अन्तर्राष्ट्रिय नारी दिवस–एक सन्दर्भ

श्रीकृष्ण पौडेल
फागुन २५, २०७६

११० औँ अन्तराष्ट्रिय नारी दिवसको नारा ‘समानताको पुस्ता अन्त्य गरौ हिंसा विभेद र असमानता’ रहेको छ । यस वर्षको नाराले पनि महिला र पुरुष भेदभाव रहीत समान व्यवहारको माग गरेको छ । लिङ्गकै आधारमा महिला र पुरुष बीच गरिने विभेदलाई कम गर्ने प्रमुख लक्ष्य राखिएको छ । हरेक क्षेत्रमा पुरुषसरह महिलाको सहभागिताको माग गर्दै विकास, निर्माणमा महिलाको पनि योगदानको खाँचो छ त्यसैगरी उनीहरूलाई विचार, भावनालाई सम्बोधन गर्दैैै समुन्नत देशको निर्माणको मार्गचित्र पहिल्याउन सकिन्छ ।

विश्व नारी दिवस विशेषत महिलाहरूलाई पुरुषसरह मतदान दिन पाउने अधिकार सम्बन्धी लडाईबाट सुरुवात भएको पाइन्छ । प्रत्येक वर्षको मार्च ८ मा मनाइने विश्वनारी दिवसको प्रमुख लक्ष्य महिला सशक्तीकरणको माध्यमबाट समाजमा महिला भएकै कारण हुने सबैखाले विभेद अन्त्य गर्नु हो । यस दिन सन्देश र चेतनामूलक विभिन्न कार्यक्रमहरू गरी मनाइन्छ । महिला र पुरुष बीच बराबर अधिकार कायम गरी दिगो विकासको लक्ष्य पहिल्याउने सकिने कुरामा कुनै दुईमत छ्रैन ।
११० औँ अन्तराष्ट्रिय नारी दिवस मनाइरहदा अहिलेसम्म घोषणा गरिएका नाराहरूमा नारीहरूको सम्मान, जागरण, हक अधिकारको सुनिश्चित गर्नु हो । विश्व नारी दिवसको इतिहास हेर्दा सन् १९१० मा कोपेनहेगनमा महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई लिन सकिन्छ । त्यसभन्दा अगाडि सन् १९०६ र १९०८ मा नारी अधिकारका सम्बन्धी विभिन्न सम्मेलन र विभिन्न संघर्ष गरेका थिए । महिला हक, अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिवसका दिनमा मार्च ८ लाई महत्वपूर्ण दिनको रूपमा लिने गरिएको छ ।
महिलाहरूको अधिकारका लागि संघर्ष र आन्दोलन थालनी भएको ११० वर्ष सक्दा पनि अझै महिलाहरू अपहेलित भएर बाच्नु परेको छ । नारीहरूप्रति हेरिने दृष्टिकोणमा अझै उदारता नआएको सामाजिक यथार्थ हाम्रा सामु छर्लङ्गै छ । शिक्षित र विकसित देशहरूमा नारी र पुरुषबीच गरिने सहभागिता समान छ । देश निर्माणमा नारी र पुरुषको योगदान समान छ । त्यसैले त विश्व मानचित्रमा त्यस्ता देशहरू विकसित भएका छन्, त्यस्ता देशहरूमा नारी पुरुष एक आपसमा उदारतापूर्वक मित्रता गाँस्छन् । विकास निर्माणका कार्यहरूमा सँगसँगै हातेमालो गर्दछन् ।
राजनीतिक सामाजिक क्षेत्रहरूमा समान सहभागिताले महिलाहरू सबै क्षेत्रमा दक्ष भएका छन् । हाम्रो समाज बोधो चेतन र कमजोर विचार र मानसिकताले ग्रसित छ । पुरुषप्रधान देश कहलिएको नाममा नारीहरूले सामाजिक, शारीरिक, मानसिक, राजनीतिक हरेक क्षेत्रमा विभिन्न खाले हिंसाका घट्ना सहनुपरेको छ । हाम्रो समाजमा महिलाहरू चुलोचौकोमा सीमित राखेर उनीहरूका विचार, भावनालाई कुण्ठित पारिएको छ । पछाडिको समाज फर्केर हेर्दा त महिलाहरूलाई नरकको मूल ढोका ठान्ने र घर नामको झ्यालखानामा थुन्ने पितृसत्ता कायम थियो ।
पीडा र कष्ट सहेर अरुका लागि हासिदिने र कसैका लागि जीवन सुम्पेर महानताको पाठ पढाउने साक्षात सरस्वती हुन् महिला । नारीको खुसीमा विश्व जगतको खुसी लुकेको हुन्छ भने देशको भविष्य अनि प्रगतिको पाइला छ । नारीमा शान्तिको मार्ग पहिल्याउने सक्ने क्षमता छ अनि साहसिक शक्तिको सफल कथा छ अतः नारी बिना हाम्रो समाज अपूर्ण छ ।
