एस.इ.इ. परीक्षा दिने विद्यार्थीका लागि जरुरी जानकारी

डा. गेहेन्द्रमान उदास “पोखरेली”
फागुन २९, २०७६

जाँच आयो भनेर पहिल्यै नडराउनू । यसरी डराउनाले तपाईंको मनोविज्ञान अनुसार मन मस्तिष्कलाई शतप्रतिशत नै कमजोर बनाउँ छ । संझना शक्तिलाई डिष्टर्व गर्छ । यस्तो परिस्थितिमा प्रश्नलाई ठीक–ठीक रूपले बुझ्न सकिन्न ।

ठीक–ठीक तरीका (टेक्निक) र होसियारी अपनाउनु भएन भने परीक्षा दिँदा वा लेख्दा भने जस्तो नतीजा नआउने सम्भावना हुन्छ । त्यसकारण तल लेखिएका टेक्निक र होशियारी अपनाउन सल्लाह दिन्छु, जसले गर्दा तपाईहरूले सोचे जस्तो नतीजा (परीक्षाफल) आउने हुन्छ । यी टेक्निकहरू बारे लेख्नु भन्दा पहिले एकदम जरुरी र महत्वपूर्ण कुरा भन्छु । त्यो हो ‘जाँचलाई ‘भूत’भनेर मन मस्तिष्कमा आउनै नदिनू’ अर्थात जाँच आयो भनेर पहिल्यै नडराउनू । यसरी डराउनाले तपाईंको मनोविज्ञान अनुसार मन मस्तिष्कलाई शतप्रतिशत नै कमजोर बनाउँ छ । संझना शक्तिलाई डिष्टर्व गर्छ । यस्तो परिस्थितिमा प्रश्नलाई ठीक–ठीक रूपले बुझ्न सकिन्न ।
त्यस बेला तपाईंको उत्तर सतप्रतिसत पूर्ण हुँदैन । यसरी डराउने मनस्थिति वा मनोविज्ञानलाई अँगे्रजीमा ‘एक्जाम फोविया’ भन्दछ । यसलाई विश्वास नगर्नुस् । विश्वास गर्नको लािग तपाईंले वास्तविकता (सत्यतथ्य) लाई बुझ्नु पर्छ । बुझेपछि एक्जाम फोविया, भूतमा विश्वास नगरे जस्तै गरेर देखिएको भूत पनि त्यतिकै हराउँछ । किनभने भूत मान्छेको डर उत्पन्न गर्र्ने कल्पना हो । कल्पना त्यतिकै बिलाउँ छ । त्यसैले भएको डर पनि बिलाउँछ । त्यसैगरी जाँचको डर पनि बिलाउँछ । जाँचको काल्पनिक डरलाई हटाउनका लागि तलका कुराहरूलाई घतलाग्ने गरी बुझ्नु पर्दछ ।

जाँच (परीक्षा) तपाईंको मित्र हो भन्ने ठान्नु पर्दछ । जसले तपाईंको वर्षाैं–वर्षको फल प्राप्त गराई दिन्छ भन्ने विश्वास लिनु पर्दछ । परीक्षा उत्तीर्ण नगरिकन माथिल्लो कक्षामा पढ्न पाउनु हुन्न, जागिर खानपनि पाउनु हुन्न । यस्तो उपलब्धि दिने परीक्षालाई तपाईंको सच्चा मित्र मान्नु पर्दछ । यस्तो विश्वासले तपाईंको ‘मुड’ अर्थात मनस्थितिलाई ठीक ठाउँमा ल्याउँछ । अर्थात दिमाग (बुद्धिलाई) शतप्रतिशत सक्रिय बनाइ राख्छ । बुद्धि सक्रिय भएपछि विचारहरू एक पछि अर्को गरी आई रहन्छन् । त्यसैले परीक्षालाई तपाईंको एक मात्र सहयोगी मित्र हो भन्ने आस्था र विश्वास राख्नु होस् । एक्जाम फोविया मन–मस्तिष्कमा आउनै नदिनू ।

