गहतराज सञ्जालको कलम

बुद्धिबहादुर गहतराज
चैत्र २, २०७६

सुसंस्कार संस्कृति आफनै बेग्लै पहिचान ।
सबै गहतराज एकै परिवार हाम्रो अभियान ।।

हिन्दु खस आर्य मध्येको थर गहतराज भएको हुँदा यस को मूल्य र मान्यता छुट्टै प्रकारको छ । गहतराज आफ्नै छुट्टै स्वतन्त्र थर को रुपमा बाच्न चाहन्छ । राज्यको विभेदकारी नीतिका कारण दलित समुदायको डालोमा हाली दिँदा यस वर्गको अपमान भएको छ ।

मानिस सामाजिक प्राणी हो । ऊ समाजमा जन्मन्छ, समाजमा हुर्कन्छ र समाजमा नै मर्छ । राष्ट्र र राष्ट्रियताप्रतिको माया देश विकासप्रति को सोच उद्यमशीलताप्रतिको लगनशीलताले ओतप्रोत भई राष्ट्र निर्माण कार्यमा सहभागिता जनाउने, समयको साथै जीवनलाई समर्पित गर्ने जनशक्तिको रुपमा मानिसलाई लिईन्छ ।
समाजमा विद्यमान असमानतालाई एकरुपतामा ल्याउन सामाजिक आर्थिक राजनैतिक र शैक्षिक यी सबै क्षेत्रमा ध्यान पु¥याउन पनि आवश्यक छ । एउटा स्वस्थ शरीर बन्नका लागि सबै अंग प्रत्यङ्गहरु स्वस्थ रहन जरुरी हुन्छ । त्यस्तै समाज पनि स्वस्थ र निष्कलंक हुनका लागि सोही अनुरुप समाजको विकाश हुनु आवश्यक छ ।
सामाजिक रहन सहन मूल्य र मान्यता पनि समाजको अभिन्न अंगको रुपमा रहेको हुन्छ । खान पान रीतिरिवाज धर्म संस्कृति पुर्खौैली इतिहासलाई जोगाई राख्ने हाम्रो कर्तव्य हुन आउँछ । धर्म र संस्कृति हाम्रा अमूल्य निधि हुन् । हजारौँ वर्षको इतिहासलाई जोगाई राख्नु भनेकै हाम्रो पहिचानको जगेर्ना गर्नु हो ।
हामी नेपालीको अनेकतामा एकता छ । जस अनुरुप गहतराज संजालको पनि नीति र सिद्धान्त राष्ट्र र राष्ट्रियताप्रतिको अगाध माया र राष्ट्र हितमा समर्पित छ । मानव मानव बीच को असमानतालाई समानरुपमा सैद्धान्तिक वैचारिक रुपमा नै नीति निर्माण तहमा सुझाव र सल्लाह दिन आवश्यक ठानी गहतराज संजालको जन्म भएको हो ।
गहतराज विश्वकर्मा समुदायमा पर्ने आफ्नै अस्तित्व बोकेको थर हो । सीप कला र साहीत्य को विकास यो समुदायमा प्रशस्तै पाईन्छ । हस्तकला ललित कला, श्रंगारिक कला, वास्तुकला देखि रस रंग आदि हरेक क्षेत्रमा यस गहतराज समुदायको उपस्थिति रहेको छ । यति ठूलो महत्व बोकेता पनि राज्यको उदासीनताका कारण दलित को डालोमा हाल्ने काम राज्य पक्ष बाट भएको छ ।
महान सीप र कलाका धनीलाई कसरी दलित भनियो आफ्नो थर गोत्र लुकाउन किन बाध्य पारियो । आफनो थर गोत्र लुकाएर विश्वकर्मा लेख्न किन लगाईयो ? अन्तरजातीय थरहरु सुधार गर्न पाउनु पर्छ । जस्तै गहतराज, सुनच्यौरी, घताने, लुवागुन, सदाशंकर, रसाइली, रामदाम, पोख्रेल, आदि २०० भन्दा बढी थरहरु छन् तर सबैलाई विश्वकर्मा बनाईको छ । विश्वकर्मा भित्रका २०० भन्दा बढी थर ओझेलमा पर्न गई लोपै नहोला भन्न सकिदैन । विश्वकर्मा जात होइन पद हो । यो शिल्प समुदायको पद हो यो पद सबैले लेख्ने अधिकार छैन, जुन पुख्र्यौली शिल्पीहरु छन उनीहरुलेमात्र विश्वकर्मा हुने अधिकार छ ।
नेपाल एक सामाजिक संस्कृतिक धार्मिक भाषिक सहिष्णुता एवं भौगोलिक विविधताले भरिपूर्ण राष्ट्र हो । यसर्थ आफ्नो समुदाय संस्कृति जाति र गोत्र को विकाश विस्तार संरक्षण एवं संवद्र्धन गर्दै नयाँ पुस्ताहरुलाई आगामी दिनहरुमा आफ्नो वंशज र संस्कृति प्रति गौरव गर्ने वातावरण को सृजना गरी दिगो विकाश र शान्ति समृद्धि तर्फ उन्मुख गर्ने उद्देश्यले विश्वकर्मा समुदाय मध्येको एक थर गहतराजले “सुसंस्कार संस्कृति आफ्नै बेग्लै पहिचान सबै गहतराज एकै परिवार हाम्रो अभियान” भन्ने मूल नाराका साथ सामाजिक संजाल एवं विभिन्न माध्यमबाट पृथक पृथक रुपमा देश भित्र तथा वाहिर विभिन्न ठाउँमा छरिएर रहनु भएका गहतराज समुदाय लाई एउटै परिवारको रुपमा संगठित गर्ने अभिप्राय ले गहतराज संजाल को जन्म भएको छ ।
हामी गहतराज बन्धुहरुले युगौँदेखि भोग्दै आएका सामाजिक विचलनप्रतिको अवस्था, राज्य ले हामीप्रति गरेको हेपाह प्रवृत्तिका कारण हाम्रो अस्तित्व ओझेलमा परेको छ, हाम्रा पिता पुर्खाले समय समयमा गहतराज परिवार लाई एउटै परिवार बनाउने कार्यमा अग्रसरता नदेखाएकोे भने पक्कै होईन तर विभिन्न कारणका बाबजुद गति लिन सकेन । युवा पिढीको जोस र उत्साहका कारण पछिल्लो समयमा सञ्जाललाई सहजीकरण गर्नका लागि संस्था दर्ता समितिले खेलेको भूमिका सह्रानीय छ किनभने कुनै पनि संघ संगठन र समाजलाई अगाडि बढाउन नीति, नियम र विधान को आवश्यक पर्दछ २०७५ चैत्र १२ गते विधिवत विधान दर्ता गरी आफ्नो कार्यलाई नियमित चरणमा विभाजन गरी अगाडि बढेको अवस्था हो यो ।

