वालिङ कोभिड १९ राहत कोषमा २१ लाख, लायन्स र लियो क्लब द्वारा एकलाख सहयोग प्रदान

तोलाकान्त बगाले
चैत्र २८, २०७६
IMG_5314

वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड १९ राहत कोषमा शुक्रबार साँझसम्म एक्काईस लाख ३२ हजार संकलन भएको छ ।

वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा शुक्रबार साँझसम्म नगद तथा खाद्यान्न गरी रु. एक्काईस लाख ३२ हजार १ सय ९९ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।

वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा वालिङ ८ भीमटारी निवासी छबिलाल कोईरालाबाट ५ हजार ६ सय, वालिङ ८ ब्याङतुङ निवासी गोपालधन सुबेदीबाट ११ हजार, वालिङ साना शहरी खानेपानी कार्यालयबाट २५ हजार, वालिङ ८ कटौंजे निवासी सीताराम तिवारीबाट ५ हजार १ सय, क्रियटिभ युथक्लब वालिङ १३ बाट १५ हजार, राधा माधव समिति सत्संग वालिङ र डिभाईन युथक्लब वालिङबाट १५ हजार ५ सय १०, लायन्स क्लब अफ वालिङ सिटी र लियो क्लब अफ वालिङ सिटीबाट १ लाख १ हजार १ सय ११ गरी शुक्रबार मात्रै एकलाख ७८ हजार ३ सय २१ संकलन भएको हो ।

नगरपालिकाको राहत कोषमा हालसम्म नगद उन्नाईस लाख, ८४ हजार १ सय ९९ र खाद्यान्न एकलाख ४८ हजार गरी कूल रु. एक्काईस लाख ३२ हजार १ सय ९९ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।

वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।

लायन्स र लियो क्लब द्वारा एकलाख सहयोग प्रदान

वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा लायन्स क्लब अफ वालिङ सिटी र लियो क्लब अफ वालिङ सिटीले एकलाख सहयोग हस्तान्तरण गरेको छ ।

लायन्स क्लब अफ वालिङ सिटीका अध्यक्षसहितका पदाधिकारी तथा लियो क्लबका अध्यक्षसहित पदाधिकारीहरुले आज वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणलाई एक लाख एक हजार एकसय एघार नगद हस्तान्तरण गरिएको हो ।

राहत रकम ग्रहण गर्नुहुँदै नगर प्रमुख खाँणले लायन्स क्लब र लियो क्लबले ठूलो रकम उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्राप्त सहयोगको सही र पारदर्शी तबरबाट सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

“नगरपालिकाको राहत कोषमा क्लबले आर्थिकसँगै यसअघि पनि प्रचारात्मक कार्यहरु गरेर सहयोग गरेको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “आगामी दिनमा पनि अप्ठ्यारो परिस्थिति आएको खण्डमा सहयोगको क्रमलाई निरन्तरता दिंदै जानुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।”

वालिङ नगरपालिकाले स्थापना गरेको कोभिड १९ राहत कोषमा हालसम्म नगद र खाद्यान्न गरी कूल एक्काईस लाख ३२ हजार संकलन भएको बताउनुहुँदै नगर प्रमुख खाँणले सहयोग उपलब्ध गराउनेको संख्या बढ्दै गएकाले अनुमानित तीस लाखको हाराहारीमा संकलन हुने विचार ब्यक्त गर्नुभयो ।

सहयोग रकम हस्तान्तरण गर्नुहुँदै लायन्स क्लब अफ वालिङका अध्यक्ष देबेन्द्र भट्टराईले क्लबले पहिलो चरणमा एकलाख नगद हस्तान्तरण गरेपनि आगामी दिनमा नगरपालिकासँग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

“लायन्स र लियो क्लबले गरेको सहयोगलाई नगरपालिकाले स्वीकार गरी ग्रहण गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दछौं” अध्यक्ष भट्टराईले भन्नुभयो, “आगामी दिनमा नगद तथा स्वयंसेवकहरु उपलब्ध गराउँदै अगाडि बढ्न तयार छौं ।”

“लायन्स र लियो क्लबले गरेको सहयोगलाई नगरपालिकाले स्वीकार गरी ग्रहण गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दछौं” अध्यक्ष भट्टराईले भन्नुभयो, “आगामी दिनमा नगद तथा स्वयंसेवकहरु उपलब्ध गराउँदै अगाडि बढ्न तयार छौं ।”

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width