कमजोर छैनन, केपी ओली !

वी.वी.श्रेष्ठ
वैशाख १३, २०७७

देशमा प्रतिपक्ष पार्टीले समेत सरकारको चर्को विरोध गर्न विषयवस्तु नपाउदाँ नेकपा वरिष्ठहरु नै ओली सरकारका लोकप्रियतामा प्रहार गर्न थालेका छन् । यो समय सरकार परिवर्तनका नारा लगाउनेहरु जनमत विरोधी हुन् ।

शत्रुसँग त म आफैसँग लड्न सक्छु तर मलाई आफनै सँग जोगाउ भन्ने उक्ति अहिले सरकारका प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीमाथि लागु भएको छ । यो उक्ति आम व्यक्तिमा लागु भएता पनि सवैसाधारणको वढो चासो रहेको विषयमा धेरै पर्नु अस्वाभाविक होईन । विषयवस्तुको उठान सामरिक महत्वका लागि हुनुपर्दछ, त्यसले नै सकारात्मक पक्षको पक्षपोषण गर्दछ । व्यक्तिको व्यक्तिगत जीवन भएता पनि त्यो व्यक्तिगत जीवन प्रतिष्ठाका अगाडि छाँया वनिदिन्छ । जुन जिम्मेवारी वोधले समाज रुपान्तरणमा महत्वपूर्ण मूमिका खेल्नुपर्दछ । जिम्मेवारी वोध विनाको प्रतिष्ठाले व्यक्ति आर्थिक रुपमा त सवल वन्ला नै तर समाजिक र वैचारिक रुपमा समाज र देशप्रति जिम्मेवार हुन सक्दैनन । जुन नेपालको राजनीतिमा प्रति प्रकटरुपमा सतहमा देखिन्छ ।
राजनीतिको मुख्य सार के हो भन्ने वुझन नसक्नेहरु नेपालका राजनीतिमा वेग्रल्ती पाउन सकिन्छ । राजनीतिकोे सार भन्दा पनि साधनका रुपमा प्रयोग गर्नेहरु राजनीतिका केन्द्रभागमा वसेर जनताका परिवर्तनका निम्ति लडेका दावी गर्नेहरुका भीडमा आम जनताहरु पछाडि लागिरहेका छन् । विषयवस्तुको गाम्भिर्यता भन्दा हनुमानगिरी, चाकडी, चाप्लुसीमा आफनो जीवन सुरक्षित गर्नेहरुका लामो लर्कोमा आफनो भूमिका र जिम्मेवारीको मुल्यांकन गर्ने दुस्साहस नै गर्देनन् । चेतनाविहिनताको पराकाष्टा समाजमा हरेक विषयमा मात्र होईन राजनीतिमा पनि उल्लेख्य मात्रामा देख्न सकिन्छ ।
राजनीति आफैमा पुर्ण होईन, यसको सकारात्मक कार्यन्वयनले नै यसको महत्व पुष्टि गर्दछ । त्यसका लागि राजनीति व्यक्तिका लागि होईन, समाज र देश रुपान्तरणका लागि मुख्य ध्येय वन्नुपर्दछ । केपी शर्मा ओलीको नेतृत्वमा भएको चुनावमा नेकपा देशको नै सवैभन्दा ठूलोे पार्टी वन्यो । देशको नै ठूलोे जनमत हासिल गर्न ओलीको जतिको भूमिका अन्य नेताहरुको छैन । ओलीको राष्ट्रवादी अडान, भारतीय नाकावन्दीको सामना र निरन्तर लामो समयदेखिको समाज परिवर्तनका लागि ओलीको योगदानको कारण नै नेकपा पहिलो पार्टी वन्न सफल भयो । भलै अन्य नेताहरुको पनि आफनो आफनो भूमिका रहयो । तर पनि नेतृत्वमा रहेको ओलीको भूमिका नै प्रधान वनिदियो । सरकार गठन भए देखि आम नेपाली जनताहरु देशमा सम्वृद्धि आउनेमा विश्वस्त थिए । स्थिर सरकार र ओली सरकारले नै देशका मुहार फेर्ने आशामा वसेका जनताहरुमा नैराश्यता तव छायो । जव ओली सरकार