जाँच (परीक्षा) तपाईंको मित्र हो भन्ने ठान्नु पर्दछ । जसले तपाईंको वर्षाैं–वर्षको फल प्राप्त गराई दिन्छ भन्ने विश्वास लिनु पर्दछ । परीक्षा उत्तीर्ण नगरिकन माथिल्लो कक्षामा पढ्न पाउनु हुन्न, जागिर खानपनि पाउनु हुन्न । यस्तो उपलब्धि दिने परीक्षालाई तपाईंको सच्चा मित्र मान्नु पर्दछ । यस्तो विश्वासले तपाईंको ‘मुड’ अर्थात मनस्थितिलाई ठीक ठाउँमा ल्याउँछ । अर्थात दिमाग (बुद्धिलाई) शतप्रतिशत सक्रिय बनाइ राख्छ । बुद्धि सक्रिय भएपछि विचारहरू एक पछि अर्को गरी आई रहन्छन् । त्यसैले परीक्षालाई तपाईंको एक मात्र सहयोगी मित्र हो भन्ने आस्था र विश्वास राख्नु होस् । एक्जाम फोविया मन–मस्तिष्कमा आउनै नदिनू ।
अव म जाँचमा अपनाउनु पर्ने तरिका या टेक्निक र होशियारीको बारेमा कुरा गर्छु – ती कुराहरू बुँदागत रूपमा यस्ता छन् ।
(१) परीक्षाको लागि प्रस्थान गर्नुभन्दा पहिले लानु पर्ने सबै सामानहरू जम्मा गरी एक ठाउँमा छुट्टाइ राख्नुस् । अर्थात् पोकोपारी राख्नुहोस् । ती सामानहरू यी यी हुन् ।
क) प्रवेश–पत्र, ख) कम्तीमा पनि मसिले भरिएको दुई वटा कलम, ग) पेन्सिल, इरेजर, साप्नर, रुलर, क्यालकुलेटर, ज्यामिट्री बक्स आदि । घ) बेला बेलामा समय हेर्नलाई घडी पनि लिएर जानुस् ।
(२) परीक्षा हलभित्र उत्तर कापी पाएपछि गर्नुपर्ने वा लेख्नु पर्ने काम
क) उत्तर कापीलाई होशियारी साथ पढ्ने र त्यसमा लेखे अनुसार काम गर्ने वा लेख्ने । जस्तैः– प्रवेशपत्रमा लेखिएको आफ्नो सिम्बोल नम्बर अक्षर र अंकमा स्पष्ट गरी लेख्ने ।
ख) रजिष्ट्रेशन नम्वर लेख्ने ।
ग) जाँच दिइने सेन्टर वा ठाउँको नाम लेख्ने ।
घ) जाँच दिइएको दिन मिति लेख्ने ।
ङ) जाँच दिइएको विषय लेख्ने ।
च) प्रयोग गरिएको लिपि नेपाली वा अंग्रेजीमा लेख्ने
छ) उत्तर पुस्तिकाको दुवै किनारा एकदेखि डेढ इन्चि सम्म दोवार्ने । तर कलम वा पेन्सिले कोर्नु पर्दैन । यसो गर्दा समय खान्छ ।
ज) उत्तरकापीको प्रत्येक पेजमा पेज नम्बर लेख्न नभुल्नुहोला ।
३) प्रश्नपत्र पाएपछि नडराउने÷नआत्तिने
