामदेव कसका लागि प्रधानमन्त्री बन्ने अभिलाषा राखेका छन् ? देश र जनताका लागि प्रधानमन्त्री बन्ने हो भने जनमत लिनु पर्देन ? त्यसका लागि लोकतान्त्रिक विधि चुनाव मार्फत जनताको मन जितेर संसदमा आउनुपर्देन ? । सत्ता र शक्तिमा हुदाँ जनपक्ष्ीाय काम नगर्ने वामदेव फेरि कसका लागि प्रधानमन्त्री हुने अभिलाषा राख्दछन् ?
वक्स २
चुनाव फेरि पनि हुन्छ, त्यसका लागि वामदेव अहिलेदेखि नै जनतामा जाने कि प्रधानमन्त्री बन्नका लागि लोक हसाउँने ? निर्वाचित सांसदहरु धनवहादुर बूढाको र रामवीर मानन्धरलाईसमेत राजीनामा गर्न लगाएर जग हँसाएका वामदेव फेरि आफू प्रधानमन्त्री बन्नका लागि राष्ट्रियसभासदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था गर्नका लागि संविधान नै संशोधन गर्न लगाएर जनताको नजरमा थप गिरेका छन् भने वामदेवलाई साथ दिनेहरु जनताका माझमा झन् नाङ्गिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width