माथि आफनै पार्टीका शिर्ष नेताहरुवाट असहयोग हुन थाल्यो । त्यसको कोपोभाजनमा परेका सरकार लाई असफल पार्न पार्टीभित्रका नेताहरु अग्रसर हुन थाले । जसरी हुन्छ ओली सरकारलाई असफल वनाएर शासन सत्ता आफनो हातमा लिन खोज्नेहरु जुर्मुराए । राजनीति व्यक्तिको शक्तिमा निहित हुन थाल्यो । सरकारलाई सहयोग भन्दा पनि आफु नै सर्वश्रेष्ठ हो भन्ने होडले जनतावाट तिरस्कृतहरु नै लागिदिए । स्थिर सरकारले नै परिवर्तन गर्ने आशामा रमेका जनताहरु पार्टीभित्रका फोहरी खेल देखेर राजनीति र यसका कुशल खेलाडीहरुप्रति नै नकारात्मक भाव पैदा भयो ।
सरकारलाई सहयोग गरेर देश र जनताको परिवर्तन भन्दा पनि आफुमा शक्ति केन्द्रित निहित स्वार्थमा जुर्मुराएकाहरुको रवैयाले सरकार फेरि पनि परिवर्तन हुने हो कि भन्ने शंका उत्पन्न हुन थालेको छ । कोही व्यक्ति सरकारको प्रमुख हुनका लागि जनताले यो जनमत दिएको भन्ने समेत हेक्का नराख्नेहरु जसरी पनि शक्ति र सत्तामा पुग्ने ध्येयले गरिएको तिकडमले अन्तत कसैलाई पनि राम्रो गर्दैन । विगतमा शक्ति र सत्तामा रहेर पनि आम जनताका परिवर्तनका खातिर केहि गर्न नसकेका हरु लोकतन्त्र र परिवर्तनका नारा उचालेर जनमत विभाजन गर्न सकिन्छ भन्ने सपना कसैले पनि नपाल्दा नै हुन्छ, किनकी नेकपालाई ठूलोे जनमत सीमित नेताले मात्र हैन, जनता र सच्चा कार्यकर्ताले दिएका हुन् र त्यसको नेतृत्व ओलीले गरेका हुन् । जुन एकमात्र सत्य हो । ओलीप्रतिको जनविश्वासले नै नेकपा आज सवैभन्दा ठूलोे पार्टी भएको हो । ओली प्रतिको धोका भनेको आम नेपाली प्रतिको धोका हो । लोकतन्त्रमा जनता नै सर्वशक्तिमान हुन्छन् । आम जनतामा ओली प्रति जुन भरोसा रहेको छ, त्यो आड र भरोशा अन्य नेतामा कदापी छैन । जनमतको कदर नहुनु भनेको लोकतन्त्रको वर्खिलाप शिवाय अन्य केहि हुदैन । जनमतको भावना विपरित गएर गरिने दुष्कर्म लोकतन्त्र होईन । शव्द होईन व्यवहार नै लोकतन्त्रको जननी, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रियता जनताको मेरुदण्ड हो । जुन ओलीको नेतृत्वमा मात्र सम्भव छ । जसको नेतृत्वमा जनताले दुई तिहाईको वहुमत दियो, उसैको नेतृत्वमा देश चल्नुपर्दछ भन्ने आम भावना नेपाली जनताहरुको हो भन्ने नेकपाका वरिष्ठहरुले भुल्नु हुदैन । सरकार वन्ने र ढल्ने रवैया वनाउने हो भने एक्काईसौं शताव्दीका जनता टुलुटुल हेरेर वस्न सक्दैनन् । अहिलेको सन्र्दभमा ओलीको विकल्पमा अन्य हुन सक्दैन । नेकपाको सचिवालयको निर्णय भन्दा पनि जनताको निर्णय सर्वोपरि हो र जनता अहिले ओलीको नेतृत्व चाहन्छ, नकि शक्ति र स्वार्थका भाईरसहरुको नेतृत्व । देश विश्वव्यापी महामारीले गुज्रिरहदाँ ओली सरकारले चालेको कदमलाई विश्वले नै मानिरहेको सन्दर्भमा