११० औँ अन्तराष्ट्रिय नारी दिवसको नारा ‘समानताको पुस्ता अन्त्य गरौ हिंसा विभेद र असमानता’ रहेको छ । यस वर्षको नाराले पनि महिला र पुरुष भेदभाव रहीत समान व्यवहारको माग गरेको छ । लिङ्गकै आधारमा महिला र पुरुष बीच गरिने विभेदलाई कम गर्ने प्रमुख लक्ष्य राखिएको छ । हरेक क्षेत्रमा पुरुषसरह महिलाको सहभागिताको माग गर्दै विकास, निर्माणमा महिलाको पनि योगदानको खाँचो छ त्यसैगरी उनीहरूलाई विचार, भावनालाई सम्बोधन गर्दैैै समुन्नत देशको निर्माणको मार्गचित्र पहिल्याउन सकिन्छ ।
नेपाली समाजमा महिलाहरू चुलोचौकोमा मात्र सीमित राखेर बाहिर नारी अधिकारका चर्का भाषण सुनिने गर्छ । घर बाहिर नारी समानताका विषयमा चर्का भाषण र वकालत र बहस गर्न सक्षम हामी नारी दमनका लाजमर्दा काम गरिरहेका छौँ । सृष्टिको आधा आकाश ढाकेको नारीलाई घर, समाज र राष्ट्र निर्माणको हरेक क्षेत्रमा पुरुष सरह अवसर प्रदान गरिनुपर्दछ । महिला पुरुषको समान साझेदारीको सम्बोधन गर्न आवश्यक छ । महिला भन्ने बित्तिकै केही गर्न सक्दैनन् भन्ने मानसिकताबाट मुक्त हुन जरुरी छ । जनसंख्याको आधा हिस्सा ओगटेका महिलाहरूको उन्नति बिना देशको प्रगति बिना असम्भव छ ।
‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ संस्कृत भाषाको यस भनाई हिन्दु समाजका धर्मग्रन्थमा पनि व्याख्या गरिएको पाइन्छ । यसको अर्थ “जहाँ नारीको पूजा अर्थात इज्जत गरिन्छ त्यहाँ भगवान पनि खुसी हुन्छन्” यो उक्तिले झन् नारीको सम्बन्ध दैविक अस्तित्वसँग गासेको छ । त्यति मात्र हैन, हिन्दु धर्मले नारीलाई देवी, शक्ति, सुष्टिकर्ता, प्रकृति, ममताकी खानी भनी सम्मान दिएको छ ।
वर्षेनी मनाउँदै आइरहेको नारी दिवस सफल रूपमा मनाइए पनि नारीहरू अझैपनि खुलेर आफ्ना भनाई राख्न सकेका छ्र्रैनन्, त्यसैगरी समाज विकासमा आफ्नो योगदान महसुस गर्न सकेका छ्रैनन् । लिङ्गका आधारमा गरिने भेदभाव उन्मुलन हुन सकेको छ्रैन । महिलामाथि असमानता मात्र होइन, सामाजिक असुरक्षा पनि उस्तै छ आज पनि महिलाहरूमाथि बलात्कारका घटनाहरू दिन प्रतिदिन बढिरेहेका छन् । महिलालाई बोक्सीको आरोपमा दुव्र्यवहार गर्ने कामहरू पनि भइरहेका छन् । देशभरी घटेका विभिन्न घटनाहरूमा पिडित महिलाहरूले न्याय नपाएको अवस्था छ ।
महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न भएका ऐन (कानून) कार्यान्वयनसँगै कडा भन्दा कडा कानून निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । लैङ्गिक हिंसा न्यूनीकरणको अन्तर्राष्ट्रिय दस्तावेज संयुक्त राष्ट्रसंघ महासभाबाट पारित मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को प्रस्तावनामा नर र नारीको समान अस्तित्व र सहभागितालाई आत्मसात गरिएको छ । त्यसैगरी महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिले महिला अधिकारलाई संस्थागत गर्ने उद्देश्य राख्दै लैङ्गिक हिंसा न्यूनीकरण गर्न महत्वपूर्ण दस्तावेज समावेश गरिएको छ ।
राष्ट्रसंघ महासभाबाट सन् १९७९ मा पारित यो सन्धिलाई नेपाल पक्ष भएर अनुमोदन गरिसकेको छ । नारीहरू पुरुषभन्दा बढी कार्यबोझका कारण अन्यधिक थिचिएका छन् । त्यसैले लैङ्गिक हिंसा न्यूनीकरण गर्न नारीहरू आफै जागरुक हुनु आवश्यक छ । महिला सशक्तीकरणको माध्यमबाट पनि धेरै किसिमका हिंसाहरू निर्मूल पार्न सकिन्छ । अत ः महिला सशक्तीकरणको लागि लैङ्गिक सचेतना बिस्तार तथा मानव अधिकार सम्बन्धी जानकारी, नीतिनियम कानुनहरूमा महिलाको पहुँच र महिलाहरूलाई दिइएको अधिकार सम्बन्धी जानकारी, नीतिनिर्माण तहमा महिलाहरूको सहभागिता अभिवृद्धि, महिला पुरुष बराबर सहभागिता र कानूनी व्यवस्थाहरूको सही कार्यान्वयन, आर्थिक स्रोत र साधनमा महिलाको पहुँच अभिवृद्धि गरिनुपर्दछ ।

