एसईई टीप्स

बाबुकाजी कार्की
चैत्र ४, २०७६

आगामी परीक्षामा सम्मिलित हुने परीक्षार्थीको परीक्षा तयारीलाई अझ सहज र उच्च प्रतिफलमुखी बनाउन निम्न टीप्सहरुले टेवा पु¥याउने अपेक्षा गरिएको छ।

यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई)चैत्र ६गते बिहान ८ देखि ११ बजेसम्म संचालन हुंदै छ । यस परीक्षामा नियमित, ग्रेडबृद्धि तथा प्राविधिक धारका परीक्षार्थी सम्मिलित हुने छन्। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी बाट प्रकाशित समयतालिका अनुसार चैत्र १७ गते सकिने यस परीक्षामा झण्डै ५ लाख परीक्षार्थी सहभागी हुनेछन् । वर्तमानको विद्यालय संरचना अनुसार कक्षा १ देखि ८ सम्म आधारभूत तह र कक्षा ९ देखि १२ सम्म माध्यमिक तह भनी परिभाषित गरिएको छ । विगत ८ दशक भन्दा लामो समय देखि विद्यालय तहको अन्तिम परीक्षाको रुपमा कक्षा १०मा लिइँदै आएकोमा एसएलसीलाई एसईईमा रुपान्तरण गरिएको छ । नयाँ व्यवस्थाअनुसार विद्यालयतहको अन्तिम कक्षा १२ मा लिइने परीक्षालाई एसएलसी मानिएको छ ।
विसं १९९० सालदेखि एसएलसीको रुपमा राष्ट्रियस्तरमा लिइँदै आएको विद्यालयतहको एकमात्र परीक्षाको नतिजा उत्साहप्रद देखिँदैन । वि.सं.१९९८ सालमा सवभन्दा बढी ७७.७८ प्रतिशत र वि.सं.२०३८ सालमा सबभन्दा घटी १६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको देखिन्छ । विगतका परीक्षाको विषयगत औशत प्राप्ताङ्क हेर्दा अंग्रेजीमा सबभन्दा घटी ३३.२४ र सबभन्दा बढी सामाजिकमा ४८.०४ भएको पाइन्छ । शिक्षा क्षेत्रमा धेरै अभ्यास र लगानी भएता पनि विद्यार्थीको उपलब्धिमा झन ह्रास आउनु गम्भिर चिन्ताको बिषय हो ।
यति लामो समयसम्म विद्यार्थीको उपलब्धिस्तर ५० प्रतिशत पनि नपुग्नामा के विद्यार्थी मात्रै दोषी छन् त ? वस्तुनिष्ठ अध्ययन गरी वास्तविकता पहिल्याउन अल्छी गर्नुहुन्न । उपलब्धिस्तर शतप्रतिशत पु¥याउन राज्य, अभिभावक, विद्यालय, विद्यार्थी र नागरिक समाजलगायतको भूमिका कस्तो हुनुपर्छ ? निक्र्यौल गर्न बिलम्ब भैसकेको छ । तथापि आगामी परीक्षामा सम्मिलित हुने परीक्षार्थीको परीक्षा तयारीलाई अझ सहज र उच्च प्रतिफलमुखी बनाउन निम्न टीप्सहरुले टेवा पु¥याउने अपेक्षा गरिएको छ।

