सतिशको ‘तिम्रो मन कोमल’

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७६
satish_Fotor

अमेरिकामा रहेर लामो समयदेखि सक्रिय पत्रकारिता गरिरहेका पत्रकार सतिश चापागाईं म्यूजिक भिडियोमार्फत उदाएका छन्। उनको शब्द तथा अभिनयमा ‘तिम्रो मन कोमल’ गीत श्रोता–दर्शकमाझ आएको छ।

रामकृष्ण ढकालको गायन एवं आलोक श्रीको निर्देशन र संगीतमा सजिएको यो गीत अहिले चर्चित बन्दैछ। पहिलो मिस नेपाल यूनिभर्स नग्मा श्रेष्ठ गीतमा चापागाईंको प्रेमिकाको रुपमा गीतमा अभिनय गरेकी छन्। नेप्लिज डायस्पोरा अनलाइन पत्रिकाका सम्पादक समेत रहेका चापागाईंको प्रेमिकाको सुन्दरताको बयान गरिएको सो गीतको शब्द मर्मस्पर्शी छ।

सानैदेखि साहित्य, संगीत र पत्रकारितामा रुची भएका चापागाईं लामो समय पाल्पाको तानसेनलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरेका थिए। उनी नेपाल प्रेस युनियन पाल्पाको पूर्व सभापति पनि हुन्।

यस वर्षको दसैंमा अमेरिकाबाट नेपाल फर्केका उनले भिडियो सुटिङ गरेका हुन्।

Related News

सम्बन्धित समाचार

  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…
  • ‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको…
  • गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको…

hero news full width