यो वा त्यो वहानामा ओली सरकारको विकल्प मान्य हुन सक्दैन । ओलीका कमि कमजोरी होलान् तर अन्यका तुलनामा ओली राजनेता नै हुन । देशमा अस्थिरताको खोलो वनाउने खेलमा लाग्नेहरुलाई जनताले नजिकवाट नियालिसकेका छन् । त्यसैको विकल्पमा आएको जनमत ओलीको सहज नेतृत्वका लागि हो । ओलीको लोकप्रियतामा आफनो भविश्य अन्धकार देख्नेहरु नै सरकारका खेदो खन्न उद्दत वन्नु अहिलेको समयमा कदापी सान्र्दभिक मान्न सकिदैन ।
देशमा प्रतिपक्ष पार्टीले समेत सरकारको चर्को विरोध गर्न विषयवस्तु नपाउदाँ नेकपा वरिष्ठहरु नै ओली सरकारका लोकप्रियतामा प्रहार गर्न थालेका छन् । यो समय सरकार परिवर्तनका नारा लगाउनेहरु जनमत विरोधी हुन् । नैतिकता माथि प्रश्नचिन्ह लगाउनेहरु विगतका आफनो ईतिहास हेर्ने दुस्साहस गर्दा हुन्छ । ओलीमा कमजोरी अवश्य छ, तर राष्ट्रियता, जनजिविका, स्वतन्त्रता र सार्वभौमसत्तामा अडिग छन् । जुन आम नेपाली जनता चाहन्छन् । राजनीतिका मुख्य सार नै देश र जनताप्रति उत्तरदायित्व वहन गर्नु हुन् । जुन वहन गर्न ओली सक्षम छन् र गरिरहेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत केन्द्रभागमा रहेका ओली नेपालभित्रका यो अन्र्तद्धन्द्धमा फसिरहन सक्दैनन् । ओलीको आत्माविश्वासले मृत्यृलाई त जित्न सक्छन् भने देशलाई कमजोर र अस्थिरता तर्फ उन्मुख गराउने शक्ति र स्वार्थका भरौटेहरु त केही पनि हैनन् । अध्यारो कुनामा रहेर ओलीको विकल्प खोज्नेहरुले ओलीको त्यो ज्वाज्यलताको रिस नगरेको राम्रो । राजनीतिको सार भन्दा वाहिर गएर गरिएको तिकडमले आफुलाई त सिध्याउँछ नै देश र जनताका लागि पनि राम्रो गर्दैन ।
वक्स १
ओलीमा कमजोरी अवश्य छ, तर राष्ट्रियता, जनजिविका, स्वतन्त्रता र सार्वभौमसत्तामा अडिग छन् । जुन आम नेपाली जनता चाहन्छन् । राजनीतिका मुख्य सार नै देश र जनताप्रति उत्तरदायित्व वहन गर्नु हुन् । जुन वहन गर्न ओली सक्षम छन् र गरिरहेका छन् । नैतिकता माथि प्रश्नचिन्ह लगाउनेहरु विगतका आफनो ईतिहास हेर्ने दुस्साहस गर्दा हुन्छ ।
वक्स २
ओलीको आत्माविश्वासले मृत्यृलाई त जित्न सक्छन् भने देशलाई कमजोर र अस्थिरता तर्फ उन्मुख गराउने शक्ति र स्वार्थका भरौटेहरु त केही पनि हैनन । अध्यारो कुनामा रहेर ओलीको विकल्प खोज्नेहरुले ओलीको त्यो ज्वाज्यलताको रिस नगरेको राम्रो ।
वक्स ३
नेकपालाई ठूलोे जनमत सीमित नेताले मात्र हैन, सच्चा कार्यकर्ता र जनताले दिएका हुन र त्यसको नेतृत्व ओलीले गरेका हुन् । जुन एकमात्र सत्य हो । ओलीप्रतिको जनविश्वासले नै नेकपा आज सवैभन्दा ठूलोे पार्टी भएको हो । ओली प्रतिको धोका भनेको आम नेपाली र लोकतन्त्रप्रतिको धोका हो ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width