मार्च ८ का दिन मात्र भव्य कार्यक्रम गरेर महिलाहरू समावेश गरेर महिला अधिकारका कुरा गरेर मात्र बस्ने बेला छैन, सधैँभरी महिला अधिकार दिवस मनाउन जरुरी छ किनकि कानूनी तवरबाटै महिलाहरूलाई माथि उकास्न पहल कदमी भएको छ र महिलाहरू आफै पनि जागरुक भएर अगाडि बढ्न आवश्यक छ ।

लैङ्गिक भेदभाव न्यूनीकरण र महिला समानता अनि पिछडिएका महिलाहरूको उत्थान गर्दै मूलधारमा ल्याउनका लागि व्यस्था भएका राष्ट्रिय कानूनी प्रावधानहरू नेपालको संविधानलाई महत्वपूर्ण दस्तावेजको रूपमा लिन सकिन्छ । हुन त नेपालको अन्तरीम संविधान २००७ मार्फत नेपालमा पहिलो पटक नेपाली महिलाका लागि संवैधानिक अधिकारबाट औपचारिक समानता स्थापित गरी नागरिकलाई सीमित प्रजातान्त्रिक अधिकार प्रदान ग¥यो ।
वि.सं. २०१९ सालमा जारी भएको संविधानले दलविहीन पञ्चायती व्यवस्था सुरु गरेसँगै प्रजातान्त्रिक अधिकार स्थगित गरेपनि महिला अधिकारका व्यवस्थाहरू गरिएका थिए । त्यसैगरी वि.सं. २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना भएसँगै वि.सं. २०४७ मा जारी भएको नेपाल अधिराज्यको संविधान २०४७ ले केही महिला अधिकारको व्यवस्था गरेको थियो । वि.सं. २०६३ सालको नेपालको अन्तरीम संविधानले पहिलो पटक धारा २० मा महिलाको हकलाई मौलिक हकको रूपमा स्थापित ग¥यो ।
विभिन्न समयमा जारी भएका संविधानले महिला अधिकारका सम्बन्धमा गरेका व्यवस्था हेर्दा मूलभूत रूपमा समानतासँगै सबै प्रकारका विभेदको अन्त्य, समान सहभागितमा र महिला विरुद्ध हुने हिंसाको अन्त्यलाई जोड दिएको छ । पछिल्लो समय वि.सं. २०७२ साल असोज ३ गते संविधान सभा मार्फत जारी भएको नेपालको संविधानले पनि महिला अधिकारको व्यवस्था गर्दै राज्यका विभिन्न तहमा महिला अधिकारको सुनिश्चित गर्न तत्पर रहेको छ । भाग ३ मा मौलिक हकको व्यवस्था गरेको छ भने भाग ४ मा राज्यका निति, निर्देशक सिद्धान्त र दायित्वमा लैङ्गिक भेदभावको अन्त्य गर्न उपयुक्त कदम चाल्न सरकारका विभिन्न तह र एकाइहरूमा समानुपातिक समावेशीकरण, सहभागिताको व्यवस्था गरेको छ ।
राज्यका हरेक संरचनामा महिलाको समान सहभागितामलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नुका साथै राज्यले महिलालाई शिक्षा, स्वास्थ्य र रोजगारी लागयतका अवसर प्रदान गर्नुपर्छ । नेपालको संविधानको धारा ८४ (प्रतिनिधि सभा गठन) मा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनको लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसंख्याको आधारमा महिला सदस्यलाई पनि समावेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