क) सुरुमै सबै प्रश्नहरू सरसर्ती पढ्ने र सुरुदेखिनै एक–एक गरेर सबै प्रश्न मध्ये आफुलाई पूरा उत्तर आएका प्रश्नहरूमा मात्र टिक लगाउने
ख) टिक लगाइएका प्रश्नको उत्तर समय खेर नफाली भटाभट उत्तर लेख्ने र लेखिसकेपछि अर्को डबल टिक लगाउने
ग) पहिले टिक लगाईएका सबै प्रश्नहरूको उत्तर दिए पछि, अव अरु टिक नलगाइएका, राम्ररी थाहा नभएका प्रश्नहरू फेरि पढ्ने र टिक लगाउने । समय खेरा नफाली ती प्रश्नहरूको उत्तर लेख्ने र लेखिसकेपछि त्यसमा पनि डबल टिक लगाउने ।
घ) त्यसपछि अरू टिक नलगाइएका गाह्रो प्रश्नहरूको उत्तर सोँच्दै सम्झदै उत्तर लेख्ने र सिद्धिएपछि, त्यसमा पनि डबल टिक लगाउने ।
ङ) कुनै प्रश्नको उत्तर नआए जस्तो भएपनि गेस गरेर उत्तर लेख्ने । गेस गर्ने भनेको बुद्धिमा लुकेर बसेको ज्ञानलाई निकाल्नु हो । अतः कुनै प्रश्न पनि नगरी नछोड्ने ।
च) हरेक प्रश्नको उत्तर लेख्दा १÷२ सेकेण्ड देखि २÷४ मिनेटसम्म समय बचाउने ।
छ) १ नम्बरको प्रश्नको उत्तर दिनलाई १.८ मिनेट दिइएको हुन्छ । त्यसमा कममा ८ सेकेण्ड बचाउने ।
ज) उत्तर कपीलाई अनावश्यक रंग भरेर वा लेखेर समय खेर नफाल्ने । लेखाई सफा र सिलसिलाबद्ध भए पुग्छ ।
झ) उत्तरकापीमा प्रश्न सार्नु पर्दैन । तर, प्रश्नको मुख्य नम्बर र उप–नम्बर पनि दिइएको छ भने सुरुमै दुवै नम्बर लेख्नु पर्छ ।
ञ) उत्तर लेख्दै जाँदा त्यो पेजमा अटाएन भने कृ.प.हे. (कृपया पल्टाएर हेर्नुहोस्) भनी कापीको अन्तिममा दाहिने तिर लेख्नु पर्छ ।
ट) अक्षरलाई नबुझ्ने गरी नसच्याउनु होला । बरु बिग्रिएका अक्षर वा शब्दलाई सरक्क काटेर त्यसमाथि ठीक अक्षर र शब्द लेख्नुहोला । जस्तैः ‘म दिँदैछु ।’ उत्तर लेखिसकेको हरफमा पछि केही थप्नु
प¥यो भने पनि त्यसरी नै माथि लेखेर थप्नु होला र थपिएको ठाउँमा माथि देखाए जस्तै गरी चिन्ह दिनुहोला ।
कुनै बेला लामो वा प्याराग्राफनै थप्नु प¥यो भने ठाउँ नभए अर्काेपेजमा लेखेर थप्नु होला र थपेको ठाउँमा बाँकी उत्तर यति पेजमा छ भनेर लेख्ने र लेखेको पेजमा पनि यति पेजको प्रश्न नं. ….. यतिको बाँकी उत्तर भनेर लेख्न न बिर्सनुहोला ।

