एआई उपकरण र भावी पुस्ता

राजेन्द्र अधिकारी
पौष १८, २०८०

प्रविधिको विकाससँगै आजको दिनमा इन्टरनेटको प्रयोगस सूचना र मनोरञ्जनको लागि मात्र सीमित रहेन । आणविक भट्टी, सुरक्षा संयन्त्र, बैंक, विमानस्थल, स्वास्थ्य सेवा जस्ता संवेदनशील चिजहरू समेत सबै स्वचालित र ‘डिजीटलाइज’ भइसकेका छन् ।

हामीले एआईलाई विगतको जस्तै किताब छाप्ने मेसिन, रेडियो, क्यामरा, एटम बमलगायत आविष्कारजस्तो प्राविधिक क्रान्तिको रुपमा लिएका छौं । यो बुझाइ विल्कुल गलत हो । हामी सबैले एआईको बारेमा कम्तीमा २ कुरा बुझ्न जरुरी छ । एआई, इतिहासकै एउटा यस्तो पहिलो उपकरण हो ।

१. जसले आफैंले नयाँ चिजहरूको सिर्जना गर्न सक्छ तथा आफैंले नयाँ विचार र धारणा बनाउन सक्छ ।

२. जसले स्वतन्त्रतापूर्वक र स्वायत्त रुपमा आफैं निर्णय लिन सक्छ ।

किताब छाप्ने मेसिनले हाम्रो निर्देशनअनुसार हामीले लेखेको किताब १÷२ प्रति पनि छाप्न सक्दछ तर मेसिन आफैंले किताबको सिर्जना गरेर छाप्न भने सक्दैन ।

यस अघिको प्रविधि पूर्णरूपमा मानवको निर्णयबाट मात्र सञ्चालित हुने थियो, उपकरण आफैंले निर्णय लिने थिएन । त्यसैले यी प्रविधि, उपकरण मानव विकासको चरणमा सशक्त नै छन् ।

उदाहरणका लागि एआइ उपकरणमा, स्वतन्त्र रुपमा आफैं निर्णय लिन सक्ने स्वायत्त हतियार प्रणाली हुनेछ, हतियार कति बेला खोल्ने, कसलाई हान्ने, कसलाई मार्नेलगायत कति बेला युद्ध सुरु गर्ने भन्ने समेतको निर्णय उपकरणले गर्न सक्छ ।

त्यसैले इतिहासमै पहिलो पटक अहिलेसम्म मानव सभ्यताले नभोगेको स्वायत्त एजेन्ट एआई को चरणमा मानव सभ्यता प्रवेश हुँदै छ ।

एआईले आगामी वर्षहरूमा कसरी छलांग मार्छ भन्ने विषय अनिश्चितताले भरिएको छ

एआईले आगामी वर्षहरूमा कसरी छलांग मार्छ भन्ने विषय अनिश्चितताले भरिएको छ । तर, उत्पादनमा सुधार गर्न र शिक्षा, मानसिक स्वास्थ्य सेवा र अन्यमा पहुँच विस्तार गर्न कसरी एआई प्रयोग गर्न सकिन्छ भन्ने कुरा पहिलेभन्दा अझै धेरै स्पष्ट छ ।

सीमित स्रोत भएको संसारमा हामीले प्रभावलाई अधिकतम बढाउने तरिकाहरू खोज्नुपर्छ । खर्च गरिएको हरेक रकमबाट अधिकतम प्राप्त गर्ने कला नै नवीनता हो । एआईले हामीले यसअघि कहिल्यै नदेखेको गतिमा नयाँ आविष्कारको दरलाई तीव्रता दिन लागेको छ । अहिलेसम्मको सबैभन्दा ठूलो प्रभाव नयाँ औषधी उत्पादन गर्नु हो । एआई उपकरणले औषधी पत्ता लगाउने प्रक्रियालाई महत्वपूर्ण रूपमा गति दिन सक्छ र केही कम्पनीले यसअघि नै यी उपकरणलाई क्यान्सरको औषधीमा काम गरिरहेका छन् ।

बिल गेट्सले एक अन्तर्वार्तामा भनेका छन्, ‘न्यून र मध्यम आय भएका देशले आफ्नो जीवनस्तर सुधार्न एआईलाई प्रयोग गर्ने ठूलो सम्भावना छ । हालै सेनेगलको यात्राका क्रममा विकासशील देशका धेरै आविष्कारकसँग मेरो भेट भयो । उनीहरूले आफ्नै समुदायका मानिसलाई फाइदा हुने उद्देश्यका साथ अचम्मको एआई अनुसन्धान गरिरहेका छन् । तिनीहरूको धेरै काम अझै पनि विकासको प्रारम्भिक चरणमा छ, तर उनीहरूले यो दशकपछि ठूलो प्राविधिक समृद्धिका लागि खुड्किला तय गर्दै छ ।

लेखक तथा इतिहासकार युवाल नूह हरारीले एआईले लिने निर्णयलाई न त नियन्त्रण गर्न सकिन्छ न त कसरी र कति बेला निर्णय लिन्छ भनेर थाहा पाउन सकिन्छ । त्यैसेले एआई उपकरण खतरनाक हुन सक्ने टिप्पणी गरेका छन् ।

हामी छिमेकीको गाई, भैंसी बिरामी हुँदा, दूध नदिँदा पनि, अहिले कस्तो छ ? दूध दियो कि दिएन ? भनेर सोध्ने बुझ्ने संकारबाट हुर्किएका हौं।

चिलायको ठाउँमा हातले भेटे कन्याउने, नभेटे निश्चित समयपछि आफैं हराएर जान्छ भनेझैं जीवनमा आइपर्ने कष्ट, दुख, समस्या पनि यस्तै क्षणिक हुन्, समयसँगै आफैं हटेर जान्छन् भन्ने भरोसा सिकेर हुर्केका हौं ।

हाम्रो परिवार, आफन्तजन, साथीभाइबाट बिरामी हुँदा खुट्टा टेक्न नसक्नेलाई घरमै लौरी, वैशाखी पुर्‍याइदिने, हिँड्न नसक्नेलाई बोकेरै बिस्तारामा पु¥याइदिने, अहिले कस्तो छ भनेर सहानुभूति दिइरहने, उपचारको क्रममा डाक्टर, विज्ञहरूले गर्ने व्यवहार जस्ता मानवीय र स्नेहपूर्ण व्यवहारहरू, एआई उपकरणको युगमा के आगामी पुस्ताका हाम्रा सन्ततीहरूले महसुस गर्न पाउलान् ?

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width