बक्सिङमा भूपेन्द्रलाई स्वर्ण

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७६
Bhupendra Thapa, Boxing_Fotor

१३ औं साग बक्सिङमा भुपेन्द्र थापाले थपे नेपाललाई अर्को स्वर्ण दिलाएका छन्। नेपाली बक्सिङमा लामो समय गुमेको शाखलाई फर्काउँदै भुपेन्द्रले बक्सिङमा नेपाललाई एकपछि अर्को स्वर्ण सफलता दिलाउन सफल भए। पुरुषतर्फको ६४ केजी लाइटवेटमा भुपेन्द्रले स्वर्ण पदक जितेका हुन्।

सोमबार विहान मिनु गुरुङले महिलाहरुको ५४ केजी तौल समूहमा स्वर्ण दिलासँगै भुपेन्द्रले पनि नेपालका लागि स्वर्ण थपे। थापाले फाइनलमा भारतका मनिश कौशिकलाई अंकका आधारमा पराजित गरेका हुन्।

सागमा पहिलो स्वर्ण जितेका भुपेन्द्रले १९९९ पछि नेपाललाई पुरुषतर्फ पहिलो स्वर्ण पदक दिलाउन सफल भए। थापाले फाइनलमा हराएका भारतका कौशिक सन २०१८ मा भएको राष्ट्रमण्डलीय खेलकुदमा रजत पदक जित्न सफल बक्सर हुन्।

यता, ललिता महर्जनले नेपालका लागि बक्सिङमा एक रजत पदक दिलाएकी छिन्। महिलाको ४८ केजीको लाइट फ्लाइ वेटमा ललिता फाइनलमा भारतकी क्लाईभानी श्रीभासनसँग अंकका आधारमा पराजित बनिन्।

यसैगरी, संगीता सुनारले पनि महिला बक्सिङमा रजत पदक जितेकी छन्। सोमबार भएको ६० केजी तौल समूहको खेलमा संगीता भारतीय खेलाडी परविनसँग अंकको आधारमा पराजित बनेकी हुन्। यसअघि, श्रीलंकाकी केशानी हंसिका कस्तुरीलाई अंककै आधारमा हराउँदंै संगीता अन्तिम फाइलनलमा पुगेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च आयोजनामा आगामी ३ फागुनमा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीव्र पारिएको छ ।…
  • टाइगर कपको अन्तिम तयारी

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । पोखरा रंगशालामा यही १२–१९ माघसम्म टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदैछ । टाइगर ग्रुप अफ पोखरा…
  • एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    लमजुङ । मस्र्याङ्दी गाउँपालिका–६ मा आयोजित वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि सिर्जना युवा क्लब, ठूलीबेंसीले जितेको छ । फाइनलमा पुगेका…
  • माछापुच्छ्रेमा वडास्तरीय भलिबल

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । माछापुच्छ्रे गाउँपालिका वडा ९, सिधिङमा साविक वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सिधिङ युनाइटेडले क्लबको…
  • सहारालाई गिनिजको सहयोग

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । सहारा क्लब पोखरालाई सहयोग आउने क्रम जारी छ । क्लबले आयोजना गर्न लागेको २४ औं आहारारा पोखरा गोल्ड…

hero news full width