गुरुङ सम्पदा पदमार्ग घोषणा

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०८१
trekking route

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको र गण्डकी सरकारले कृषिपछि पर्यटनलाई प्राथमिकता दिए पनि सो सम्बन्धमा प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसकेको स्वीकारे ।

बुधबार गुरुङ पर्यटन व्यवसायी संघ, गण्डकी प्रदेशले कास्कीको मादी गाउँपालिकाबाट सुरु भई मनाङको चामे गाउँपालिकाको तिमाङ जोडिने गुरुङ सम्पदा मार्गको औपचारिक घोषणा कार्यक्रममा बोल्दै उनले आगामी वर्षदेखि प्रदेश सरकारको नीति तथा कार्यक्रम तथा वार्षिक बजेटमा प्रदेशले पर्यटनको क्षेत्रमा अत्यन्तै धेरै गृहकार्य गर्ने आश्वासन दिए । उनले भने, ‘नीति तथा कार्यक्रममा कृषिपछि यसलाई (पर्यटन) राख्यौं, तर पर्यटनको सनदर्भमा पर्याप्त योजना र रकम विनियोजन नगरिएको हो कि भन्ने जनगुनासो छ, त्यो गुनासोमा म पनि सहमत छु ।’ हिजो एउटा परिस्थितिमा सरकार बनेको कसैबाट छिपेको छैन भन्दै हतारमा बजेट ल्याउनु परेकोमा अबको दिनमा गण्डकी प्रदेश सरकार यसरी जाँदैन भन्ने विश्वास दिलाउन चाहन्छु भने । उनले भने, ‘अर्थशास्त्रले के भन्छ भने स्थिर सरकार, स्थिर राजनीतिबिना प्रगतिको कल्पना कुनै पनि अर्थशास्त्रले कल्पना गरेको छैन । संविधानले सबै नागरिकको अधिकार सुनिश्चित गरेको त हो । तर स्थिर सरकार र स्थिर राजनीति हुन नसकेको पनि सबैको गुनासो छ । दुईतिहाइको समीकरण बोकेको सरकारले स्थिर सरकार अवश्य दिनेछ ।’

उनले टे«किङ रुट मासिँदै गएको भन्दै महिनौं लाग्ने रुट हप्ता हुँदै दिनमा छोटिएकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘जुन पदमार्गको एउटा गन्तव्यको रुपमा पत्ता लगाउनुभएको छ, समग्र मुलुकको पर्यटन विकासको लागि त हुँदै हो, विशेषगरी गण्डकी प्रदेशको पर्यटनमा टेवा दिने विश्वास छ ।’

संघले नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं पर्यटन मन्त्रालय गण्डकी प्रदेश, मादी गाउँपालिका कास्की, लमजुङको क्होलासोँथर र मस्र्याङ्दी गाउँपालिका र चामे गाउँपालिका मनाङको सहयोगमा सो पदमार्ग घोषणा गरिएको हो ।

गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले गत जेठ २१ देखि ३० गतेसम्म ताङतिङबाट तिमाङसम्म जोडिने गुरुङ सम्पदा पदमार्गमा इञ्जिनियर, अन्वेषक, जिपिएस एक्सपर्ट, सञ्चारविज्ञ, पर्यटक पथप्रदर्शकसहित ३७ सदस्यीय टोलीले स्थलगत अनुसन्धान गरेको बताइन् । संघका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले गुरुङ समुदायको ऐतिहासिक उद्गमस्थल क्होलासोँथरसँगै जोडिएका पुरानो बस्तीसँगै प्राचीन नुन व्यापारिक मार्गलाई यस पदमार्गले समेट्ने बताए ।

संघका केन्द्रीय सदस्य सञ्जीव गुरुङले हिमाललाई नजिकबाट नियाँल्दै पदयात्रा गर्न सकिने यस पदमार्गको पर्यटकीय दृष्टिकोणबाट पनि प्रवद्र्धन गर्न सकेमा नेपालको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री वेदबहादुर गुरुङले यसको संरक्षणसहित पर्यटकीय उपयोगमा सबैको सामूहिक प्रयास हुनुपर्ने बताए । प्रदेशसभा सदस्य देवका पहारी, मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, गुरुङ पर्यटन व्यवसायी संघ केन्द्रका कावा अध्यक्ष बाबुराम गुरुङ, गण्डकी प्रदेश महासचिव तुल गुरुङ, एक्याप प्रमुख रवीन कडरिया, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीलगायत सहभागीले पोखरासहित समग्र गण्डकी प्रदेशमा पर्यटकको बसाइँ लम्ब्याउन पदमार्ग सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • माओवादी पहिलोपल्ट प्रमुख प्रतिपक्षी

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । गण्डकी प्रदेशसभाको बैठक झण्डै ७० दिनपछि बुधबार बस्यो । बैठकमा पहिलोपल्ट माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलको हैशियतमा रह्यो…
  • मन्त्री थापाको १०० दिन

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पछिल्लो समय गण्डकी प्रदेशमा कांग्रेस नेता विन्दुकुमार थापाले मन्त्रालय सम्हालेको १०० दिन पुगेको छ । गत १६ जेठमा…
  • दरबन्दी नहुँदा रोकियो पाँचौ तहका कर्मचारीको बढुवा

    प्रकाश ढकाल भाद्र २०, २०८१
    तीन तहको सरकार बनेपछि संघ सरकारले आफूमातहत कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा खटनपटन गर्न कर्मचारी समायोजन ऐन बनायो । प्रदेशमा…
  • संस्कार सिकाउने शिक्षामा केन्द्रित: मन्त्री थापा

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक…
  • गण्डकी सरकारमा एमाले इन, मनाङे आउट

    आदर्श समाज सम्वाददाता भाद्र १८, २०८१
    पोखरा । गण्डकी सरकारमा नेकपा (एमाले) प्रवेश गरेको छ । सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त भएका हुन् । उनीहरुलाई…

hero news full width