हामी गहतराज बन्धुहरुले युगौँदेखि भोग्दै आएका सामाजिक विचलनप्रतिको अवस्था, राज्य ले हामीप्रति गरेको हेपाह प्रवृत्तिका कारण हाम्रो अस्तित्व ओझेलमा परेको छ, हाम्रा पिता पुर्खाले समय समयमा गहतराज परिवार लाई एउटै परिवार बनाउने कार्यमा अग्रसरता नदेखाएकोे भने पक्कै होईन तर विभिन्न कारणका बाबजुद गति लिन सकेन ।

गहतराज सञ्जालको संरचना देशैभरी गाउँपालिका, नगरपालिका हुँदै विभिन्न जिल्ला र गाउँ गाउँ हुँदै सातै प्रदेशसम्म संगठन विस्तार भएको अवस्था छ । कतिपय जनमानसमा उत्सुकता लागेको पक्कै हुन सक्छ । गहतराज सञ्जाल भनेको के हो ? यसले हामीलाई के फाइदा दिन्छ । विद्यमान समयमा विश्वकर्मासँग भइरहेको सम्बन्धलाई टाढा पार्न खोजेको त होइन हुन सक्छ यस्तै यस्तै धेरै प्रश्नहरु ।
गहतराज नेपालमा बसोबास गर्ने जातिमध्ये एउटा छुट्टै पहिचान बोकेको जाति हो । गहतराज दलित नभएर विश्वकर्मा समुदायमा आबद्ध खसआर्य हिन्दु धर्ममा आधारित थर हो । नेपालको सम्विधानमा उच्च जातीय अहंकारका कारण राज्य सत्ता सञ्चालनमा खस र खसआर्य जस्ता विभेदकारी जातीय भेदभावबाट उत्पन्न भ्रमले हिन्दु उच्च जातको मात्र थर गोत्र वंश परम्परा सम्मानीत हुन्छ भन्ने हस्तक्षेपकारी नीतिका कारण टाठा बाठा बाहेक अरुको थर गोत्रमा रुचि नदेखाएकोले दलित उत्पीडित समुदायमा यसको असर पर्न गई थर गोत्र विचलन मा परेको छ ।
हिन्दु खस आर्य मध्येको थर गहतराज भएको हुँदा यस को मूल्य र मान्यता छुट्टै प्रकारको छ । गहतराज आफ्नै छुट्टै स्वतन्त्र थर को रुपमा बाच्न चाहन्छ । राज्यको विभेदकारी नीतिका कारण दलित समुदायको डालोमा हाली दिँदा यस वर्गको अपमान भएको छ । सामाजिक आर्थिक राजनैतिक र शैक्षिक स्तरबाट पछाडि पारेको अवस्थालाई प्रयोग गरी राज्यले आफ्नो थर गोत्र लेख्न नदिई थर नै फेरेर लेख्न बाध्य तुल्याइएको कारण यो समुदायको अस्तिीत्व लोप हुन जाने अवस्थामा पुगेको तितो यथार्थ गहतराज समुदायले भोग्दै आएको छ ।
हरेक वस्तुको आ–आफ्नो अस्तित्व हुन्छ । खुर्सानी पिरो हुन्छ । करेला तितो हुन्छ । उखु गुलियो हुन्छ त कसैलाई पिरो, मन पर्छ, कसैलाई गुलियो हरेक वस्तुको आफ्नै पहिचान हुन्छ । के खुर्सानी पिरो भयो भन्दैमा खराब हुन्छ र ? के करेला तितो हुँदैमा नराम्रो भन्न मिल्छ ? त्यो त हरेक वस्तुको पहिचान हो । हामी दलित भनेर किन हिँड्ने हामी सीपका धनी शिल्पी किन नहुने ? विश्वकर्मा हाम्रो जात होईन, यदि विश्वकर्मा हाम्रो जात हो भने अन्तरथर भित्रका नाता कुटुम्ब कसरी छुट्याउने ? शिल्पी समुदायको समष्टिगत पहिचान विश्वकर्मा हो विश्वकर्मा अन्तरगत धेरै थर छन कुन हाम्रा भाइवंश हुन्, कुन हाम्रा कुटुम्ब हुन् छुट्याउन आ–आफ्नो थर लेख्न जरुरी छ ।
