एस.ई. परीक्षामा भाइ बहिनीहरूलाई शुभकामना

शिवलाल धिताल
चैत्र ५, २०७६

 शिक्षा मन्त्रालयले गरेको निर्णय अनुसार सुरुमा परिकल्पना गरिएको समग्र ग्रेडिङ प्रणालीलाई हटाएर प्रत्येक विषयको छुट्टा–छुट्टै ग्रेडिङ गरी नतिजा प्रणालीमा परिवर्तन गर्ने गरेकाले नयाँ ग्रेडिङ नतिजा प्रणाली बढी व्यावहारिक हुने पनि ठह¥याइएको छ ।

प्यारा भाइ बहिनीहरू,
२०७६ सालको चैत ६ गते सुरु भई १७ गते समाप्त हुने एस.ई. परीक्षामा सहभागी हुन तिमीहरू मानसिक रूपले अवश्य पनि तयार हुँदै छौ । २०७२ सालको एस.एल.सी. परीक्षादेखि अक्षराङ्क (ग्रेडिङ) प्रणालीको आधारमा नतिजा प्रकाशित गर्ने व्यवस्था गरिएको ४ वर्ष भयो । यसबारे आ–आफ्नो विद्यालयबाट तिमीहरूले केही जानकारी अवश्य प्राप्त गरेकै छौ ।
शिक्षा मन्त्रालयले गरेको निर्णय अनुसार सुरुमा परिकल्पना गरिएको समग्र ग्रेडिङ प्रणालीलाई हटाएर प्रत्येक विषयको छुट्टा–छुट्टै ग्रेडिङ गरी नतिजा प्रणालीमा परिवर्तन गर्ने गरेकाले नयाँ ग्रेडिङ नतिजा प्रणाली बढी व्यावहारिक हुने पनि ठह¥याइएको छ । पाश्चात्य देशहरूको शिक्षा प्रणालीमा यो ग्रेडिङ सिस्टम केही दशक पहिलेदेखि सफलता पूर्वक लागु हुँदै आएको देखिन्छ ।
सैद्धान्तिक पक्षमा केही कमजोर देखिए तापनि प्रयोगात्मक किसिमले पश्चिमेली विद्यार्थी निकै व्यावहारिक र सिपालु ठहरिन्छन् । त्यसैले एस.ई. परीक्षालाई अत्यन्त महत्व दिएर गहन अध्ययन गरी उत्तम ग्रेड प्राप्त गर्नु नै तिम्रो उच्च शिक्षाको ढोका सफलतापूर्वक खोलिनु हो ।
राष्ट्रिय परीक्षाबोर्डले एस.ई. परीक्षा सञ्चालन गर्दैछ तर परीक्षाका लागि प्रश्नपत्र भने सात वटै प्रदेशमा छुट्टा छुट्टै हुनेछन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले परीक्षा केन्द्र सञ्चालन, व्यवस्थापन र कापी परीक्षणको कार्य सम्पन्न गर्ने जनाइएको छ ।

परीक्षा भगवान्को आशीर्वाद र भाग्यमा भर पर्ने कुरा बिल्कुलै होइन । परीक्षामा सफलता प्राप्त गर्न आत्मविश्वास, जाँगर र लगनशीलताको साथै प्राविधिक सीपको भूमिका महत्वपूर्ण हुन्छ । प्रभावकारी र दीर्घकालीन सिकाइको लागि डेढ÷दुई घण्टा पढेपछि करिब ५०÷६० मिनेट विश्राम गर्नु पर्दछ ।

खास गरी परीक्षा दिन जाँदा धेरै खाना नखाई हल्का खाना खाने, गह्रौ, बढी कसिएका र बाक्ला भद्दा कपडा नलगाई खुला, पातला र हल्का खालका कपडा लगाउनु राम्रो हुन्छ । परीक्षाको समयमा एकोहोरो घोटिएर लगातार पढिरहनु भन्दा पढेको कुरालाई सम्झँदै मौखिक, लिखित, प्रयोगात्मक जुन किसिमको भए पनि सरल र सहज किसिमले प्रस्तुत गर्न सक्नु नै परीक्षामा सफलता प्राप्त गर्न सक्नु हो ।

