कोरोनामा मनोसामाजिक र मानसिक स्वास्थ्य

सुदीप घिमिरे
वैशाख ६, २०७७

२३.८ प्रतिशतले भने कोरोना भाईरसका डरका कारण आएको तनावलाई व्यवस्थापन गर्ने सीप आवश्यक परेको छ बताएका छन् । २२.८ प्रतिशतले सकारात्मक सोचको विकास कसरी गराउने भन्ने जिज्ञासा राखेका छन् ।

कोरोना भाईरसका कारण चैतको पहिलो साता देखि नेपाल पुर्णरुपमा लकडाउन छ । लकडाउनको अवस्थामा व्यक्तिको शारीरिक मात्र नभई मनोसामाजिक स्वास्थ्य सुरक्षा उत्तिकै महत्वपूर्ण छ । लकडाउनका कारण व्यक्तिको मनोसामाजिक र मानसिक स्वास्थ्य अवस्था कस्तो छ । व्यक्तिका मनोसामाजिक आवश्यकताहरु के कस्तो छन् । के कस्ता जानकारी वा सूचनाहरु व्यक्तिले आशा गरिरहेका छन् । आदि बिषयहरु सवैको जिज्ञासा बन्न थालेको छ ।
मनोसामाजिक र मानसिक क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्था उत्थान नेपालले गरेको एक अनलाईन सर्वे अनुसार कोरोना भाईरसका कारण ३३ प्रतिशत व्यक्तिहरुले तनाव, २४ प्रतिशत व्यक्तिले डर, २४ प्रतिशत व्यक्तिले चिन्ता र १७ प्रतिशत व्यक्तिले उदासिनताको महशुस भएको जनाएका छन् । तनाव, डर, चिन्ता, उदासिनताको महशुस भएको अवस्थामा मनलाई कसरी व्यवस्थापन गरिरहनु भएको छ भन्ने प्रश्नमा ३६.३ प्रतिशतले परिवार र साथीभाईसंग कुराकानी गर्ने गरेका छन् । जसका कारण कोरोनासंग जुध्न आत्मबल बढेको छ । त्यसै गरी १६ प्रतिशतले फेसवुक चलाउने, १२ प्रतिशतले नयाँ–नयाँ कितावहरु पढ्ने गरेका छन् । त्यसैगरी १० प्रतिशत व्यक्तिहरु घरमा त्यत्तिकै बसिरहेने गरेका छन् । जसका कारण छटपटि भईरहने वताएका छन् । किशोर किशारीहरुले भने (९ प्रशितशत) ले भने टिकटकमा रमाउने गरेको पाइएको छ । अन्यले टेलिभिजन हेर्ने, मोवाइलमा गेम खेल्ने, तास खेल्ने गरेको बताएका थिएँ ।
त्यसैगरी लक डाउनको समयमा मनलाई खुसी वनाई राख्न कस्तो किसिमको जानकारी चाहिएको भन्ने अर्को प्रश्नमा २५.७ प्रतिशतले जीवनमा प्रेरणा मिल्नेका खालका जानकारीहरु आवश्यक भएको प्रतिक्रिया दिएका छन् । २३.८ प्रतिशतले भने कोरोना भाईरसका डरका कारण आएको तनावलाई व्यवस्थापन गर्ने सीप आवश्यक परेको छ बताएका छन् । २२.८ प्रतिशतले सकारात्मक सोचको विकास कसरी गराउने भन्ने जिज्ञासा राखेका छन् । अन्यले समय व्यवस्थापन गर्ने सीप, आधारभुत आवश्यकताको परिपुर्ति कसरी गर्ने भन्ने जनाकारी चाहिएको जनाएका छन् ।
यही विहीवार र शुक्रवार गरिएको अनलाईन सर्वेमा १०० व्यक्तिहरु सहभागी थिएँ । जसमा ५२ प्रतिशत पुरुष, ४८ प्रतिशत महिला सहभागी थिए । सहभागीहरु ४४ प्रतिशत व्यक्ति गण्डकी प्रदेश, ३८ प्रतिशत व्यक्तिहरु वागमती प्रदेश, ७ प्रतिशत सुदुरपश्चिम र ११ प्रतिशत व्यक्तिहरु अन्य प्रदेशहरुवाट सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width