यसै सिलसिलामा गहतराज सञ्जालका उद्देश्यहरु असीमित प्रशस्त छन् । कुलपूजा कसरी गर्ने, धर्म संस्कृति पाटीपौवा गुठीको संरक्षण कसरी गर्ने, हाम्रा पिता पुर्खाको उद्गम स्थल को खोजी गर्ने हाम्रो संस्कार संस्कृतिको संरक्षण तथा विभिन्न क्षेत्रहरु र प्रवासमा रहेका गहतराज समुदायलाई सुसंगठित गरी एकताको सूत्रमा आबद्ध गर्दै आफनो जात थर गोत्र तथा समुदाय समाज र राष्ट्रको विकासप्रति को उत्तरदायित्व बोध गराउनका साथै पुख््र्यौली परम्परागत सीप संस्कृति सामाजिक रीति रिवाज कला कौशल र साहित्यको संरक्षण विभिन्न आय मूलक कृयाकलापका माध्यमबाट गरीबी निवारण आर्थिक सम्पन्नता तर्फ उन्मुख गराउने यस गहतराज सञ्जालका उद्देश्यहरु रहिआएका छन् ।
विभिन्न अवसरबाट वञ्चित गहतराज समुदायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुँदै गरेका विभिन्न कार्यको पहिचान गरी सबल र सक्षम बनाई बन्धुत्वको भावना कायम गराउन विशेष जोड दिँदै जानेछ । समग्रमा गहतराज समुदायको जनसंख्याको आँकडा अद्यावधिक अभिलेख राखी मानवीय मर्यादा सम्मान विश्वशान्ति र सहिष्णुताका लागि सामाजिक चेतना बढाई सामाजिक सेवामा टेवा पु¥याउने उद्देश्यले उल्लेखनीय कार्यको थालनी गरी समृद्ध नेपाल बनाउने तर्फ अग्रसर रहनेछ ।
यस गहतराज सञ्जालको उद्देश्य प्राप्तिका लागि संवैधानिक कार्य नीतिगत कार्य तथा व्यवस्थापकिय कार्य संस्थागत कार्य आर्थिक कार्य तर्फ उन्मुख भई समाजिक आर्थिक र शैक्षिक एवं प्राविधिक कार्यलाई मध्यनजर गरी गहतराज सञ्जालको बृद्धि विकासमा वर्गीकृत सदस्यता सर्वसुलभ तरिकाबाट वितरण गरी बन्धुत्वको भावना सृजना गरी अगाडि बढ्ने कुरामा हामी विश्वस्त छौं । आगामी दिनमा हामी गहतराजहरुको एकता बलियो पक्कै हुनेछ र हाम्रा पुर्खाबाट सर्दै आएको रगतलाई फिल्टर गरी गहतराज गहतराज बीचको वंश विकृतीलाई शुद्धता गराउन मा हामी सक्षम हुनेछौ । कहिकतै अन्जानमा रगतको नाताबाट हुने दुर्घटनाबाट अवश्य जोगिने पनी छौं । शान्ति सद्भाव अमनचैनप्रति हामी उन्मुख रही सरकारी तथा गैह्र सरकारी निकायहरु सँग समन्वय गरी शिक्षा, स्वास्थ्य, खानेपानी वैकल्पिक ऊर्जा, वातावरण संरक्षण, पिछिडिएका वर्गको क्षेत्रमा सचेतना बढाई सामाजिक सेवा पु¥याउने अग्रसरता तर्फ लाग्नेछ । जय गहतराज ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width