धेरै जसो विद्यार्थी लामो समय त्यत्तिकै खेर फाल्छन् र रातमा पनि दुई÷तीन घण्टा मात्र सुतेर परीक्षा आउनासाथ रातभर, दिनभर लगातार घोटिएर पढ्ने गर्दछन् । यस्तो पढाइ वास्तवमा अति हानिकारक हुन्छ । वास्तवमा मानव मस्तिष्कको सिकाइको पनि सीमा हुन्छ । एकै पटक मस्तिष्कले धेरै विषयवस्तु दीर्घकालीन रूपमा ग्रहण गर्न असमर्थ हुने हुन्छ । एउटा व्यावहारिक र चलाख विद्यार्थीले त वर्षभरिकै पाठको तयारी सन्तुलित किसिमले गर्दै जानुपर्छ र पाठका महत्वपूर्ण फुट नोटहरू पनि लिखित रूपमा तयारी गर्दै जानुपर्छ । ती बुँदालाई स्मरण गर्दै जानुपर्छ र परीक्षाको समयमा बोर्ड परीक्षा सुरु हुँने सप्ताह आएपछि परीक्षार्थीहरू बेलुकी १० बजे नै सुत्नु अति बुद्धिमानी हुनेछ । ६ घण्टाको सुताइ पूर्ण हुने हुँदा बिहान ४ बजे नै उठेर जाँच दिन जानु अघि आफूले तयार गरेको सबै फुट नोट आदि बुँदालाई स्मरण हुने गरी दोहो¥याएर पढी गएमा त्यो सिकाइले परीक्षामा ठूलो सहयोग पु¥याउने हुन्छ ।

खास गरी परीक्षा दिन जाँदा धेरै खाना नखाई हल्का खाना खाने, गह्रौ, बढी कसिएका र बाक्ला भद्दा कपडा नलगाई खुला, पातला र हल्का खालका कपडा लगाउनु राम्रो हुन्छ । परीक्षाको समयमा एकोहोरो घोटिएर लगातार पढिरहनु भन्दा पढेको कुरालाई सम्झँदै मौखिक, लिखित, प्रयोगात्मक जुन किसिमको भए पनि सरल र सहज किसिमले प्रस्तुत गर्न सक्नु नै परीक्षामा सफलता प्राप्त गर्न सक्नु हो ।
एउटा विद्यार्थीको जीवनमा सबभन्दा महत्वपूर्ण कुरा नै परीक्षाको समय सर्वोत्तम किसिमले सदुपयोग गर्न सक्नु हो । परीक्षाका लागि केही व्यावहारिक सुझाबहरू यस प्रकार छन् । याद गर्ने नै छौ ।

१. बाह्य परीक्षामा परीक्षकहरूले थोरै समयमै उत्तरपुस्तिका परीक्षण गर्नु पर्ने हुँदा परीक्षामा सुन्दर, गोलाकार अक्षर बनाई केरमेट नगरी सफासँग उत्तर लेख्नुपर्छ ।

२. परीक्षामा प्रश्नको निर्देशन राम्रोसँग पढेर मात्र लेख्न सुरु गर । पहिला केही नसोची लेख्न थाल्ने र पछि एक पेज, आधा पेज लेखेपछि काटेर अर्को प्रश्न गर्नु बुद्धिमानी ठहंिरदैन । यसले समयको बर्बाद र मानसिक तनाव मात्र बढाउँछ ।
३. जानेको प्रश्न पहिले गर्नुपर्छ र गरेका प्रश्नमा रेखाचिन्ह ( ) दिदै जानुपर्छ । नेपाली, अँग्रेजी जस्तो भाषा विषयको परीक्षामा पहिला व्याकरणको प्रश्न भ्याएर मात्र अरु प्रश्नको उत्तर लेख्नु बढी बुद्धीमानी हुनेछ ।

४. परीक्षाको समयमा तिमीले उत्तम कलमको छनौट गर्नुपर्छ साथै आफूलाई चाहिने ज्यामिति बक्स, क्याल्कुलेटर आदि आफैले साथमा लिएर जानुपर्छ । साथै प्रवेशपत्र पनि जतनसाथ ज्यामिति बक्स आदिमै सुरक्षितसाथ राख्ने गर्नुपर्छ ।