  • परीक्षा तयारीको समयमा आफ्नो स्वास्थ्यको बारेमा विशेष चनाखो हुनुपर्दछ । स्वस्थकर आहारविहार र सहज परिश्रमको नियमितताप्रति विशेष चनाखो रहनुपर्दछ ।
  • एसईईलाई हाउगुजीको रुपमा नलिई सहजरुपमा आत्मसात गरेर सकरात्मक सोच र उच्च मनोबलकासाथ परीक्षा दिने मनस्थिति बनाउनु पर्दछ ।
  • मानसिक एवं शारीरिक क्षमता भन्दा बढी थकान हुनेगरी अनिंदोसमेत बसेर लगातार पढ्दा स्मरण शक्तिमा ह्रास आउँछ । शारीरिक तथा मानसिक थकानका कारण आपूmले सोचे जस्तो जाँच दिन पनि सकिन्न भन्ने
  • वास्तविकताप्रति हेक्का राख्नुपर्दछ।
  • अध्ययन गर्दा पाठ्यपुस्तकको मात्र भर नपरेर पाठ्यक्रमको पनि अध्ययन गर्ने गराउने तर्फ शिक्षक विद्यार्थीले ध्यान दिनुपर्दछ । किनकि विगतमा कहिलेकाहीं पाठ्पुस्तकले नसमेटेको तर पाठ्यक्रममा भएको विषयवस्तुबाट पनि प्रश्न सोधिएका वास्तविकतालाई बिर्सनुहुन्न् ।
  • कठिन महसुस गरिएका विषयलाई अलि बढी समय र महत्व दिंदै अध्ययनको दैनिक समय तालिका नै बनाएर सबै विषयलाई समानुपातिकरुपमा अध्ययन गर्नु बुद्धिमानी हुन्छ ।
  • सहपाठीहरुको सानो समूह बनाएर छलफल गरेर पढ्ने बानीले बहुआयमिक तथा दिगो स्मरणमा रहने वास्तविकता हो ।
  • विगत वर्षहरुका प्रश्नहरुको उत्तर लेख्ने अभ्यास गर्ने र आफ्नो विषय शिक्षकलाई देखाएर लेखनको स्तर बारे आवश्यक सल्लाह लिन अल्छी गर्नुहुन्न ।
  • परीक्षा दिन जाँदा मैले राम्रोसँग जाँच दिन्छु र राम्रो नतिजा आउंछ भन्ने दृढ विश्वास एवं उच्च मनोवलकासाथ हतोत्साहित नभई परीक्षाहलमा प्रवेश गर्नुपर्दछ ।
  • विषयअनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्यालकुलेटर आदि घरबाट हिंड्नु अगाडि राम्रोसँग चेक जाँच गर्नु पर्दछ ।
  • परीक्षा केन्द्रको बस्तुस्थिति र दूरी, घरबाट पुग्न लाग्ने समय र साधनको उपलब्धताबारेमा अवलोकन पहिलै नै गर्दा सहजता हुन्छ ।
  • प्रवेशपत्र तथा उत्तरपुिृस्तकामा लेखिएका निर्देशनहरु परीक्षा शुरु हुनु अगावै पढी पालना गर्नु बुद्धिमानी हुन्छ।
  • उत्तर लेख्दा आफूलाई तत्काल धेरै जानकारी भएको प्रश्न क्रमबाट लेख्न शुरु गर्नु पर्दछ।
  • प्रश्नले मागेको उत्तर यकिन भए पछि प्रश्नको प्रकृति र अंकभार तथा समयलाई मध्यनजर राखी मैलिकता झल्किने गरी बँुदागतरुपमा सफा र शुद्धसँग उत्तर लेख्नुपर्दछ ।
  • सबै प्रश्नका उत्तरहरु लेखिसकेपछि बचेको अन्तिम समयमा लेखेका उत्तरहरुलाई पुन सरसर्ती पढेर छुटपुट भए सच्याउनुपर्छ ।

एसईईलाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ । छोराछोरीलाई अनावश्यक दवाव नदिने, उनीहरुको आहार विहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातारण बनाई सहजता प्रदान गर्ने एवं उत्साह र ढाढस दिएर मर्यादित रुपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारी भित्र पर्दछ । यसमानेमा एसईई.अभिभावकको लागि पनि एक समझदार अभिभावक भए नभएको जाँचिने परीक्षा हो भन्दा अन्यथा नहोला ।
त्यस्तै विद्यालयले विद्यार्थीको रुचि क्षमता अनुसारको विषयको छनौट तथा परीक्षालाई सहजरुपमा सामना गर्नसक्ने योग्यताको विकास गराउनु पर्दछ । विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठनपाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धि उच्च हुने यर्थाथता हो । एसईईको नतिजाको आधारमा विद्यालयको स्तर सरकार र समुदायमा कायम हुने भएकोले विद्यालयले आफनो हैसियत उच्च राख्ने सुनौलो अवसर पनि हो ।
तसर्थ आफ्ना विद्यार्थीको उपलव्धिस्तर उच्चतम बनाउन विद्यार्थीको प्रतिभाको अधिकाधिक आविष्कार गरेर परिमार्जन र परिष्कृत गर्दै तिनीहरुको विकास र विस्तार गर्ने खालको विद्यालयमा चित्ताकर्षक शैक्षिक वातावरण बनाउनुपर्दछ । विद्यार्थीले विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरणमा पढ्न पाए नपाएको यकिन गर्ने परीक्षा पनि हो एसईई ।
प्रश्नपत्र निर्माणमा वैज्ञानिकता, वस्तुनिष्ठता तथा गुणस्तरीयताले पनि परीक्षाको नतिजालाई असर पार्दछ । अपेक्षा गरेअनुसार व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहार्द्र वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवं उनीहरुले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको निक्र्यौल गर्दछ । यसप्रकार एसईई प्रत्यक्षरुपमा विद्यार्थीको लागि मात्र भए जस्तो लागेता पनि परोक्षरुपमा राज्यले विद्यालय शिक्षासम्बन्धी अख्तियार गरेको नीति–नियम कार्यव्रmम जाँच्ने कसी पनि हो ।
त्यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघलगायत विद्यालयतहको शिक्षाको जिम्मेवारी लिएका पदाधिकारीले विद्यार्थीको पठनपाठनमा कत्तिको योगदान पु¥याए भन्ने कुराको यकिन गर्ने एक सशक्त सूचक विद्यार्थीले प्राप्तगरेको प्राप्ताङ्क र उत्तीर्ण प्रतिशत नै हो । तसर्थ एसईई विद्यार्थीको लागि मात्र परीक्षा नभएर सम्बन्धित निकाय, विद्यालय, शिक्षक, अभिभावक तथा समग्र शिक्षा नीतिको प्रभावकारिता आदि जाँच्ने कसी पनि हो भन्दा अन्यथा नहोला । पबचपष्।दबदगपबवष्२थबजयय।अयm

लेखक ः पूर्व जिल्ला शिक्षा अधिकारी हुन् । सं .

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width