संविधानको धारा ८६ अनुसार गाउँनगरपालिकाका प्रमुख–उपप्रमुख मध्ये १ जना महिला हुनुपर्ने व्यवस्था गरेको छ त्यसैगरी प्रदेशबाट राष्ट्रिय सभामा पठाउने ८ जना महिला हुनुपर्ने व्यवस्था पनि गरेको छ । संविधानको धारा ९१ अनुसार प्रतिनिधि सभाका सभामुख÷उपसभामुख मध्ये १ जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ । राष्ट्रिय महिला आयोगलाई छुट्टै संवैधानिक अङ्गको रूपमा धारा २५२ मा व्यवस्था गरिएको छ । महिलाको पक्षमा काम गर्दै उनीहरूको हकहितको लागि कानून र सन्धि अनुगमन र कार्यान्वयन गर्ने काम महिला आयोगले गर्दछ ।
त्यसैगरी संविधानको धारा १८ मा महिला पुरुष बीच समान हक प्रदान गरिनेछ भनिएको छ । कसैलाई पनि कानूनको समान संरक्षणबाट बञ्चित नगरिने कुरालाई संविधानले आत्मसात गर्दै नारीहरूलाई पुरुषसरह मूलधारमा ल्याउन पहल गरिएको छ । त्यसैगरी धारा ३८ मा महिलाको हक प्रदान गर्दै प्रत्येक महिलालाई लैङ्गिक भेदभाव विना समान वंशीय हक हुनेछ भनी व्याख्या गरिएको छ । महिला अधिकार र समानुपातिक प्रतिनिधिको लागि उपलब्ध नीतिनियम कानूनहरू पर्याप्त छन् ।
महिलालाई कुनै पनि क्षेत्रमा कुनै किसिमको हिंसाजन्य कार्य र शोषण गरिने छ्रैन, त्यसैगरी महिलालाई समानुपातिक सहभागिता र विभिन्न क्षेत्रमा जस्तै; शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा विशेष अवसर प्रदान गरिएको छ । विभिन्न प्रकारका मौलिक हकहरू प्रदान गरी महिलालाई पनि राज्यका विभिन्न निकाय, तह र तप्कामा पु¥याउन कुनै कसर बाँकी छोडिएको छैन । त्यसका हक र अधिकारको उचित प्रचारप्रसार गरी सम्बन्धित महिला समक्ष पु¥याउन आवश्यक छ ।
राज्यले आफुलाई प्रदान गरेका हक अधिकारको आफैले कार्यान्वयन गर्नुपर्छ अझ भनौ आफ्नो अधिकारका लागि आफै लड्नुपर्छ, त्यसका लागि बलियो सशक्तीकरण आवश्यक छ । सबैभन्दा ठूलो कुरा चेतना हो जुन अब उच्च मानसिक मनोबल बनाई समाजमा हेपिएर वा हिंसा सहेर होइन विकास र निर्माणमा हातेमालो गर्दैै देशलाई समृृद्धि तर्फ लान तत्पर हुनुपर्छ । पुरुष एक्लैले समाज हाक्न सक्दैन, त्यसैले महिलालाई सँगैसँगै लिएर अगाडि बढ्नु आवश्यक छ । कुनै घरमा महिला शिक्षित भए भने त्यो घरका सबै सदस्य शिक्षित हुन्छन् यस भनाइबाट पनि महिलाको समाजमा र देश निर्माणमा कतिको महत्व छ भन्ने स्पष्ट हुन्छ । जहाँ महिला र पुरुष समान सहभागिताबाट विकासको खाका तयार पारेका छन्, त्यो देश सफल र समृद्ध भएको इतिहास हाम्रा सामु छर्लङ्ग छ।
मार्च ८ का दिन मात्र भव्य कार्यक्रम गरेर महिलाहरू समावेश गरेर महिला अधिकारका कुरा गरेर मात्र बस्ने बेला छैन, सधैँभरी महिला अधिकार दिवस मनाउन जरुरी छ किनकि कानूनी तवरबाटै महिलाहरूलाई माथि उकास्न पहल कदमी भएको छ र महिलाहरू आफै पनि जागरुक भएर अगाडि बढ्न आवश्यक छ । हामी जुन समृद्ध नेपालको कल्पना गरेका छौँ, जुन महिला अधिकार र महिला सहभागिता बिना असम्भव नै छ । राज्यको सर्वाेच्च पदमा महिला नै भएको यो गर्विलो क्षणमा कोही पनि महिला आफ्नो हक अधिकारबाट बञ्चित नहोऊन् । अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना

Related News

सम्बन्धित समाचार

hero news full width