५. परीक्षाको समयमा प्रवेशपत्र तथा उत्तरपुस्तिकाको प्रथम पेजमा दिएका निर्देशन राम्रोसँग पढ्नु पर्छ र उत्तरपुस्तिकाको प्रथम पेजमा भर्नु पर्ने सबै निर्देशन केरमेट नगरी सफासँग भर्ने गर्नु पर्दछ र तेस्रो पेजबाट मात्र उत्तर लेख्न सुरु गर्नुपर्दछ ।
६. उत्तर पुस्तिकामा घटीमा डेढ इञ्चको मार्जिन राख्नु अनिवार्य हुन्छ तर मार्जिन स्केलले तानि रहनु आवश्यक छैन, कापी भाँचि दिए पनि हुन्छ ।

७. गर्नु भनेको सबै प्रश्न भ्याउने गरी परीक्षा लेख्नुपर्दछ । कुनै प्रश्नको उत्तर राम्रो नआए पनि केही लेख्ने प्रयास गर । ज्यादै छिटो परीक्षा सक्नु राम्रो कुरा होइन । दिएको समयभन्दा ५–१० मिनेट पहिला उत्तर भ्याएर एकपटक सरसर्ती दोहो¥याएर मात्र उत्तर पुस्तिका बुझाउनु बढी राम्रो हुनेछ ।
८. गणित, भूगोल, विज्ञानजस्तो चित्र आदि बनाउनुपर्ने विषयमा सिसाकलम प्रयोग गर्नुपर्दछ । थप कपीमा सिम्बल नम्बर राम्रोसँग लेखेर राम्रोसँग स्टिचिङ गरी बुझाउनुपर्छ ।
९. कुनै कारणवश कुनै दिनको परीक्षा बिग्रियो भने त्यसलाई सम्झिएर टाउको दुखाइ राख्नु हुँदैन । त्यसलाई बिर्सिएर भोलिपल्टको परीक्षाको लागि राम्रो तयारी गर्नु बढी बुद्धिमानी हुनेछ ।
१०. अन्ततः आत्तिएको मानसिकताले जीवनमा कुनै काममा पनि सफलता प्राप्त गर्न सकिदँैन । तसर्थ परीक्षाहलमा जाँदा ढुक्क र आनन्दकासाथ स्थिर मन गरेर प्रवेश गर्नुपर्छ । जसले नडराई आनन्दसाथ परीक्षा लेख्छ, त्यस्ता व्यक्तिले राम्रो सफलता प्राप्त गर्दछ ।
अन्तत अंग्रेजीमा भन्नु पर्दा तलको २ सीप
३) “मिनिङफूल माइण्ड एण्ड स्कीलफूल ह्याण्ड” प्रयोग गरी परीक्षा देऊ, सफलता अवश्य मिल्नेछ ।
भाइबहिनीहरु ,

विश्वभर कोरोना भाइरस रोगको उच्च जोखिम बढ्दै गएको अवस्थामा तिम्रो परीक्षा चल्ने भएतापनि हालसम्मको नेपालको अवस्थालाई हेर्दा कोरोना भाइरसको मनोवैज्ञानिक त्रासमा नरही स्वस्थ र ढुक्क भई परीक्षामा सहभागी होऊ, कक्षाकोठामा जस्तो परीक्षा हलमा खाँदिएर बस्नु पर्दैन । यसमा ख्याल गर्नु पर्ने कुरा परीक्षा सकिएर जानासाथ सावुन पानीले हात धुनुपर्छ , तिमी परीक्षामा प्रवेश गर्नु भन्दा पहिला निरीक्षकले तिमीलाई प्रवेशपत्रसँग भिडाइ सकेपछि तिमीले आफ्नो स्वास्थ्य सुरक्षाको लागि परीक्षाको समयमा मास्क लगाउन पाउनु पर्छ, हाच्छयुँ आउँदा रुमालले नाकमुख छोप्ने ,परीक्षा हल बाहिर भीडभाड र हात मिलाउने काम नगर्ने आदि याद गर्नुपर्ने कुरा हुन् ।
अन्तत ः सबै परीक्षार्थी भाइबहिनीलाई परीक्षामा उच्च सफलताको हार्दिक शुभकामना ! सरस्वतीमाताको आर्शीवाद प्राप्त होस् ।
लेखक ः गण्डकी आवासीय उच्च मा.वि. पोखराको पूर्व सहायक प्राचार्य हुन् ।सं.

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width