ठ) डायग्राम, फिगर, नक्सा, चार्टमा लेवलिङ गरेर सफासित लेख्नु पर्छ । आवश्यक प¥यो भने विषय तालिका पनि दिनु पर्छ । पेन्सिलको टुप्पो एक्दम तिखारिएकोे हुनुपर्छ । बोधो वा खिएको हुनुहुँदैन । बोधो टुप्पोको लेखाइ फोहर र नबुझिने हुन्छ ।
ड) लेखाइ अर्थात् अक्षर र शब्दहरू सफा र प्रष्ट बुझिने हुनुपर्छ । अंग्रेजी लेखाइमा कर्सिप अर्थात जोडिएर लेख्ने बानी छ भने प्राय नबुझिने हुँदैन । तर अन्य नजोडिकन लेख्ने हस्तलेखको बानी छ भने एक्जामिनरलाई बुझ्न गाह्रो हुन्छ । जस्तै कष्त बष्क नयष् लन तयकअज ययुि लेखियो भने परीक्षकले बुझदैन । हुनुपर्ने लेखाइ यस्तो हो क्ष्तब ष्क नयष्लन तय क्अजयय।ि
यसै गरी नेपालीमा पनि डिका नदिई लेख्दा यस्तो समस्या आउँछ । ‘पूर्व राष्ट्र पति राम वरण याद बले बाल्यका लमा भैंसीच राउँथे’ यसैलाई हुनुपर्ने ‘पूर्व राष्ट्रपति रामवरण यादवले बाल्यकालमा भैंसी चराउँथे’ । यस्तो लेखाई जाँचनेले झुलुक्क हेर्ने बित्तिकै पढ्न सक्छ । र दोहो¥याएर पढ्नु पर्दैन । जाँचने मान्छे खुशी भएर बढी नम्बर दिन्छ । तपाईंले एक्दम राम्रो उत्तर दिएको भए पनि बिगारेर लेखेकोमा थोरै वा कम नम्बर दिइने हुन्छ ।
ढ) ज्यादै ठूलो– ज्यादै सानो अक्षर नलेख्नुहोला । ठूलोले धेरैले समय खान्छ र सानो अक्षर जाँच्नेलाई पढ्न गाह्रो हुन्छ । जसले गर्दा उसको मुड विग्रन्छ अर्थात ऊ रिसाउँछ । अनी नम्बर थोरै दिन्छ । मझौला केराउको साइजको अक्षर ठीक हुन्छ ।
ण) आफुलाई पूरा अर्थ थाहा नभएको शब्द प्रयोग नगर्ने ।
त) धेरै लामो, धेरै छोटो उत्तर नलेख्नुहोस् । ठीक्कको लामो वा छोटो उत्तर राम्रो हुन्छ । यस्तो उत्तरले कापी जाँच्नेलाई खुशी पार्छ र धेरै नम्वर दिन्छ । उदाहरणको लागि १ नम्बरको प्रश्नलाई एक वाक्य वा बढीमा दुई वाक्यसम्म ठीक्क हुन्छ ।
थ) एउटा प्रश्नमा दुई वा तीन, चार प्रश्नहरूपनि हुन्छन् । त्यस्तो प्रश्नको उत्तर दिँदा उप नम्बरहरू पनि दिएर प्याराग्राफ छुट्याएर लेख्नु पर्छ ।
द) कुनै प्रश्नले लिष्ट या बुँदागतरूपले कुराहरू लेख्न सोधिएको छ भने, सकेसम्म सिलसिला मिलाएर छोटो–एक÷एक वाक्यमा संख्या समेत दिएर लिष्ट बनाउने ।
ध) यदि तपाईंले कथा वा चिठ्ठी वा वर्णन वा निबन्ध लेख्नु भएको छ भने प्रत्येक प्रसंगमा प्याराग्राफ छुट्याएर लेख्नुहोस् ।
न) तपाईंको उत्तर कति लामो वा छोटो हुनुपर्छ भन्ने कुरा प्रश्नमा दिइएको नम्बरमा भर पर्छ । जस्तैः १ नम्बरको उत्तर एक वा दुई वाक्यमा ४ नम्बरलाई चार देखि छ वाक्यमा र ९ नम्वरलाई क्रममा एक देखि डेढ पृष्टमा दिए पुग्छ ।
प) छोटो वा लामो उत्तर लेख्नु पर्ने प्रश्नको उत्तरको अन्त्यमा तपाईंको विचारको उपसंहार वा कन्क्लुजन दिनु एकदम राम्रो हुन्छ ।
फ) अन्त्यमा बचाएको समयको उपयोग गरेर १०–२० मिनेटमा सबै उत्तरहरू दोहो¥याएर पढ्नुस् । अक्षर, विचार,विषयवस्तु कतै नमिल्दो भएको छ भने पत्ता लगाई सुधार्नुस् ।
म तपाईंहरूलाई थप सरसल्लाह दिन तयार छु । समयको लागि विहान र बेलुका ०६१–४४०४२३ मा फोन गर्नुस् ।
भ्(mबष्स् िनभजभलमचब।उयपजबचभष्२िथबजयय।अयm

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width