राहातका लागि कोदो खरिद गर्दै अन्नपूर्ण

श्रीभद्र पौडेल
चैत्र २८, २०७६
annapurna gaupalika kodo kharit photo

हेमजा, २८ चैत । कोरोना भाइसर प्रभावित श्रमिकलाई राहात दिने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले पालिका भित्रकै किसानले उत्पादन गरेको कोदो खरिद कार्य बिहीवारदेखि थालेको छ।

जसका लागि वडा स्थित जनप्रतिनिधीलाई जिम्मेवारी दिइएको छ ।प्रत्येक वडामा ५० देखि एक सय मुरीसम्म कोदो खरिद गर्ने सोच आफूहरुको रहेको गाउँपालिका अध्यक्ष युवराज कुँवरले बताए। भौगोलिक अवस्था तथा उत्पादन हेरेर प्रति पाथी एक सय पचास देखि दुई सय रुपैयाँसम्ममा कोदो खरिद गरिएको छ।

कोदो खरिद प्रक्रियासँगै स्थानीय उत्पादनले महत्व पाउने, किसानलाई प्रोत्साहन हुने, गाउँपालिकाको पैसा पालिका भित्रै रहने तथा अन्य खाध्य बस्तुको तुलनामा कोदो स्थास्थ्यकर हुने भएकाले पालिकावासीको स्वास्थ्यमा पनि सुधार आउने गाउँपालिकाको विश्वास छ।

त्यस्तै कोदोमा आत्मनिर्भर बन्ने प्रतिबद्धता पनि गाउँपालिकाले प्रकट गरेको छ।  वार्षिक रुपमा कोदो उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्दै कोदो महोत्सव पनि गाउँपालिकाले गर्दै आइरहेको छ। हालसम्म भदौरे क्लवसँगको सहकार्यमा तेस्रो पटकसम्म पालिकाले स्थानीय भदौरे देउरालीमा कोदो महोत्सव गरिसकेको छ।

राहात वितरणका लागि पालिकाले वडागत रुपमा विपन्न, दैनिक ज्यालादारी मजदुर तथा जोखिममा परेकाको पहिचान प्रक्रिया पनि अगाडी बढाएको छ ।जस अन्र्तगत परिवार सङख्या हेरेर पहिलो चरणमा ३ देखि पाँच पाथी कोदो, तेलः १ लिटर, नुन तथा दाल समान १ केजी दिने सोच पनि गाउँपालिकाले बनाएको छ ।आगामि ३, ४ दिन भित्रै कोदो खरिद कार्यलाई पूर्णता दिइने छ।

त्यस्तै गाउँपालिकाले पोखरा बाग्लुङ राजमार्ग बाहेक ग्रामिण सडकहरुमा मानिसको आवातजावतको अनुगमनलाई पनि तीब्र पारेको छ ।लकडाउनको काडाईका साथ पालना गराउन नागरिक स्तरमा सचेतना दिइएको छ ।त्यस्तै सामाजिक दुरी कायम गर्ने पनि आग्रह गरिएको गाउँपालिका अध्यक्ष कुँवरले बताए।

गाउँपालिकाले स्थानीय उत्पादनमा जोड दिएको छ ।पालिका बाहिर रहेका गाउँपालिकावासीलाई आफ्नो जमिन बाँझो नराखी उत्पादनका लागि अन्य स्थानीयलाई दिन पनि गाउँपालिकाले आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताए।

यहि बैशाख ३ गतेसम्मको लकडाउनको अवस्थालाई हेरी ३ गतेपछि मात्रै राहात वितरण गर्ने सोच गाउँपालिकाले बनाएको छ। भाइरसको सक्रमणको शंकामा हाल अन्नपूर्णमा ३ जना आफनै घरको एकान्त बासमा छन् भने २७ जना गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनबाट घर फर्कीसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width